काठमाडौं- डा गोविन्द केसीको अनसनलाई सरकारले समय सुहाउँदो नभएको बताएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आक्रोश व्यक्त गरेका छन्। बिहीबार एक ट्विट गर्दै प्रवक्ता शर्माले डा केसीको अनसन समय सुहाउँदो नभए के भ्रष्टाचार चै समय सुहाँउँदो हो त भन्दै सरकारलाई प्रश्न गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्सन गरिएको ट्विटमा प्रवक्ता शर्माले भनेका छन्, 'डा केसीको अनसन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने? समय सुहाउँदो चैं भ्रष्टाचार? ढिलासुस्ती? बेथिति? अव्यवस्था?'
सरकारको कुनै लोकतान्त्रिक संस्कार नभएको समेत उनको ट्विटमा आरोप लगाइएको छ। डा केसीलाई शब्द प्रहार नगर्न आग्रह गर्दै प्रवक्ता शर्माले संवादबाट माग पूरा गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।