• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व
यी हुन् विश्वका १०० प्रभावशाली व्यक्ति
64x64
नेपाल लाइभ शनिबार, असोज १०, २०७७  १०:३०
1140x725

काठमाडौं- टाइम म्यागेजिनले बर्सेनि प्रकाशित गर्ने विश्वका प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेता आयुष्मान खुराना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गूगलका सिइओ सुन्दर पिचाई, अमेरिकाकाे नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज्‌का निर्देशक डा एन्थोनी फौसी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प‚ चिनियाँ राष्ट्रपति सि चिनफिङलगायतका व्यक्ति परेका छन्।

टाइम म्यागेजिनले विभिन्न शीर्षकमा १ सय व्यक्तिको सूची प्रकाशित गर्ने गरेको छ। पायोनियर, कलाकार, नेता, टाइटन्स, आइकन लगायतका शीर्षकमा १ सय जनाको सूची प्रकाशित गरिएको छ।

टाइम म्यागेजिनले प्रकाशित गरेका १०० विश्वका प्रमुख प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका व्यक्तिहरू विभिन्न विधाबाट छनाेट भएका छन्। यो वर्ष उक्त सूचीमा कोभिड-१९ को महामारीमा प्रत्यक्ष रूपमा भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तित्वलाई समेत समावेश गरिएको छ।

आयुष्मान खुराना
बलिउड अभिनेता आयुष्मान खुरानाले यो वर्षको टाइम म्यागेजिनको १०० विश्वका प्रमुख प्रभावशाली व्यक्तिको सूचीमा आफ्नो नाम समावेश गराउन सफल भएका छन्। आयुष्मानले टाइमको सूचीमा पर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताएका छन्।

विक्की डोनर, दम लगाके हइशा, बधाई हो, शुभ मंगल सावधान, आर्टिकल १५, अन्धाधुन, ड्रिम गर्ल, बाला, गुलाबो सीताबोलगायतका विभिन्न चलचित्रका माध्यमबाट उनी समाजका घटनालाई बाहिर ल्याउने गर्छन्।

अभिनयबाहेक उनको गायकीमा पनि उत्तिकै लगाव छ र उनले धेरै गीतहरू समेत गाएका छन्। 

त्यस्तै टाइमको सूचीमा पर्ने अन्य कलाकारमा सांगीतिक समूह ‘द विकेन्ड’, सेलेना गोमेज, जोजो सिवा, बोङ जून होलगायत रहेका छन् ।

Ncell 2
Ncell 2

डा एन्थोनी फौसी
जब चीन, कोरिया, इटाली हुँदै कोभिड-१९ को महामारीले अमेरिकालाई घेर्‍यो, त्यसबेला धेरैले कोही मार्गदर्शकलाई खोजिरहे। त्यही बीचमा नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा एन्थोनी फौसी नै त्यस्ता व्यक्ति हुन्, जसले यस्तो महामारीमा पनि सही मार्गदर्शन गर्न सक्छन् र कस्तो रणनीति अपनाउनुपर्छ भन्ने उचित सल्लाह दिन सक्छन् भन्ने उद्देश्यले सबैले उनलाई मार्गदर्शकको रूपमा स्वीकार गरे। 

डा फौसीले पछिल्ला ३६ वर्षको अन्तरालमा ६ जना राष्ट्रपतिलाई विभिन्न महामारी र रोगहरूको बारेमा सुझाव दिइसकेका छन्। जब कोभिड-१९ ले विश्वभर आतंक फैलाउन थाल्यो त्यसबेला यसले पार्नसक्ने असरलाई अहिलेसम्म ठीकसँग अन्वेषण गरेका छन्।

स्वभावतः उनी अरूको प्रशंसामा भन्दा काममा बढी ध्यान दिने र राजनीतिक दबाबलाई अस्वीकार गर्ने व्यक्ति हुन्। सुन्नमा  जति नै कर्कस सुनिए पनि सत्य बोल्नमा कहिले पछि नहट्ने उनी आफ्नो  जीवनमा एकै उद्देश्यका साथ अघि बढिरहे–कसैलाई उपचार गर्न सम्भव रोगका कारणले मर्न नदिने। 

shivam cement

shivam cement

कमला ह्यारिस
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपतिको उम्मेदवारमा उठेकी कमला ह्यारिस प्रथम अश्वेत तथा इन्डियन अमेरिकी महिला हुन्। उनी उपराष्ट्रपति पदमा उठ्नुले सम्पूर्ण जातजातीले संघर्षबाट नै सफलता पाइने कुरामा अझ विश्वस्त भएका छन्।

५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान्फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटमा  निर्वाचित भएकी उनले क्यालिफोर्नियाकी पूर्वन्यायाधिवक्ता र सान्फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।

यो पनि पढ्नुहोस्

 

अमेरिकामा कमला-कम्पनमंगलबार, भदौ २, २०७७

अमेरिकाका दुवै प्रमुख पार्टीले आजसम्म कुनै अश्वेत महिलालाई उपराष्ट्रपति पदका लागि उम्मेदवार उठाएको इतिहास छैन। 

सी चिनफिङ

सी चिनफिङ चिनियाँ इतिहाँसकै सबैभन्दा अभेद्य राष्ट्रपति हुन्। उनले भ्रष्ट्राचारविरोधी अभियानलाई चलाए, जसको शिकार उनका आफ्नै परिवार र नातागोतासम्म परेका छन्।


चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ जनमुक्ति सेनाका चीफ कमान्डर सी सन् २०१२ मा चीनका राष्ट्रपति बनेका हुन्। 

उनी आफूलाई जनगणतन्त्र चीनका संस्थापक माओत्से तुङ र आर्थिक पुनरुत्थानवादी नेता देङ श्याओपिङपछिकै महान् नेता मान्छन्।

नरेन्द्र मोदी
टाइम म्यागेजिनले विश्वका १०० प्रमुख प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि परेका छन्। उनीसँगै अन्य केही भारतीयहरू गूगलका सिइओ सुन्दर पिचाई, अभिनेता आयुष्मान खुराना, एचआइबी सोधकर्ता प्रोफेसर रविन्द्र गुप्ता आदि सूचीमा समावेश भएका छन्। 

नरेन्द्र मोदीलाई १०० व्यक्तिको सूचीमा समावेश गर्दै टाइमले लेखेको छ, ‘लोकतन्त्रको प्रमुख तत्त्व स्वतन्त्र निर्वाचनमात्र होइन। निर्वाचनले कसलाई कति भोट प्राप्त भयो भन्ने मात्र यकीन गर्छ। तर योभन्दा धेरै महत्व ती नागरिकको अधिकारको छ, जसले निर्वाचित व्यक्तिलाई भोट दिएका छैनन्। भारत पछिल्ला सात दशकदेखि विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश रहिआएको छ। यहाँको १.३ अर्बको जनसंख्यामा इसाई, सिख, बौद्ध, जैन र अन्य धार्मिक सम्प्रदायका मानिसहरू बस्ने गर्छन्। उनी ८० प्रतिशत जनसंख्या रहेको हिन्दू समुदायबाट आएका हुन्।’

बिल्किस बानो
भारतको नागरिकता कानूनको संशोधन अधिनियम अर्थात् सिएएविरूद्ध दिल्लीको शाहीन बाग क्षेत्रमा भएको आन्दोलनमा ८२ वर्षीय बिल्कीस बानोको चेहरा देखिएको थियो, जहाँ उनी उक्त कानुनको संशोधनको विरोधमा सडकमा उत्रिएकी थिइन्। उनी पनि टाइम म्यागेजिनको प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा परेकी छन्।

बिल्किस बानोलाई ‘शाहीन बागकी आमा’ भनेर समेत चिन्ने गरिन्छ। उनी शाहीन बागमा सिएए फिर्ता हुनुपर्ने भन्दै गरिएको १०० दिन लामो आन्दोलनमा सहभागी भएकी थिइन्।

टाइम म्यागेजिनले बिल्किस बानोका लागि लेखेको छ, ‘उनी भारतमा सीमान्तकृत वर्गको आवाज बनिन्। उनी धेरैपटक प्रदर्शनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म रहने गरेकी थिइन्। उनका साथै अन्य हजारौ महिला पनि त्यहाँ सहभागी भएका थिए। महिलाहरूको त्यो प्रदर्शनलाई प्रतिरोधको प्रतिकको रूपमा पनि मानिएको छ।’ 

डोनाल्ड ट्रम्प
यसैगरी म्यागेजिनले प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समावेश गरेको छ। यसपटक भने ट्रम्पकाे नाम चिनियाँ राष्ट्रपति सी चिनफिङभन्दा तल रहेको छ। विश्वमा भएका पछिल्ला गतिविधि र तिनले अन्य देशलाई पारेको प्रभावका आधारमा प्रमुख प्रभावशाली नेतामा उनको नाम पनि समेटिएको हो।

पछिल्लो समय ट्रम्पले वातावरण नियमनलाई समेत उदांगो पार्ने काम गरेका छन्। कोभिड-१९ महामारीलाई सुरू सुरूमा यसको असरको आँकलन नगरी कोभिडलाई कम महत्व दिएर पनि कतिपय स्थानमा विवादमा आएका थिए। 

रविन्द्र गुप्ता
विश्वका प्रमुख १०० प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रोफेसर रविन्द्र गुप्ता पनि परेका छन्। गुप्ता क्लिनिकल माइक्रोबायोलोजीका प्रोफेसर हुन्।

क्याम्ब्रिज विश्वविद्यालयमा क्लिनिकल साइन्समा वेलकम ट्रस्टका फेलोसमेत रहेका गुप्ता दक्षिण अफ्रिकाको डरबनमा अफ्रिका स्वास्थ्य अनुसन्धान संस्थानमा अध्यापन गराउने काम गर्छन्। 

नयाँ अन्वेषकहरुको विधामा मेगन दि स्टेलियन, जियानिस एन्टेटोकुउन्म्पो, इब्रम एक्स केन्डी, नेथन ल, टोमी अडेयेमी, अन्तरिक्ष यात्री क्रिस्टिना कोच र जेसिका मिर, जुली के ब्राउन, सेलिसिया के ब्राउन, माया मुरे, चेज स्ट्रयान्जियो,जांग योंगझेन, टुरमलिन, वाद अल कतिब, अबुबाकर तबाडोउ,  गेब्रिएला कमारा, कमिला रथ, रेबिका गोम्पर्ट्स, रविन्द्र गुप्ता, लरेन गर्डनर, सि जेंगली र सिओरी इटो रहेका छन् ।

कलाकारहरुतर्फ, द विकेन्ड, अलि वंग, माइकल बी जोर्डन, सलेना गोमेज, जे बाल्वीन, जोजो सिवा, हाल्से, फोबे वालर-ब्रिज, जेनिफर हुड्सन, यो यो मा, डेपर डान, अनियास मेटचेल, मिसेल कोल, बोंग जुन हो, लासतेसिस, जुली मेह्रेतु, आयुष्मान खुराना परेका छन् ।

नेताहरुको सूचीमा डा. एन्थाेनी फाैसी, कमला ह्यारिस, साइ इंग-वेन, जोन रोबर्ट्स, सी चिनफिंग, डोनाल्ड ट्रम्प, सिजर, एन्जेला मार्केल, जो बाइडेन, जायर बोल्सोनारो, नेन्सी पोलेसी, नरेन्द्र मोदी, विलियम बार, एनी हिडाल्गो, टेड्रस अडानोम गेब्रियसस, म्यारी के हेनरी, निमोन्टे नेनक्वीमो , उर्सला भोन् देरलेयेन, जुंग एन-कियोंग, बोनी कासिलो, जाँ ज्याक मुवेम्बे ताफुम, युसुफ अल अटैबा छन् ।

धनाढ्य व्यक्तिको सूचीमा गेब्रियल युनियन, डेन वादी, सुन्दर पिचाई, टेलर पेरी, स्कट मेकेन्जी, रबर्ट एफ स्मिथ, लुविस हेमिल्टन, जेरेमी पावेल, एरिक युवान, पेट्रीक महोम्स, क्लेर बबिनक्स-फोन्टिनोट, ग्रेग बर्लान्टी, सारी रेड स्टोन , टोनी इलुमेलु, जोंग नानसांग, क्रिस्टीलिना जर्जगिभा, लिजा निशिम्ब्रा, जेनेरल चार्ल्स कवु ब्राउन जुनियर, डेनियल झान्ग, गायन शटवेल, टुनी फुन्शो रहेका छन् ।

प्रेरणादायी व्यक्तिहरुतर्फ भने ब्ल्याक लाइभ्स म्याटरको संस्थापक एलिसिया गार्जा, पेट्रिसे कुलर्स र ओपल टोमेटि, एडी बर्कन, बिली पोर्टर, नाओमी ओसाका, एन्जेला डेभिस , चि चिया-वेई, मेगन रेपिनोई, फेलिप नेटो, एलिसन फेलिक्स, सिस्टर नोर्मा पिमेन्टल, डेभिड हिल, आरुसी उन्दा, नुरी टर्केल, लिना अट्लाहा र बिल्किस विश्वका प्रभावकारी व्यक्तिको सुचीमा परेका छन् ।
 

प्रकाशित मिति: शनिबार, असोज १०, २०७७  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र
सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ११ गते बस्दै
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ?
सम्बन्धित सामग्री
गाजामा इजरायलको हवाई आक्रमणमा परि ८० जनाको मृत्यु अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणमा २२ जना बालबालिका र १५ जना महिला मारिएको बताइएको छ । हमासले एक इजरायली–अमेरिकी बन्धकक... बिहीबार, जेठ १, २०८२
रुस–युक्रेन शान्ति वार्ता आज टर्कीमा हुँदै क्रेमिलनले जारी गरेको विज्ञप्ति अनुसार रुसको नेतृत्व राष्ट्रपतिका एआइडिई भ्लाडिमिर मेडिन्सकीले गर्ने छन् । यसअघि जेलेन्स्कीले पुटिनस... बिहीबार, जेठ १, २०८२
सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा ट्रम्पको यस निर्णयलाई सिरियाका परराष्ट्रमन्त्री असद हसन अल-शबानीले देशको पुनर्निर्माणतर्फको यात्रामा एक नयाँ सुरुआतको रूपमा व्याख्या... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र बिहीबार, जेठ १, २०८२
सुदूरपश्चिम प्रदेश सभाको बैठक जेठ ११ गते बस्दै बिहीबार, जेठ १, २०८२
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ? बिहीबार, जेठ १, २०८२
लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक आज बस्दै बिहीबार, जेठ १, २०८२
तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
रविन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, वैशाख ३१, २०८२
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्