• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

राज्यले कहिले बुझ्ला विदेशमा सीप आर्जन गरी फर्किएका युवाको महत्व?

64x64
निर्मला घिमिरे बिहीबार, असोज १५, २०७७  ०७:४०
1140x725

काठमाडौं- देशमा आकर्षक रोजगारीकाे अवसर नहुँदा वार्षिक ३ लाखभन्दा बढी युवाहरु श्रम स्वीकृति लिएर मलेसिया, खाडीलगायत विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन्। 

संस्थागत हिसाबले ५० भन्दा बढी र व्यक्तिगत हिसाबले १ सय ७० भन्दा बढी मुलुकमा रोजगारीका लागि नेपाली श्रमिकहरु पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। 

नेपालबाट वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको ठूलो जमात भने अदक्ष रहेको छ। विभागको तथ्यांक (संस्थागततर्फ सन् २००० अप्रिल २९ देखि २०१९ जुलाई १६ सम्मको) अनुसार हालसम्म ५७ लाख ५ हजार ३ सय ४३ जना र महिला २ लाख ४९ हजार ७०८ जना गरी कुल ५९ लाख ५५ हजार ५१ ले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको देखिन्छ। 

त्यसरी वैदेशिक रोजगारीमा जानेमध्ये ५५ दशमलव ८२ प्रतिशत अदक्ष श्रमिक छन्। त्यसमा ० दशमलव ०५ प्रतिशत उच्च दक्षतायुक्त जनशक्ति विदेशिएको देखिन्छ। ० दशमलव १२ प्रतिशत पेशाविद्, २९ दशमलव ०८ प्रतिशत दक्ष, १४ दशमलव ९४ प्रतिशत अर्धदक्ष कामदार छन्। 

नेपालबाट अधिकांश अदक्ष श्रमिकहरु विदेशिए पनि विदेशमा वर्षौँ श्रम गर्दा उनीहरु अधिकांश सीपयुक्त भएर फर्कने गरेका छन्। तर वैदेशिक रोजगारीबाट कति युवा कस्तो किसिमको सीप लिएर फर्कन्छन् भन्ने कुरामा राज्य बेखबर छ। 

राज्यले युवाहरुले विदेशमा आर्जन गरेको सीपको महत्व नबुझ्दा तथ्यांक राख्नसमेत राज्यले इच्छाशक्ति नदेखाएको विज्ञहरुको तर्क छ। 

प्राविधिक शिक्षाविद् खेम लकाई नेपालकाे नीति तथा कार्यक्रमहरु सुन्दा संसारका सबैभन्दा उत्कृष्ट लाग्ने भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको बताउँछन्।

देशको नेतृत्व तहले सीप तथा मानव शक्तिको महत्व नबुझ्दा कुन सीप भएका कति व्यक्तिहरु विदेशिएका छन् तथा विदेशबाट कस्तो सीप लिएर युवाहरु फर्किएका छन् भन्ने तथ्यांक नै सरकारले राख्न नसकेको उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘युवाहरु पैसाभन्दा महत्वपूर्ण सीप र कुशलता लिएर फर्किएका हुन्छन्। त्यसलाई पहिचान गरेर राज्यले सदुपयोग गर्न सकेको छैन,’ उनी भन्छन्, ‘नेपालमा एकातिर सीप अभाव छ। अर्कातिर सो सीपबाट विदेशमा जति देशमै कमाउन सक्ने युवाहरु पनि सूचनाको अभावमा विदेशिन बाध्य छन् ।’ 

तथ्यांक राख्न त्यति अप्ठ्यारो नभए पनि राज्यको इच्छाशक्ति कम भएका कारण तथ्यांक राख्न नसकिएको उनले उल्लेख गरे  ‘आजको युगमा तथ्यांक नहुनु लाजमर्दो कुरा हो,’ उनले भने। 

विदेशबाट फर्किएका श्रमिकहरुको पुर्नएकीकरण कार्यक्रम ल्याउँदै बोर्ड, तर छैन तथ्यांक 
वैदेशिक रोजगार बोर्डले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) का कारण समस्यामा परेर फर्किएका श्रमिकहरुलाई देशभित्रै पुनर्एकीकरण गर्ने कार्यक्रमको तयारी गरेको छ । 

कार्यक्रममा कसलाई सहभागी गराउने, उनीहरूलाई बोर्डको तर्फबाट के-कस्तो  कार्यक्रम दिने, कार्यान्वयनको चरणमा कुन–कुन तहसँग समन्वय गरेर जाने भन्ने विषयलाई समेटेर कार्यविधि बनेको  बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्। 

गत असोज ५ गतेको बोर्ड बैठकले पुनर्एकीकरणको कार्यविधि तयार पारेको उनको भनाइ छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत सहमति प्रदान गरेपछि कार्यान्वयनमा ल्याउने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए। उनका अनुसार नीतिगत कुराको टुंगो लागिसकेकाले असोज महिनाभित्रमा  कार्यविधि स्वीकृत भएर आउने छ। तर नीतिगत कुराको टुंगो लाग्यो भनिरहँदा वैदेशिक रोजगार बोेर्डसँग नै विदेशबाट कस्तो सीप लिएर कति युवा फर्किए भन्ने तथ्यांक भने छैन । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको अबस्थाबारे बिना जानकारी नीतिगत टुंगोमा पुगेको यो पुनर्एकीकरण कार्यक्रम कति सफल होला त ? यहाँनेर फेरि प्रश्न चिन्ह खडा भएको छ।

कार्यकारी निर्देशक श्रेष्ठ पनि सबैभन्दा ठूलो समस्या स्वदेश फर्किएका कामदारको एकीकृत तथ्याङ्क नहुनु बताउँछन् । 

वैदेशिक रोजगारबाट फर्किएका युवाहरुको हालको अवस्था, उनीहरुले सिकेको सीप तथा दक्षता छुट्याएर बोर्डले आफैँ तथ्यांक संकलन गर्ने उनले जानकारी दिए । 

‘बोर्डले आफ्नो तयारी गरिसकेको छ। स्थानीय सरकारले विदेश गएका तथा फर्किएकाको तथ्यांक राख्नुपर्ने व्यवस्था ऐनमा नै भएकाले स्थानीय सरकार पनि त्यसमा कसिएर लाग्नुपर्छ’ कार्यकारी निर्देशक श्रेष्ठ भन्छन् । 

स्थानीय सरकारसँग पनि छैन तथ्यांक 
केही स्थानीय तहले आफ्नो तहबाट कति युवाहरु वैदेशिक रोजगारीमा पुगेका छन् भन्नेसम्म तथ्यांक राखेको पाइएको छ। तर उनीहरुसँग फर्किएकाहरुको तथ्यांक भने पाइँदैन। कतिपय स्थानीय तहहरुले त आफ्नो क्षेत्रबाट कति युवा वैदेशिक रोजगारीमा गएका छन् भन्ने तथ्यांकसमेत नराखेको पाइएको छ। 

सर्लाही जिल्ला बाग्मती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको तथ्यांक नै आफ्नो स्थानीय तहमा नभएको बताउँछिन् । 

‘हाल भारत तथा तेस्रो मुलुकमा कति श्रमिकहरु गएका छन् र कति फर्किए भन्ने तथ्यांक हामीले राखेका छैनौँ । वैदेशिक रोजगारबाट फर्किनेहरुका लागि भनेर छुट्टै बजेट पनि छुट्याएका छैनौँ,’ उनले भनिन् । 

स्थानीय तहमा केही रोजगारीका कार्यक्रम भने सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिइन् । 

वैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमुलक क्षेत्रमा लगाउन राज्यले प्रोत्साहन गर्नुपर्ने व्यवस्था नेपालको संविधान २०७२ ले पनि गरेकोे छ । 

त्यस्तै राष्ट्रिय रोजगार नीति २०७१, वैदेशिक रोजगार नीति २०६८ वैदेशिक रोजगार ऐन २०६४, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको सामाजिक पुनर्एकीकरण तथा प्राप्त ज्ञान, सीप, उद्यमशीलताको उपभोगको व्यवस्था गरेको छ। तर केन्द्र सरकार, प्रदेश तथा बाग्मती नगरपालिकाजस्ता अन्य स्थानीय तहले पनि विदेशबाट फर्किएका युवाको सीप, क्षमता र दक्षतामाथि बेवास्ता गरेको पाइएको छ । 

वैदेशिक रोजगारबाट आर्जन भएको सीप, क्षमता, दक्षता, परिचालन गर्न अझै समय रहेकाले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्