• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

पिसीआरका नाममा श्रमिकमाथि लुट, सरकारले तोकेभन्दा २४ सय बढी शुल्क असुली

64x64
निर्मला घिमिरे बिहीबार, असोज ८, २०७७  ०९:४४
1140x725
फाइल तस्बिर

काठमाडौं- सरकारले सबै (निजी तथा सरकारी) प्रयोगशालाका लागि पिसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोके पनि अधिकांश निजी ल्याबहरुले मनपरी शुल्क असुलिरहेको पाइएको छ। 

ल्याबहरुले पिसीआर परीक्षणका नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुसँग २५ सयदेखि ४ हजार ४ सयसम्म असुलेको पाइएको हो। 

गत फागुन २९ गतेबाट सबै प्रकारका श्रम स्वीकृति स्थगन भए पनि सरकारले असार १८ गतेदेखि पुनः र भदौ १४ देखि नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेको छ। श्रम स्वीकृतिका लागि ७२ घण्टाभित्रको पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। 

यसको फाइदा लिँदै अधिकांश निजी ल्याबहरुले चर्को शुल्क असुलेका हुन्। स्थगन भएको श्रम स्वीकृति सुचारु भएयता चर्को पिसीआर परीक्षण शुल्क तिरेर करिब ८ हजार युवा विदेसिइसकेका छन्। 

सरकारले पिसीआर परीक्षण शुल्क तोके पनि नियमन गर्न नसक्दा निजी ल्याबहरुले मनपरी शुल्क असुल्ने प्रवृत्ति बढेको पाइएको छ जसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु परेका छन् । 

निजी ल्याबहरुले मनलाग्दी रुपमा पिसीआर परीक्षण शुल्क असुलिरहेको स्वास्थ्य व्यवसायीहरु नै बताउँछन्। 

प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालका सदस्य खिमराज अधिकारी केही निजी ल्याबहरुले सरकारले तोकेको शूल्कमै पिसीआर परीक्षण गर्ने गरेको भए पनि कतिपयले मनलाग्दी शूल्क लिइरहेको बताउँछन्। 

‘केही ल्याबहरुले महंगो शुल्क पनि लिइरहेका छन्। तर कतियले ल्याबहरुले २ हजारमा पिसीआर परीक्षण गरेर उनीहरुलाई भिटिएम, ग्लोब, मास्क, फेश सेभर, पीपीई लगायत सामग्री दिएर पठाउँछन्। ती सामग्रीको शुल्क जोड्दा धेरै देखिएको हुन सक्छ’ उनले भने । 

Ncell 2
Ncell 2
nimb
nimb

वैदेशिक रोजगारीमा जानेहरुको मात्रै पिसीआर गर्न मेडिकलहरुसँग सम्झौता गर्ने तयारी 
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मात्रै पिसीआर परीक्षण गर्न मेडिकलहरुसँग सम्झौताको तयारी गरिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन्। 

‘हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मात्र छुट्टै पिसीआर गराउनका लागि छलफल अगाडि बढाएका छौँ’, महासचिव श्रेष्ठले भने । 

वैदेशिक रोजगारीमा जानेहरुका लागि सहज होस् भनेर मेडिकलहरुसँग सम्झौता गर्ने बारे छलफल भएको तर शुल्क लगायत अन्य विषयमा टुंगो लागिनसकेको महासचिव श्रेष्ठको भनाइ छ। 

अधिकतम शुल्क २ हजार तोक्ने स्वास्थ्य मन्त्रालय नै भन्छ–कारण देखाए बढी शुल्क लिन मिल्छ 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर परीक्षणका लागि पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेकोमा दोस्रो पटक परिमार्जन गर्दै ४ हजार ४ सय तोकेको थियो। 

गत भदौ २८ गते नियमित प्रेस ब्रिफिङमार्फत् मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशमरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँमात्रै शुल्क लिन पाउने निर्णय भएकोे बताएका थिए। 

डा  गौतमले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा पिसीआर परीक्षणका किट तथा अन्य सामग्रीको मूल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मूल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको जानकारी दिएका थिए । 

उनैसँग नेपाल लाईभले पिसीआर परीक्षणका नाममा निजी प्रयोगशालाहरुले  मनलाग्दी रकम असुल गरिरहेको सन्दर्भमा प्रतिक्रिया लिँदा कारण देखाएर सरकारले तोकेभन्दा बढी २५ सयदेखि ३ हजारसम्म शुल्क लिन सक्ने बताए। 

‘शुल्क स्वास्थ्य मन्त्रालयले तोकेको हो। निजी ल्याबमा केही खर्चहरु होलान् सरकारीमा २ हजार छ, निजीले त्यतिमा काम गर्न सकेनौँ २५ सय लिन्छौँ अथवा ३ हजार लिन्छौँ। यो–यो कारणले त्यति शुल्क लाग्छ भनेर जस्टिफिकेशन देखाउन सक्यो भने ठीक छ । सकेन भने चाहिँ कारबाही हुन्छ, ’डा गौतम भन्छन्। 

कतिपय निजी ल्याबहरुले पनि सरकारले तोकेको शुल्कमा नै पिसीआर परीक्षण गराइरहेकाले पिसीआर गराउँदा बुझेर गराउनुपर्ने उनको सुझाव छ । 

‘पिसीआर परीक्षणका नाममा कसैलाई धेरै नै मर्का परेको छ भने वाणिज्य विभागमा उजुरी गर्न सक्नुहुन्छ’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ०९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्