काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। आइतबार ४ बजेका लागि बैठक तोकिएको थियो।
एक जना सचिवालय सदस्यले आजको बैठक स्थगित भए पनि अर्को बैठकको मिति जानकारी नभएको बताए।
यसअघि शनिबारका लागि बोलाइएको बैठक आइतबारका लागि स्थगित भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका केही सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री आइसोलेसनमा छन्।
प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नगरी गरेको केही राजनीतिक नियुक्तिहरुले नेकपाभित्र विवाद उत्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।