• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विचारमुक्त सरकारका कामको परिणाम भोग्न अभिशप्त नेकपा

राम कार्की  शनिबार, असोज १७, २०७७  ०८:००
1140x725

नेपाल कम्युनिस्ट पार्टीले स्थापनाकालमै विश्वभरिकै र विशेषतः नेपालका मजदुर-किसान वर्गसँग अनुबन्ध गरेको थियो-यो पार्टी उत्पिडित वर्गको सामाजिक स्वार्थको निम्ति काम गर्ने छ। नेकपाको सरकार गठन भएपछि यसले त्यही अनुबन्धको कार्यान्वयन गर्नुपर्ने थियो। तर सरकार गठन भएको झण्डै तीन वर्ष हुन लाग्दा त्यो अनुबन्धको पूर्ण उपेक्षा गरेको छर्लंग देखिने/बुझिने स्थिति छ। सरकारले अपनाएको नीति र कार्यक्रमका आधारमा त्यसो भन्न सकिन्छ।

यो अवधिमा सरकारले उत्पिडित वर्गको पक्षमा ठोस काम गर्‍यो? कि, छड्के कुरा गरेर वर्ग वैरीको पक्षतिर गयो? यो अपेक्षा नै गर्न नसकिने प्रश्न बनेको छ। आफ्नो अजंगको काँध थापेर लुरे कम्युनिस्ट पार्टीलाई सरकार नै गठन गर्न सक्ने अवस्थामा पुर्‍याएका उत्पीडित वर्गले महसुस गर्न थालेका छन्- विश्वासमा धोका भयो।

नेकपा नेतृत्वको ठूलो अंश अहिले पार्टीले लिएको नीति र बाटोमा ठेलमठेल गर्दै हिँडिरहेका छन्। यति छिट्टै समाजवादी उद्देश्य बिर्सन सक्ने क्षमता देखेर पर्यवेक्षकहरु समेत चकित भएका छन्। नेकपाकै कुना कुन्तरबाट भने 'खबरदार गद्दारी नहोस्' भन्ने आवाज समेत उठिरहेको छ। तर त्यो स्वर झिनो छ।

समाजवादी दृष्टिकोणबाट नेकपा सरकारको मूल्यांकन हुन थालेपछि पुँजीवादका जैविक बुद्धिजिवी अर्थात् पुँजीवादका लागि तयार भएका बुद्धिजिवी शिविरमा चिन्ता गर्न थालिएको छ। केही दिनदेखि यस प्रकृतिका लेखहरु देखिरहेका छौं। ती लेखकहरुले विशेष आग्रह गरेका छन्। सरकारले लिएको प्रणाली ठीक छ। त्यो बाटो छोड्नुहुँदैन। त्यही बाटोमा हिँड्नुपर्छ। पुँजीवादी व्यवस्था, पुँजीवादी सम्बन्ध, पुँजीवादी प्रणाली, पुँजीवादी सोच्ने तरिकाले पनि धेरै गर्न सकिन्छ। ठाउँ ठाउँमा गरेका छन्। तपाईंहरुले गर्नुस्। तर समाजवादी बाटोमा फर्किने कोसिस नगर्नुस्। ती लेखका आग्रह यस्तै छन्।

सरकारले राम्रो काम गर्न सकेन भनेर नेकपाभित्रै आवाज उठ्न थालेपछि सरकार समाजवादी बाटोतिर जाने हो कि भनेर पुँजीवादी शिविरबाट चिन्तायुक्त विचार प्रकट भइरहेका छन्।

यसले के देखाउँछ भने नेकपाले सरकार बनाएपछि जुन प्रकारका नीति र कार्यक्रमहरु ल्यायो। त्यसले पुँजीवादी शिविरलाई धेरै आश्वस्त बनाएको थियो। भित्रभित्रै खुसी तुल्याएको थियो। अखिर नेकपाकै सरकार बने पनि हाम्रै आदर्श, हाम्रै लक्ष्य र उद्देश्य अनुसार अगाडि बढेको छ, पुँजीवादी बाटोमै हिँडिरहेको छ भनेर उनीहरु ढुक्क थिए।

सरकारले राम्रो काम गर्न सकेन भनेर नेकपाभित्रै आवाज उठ्न थालेपछि सरकार समाजवादी बाटोतिर जाने हो कि भनेर पुँजीवादी शिविरबाट चिन्तायुक्त विचार प्रकट भइरहेका छन्। त्यहाँ घुमाइफिराइ पुँजीवाद नै संसारको अन्तिम आदर्श हो। पुँजीवाद नै अन्तिम व्यवस्था हो। समाजवादी क्याम्प उहिल्यै ढलिसक्यो। अन्त्य भइसक्यो। त्यो धेरै थोत्रो कुरा हो भनेर बुझाउन खोजिँदै छ। तर, हामी के भन्छौ भने पश्चिम युरोप र अमेरिका, जसलाई पुँजीवादीहरु आफ्नो आदर्श मान्छन्। त्यहाँ मार्क्स फेरि बौरिएका छन्।

पुँजीवादको जुन मायालु रुप छ- नवउदारवादी पुँजीवादी। त्यो आज गहिरो संकटमा फसेको छ। त्यसबाट निस्कन बारम्बार प्रयत्न गरिरहेको छ। तर सफल भइराखेको छैन। पोष्ट कोरोना नयाँ विश्व व्यवस्थाको चर्चा हुन थालेको छ। यो बेला कतिपय बुद्धिजिवीहरु, जो पुँजीवादका हिमायती छन्। तिनीहरुले पुँजीवादको विकल्प पुँजीवाद नै हुन्छ भनेर प्रचार गरिरहेका छन्। अमेरिकाले नेतृत्व गर्न सकेन भने पश्चिम युरोपले  यो विश्व व्यवस्थाको नेतृत्व गर्नुपर्छ तर पुँजीवादी व्यवस्थालाई नै अगाडि बढाउनुपर्छ भन्ने मान्यता व्यक्त गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो मान्यता विश्व स्तरमा र नेपालमा पनि लगातार रुपमा प्रकट गरिएका छन्। उनीहरुलाई नेकपा सरकार पुँजीवादी बाटोमा हिँडेर चुनाव जित्ला भन्ने चिन्ता छैन। बरु नेकपा कतै समाजवादी बाटोमा जान्छ कि भन्ने चिन्ता छ।

सरकारले आफ्ना प्राथमिकता नबुझ्ने, प्राथमिकता ठम्याउन नसक्ने, पुँजीवादले भिराइदिएका प्राथमिकता बोक्ने भरिया बन्ने हो भने पार्टीको भविष्यलाई पनि दुष्प्रभाव पार्ने छ।

यो भयो पुँजीवादी शिविरबाट हेर्दाको तस्बिर।

समाजवादी शिविरबाट हेर्दा सरकारले लामो समय खेर फालिसकेको देखिन्छ। अब असाध्यै कम समय छ।

Xtrem

Xtrem

जुन वर्गको बलमा हामी सरकार बनाउने हैसियतमा उभियौं। त्यो वर्गलाई नै हामीलाई धोका दिइयो भन्ने लाग्न थालेको छ। यदि यो अवस्था गहिरिँदै गयो भने कम्युनिस्ट पार्टीको भविष्य रहँदैन। सरकारले आफ्ना प्राथमिकता नबुझ्ने, प्राथमिकता ठम्याउन नसक्ने, पुँजीवादले भिराइदिएका प्राथमिकता बोक्ने भरिया बन्ने हो भने पार्टीको भविष्यलाई पनि दुष्प्रभाव पार्ने छ।

पुँजीवादी तप्काका गम्भीर लेखक र बुद्धिजिवी, जसलाई मैले जैविक बुद्धिजिवी भन्न उचित ठान्छु। उनीहरुको चिन्ता के छ- सरकारले किन यो नदीनाला र सम्पदा जोगाउन कोसिस गरिराखेको छ। किन यसले विश्व बजारलाई जोड्दैन? खासगरी नेपालसँग पानी छ। पानीको अर्थात् विद्युतको निजीकरण किन गरेको छैन?

नवउदारवाद पुँजीवाद सस्तो श्रम र नवीकरण गर्न नसकिने जैविक उर्जाहरु, त्यसबाट तयार भएका उत्पादनबाटै बाँचेको छ। नेपालसँग नवीकरण गर्न सकिने सफा उर्जा छ। जस्तै पानी छ।

अहिले कम्युनिस्ट पार्टीभित्र माओ त्से तुङ ठीक कि देङ स्याओ पिङ ठीक भन्ने विवाद हुन छाडेको छ। तर अचम्म छ- पुँजीवादीहरु त्यो बहस हामीभित्र छिराउन खोज्दैछन्। हामीलाई पुँजीवादीहरुले के सिकाइरहेका छन् भने माओको पालामा चीन बर्बाद थियो। देङ आएपछि मात्रै चीनले चमत्कार गर्‍यो।

उनीहरु महान् चिनियाँ क्रान्तिले गरेको योगदानलाई स्वाट्टै लुकाउँछन्। हिजोको निर्धो, थलिएको र विशृंखलित चीनलाई एकताबद्ध गर्ने काम माओले गरेका हुन्। चीनको बाढीहरुलाई ‘चीनको दुःख’ भनिन्थ्यो, त्यसमा बाँध बनाउने काम, चीनलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने काम माओले गरेका हुन्। त्यही आधारमा टेकेर तटीय सहरहरुमा लगानीकर्ता निम्त्याएर चीनले प्रगति गरिरहेको भनिन्छ। त्यस बारेमा कतिपय चिनियाँ बुद्धिजिवीहरुले किताबै लेखेका छन्।

नेपालका सबै सम्पदाहरु विदेशीहरुलाई खुला गरेर, अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नाममा सबै सुम्पेर देखाइने मानकहरु केवल अंकमा देखिन्छन्, जीवनमा होइन।

चीनका श्रमिकहरुको सस्तो ज्याला खाएर श्रमको शोषण भयो। चीनको प्राकृतिक साधनको अत्याधिक दोहन भयो। यसको परिणाम घात हुन्छ। चिनियाँ कामदार वर्गको कुनै बेला विस्फोट रुपमा आउन सक्छ भन्ने खालका कुराहरु आइरहेका छन्। हामीलाई खास गरेर समाजवादका बारेमा अर्थात् चीनको बारेमा, रुसको बारेमा पुँजीवादीहरु पढाउन आतुर देखिन्छन् बुर्जुवा बुद्धिजिवीहरु।

नेपालमा पुँजीपति भनेको दलाल पुँजीपतिहरु नै हुन्। पुँजीवादभित्र पनि विभिन्न आयामहरु छन्। एउटा वर्ग त्यसलाई दलाल पुँजीपति भन्नुस् वा राष्ट्रिय पुँजीपति भन्नुस्, त्यो पुँजीपति वर्ग नै हो। त्यसको चरित्र के कस्तो निर्माण हुन्छ भन्ने कुरा त्यसले कसरी बाँच्छ भन्ने कुराले निर्धारण गर्छ। नेपालका सबै सम्पदाहरु विदेशीहरुलाई खुला गरेर, अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नाममा सबै सुम्पेर देखाइने मानकहरु केवल अंकमा देखिन्छन्, जीवनमा होइन।

नेपालको यति प्रतिशत आम्दानी भयो, यति प्रतिशत आर्थिक वृद्धिदर भयो, नेपाल यो अवस्थामा पुग्यो भनिन्छ।

तर हामी आम जनताको खुसी, तिनका छोराछोरीको शिक्षा दीक्षा, उपचार कसरी भइराखेको छ? त्यसको आधारमा समाजलाई प्रगतिशील वा विकसित र अविकिसित भन्छौं।

पुँजीपतिहरुको आफ्नै खालको मानक छ। देशको एक प्रतिशत मात्रै जनता धनी भए पनि, बाँकी ९९ प्रतिशत मान्छेलाई जति दुःख भए पनि, जति अभाव भए पनि त्यसलाई विकसित देश भन्छन्। त्यो समाजलाई उन्नत समाज भन्छन्। त्यसैले हाम्रो र उनीहरुको दृष्टिकोण नै फरक छ। हाम्रो विश्व दृष्टिकोण नै अलग छ।

नेकपा एउटा यस्तो अग्निपरीक्षामा छ कि ऊ यसरी पुँजीवादी बाटोमा हिँड्दै छ। हाम्रो नेतृत्वलाई अलि लाज पनि होला, पश्चाताप पनि होला।

नेकपाका अगाडि एउटा अग्निपरीक्षा छ। अहिले यो पुँजीवादी बाटामा हिच्किचाउँदै हिँडिरहेको छ। यस्तो बेला पुँजीवादी बुद्धिजिवीहरु किनारामा उभिएर संकेत गरिरहेका छन्- किन लजाएको? किन हिचकिचाएको? छाती खोलेर पुँजीवादी बाटोमा हिँड न भन्छन्। यो किसान मजदुरको कुरा चुनावको बेला गरे भइहाल्छ नि भन्छन्। पुँजीपतिको सेवा कसरी गर्न सकिन्छ। विश्व पुँजीवादसँग कसरी जोड्न सकिन्छ? स्टक एक्सजेन्जको बोर्डमा देखाइदेऊ। यति प्रतिशत आर्थिक वृद्धिर भयो, यति प्रतिशत अरु मानक भयो भनेर बोर्डमा देखाइदेऊ। जनताको आँत भोकै रहोस्। जनताले ओत लाग्ने घर नपाइरहेको अवस्था होस्। जनताले शिक्षा दीक्षा नपाइरहेको अवस्था होस्। जनताले उपचार गर्न नपाएको अवस्था होस्।

तर, त्यसले के फरक पर्छ? हामीहरुले डाटाहरु यताउता गरेर मिलाइदिन्छौं। आर्थिक तथ्यांक यताउता गरेर मिलाइदिन्छौं भन्ने खालको आग्रह गरेको देखिन्छ। हाम्रा कतिपय नेताहरुलाई पनि यस्तै मिथ्यांक खडा गर्ने चाकरहरु मन पर्न थालेको छ।

नेकपा एउटा यस्तो अग्निपरीक्षामा छ कि ऊ यसरी पुँजीवादी बाटोमा हिँड्दै छ। हाम्रो नेतृत्वलाई अलि लाज पनि होला, पश्चाताप पनि होला। अलिअलि हिचकिचाहट पनि होला।

सिधासिधा पुँजीवादी बाटो जाने कि समाजवादी बाटोमा फर्किने भन्ने बहस छ। एउटा कठिन मोडमा नेकपा छ। स्वभावकै रुपमा सरकार त्यतैतिर परिलक्षित भएको देखिन्छ। सरकारमा भएका केही सदस्यहरुले मजदुर, किसान र श्रमिकहरु बिर्सिसकेका छन्। मुख्य कुरा, ठूलो हिस्सा पुँजीवादी बाटोमा हिँडिरहेका छन्।

स्वाभाविकै रुपमा, हामी शक्तिशाली भएको बेलामा नेपालको शिक्षा सम्बन्धी सोच, प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने थियो। हामीले व्यक्तिले आफू भित्रका सम्भावनाहरु महसुस गर्ने खालको शिक्षा दिन सक्थ्यौं। हाम्रो परम्परागत उपचार प्रणाली, समुदायले विकास गरेका उपचार प्रणाली, आधुनिक उपचार प्रणालीलाई मिसाएर आफ्नै खालको उपचार पद्यति विकास गर्न सक्नुपर्ने थियो। दलालबाट भूमिलाई मुक्त गर्ने कुरालाई महत्त्व दिनुपर्ने थियो। ती काम गर्न सक्थ्यौं। त्यतातिर हामी कसैको ध्यान गएको छैन।

हामी हिजो पञ्चायतको अन्तिम कालतिर जसरी हिँडिरहेका थियौं। नेपाली कांग्रेस हावी भएको स्थितिमा शिक्षा, स्वास्थ्य जसरी अघि बढ्यो, त्यसैगरी हिँडिरहेका छौं। कुतीको बाटो हिँडेर काशी पुगिँदैन। 

सरकारले गरेका नराम्रा गतिविधिले आगामी दिनमा भयानक असर देखिनेवाला छ। नेपालका पार्टीहरुले आफ्नै खालका वर्गहरुको प्रतिनिधित्व गर्छन्। जस्तो कांग्रेसले उच्च वर्ग वा केही मध्यम वर्गको प्रतिनिधित्व गर्छ। नेकपा विशेषगरी तल्लो वर्गका सुकुम्बासी, हरुवा चरुवा, श्रमिक, मजदुर, किसान र केही मध्यम वर्गको प्रतिनिधित्व गर्छ। हाम्रो तागत त्यहाँ प्रयोग गर्नुपर्छ।

(नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख कार्कीसँगकाे कुराकानीमा आधारित )

प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्