• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन ५, २०८२ Tue, Feb 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

छाक टार्न सहकारीबाट ऋण

64x64
निर्मला घिमिरे शुक्रबार, असोज १६, २०७७  १०:२०
1140x725

काठमाडौं– चिनैकै ठेकेदार भएकाले बल्लतल्ल उनले काम पाए। ३ दिन मात्रै भयो महिनौंदेखि बेरोजगारीले थलिएका भक्तपुरका गणेशकुमार प्रजापतिले काठमाडौं धाएर ज्यामी काम थालेको। 

‘कोरोनाले त बिजोग बनायो नि। कति महिना त घरबाट बाहिर निस्कन पनि दिएन। लकडाउन खुलेपछि पनि काम नपाएर हैरानी भयो,’ गणेशकुमारले एकै सासमा सुनाए। 

हुन त सामान्य अवस्थामा पनि ज्याला मजदूरीको काम नियमित पाइँदैन थियो। एक दिन काम पाइहाले अर्को दिन बेकामे भएर बस्नु पर्थ्यो। तर त्यसरी पनि बिहान–बेलुका चुल्होचाहिँ बलिरहेकै थियो। भक्तपुरमा ओत लाग्ने पुर्ख्याैली छाप्रो भएकाले कोठा भाडा तिर्नुपर्ने समस्या थिएन। जसले गर्दा पनि मजदूरी गरेर जसोतसो घर खर्च धान्न पुगेको थियो। 

दशक नै भएको थियो गणेशकुमार मजदूरीकै लागि भनेर काठमाडौं धाउनु नपरेको। ‘सुरुसुरुमा त रहर पनि हुन्थ्यो साथी भाइहरुसँग काम गर्न काठमाडौं आउँथेँ। पछिल्लो समय त थुप्रै भएको थियो,’ गणेशकुमार एकै छिन रोकिएर अड्कल लगाउँछन्, ‘१२ वर्ष जति भएको थियो होला म काठमाडौं नछिरेको।’ 

त्यसयता उनी सिजनमा भक्तपुरमै खेतबारीको काम गर्थे। खेत खन्ने, आलि लगाउने, धान, काट्नेजस्ता काम गर्दा दैनिक ८ सय कमाउँथे। सिजनमा इँटा भट्टामा इँटा पार्ने काम पनि गर्थे। त्यहाँ जति इँटा पार्न सक्यो उति कमाइ हुन्थ्यो। कहिले इँटा, बालुवा बोक्थे यसरी मजदूरी गरेरै जीविका चलिरहेको थियो। 

कोरोनाका कारण गत चैतदेखि त सबै काम ठप्प भए। करिब ७ महिना उनले केही काम पाएनन्। 

Ncell 2
Ncell 2

‘बीचमा ७ महिना त काम नै भएन। भक्तपुरमा जम्मा ८ दिनको काम पाएको थिएँ। दैनिक ८ सय ज्यालाका हिसाबले ६ हजार ४ सय कमाइ भएको थियो। त्यतिले त १५ दिनलाई पनि पुगेन,’ उनको स्वर मसिनो सुनियो। 

महिनौँको लकडाउनका कारण दिनभरि काम गरेर बिहान–बेलुका छाक टार्न पुर्‍याउने गणेशकुमारको मुखमा माड लगाउने बाटो नै बन्द भयो। वडा कार्यालयबाट २० किलो चामल राहत पनि पाएका थिए, तर त्यसले पनि कति दिनलाई पुग्थ्यो र ?  

‘२ छोराछोरी, श्रीमती र म ४ जनाको परिवार छ। २० किलो चामलले त १० दिन जति त पुग्छ,’  गणेशकुमार सुनाउँछन्। सरकारले दिएको राहत पनि सकियो। तर लकडाउन सकिएकै थिएन। यसपटक सबैभन्दा अप्ठ्यारो पर्‍यो गणेशकुमारलाई। 

‘यो काम गरेर पैसा बचत हुँदैन। खाँदै ठिक्क हुन्छ। यत्रो महिना काम गर्न नपाउँदा त धेरै अप्ठ्यारो भयो। सहकारीबाट २० हजार ऋण लिएर घर खर्च टारेँ’ उनले भने। 

१२ प्रतिशत ब्याजदरको त्यो ऋण पनि उनी सहकारीको पुरानो सदस्य भएको नाताले पाए, नत्र त कसले पत्याउनु ? 

दुई छाक टार्नकै लागि ऋण लिन बाध्य बनेका गणेशकुमारलाई एकातिर त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ। फेरि उस्तै गरी लकडाउन भयो भने कसरी बाँच्ने भन्ने चिन्ता अर्कातिर छ। 

‘अब त ऋणको ब्याज पनि बढ्छ। काम भएन भने त बाँच्ने पो कसरी ?’ उनी प्रश्न गर्छन्। 

दैनिक ज्याला ८० रुपैयाँ हुँदादेखि ज्यामी काम सुरु गरेका गणेशकुमारले अहिले दैनिक ९ घण्टासम्म घट्दा ८ सय कमाइ गर्छन्। 

भक्तपुरमा दैनिक ज्याला ८ सय छ। काठमाडौंमा कति छ त्यो पनि थाहा छैन उनलाई। भन्छन्, ‘काठमाडौंको आजभोलिको ज्याला थाहा छैन। ठेकेदारले भक्तपुरको भन्दा राम्रो हुन्छ भन्नु भएको छ हेरौँ अब कति दिनुहुन्छ।’ 

च्यामासिंह भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्कसम्म आउन ४० रुपैयाँ भाडा खर्चिनु पर्छ। फेरि जान पनि उत्ति नै। दैनिक ८० रुपैयाँ त बाटो खर्चमा सकिन्छ। अरु सबै खर्च बढे पनि ज्याला भने उही छ। यसले छाक टार्नलाई नै धौ–धौ छ। 

त्यसैले त गणेशकुमारले छोराछोरीलाई अरुले जस्तो महंगो शुल्क तिरेर बोर्डिङ स्कुल पनि पठाउन सकेका छैनन्। उनका छोरा नजिकैको एक सरकारी विद्यालयमा कक्षा ९ मा पढ्छन्। धेरै पढाउन नसके पनि छोरालाई एसईईसम्म पढाउने सोच छ उनको। छोरी सानै छन्। 

‘आफू स्कुलमा भर्ना गरेको एक हप्तामात्रै भएको थियो। बुबा बित्नु भयो। केही समयपछि आमाले अर्को विवाह गरेर जानु भयो। मैले पढ्न पाइनँ। आफू पढ्न नपाए पनि छोराछोरीले अक्षर चिन्न सक्ने भए त्यही खुसी हो। धेरै पढाउन सकिन्न,’ बोल्दाबोल्दै उनी टोलाउँछन्। 

उमेरको ३ दशक त गणेशकुमारले मजदूरी गरेरै बिताए। तर घर खर्च टार्न बाहेक अरु केही उपलब्धी भएको छैन।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री (पूर्णपाठ) मंगलबार, फागुन ५, २०८२
द्रुतमार्ग निर्माण प्रगति समीक्षा : वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन मंगलबार, फागुन ५, २०८२
तारिख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रवि लामिछाने मंगलबार, फागुन ५, २०८२
दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति मंगलबार, फागुन ५, २०८२
केही मिडियाले गलत सूचना फैलाएर नेकपालाई अवमूल्यन गरे : अग्नि सापकोटा मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
रामकुमारी झाँक्रीको चुनावी खर्च विवरण सार्वजनिक सोमबार, फागुन ४, २०८२
राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही सोमबार, फागुन ४, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्