• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

जति इँटा थप्यो, त्यति थपिन्छ नरबहादुरको खुसी 

64x64
निर्मला घिमिरे शुक्रबार, असोज ९, २०७७  ११:१७
1140x725

काठमाडौं–बसन्तपुरमा पहिलेजस्तो चहलपहल छैन। नत ठूलाठूला क्यामेरा बोकेर तस्बिर खिच्दै हिडिरहेका गोराहरु नै भेटिन्छन् हिजोआज। 

साँझपख बसन्तपुर दरबारसँग ठोकिएर फर्कने हावासँगै रमाउनेहरुको चाप पनि त घटेको छ। तर त्यहाँ भूकम्पले तहसनहस पारेको दरबारको रुप फेरिरहेकाहरु भने उस्तै गरी खटिइरहेका छन्।

त्यही परिवेशमा भत्किएर अस्वाभाविक बनेको दरबारको आँगनमा इँटा थपिरहेका भेटिन्छन् उदयपुरका ४५ वर्षीय नरबहादुर खड्का। 
‘यो कामबाट कति कमाइ हुन्छ ?,’ मैले उनलाई सोधेँ। 

‘दैनिक ज्यालाको हिसाबले ८ घण्टा काम गर्दा १२ सय कमाइ हुन्छ। ठाउँ नापेर काम गर्दा १५ सयसम्म हुन्छ’, उनले सजिलै जवाफ फर्काए। 

नरबहादुर ठाउँ नापेर इँटा भर्छन्। एक मिटर इँटा छापेको १ सय ५० कमाइ हुन्छ। दिनभरिमा उनी १५ सयसम्म कमाइ गर्छन्। 
‘त्यसो भए घर खर्च राम्रोसँग चल्छ ?’ उनलाई यो अर्को प्रश्न थियो। 

‘काम भइरह्यो भने त घर खर्च पुर्‍याएर थोरै बचाउन पनि सकिन्थ्यो। कोरोनाका कारण ६ महिनादेखि काम ठप्प भयो। पहिले कमाएर बचाएको पैसा पनि सकियोे’, नरबहादुरले सुनाए। 

सीप र मेहनतअनुसार उनको कमाइ रामै छ। निरन्तर काम हुँदा त इँटा छापेर दुई छोरा, श्रीमती र आफूलाई घर खर्च चलाउन पुर्‍याइरहेका थिए। उनकी श्रीमतीले पनि क्लिनरको काम गर्थिन्। दुवै मिलेर काम गर्दा दुई छोराहरुलाई पनि बोर्डिङ स्कुल पढाउन खर्च धानिरहेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आफैँ पसिनाले पेट पालिरहेका नरबहादुरलाई कसैको आश गर्नु परेको थिएन। तर कोरोना महामारीका कारण काम ठप्प भएपछि खानलाई नै सापटी पो माग्नुपर्ने अवस्था आयो। 

‘सरकारले ५ किलो राहत बाँडेको थियो रे। घरबेटीले हस्ताक्षर गरिदिएको भए वडाबाट ५ किलो राहत त पाइन्थ्यो रे। तपाइँहरु आफ्नै पसिनाले पेट भर्ने मान्छे त्यो ५ किलोले के हुन्छ र भनेर घरबेटीेले हस्ताक्षर गर्नुभएन। त्यति राहत पनि लिएनौँ’, नरबहादुर भन्छन्। 
बरु उनले साथीभाइसँग सापटी मागेर घर खर्च चलाए। 

त्यहीबीचमा उनका कान्छा छोराको हात पनि भाँचियो र खर्च थप बढ्यो। 

‘यस्तै हुन्छ। काम भइरहेको बेला पैसा जम्मा गरेर केही काम गर्छु भन्ने सोच्यो कहिले छोराछोरी बिरामी हुन्छन् कहिले आफैँ बिरामी परिन्छ,’ नरबहादुरले भने, ‘बचाएको पैसा पनि यसैगरी सकिन्छ केही गर्न सकेको छैन। अब यो महामारीले त कुन हालतमा पु¥याउने हो?’

ज्यामी कामबाट छिरेका नरबहादुरले मिस्त्री काम थालेको एक दशक भयो। १० वर्षसम्म कयौँका घरहरु ठड्याइसकेका छन्। आफू भने भक्तपुरको डेरामा बस्छन् र काम गर्न उपत्यका चहार्छन्।

‘आफूसँगै पढेका साथीहरु कोही मास्टर बने, कोही विदेश गएँ। म विदेश पनि जान सकिनँ। पढ्नलाई आर्थिक अवस्था राम्रो थिएन। अब यही काम गर्नु पर्‍यो नि,’ उनी सम्झन्छन्। 

नरबहादुरले पनि धेरै पढेर केही काम गर्छु भन्ने सोचेका थिए। एसएलसी सकेर ११ कक्षामा पनि भर्ना भएका थिए। तर पैसाकै अभावमा उनले पढाई बीचमै छाडिदिए।

कामका लागि भौतारिए। काम पनि फेरिफेरि गरे उनले। 

‘धेरै काम गरेँ। केही वर्ष सेक्युरिटी गार्डको काम गरेँ। गार्मेन्टको काम पनि गरेँ। केही समय लाइसेन्स लिएर कार पनि चलाएँ’, उनले सुनाए। 

केही समय त उनले साहुको ट्याक्सी पनि चलाए। ट्याक्सीका लागि छुट्टै लाइसेन्स पनि थिएन बिहेपछि उनले ट्याक्सी चलाउन छाडे। 
वरपरका साथीहरु विदेश गएर टन्न कमाइ गरेर फर्किएको देख्दा नरबहादुरले पनि विदेश जाने सोच बनाए। पासपोर्ट पनि बनाए। एकजना साथीसँगै स्वास्थ्य परीक्षणका लागि मेडिकल पनि धाए। 

‘साथीको मेडिकल पास भयो। ऊ विदेश गयो। मलाई चाहिँ तपाइँमा उच्च रक्तचाप छ। केही समय आराम गर्नुस्। खानपिनमा ध्यान दिएर आउनुस् भनेर मेडिकलले फर्कायो। मलाई फेरि जान मन लागेन’, बेल्चाले बालुवा र सिमेन्टको मिश्रण निकाल्दै सुनाउँछन्।  

मेडिकल पास भएको भए नरबहादुर यतिबेला खाडीमा हुन्थे होला वा कमाएर फर्किसक्थे। या, अलपत्र परेर फर्कनुपथ्र्यो। मेडिकल फेल भएकै कारण नरबहादुर आफ्नै देशमा रोकिए। 

विदेशमा जसरी आफ्नै देशमा खट्न सके राम्रो कमाइ हुने सोच बनाएर नै उनले मिस्त्रीको काम सुरु गरेका थिए। 

मेडिकल पास भएर विदेशिएका साथीको कुरा सुन्दा पनि आफ्नो मेडिकल फेल भएर ठिकै भएजस्तो लाग्छ नरबहादुरलाई। 

‘विदेशमा योभन्दा अझ चर्को काम गर्नुपर्ने रहेछ। कमाइ पनि उस्तैउस्तै त हो। यहाँ त आफ्नै देश। परिवारसँगै बसेर काम गर्न पाइने। मलाई त यहीँ खुसी छ’ विदेश जान नपाएकोमा अलिकति पनि पछुत्तो छैन उनलाई।  

तर आफूसँगै पढेका साथीहरु कोही शिक्षक, कोही सुब्बा त कोही ठूला व्यापारी बनेको देख्दाचाहिँ आफू पनि त्यहीँ ठाउँमा हुन पाएको भए भन्ने सोच्छन् उनी। 

इँटाका चाङसँगै सपनाका चाङहरु पनि बुनिरहेका नरबहादुर भन्छन्, ‘अब सोचेर मात्रै पनि के गर्ने। यहीँ इँटा र सपनाहरुसँग पौठेजोरी गर्दागर्दै उमेरले ४ दशक नाघिसक्यो। आफू पढ्न नसके पनि दुई छोराहरुलाई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउने सपना छ। सीप सिकाएर भए पनि छोराहरुलाई आत्मनिर्भर बनाउनु छ।’ 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्