काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २५ का लागि सारिएको छ।
सोमबारका लागि तय भएको बैठक पाँच दिनपछि सारिएको हो। स्थगित बैठक असोज २५ मा बस्ने जानकारी पाएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्। बिहीबार संकलन गरिएको स्वाबमा केन्द्रीय नेता, सुरक्षाकर्मी तथा कर्मचारीलाई संक्रमण देखिएपछि बैठक सारिएको हो।
पार्टीभित्रको विवाद तथा महाधिवेशनको नयाँ मितिका लागि बैठक बोलाइएको हो। पार्टीभित्रको विवादको समाधानका लागि शनिबार करिब १०घण्टा शीर्ष तहका नेताको बैठक बसेको थियो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको विरोधपत्रका सम्बन्धमा छलफल भए पनि सहमति हुन भने सकेन।
शनिबारको बैठकले सहमति पहिल्याउन नसकेपछि तीनै समूहका शीर्ष नेताको बैठक आइतबारका लागि बोलाइएको थियो। पार्टी नेताहरुलाई संक्रमणको पुष्टि शनिबार साँझ भएपछि आइतबारको बैठक रोकिएको थियो। असोज २२ सम्मका लागि केन्द्रीय कार्यालय सिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।