काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको सचिवायल संवैधानिक परिषद् नभएको बताएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै शर्माले लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को महत्व, मर्म एवं मूल्यलाई सरकारले नबुझ्नु दुःखद् भएको भन्दै लोकतान्त्रिक पद्धतिका लागि यो सुखद् संकेत नभएको प्रष्ट पारेका हुन्।
विज्ञप्तिमा भनिएको छ‚ ‘लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य हुन्छ र हुनुपर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद् त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन।’
अध्यादेशमार्फत् संवैधानि क परिषद्को औचित्य समाप्त पार्ने असफल षड्यन्त्र हुनु र नेकपा सचिवालयका पछिल्ला बैठकले संवैधानिक नियुक्ति गर्ने विषयमा आफूलाई संलग्न गराउनुले बचेको गरिमा अन्त्य गर्ने दिशामा सरकार उद्धत रहेको पुष्टि भएको उनले आरोप लगाएका छन्। यसका साथै कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई अपील गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।