• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

द्वन्द्वकालको आघात नियाल्ने आँखीझ्याल

64x64
किशोर दहाल शनिबार, असोज १०, २०७७  १३:२०
1140x725

बाँदरमुढे, दोरम्बा, मुक्तिनाथ अधिकारी, मैना सुनार। यी र यस्ता नामहरु अहिले खास ठाउँ र व्यक्तिका परिचयमा मात्रै सीमित छैनन्। तिनले दश वर्षे माओवादी ‘जनयुद्ध’मा प्रत्यक्ष संलग्न-असंलग्नहरुले व्यहोरेका आघातहरु नियाल्ने आँखीझ्यालको काम गरिरहेका छन्। त्यस्तो युद्ध, जहाँ छन्- हजारौंहजारका मृत्यु, बेपत्ता, पारिवारिक बिछोड, र धनजनको क्षतिको चित्रहरु।

गणतन्त्र र नयाँ संविधानको कार्पेटले मान्छेका आघात छोपिँदो हो त, द्वन्द्वका अवशेषहरु पनि द्वन्द्वसँगै मेटिन्थे होलान्। चर्चा गरिँदैनथे होलान्। अहिले द्वन्द्वपछिको प्रारब्धकालीन समय चलिरहेको छ तर द्वन्द्वकालीन ‘कर्मको फल’को हिसाबकिताब भइसकेको छैन। त्यसैले त अस्वभाविक मृत्युको कथा, बेपत्ता नागरिकको सम्झना, जीवनका लय बिग्रिने घटनाहरुको चर्चाको सान्दर्भिकता पनि सेलाएको छैन।

माओवादी द्वन्द्व अन्त्य भएको १४ वर्ष बित्यो तर द्वन्द्वकालका पीडितहरुलाई न्याय सुनिश्चित गरिएको छैन। कैयौं घटनाहरुको चर्चासम्म हुँदैन। कतिपय घटनाहरुले पनि विशेष दिनमा मात्रै चर्चा पाउँछन्, व्यक्ति तथा पक्ष विशेषका आधारमा।

स्पष्ट छ, द्वन्द्वमा दुई पक्ष थिए- राज्य र माओवादी। त्यसैले द्वन्द्वकालीन घटना विशेषको चर्चा पनि द्वन्द्वमा अर्को पक्षलाई बढी दोषी देखाउने अभिप्रायले हुने गरेको देखिएकै छ। जसले गर्दा कैयौं घटना न्यायभन्दा पनि अहं र दाउपेचको विषय बनिरहेको छ।

लामो समयसम्म खण्डखण्डमा प्रस्तुत हुँदै आएका द्वन्द्वका भोगाइहरुलाई लेखक श्रीभक्त खनालले एकीकृत स्वरुप प्रदान गरेका छन्, आफ्नो पुस्तक- ‘जोर बन्दुकको छाया’ मा। एक दर्जनजति शीर्षकमा उनले युद्धकालका केही चर्चित र केही गुमनाम प्रसंगहरुलाई केलाएका छन्। खनालले युद्धमा रहेका कुनै पनि पक्षप्रति आग्रह देखाएका छैनन्। जसले पुस्तकमा उल्लेखित घटनाको विवरणलाई सन्तुलित बनाएको छ। 

लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी, खोटाङका प्रधानाध्यापक हर्कबहादुर राई, काभ्रेपलाञ्चोककी मैना सुनार, चितवनको बाँदरमुढे, रामेछापको दोरम्बा, सशस्त्र प्रहरी बलमा महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, कुमार लामाको बेलायतमा चलेको मुद्दाको अदालती प्रक्रिया लगायतका घटनाका विषयमा लेखकले विस्तृतमा लेख्ने प्रयत्न गरेका छन्। लेखाइको केन्द्रमा पीडित छन्। जुन पुस्तकको सबैभन्दा सबल पक्ष हो।

उल्लेखित कतिपय घटनाक्रमको उनले आफू पत्रकारितामा छँदा नै रिपोर्टिङ गरेका थिए, कतिपय घटनालाई उनले आफ्नो रुचीका कारण पछ्याएका थिए। उनले तत्कालीन समयमा गरेका केही रिपोर्टिङ जस्ताको तस्तै पुस्तकमा समावेश गरिएको छ। त्यतिबेला रिपोर्टिङमा नअटाएका कतिपय विषयहरु पुस्तकमा आएका छन्। पुस्तकको सशक्त पक्ष के हो भने उनले त्यतिबेलाका घटनाहरुलाई उधिनेका त छन् नै, घटनासँग जोडिएका पात्रहरुलाई पुस्तक लेख्दै गर्दाको समयसम्म सम्पर्क गरेर उनीहरुको धारणा लिने प्रयास गरेका छन्। यसले गर्दा घटनासँग सम्बन्धित पात्रहरुको पनि घटना-दृष्टि केलाउन सघाउँछ।

डायरी, विभिन्न व्यक्तिका रिपोर्टिङ, कुराकानी, भिडियो जस्ता सामग्रीको प्रयोग गरेर उनले आफ्नो विषय र सन्दर्भलाई पूर्ण र परिपक्व बनाउने प्रयास गरेको देखिन्छ। कुन विषयका लागि कहाँबाट सूचना पाइनसक्छ भन्ने चेतका सन्दर्भमा लेखकको तीक्ष्णता देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

महानिरीक्षक श्रेष्ठको हत्याको घटनालाई उनले त्यसमा संलग्न कृष्णहरि सैँजुको डायरीलाई सन्दर्भ बनाएका छन्। सैँजुको २०६० भदौ ३० गतेको डायरीमा एउटा रोचक कुरा छ- ‘हामीले गरेको एक्सनमा सूचना बटुल्ने र रेकी गर्नेजस्ता महत्त्वपूर्ण काम विना मगरले गरेकी रहिछन् भन्ने धेरैपछि मात्रै थाहा पाएँ। … त्यो एक्सनपछि उनले भ्याली टास्क फोर्स छाडिन् र विद्यार्थी संगठनतिर गइन्। योजनाको प्रारम्भिक सबै काम सकाएर पनि भूमिका नपाएकाले हुनसक्छ।‘ 

मगर अहिले खानेपानी मन्त्री छिन्।

‘महंगो मुद्दा’ शीर्षकमा लेखकले कर्णेल कुमार लामाको बेलायतमा पक्राउ र अदालती प्रक्रियाबारे लोभलाग्दो मेहनत गरिएको छ। बेलायतमा करिब ६५ हजार रुपैयाँ तिरेर लिइएको सुनुवाइको पाठको मिहिन अध्ययन गरेका छन्। लामा मुछिएको घटनाको विवरण, उनलाई बेलायतमा मुद्दा चलाउन गरिएको गोप्य प्रयत्न, बेलायतको अदालती प्रक्रियाका विषयमा ४२ पृष्ठ खर्चिएका छन्, जुन कुल पृष्ठ संख्याको झन्डै १८ प्रतिशत हो। जबकि, अन्य कतिपय शीर्षकलाई जम्मा ६ देखि १० पृष्ठ मात्रै खर्च गरिएको देखिन्छ।

लामाबाट पीडितदेखि मुद्दा प्रक्रियामा जोडिएका ‘सोलिसिटर’देखि अदालतमा बयान दिने व्यक्तिसम्म गरेर करिब एक दर्जन व्यक्तिको धारणा पुस्तकमा छ। लामाबाट पीडित जनकबहादुर राउतले अदालतमा बयान दिँदा गरेको अनुभव पुस्तकमा छ- ‘म सधैं पीडा बोकेर हिँडिरहेको मान्छे, अदालतमा गएर सबै कुरा बोल्न पाइएला, मनका कुरा खुलस्त भन्न पाइएला भनेको त झन् हेप्ने, लान्छना लगाउने विपक्षी वकिलहरु। … जनकबहादुर राउत गरिब देशको, त्यो पनि गाउँले हो, यसलाई केही थाहा छैन, जसरी सोधे पनि हुन्छ, जे व्यवहार गरे पनि हुन्छ भन्ने तरिकाले व्यवहार गर्ने। यस्तो ह्यार्याहस भयो कि म त अदालतमा बयान दिने क्रममा धेरै पटक रोएँ।‘

यी र यस्ता प्रसंगहरु धेरै छन्, जसले मूल घटनाको अतिरिक्त अन्य सहायक र सांकेतिक सन्दर्भको पनि विवरण दिन्छ।

मुख्य घटनाका अतिरिक्त केही टुक्राटाक्री अनुभूतिहरु छन्। रिपोर्टिङमा हिँडेका कतिपय बेला उनले नेपाल प्रहरी तथा माओवादी छापामारहरुसँग रात बिताएका छन्, उनीहरुको निस्वार्थ समर्पण देखेका छन्। अपहरणमा परेका पुलिस रिहा साक्षी बसेका छन्। जनसरकारका सूचना पढेका छन्। तत्कालीन शाही नेपाली सेनाका धम्की सुनेका छन्। अन्य कतिपय सानासाना घटनाका सानासानै विवरण छन् तर रोचक छन्।

सबै घटनाले केहीअघि बितेर गएको समयलाई पुनर्ताजगी गर्छन्। त्यतिबेला देशले भोगेको सकस तथा त्यसलाई सहनका लागि देखाइको सपना र अहिले आम मानिसको जीवनस्तरका बीच तादम्यतामा घोत्लिन बाध्य बनाउँछन्। पक्कै पनि त्यो उत्साहजनक छैन।

विस्तृतमा लेख्न खोजिएको भए पनि पुस्तकमा विश्लेषणात्मक पाटो भने नगण्य छ। घटना विवरणमै प्रायः पृष्ठ खर्च भएका छन्। जसले गर्दा लेखकीय धारणाको अभाव खड्किन्छ। पुस्तकको सबै अध्यायमा समान मेहनत नगरिएको भान हुन्छ। केही अध्यायमा ‘यती लेखिए चलिहाल्छ’ भन्ने मनोवृत्तिले काम गरेजस्तो लाग्छ।

द्वन्द्वमा संलग्न र त्यसबाट पीडित गरी दुई पक्षका अतिरिक्त यसलाई ‘कारोबार’ गर्ने समूह पनि ठूलो छ। ती शक्तिशाली पनि छन्। उनीहरुले नै द्वन्द्वको विषयलाई गिजोले भन्ने आरोप लगाउनेहरु पनि छन्। यो विषयले छुट्टै शीर्षकको माग गर्छ तर लेखकले खासै महत्त्व दिएका छैनन्।

घटना विवरण र सन्दर्भको संयोजन मात्रै नभई शाब्दिक र तथ्यगत शुद्धता पनि ख्याल गरेर पढ्ने पाठकहरुका लागि मीठो खाना खाँदा ढुंगा लागेजस्तो महसुस भइरहन्छ। धेरै ठाउँमा शब्दहरु अशुद्ध ‘टाइप’ भएका छन्। अर्थ नै गलत दिने गरी नबिग्रिएकाले ‘मिलाएर’ पढ्न भने सकिन्छ।

तत्कालीन पद र फेरिएका पदबीच तादम्यता मिलाइएको छैन। जस्तो, जनयुद्ध सुरु भएको जानकारी दिने उद्देश्यले प्रकाशित विज्ञप्तिको प्रसंग पुस्तकमा छ। भनिएको छ- ‘… जसमा अध्यक्ष ‘प्रचण्ड’ भन्ने जनाइएको थियो।‘ (पृष्ठ ७) जबकि, जनयुद्ध सुरु हुँदा प्रचण्डको पद महामन्त्री थियो। उनी २०५७ माघमा सम्पन्न पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका हुन्। त्यस्तै, हिमाल खबर पत्रिकाको १३-२७ फेब्रुअरी २००२ मा प्रकाशित ‘माओवादीको  साम्प्रदायिक साँठगाँठ’ भन्ने लेख जस्ताको तस्तै पुस्तकमा साभार गरिएको छ। जसको एक अंश छ- ‘रामकुमार राई माओवादीका तर्फबाट खोटाङको प्रदेश सभा सदस्य भएका छन्।‘ (पृष्ठ ४७) प्रदेश सभा सदस्यको लागि सन् २०१७ मा मात्रै चुनाव भएको थियो, तर २००२ कै रिपोर्टिङमा त्यस्तो वाक्यांश कसरी पर्यो१? त्यस्तै, पृष्ठ ६६ मा कर्णबहादुर थापालाई हाल पोलिटब्युरो सदस्य भनेर चिनाइएको छ। कतिपय शीर्षकमा २०७७ सम्मकै घटना विवरण उल्लेख गरिँदा थापालाई भने पोलिटब्युरो सदस्य बनाइएको छ, जबकि उनी आबद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपाले पोलिटब्युरो नै गठन गरेको छैन।

समग्रमा, १० वर्षे द्वन्द्वसँग सरोकार भएका वा नभएका कैयौंले भोगेको मृत्यु, हैरानी, पीडा, आघातको दस्तावेज हो, ‘जोर बन्दुकको छाया’। तर यसले द्वन्द्वको समग्र दृश्य देखाउँदैन। लेखकले भनेकै छन्- यो किताब युद्धकालको चित्रण गर्ने सानो पेन्टिङ मात्रै हो।
० ० ०
पुस्तक: जोर बन्दुकको छाया
लेखक: श्रीभक्त खनाल
प्रकाशक: साङ्ग्रिला बुक्स
मूल्य: रु. ३९५
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्