• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
पिसीआरका नाममा श्रमिकमाथि लुट, सरकारले तोकेभन्दा २४ सय बढी शुल्क असुली
64x64
निर्मला घिमिरे बिहीबार, असोज ८, २०७७  ०९:४४
1140x725
फाइल तस्बिर

काठमाडौं- सरकारले सबै (निजी तथा सरकारी) प्रयोगशालाका लागि पिसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोके पनि अधिकांश निजी ल्याबहरुले मनपरी शुल्क असुलिरहेको पाइएको छ। 

ल्याबहरुले पिसीआर परीक्षणका नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग २५ सयदेखि ४ हजार ४ सयसम्म असुलेको पाइएको हो। 

गत फागुन २९ गतेबाट सबै प्रकारका श्रम स्वीकृति स्थगन भए पनि सरकारले असार १८ गतेदेखि पुनः र भदौ १४ देखि नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। श्रम स्वीकृतिका लागि ७२ घण्टाभित्रको पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। 

यसको फाइदा लिँदै अधिकांश निजी ल्याबहरुले चर्को शुल्क असुलेका हुन्। स्थगन भएको श्रम स्वीकृति सुचारु भएयता चर्को पिसीआर परीक्षण शुल्क तिरेर करिब ८ हजार युवा विदेसिइसकेका छन्। 

सरकारले पिसीआर परीक्षण शुल्क तोके पनि नियमन गर्न नसक्दा निजी ल्याबहरुले मनपरी शुल्क असुल्ने प्रवृत्ति बढेको पाइएको छ जसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु परेका छन् । 

निजी ल्याबहरुले मनलाग्दी रुपमा पिसीआर परीक्षण शुल्क असुलिरहेको स्वास्थ्य व्यवसायीहरु नै बताउँछन्। 

प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालका सदस्य खिमराज अधिकारी केही निजी ल्याबहरुले सरकारले तोकेको शूल्कमै पिसीआर परीक्षण गर्ने गरेको भए पनि कतिपयले मनलाग्दी शूल्क लिइरहेको बताउँछन्। 

‘केही ल्याबहरुले महंगो शुल्क पनि लिइरहेका छन्। तर कतियले ल्याबहरुले २ हजारमा पिसीआर परीक्षण गरेर उनीहरुलाई भिटिएम, ग्लोब, मास्क, फेश सेभर, पीपीई लगायत सामग्री दिएर पठाउँछन्। ती सामग्रीको शुल्क जोड्दा धेरै देखिएको हुन सक्छ’ उनले भने । 

Ncell 2
Ncell 2

वैदेशिक रोजगारीमा जानेहरुको मात्रै पिसीआर गर्न मेडिकलहरुसँग सम्झौता गर्ने तयारी 
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मात्रै पिसीआर परीक्षण गर्न मेडिकलहरुसँग सम्झौताको तयारी गरिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन्। 

‘हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मात्र छुट्टै पिसीआर गराउनका लागि छलफल अगाडि बढाएका छौँ’, महासचिव श्रेष्ठले भने । 

वैदेशिक रोजगारीमा जानेहरुका लागि सहज होस् भनेर मेडिकलहरुसँग सम्झौता गर्ने बारे छलफल भएको तर शुल्क लगायत अन्य विषयमा टुंगो लागिनसकेको महासचिव श्रेष्ठको भनाइ छ। 

अधिकतम शुल्क २ हजार तोक्ने स्वास्थ्य मन्त्रालय नै भन्छ–कारण देखाए बढी शुल्क लिन मिल्छ 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षणका लागि पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेकोमा दोस्रो पटक परिमार्जन गर्दै ४ हजार ४ सय तोकेको थियो। 

गत भदौ २८ गते नियमित प्रेस ब्रिफिङमार्फत् मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशमरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँमात्रै शुल्क लिन पाउने निर्णय भएकोे बताएका थिए। 

डा  गौतमले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा पिसीआर परीक्षणका किट तथा अन्य सामग्रीको मूल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मूल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको जानकारी दिएका थिए । 

उनैसँग नेपाल लाईभले पिसीआर परीक्षणका नाममा निजी प्रयोगशालाहरुले  मनलाग्दी रकम असुल गरिरहेको सन्दर्भमा प्रतिक्रिया लिँदा कारण देखाएर सरकारले तोकेभन्दा बढी २५ सयदेखि ३ हजारसम्म शुल्क लिन सक्ने बताए। 

‘शुल्क स्वास्थ्य मन्त्रालयले तोकेको हो। निजी ल्याबमा केही खर्चहरु होलान् सरकारीमा २ हजार छ, निजीले त्यतिमा काम गर्न सकेनौँ २५ सय लिन्छौँ अथवा ३ हजार लिन्छौँ। यो–यो कारणले त्यति शुल्क लाग्छ भनेर जस्टिफिकेशन देखाउन सक्यो भने ठीक छ । सकेन भने चाहिँ कारबाही हुन्छ, ’डा गौतम भन्छन्। 

कतिपय निजी ल्याबहरुले पनि सरकारले तोकेको शुल्कमा नै पिसीआर परीक्षण गराइरहेकाले पिसीआर गराउँदा बुझेर गराउनुपर्ने उनको सुझाव छ । 

‘पिसीआर परीक्षणका नाममा कसैलाई धेरै नै मर्का परेको छ भने वाणिज्य विभागमा उजुरी गर्न सक्नुहुन्छ’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्