• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

यी हुन् विश्वका १०० प्रभावशाली व्यक्ति

64x64
नेपाल लाइभ शनिबार, असोज १०, २०७७  १०:३०
1140x725

काठमाडौं- टाइम म्यागेजिनले बर्सेनि प्रकाशित गर्ने विश्वका प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गूगलका सिइओ सुन्दर पिचाई, अमेरिकाकाे नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज्‌का निर्देशक डा एन्थोनी फौसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प‚ चिनियाँ राष्ट्रपति सि चिनफिङलगायतका व्यक्ति परेका छन्।

टाइम म्यागेजिनले विभिन्न शीर्षकमा १ सय व्यक्तिको सूची प्रकाशित गर्ने गरेको छ। पायोनियर, कलाकार, नेता, टाइटन्स, आइकन लगायतका शीर्षकमा १ सय जनाको सूची प्रकाशित गरिएको छ।

टाइम म्यागेजिनले प्रकाशित गरेका १०० विश्वका प्रमुख प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका व्यक्तिहरू विभिन्न विधाबाट छनाेट भएका छन्। यो वर्ष उक्त सूचीमा कोभिड-१९ को महामारीमा प्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वलाई समेत समावेश गरिएको छ।

आयुष्मान खुराना
बलिउड अभिनेता आयुष्मान खुरानाले यो वर्षको टाइम म्यागेजिनको १०० विश्वका प्रमुख प्रभावशाली व्यक्तिको सूचीमा आफ्नो नाम समावेश गराउन सफल भएका छन्। आयुष्मानले टाइमको सूचीमा पर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताएका छन्।

विक्की डोनर, दम लगाके हइशा, बधाई हो, शुभ मंगल सावधान, आर्टिकल १५, अन्धाधुन, ड्रिम गर्ल, बाला, गुलाबो सीताबोलगायतका विभिन्न चलचित्रका माध्यमबाट उनी समाजका घटनालाई बाहिर ल्याउने गर्छन्।

अभिनयबाहेक उनको गायकीमा पनि उत्तिकै लगाव छ र उनले धेरै गीतहरू समेत गाएका छन्। 

त्यस्तै टाइमको सूचीमा पर्ने अन्य कलाकारमा सांगीतिक समूह ‘द विकेन्ड’, सेलेना गोमेज, जोजो सिवा, बोङ जून होलगायत रहेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

डा एन्थोनी फौसी
जब चीन, कोरिया, इटाली हुँदै कोभिड-१९ को महामारीले अमेरिकालाई घेर्‍यो, त्यसबेला धेरैले कोही मार्गदर्शकलाई खोजिरहे। त्यही बीचमा नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा एन्थोनी फौसी नै त्यस्ता व्यक्ति हुन्, जसले यस्तो महामारीमा पनि सही मार्गदर्शन गर्न सक्छन् र कस्तो रणनीति अपनाउनुपर्छ भन्ने उचित सल्लाह दिन सक्छन् भन्ने उद्देश्यले सबैले उनलाई मार्गदर्शकको रूपमा स्वीकार गरे। 

डा फौसीले पछिल्ला ३६ वर्षको अन्तरालमा ६ जना राष्ट्रपतिलाई विभिन्न महामारी र रोगहरूको बारेमा सुझाव दिइसकेका छन्। जब कोभिड-१९ ले विश्वभर आतंक फैलाउन थाल्यो त्यसबेला यसले पार्नसक्ने असरलाई अहिलेसम्म ठीकसँग अन्वेषण गरेका छन्।

स्वभावतः उनी अरूको प्रशंसामा भन्दा काममा बढी ध्यान दिने र राजनीतिक दबाबलाई अस्वीकार गर्ने व्यक्ति हुन्। सुन्नमा  जति नै कर्कस सुनिए पनि सत्य बोल्नमा कहिले पछि नहट्ने उनी आफ्नो  जीवनमा एकै उद्देश्यका साथ अघि बढिरहे–कसैलाई उपचार गर्न सम्भव रोगका कारणले मर्न नदिने। 

Xtrem

Xtrem

कमला ह्यारिस
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारमा उठेकी कमला ह्यारिस प्रथम अश्वेत तथा इन्डियन अमेरिकी महिला हुन्। उनी उपराष्ट्रपति पदमा उठ्नुले सम्पूर्ण जातजातीले संघर्षबाट नै सफलता पाइने कुरामा अझ विश्वस्त भएका छन्।

५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान्फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटमा  निर्वाचित भएकी उनले क्यालिफोर्नियाकी पूर्वन्यायाधिवक्ता र सान्फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

यो पनि पढ्नुहोस्

 

अमेरिकामा कमला-कम्पनमंगलबार, भदौ २, २०७७

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास छैन। 

सी चिनफिङ

सी चिनफिङ चिनियाँ इतिहाँसकै सबैभन्दा अभेद्य राष्ट्रपति हुन्। उनले भ्रष्ट्राचारविरोधी अभियानलाई चलाए, जसको शिकार उनका आफ्नै परिवार र नातागोतासम्म परेका छन्।


चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ जनमुक्ति सेनाका चीफ कमान्डर सी सन् २०१२ मा चीनका राष्ट्रपति बनेका हुन्। 

उनी आफूलाई जनगणतन्त्र चीनका संस्थापक माओत्से तुङ र आर्थिक पुनरुत्थानवादी नेता देङ श्याओपिङपछिकै महान् नेता मान्छन्।

नरेन्द्र मोदी
टाइम म्यागेजिनले विश्वका १०० प्रमुख प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि परेका छन्। उनीसँगै अन्य केही भारतीयहरू गूगलका सिइओ सुन्दर पिचाई, अभिनेता आयुष्मान खुराना, एचआइबी सोधकर्ता प्रोफेसर रविन्द्र गुप्ता आदि सूचीमा समावेश भएका छन्। 

नरेन्द्र मोदीलाई १०० व्यक्तिको सूचीमा समावेश गर्दै टाइमले लेखेको छ, ‘लोकतन्त्रको प्रमुख तत्त्व स्वतन्त्र निर्वाचनमात्र होइन। निर्वाचनले कसलाई कति भोट प्राप्त भयो भन्ने मात्र यकीन गर्छ। तर योभन्दा धेरै महत्व ती नागरिकको अधिकारको छ, जसले निर्वाचित व्यक्तिलाई भोट दिएका छैनन्। भारत पछिल्ला सात दशकदेखि विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश रहिआएको छ। यहाँको १.३ अर्बको जनसंख्यामा इसाई, सिख, बौद्ध, जैन र अन्य धार्मिक सम्प्रदायका मानिसहरू बस्ने गर्छन्। उनी ८० प्रतिशत जनसंख्या रहेको हिन्दू समुदायबाट आएका हुन्।’

बिल्किस बानो
भारतको नागरिकता कानूनको संशोधन अधिनियम अर्थात् सिएएविरूद्ध दिल्लीको शाहीन बाग क्षेत्रमा भएको आन्दोलनमा ८२ वर्षीय बिल्कीस बानोको चेहरा देखिएको थियो, जहाँ उनी उक्त कानुनको संशोधनको विरोधमा सडकमा उत्रिएकी थिइन्। उनी पनि टाइम म्यागेजिनको प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन्।

बिल्किस बानोलाई ‘शाहीन बागकी आमा’ भनेर समेत चिन्ने गरिन्छ। उनी शाहीन बागमा सिएए फिर्ता हुनुपर्ने भन्दै गरिएको १०० दिन लामो आन्दोलनमा सहभागी भएकी थिइन्।

टाइम म्यागेजिनले बिल्किस बानोका लागि लेखेको छ, ‘उनी भारतमा सीमान्तकृत वर्गको आवाज बनिन्। उनी धेरैपटक प्रदर्शनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म रहने गरेकी थिइन्। उनका साथै अन्य हजारौ महिला पनि त्यहाँ सहभागी भएका थिए। महिलाहरूको त्यो प्रदर्शनलाई प्रतिरोधको प्रतिकको रूपमा पनि मानिएको छ।’ 

डोनाल्ड ट्रम्प
यसैगरी म्यागेजिनले प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समावेश गरेको छ। यसपटक भने ट्रम्पकाे नाम चिनियाँ राष्ट्रपति सी चिनफिङभन्दा तल रहेको छ। विश्वमा भएका पछिल्ला गतिविधि र तिनले अन्य देशलाई पारेको प्रभावका आधारमा प्रमुख प्रभावशाली नेतामा उनको नाम पनि समेटिएको हो।

पछिल्लो समय ट्रम्पले वातावरण नियमनलाई समेत उदांगो पार्ने काम गरेका छन्। कोभिड-१९ महामारीलाई सुरू सुरूमा यसको असरको आँकलन नगरी कोभिडलाई कम महत्व दिएर पनि कतिपय स्थानमा विवादमा आएका थिए। 

रविन्द्र गुप्ता
विश्वका प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रोफेसर रविन्द्र गुप्ता पनि परेका छन्। गुप्ता क्लिनिकल माइक्रोबायोलोजीका प्रोफेसर हुन्।

क्याम्ब्रिज विश्वविद्यालयमा क्लिनिकल साइन्समा वेलकम ट्रस्टका फेलोसमेत रहेका गुप्ता दक्षिण अफ्रिकाको डरबनमा अफ्रिका स्वास्थ्य अनुसन्धान संस्थानमा अध्यापन गराउने काम गर्छन्। 

नयाँ अन्वेषकहरुको विधामा मेगन दि स्टेलियन, जियानिस एन्टेटोकुउन्म्पो, इब्रम एक्स केन्डी, नेथन ल, टोमी अडेयेमी, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र जेसिका मिर, जुली के ब्राउन, सेलिसिया के ब्राउन, माया मुरे, चेज स्ट्रयान्जियो,जांग योंगझेन, टुरमलिन, वाद अल कतिब, अबुबाकर तबाडोउ,  गेब्रिएला कमारा, कमिला रथ, रेबिका गोम्पर्ट्स, रविन्द्र गुप्ता, लरेन गर्डनर, सि जेंगली र सिओरी इटो रहेका छन् ।

कलाकारहरुतर्फ, द विकेन्ड, अलि वंग, माइकल बी जोर्डन, सलेना गोमेज, जे बाल्वीन, जोजो सिवा, हाल्से, फोबे वालर-ब्रिज, जेनिफर हुड्सन, यो यो मा, डेपर डान, अनियास मेटचेल, मिसेल कोल, बोंग जुन हो, लासतेसिस, जुली मेह्रेतु, आयुष्मान खुराना परेका छन् ।

नेताहरुको सूचीमा डा. एन्थाेनी फाैसी, कमला ह्यारिस, साइ इंग-वेन, जोन रोबर्ट्स, सी चिनफिंग, डोनाल्ड ट्रम्प, सिजर, एन्जेला मार्केल, जो बाइडेन, जायर बोल्सोनारो, नेन्सी पोलेसी, नरेन्द्र मोदी, विलियम बार, एनी हिडाल्गो, टेड्रस अडानोम गेब्रियसस, म्यारी के हेनरी, निमोन्टे नेनक्वीमो , उर्सला भोन् देरलेयेन, जुंग एन-कियोंग, बोनी कासिलो, जाँ ज्याक मुवेम्बे ताफुम, युसुफ अल अटैबा छन् ।

धनाढ्य व्यक्तिको सूचीमा गेब्रियल युनियन, डेन वादी, सुन्दर पिचाई, टेलर पेरी, स्कट मेकेन्जी, रबर्ट एफ स्मिथ, लुविस हेमिल्टन, जेरेमी पावेल, एरिक युवान, पेट्रीक महोम्स, क्लेर बबिनक्स-फोन्टिनोट, ग्रेग बर्लान्टी, सारी रेड स्टोन , टोनी इलुमेलु, जोंग नानसांग, क्रिस्टीलिना जर्जगिभा, लिजा निशिम्ब्रा, जेनेरल चार्ल्स कवु ब्राउन जुनियर, डेनियल झान्ग, गायन शटवेल, टुनी फुन्शो रहेका छन् ।

प्रेरणादायी व्यक्तिहरुतर्फ भने ब्ल्याक लाइभ्स म्याटरको संस्थापक एलिसिया गार्जा, पेट्रिसे कुलर्स र ओपल टोमेटि, एडी बर्कन, बिली पोर्टर, नाओमी ओसाका, एन्जेला डेभिस , चि चिया-वेई, मेगन रेपिनोई, फेलिप नेटो, एलिसन फेलिक्स, सिस्टर नोर्मा पिमेन्टल, डेभिड हिल, आरुसी उन्दा, नुरी टर्केल, लिना अट्लाहा र बिल्किस विश्वका प्रभावकारी व्यक्तिको सुचीमा परेका छन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। अप्सरा र बदरपुरलगायतका सीमा क्षेत्रमा न... शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) घुँडाको बाथका कारण खिइएको कुरकुरे हाड फेरि प्राकृतिक रूपमा उमार्न सकिएला? स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको नयाँ अनु... शनिबार, असोज २४, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्