• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
जो घर मालिकको रोजाइमा परेनन्
64x64
निर्मला घिमिरे बुधबार, असोज ७, २०७७  ०७:०५
1140x725

काठमाडौं-श्रीमानसँग सम्बन्ध चिसिएसँगै जीवन गुजारा गर्न वैदेशिक रोजगारीको सहारा लिन थालेकी गोरखाकी मन्जु घले फेरि पनि विदेशिने सोच बनाई रहेकी थिइन्।

कम्पनीको काममा खाडी जान आँटेकी उनलाई इराकमा रहेकी गाउँकै छ्यामा (काकी) पर्ने बिनिता तामाङले खाडीभन्दा इराकमा घरको काममा राम्रो कमाइ हुने भन्दै एजेन्ट शंकर तामाङसँग सम्पर्क गराइन्। 

मन्जु यसअघि पनि इराकको स्लेमानीया भन्ने ठाउँमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरेर फर्किएकी थिइन्। 

‘पहिले पनि म २ वर्ष इराकमा घरको काम गरेर फर्किएको, काम राम्रो थियो। गएको पहिलाे वर्षसम्म मासिक कमाइ ३ सय डलर थियो। एक वर्षपछि बढेर ४ सय पुगेको थियो’, उनी भन्छिन्, यो उमेरमा नकमाए पछि के गर्ने? छ्यामाको कुरा ठीकै लाग्योे। त्यसैले म जान तयार भएँ ।’

एजेन्टकी भान्जीलाई ५० हजार बुझाइन् र उनी निस्किइन् । 

उनलाई ठ्याक्कै मिति त याद छैन। तर घरबाट निस्किएको ९ महिनासम्म उनलाई भारतको नयाँदिल्लीस्थित एउटा होटलमा राखियो । नेपालीहरुलाई इराक जान प्रतिबन्ध छ । तर दलालहरुले योजना बनाएर नेपालीहरुलाई भारतको बाटो हुँदै युएई पुर्‍याउँछन् र युएईबाट इराक छिराउँछन्।

‘नेपाल र भारतमा इराकको भिसा कतै नदेखाउनु भनेको हुन्छ। दुबई पुगेपछि चाहिँ इराकको भिसा देखाउन मिल्छ’ मन्जु भन्छिन्।

Ncell 2
Ncell 2

नयाँदिल्लीमा ९ महिना बसेपछि उनी गत १६ मार्चमा दुबई उडिन्। १७ मार्चमा दुबई पुगिन्। साथमा अर्की एक जना महिला पनि थिइन्। 

दुबईमा उनीहरुलाई बंगाली एजेन्टले रिसिभ गर्‍याे। त्यहाँ अन्य केही नेपाली महिला पनि राखिएका थिए। इराक पठाउने तयारी भइरहेको थियो कोरोना महामारीका कारण त्यतिबेलै लकडाउन सुरु भयो । 

‘त्यो बंगालीले जसरी पनि इराक पठाउँछु भनेको थियो । लकडाउन भइगयो। हामी त्यहिँ रोकियौँ’ घलेले सुनाइन्। 

एक महिनाजति बसेपछि बंगाली एजेन्टले उनीहरुलाई भन्यो, ‘म तिमीहरुलाई पाल्न सक्दिनँ यहीँ कतै घरमा काम गर । यहाँ काम पाउन एउटा अफिसमा बस्नुपर्छ । त्यहाँ बसेपछि काम मिल्छ ।’

मन्जुले खाडीमा घरेलु काम गर्दा असुरक्षित हुन्छ भन्ने कुरा सुनेकी थिइन् । सुरुमा त उनले त्यहाँ काम गर्न अस्वीकार गरिन् । 

उनी भन्छिन्, ‘मैले त अफिसमा नजाने, कि इराक पुर्‍याइदेउ होइन भने घर जाने भनेँ तर एजेन्टले गालीगलौज गर्न थाल्यो । जे भए पनि काम गर्नै पर्‍याे भनेर हामी अफिस जान थाल्यौँ ।’

कार्यालय भनेर उनीहरुलाई एउटा कोठामा राखियो, बिक्रीका लागि राखिएका सामग्री जस्तै। ‘यहाँका स्थानीयहरु हेर्न आउँछन्। मन पर्‍याे भने कामका लागि लैजान्छन्’ एजेन्टले त्यस्तै सुनाएको थियो उनीहरुलाई । 

भयो पनि त्यस्तै। स्थानीय घर मालिकहरु हेर्न आउन थाले। महिना दिन बित्यो । तर उनीहरुलाई कसैले कामका लागि लैजाने प्रस्ताव गरेनन् । सायद कसैले मन पराएनन्। 

‘जे जस्तो भए पनि आइहालियोे। अहिले कोरोना छ। काम पाइयो भने गरौँ न त भनेको त्यो पनि पाइएन। हामीलाई कसैले मन पराएन’ मन्जुको स्वर मसिनो सुनिएको थियो। 

एक महिना बित्यो। त्यहाँबाट काम नभएपछि फेरि अर्को ठाउँ सारियो। 

अर्को ठाउँमा पनि उस्तै नियति दोहोरियो । रोजगारदाताहरु हेर्न त आए तर उनीहरु कसैको रोजाइमा परेनन्। 

‘मैले छिटो इराक पठाइदिनु होइन भने घर पठाइदिनु भनेँ। एक हप्तापछि इराक पठाउँछु भनेको थियो सुक्रानी दिदीले इराक नजाने भनेपछि एजेन्टले उहाँलाई कुटपीट पनि गर्‍याे’ उनी सुनाउँछिन् । 

त्यसपछि एजेन्टले उनीहरुलाई एउटा घरको कोठामा लगेर थुन्यो। 

कुवेत भन्दै युएई 
श्रम स्वीकृति लिएर जोर्डन जाने सोच बनाएकी सिन्धुपाल्चोककी सुक्रानी तामाङकोे मेडिकल फेल भयो। स्वास्थ्यका कारण श्रम स्वीकृति लिएर जान नमिलेपछि उनले भारतको अवैध बाटो रोज्न तयार भइन् ।

‘ऋण छ त्यो तिर्न जोर्डन जान्छु भनेको मेडिकल फेल भयो। श्रीमानले त त्यतिबेला नै घर फर्क भन्नु भएको थियो। पासपोर्ट बनाइ हालेँ एकपटक जसरी पनि जान्छु भनेर कुवेत हिडेँ’ सुक्रानी सुनाउँछिन्। 

गाउँकै चिनेका व्यक्ति जिम्लाल तामाङले उनलाई कुवेतमा राम्रो काम र कमाई हुने सुनाएका थिए। उनैले सुक्रानी र छोरीलाई काठमाडौंकी एजेन्ट हिमाली तामाङसँग भेटाइदिएका थिए।

१९ वर्षकी छोरी सम्बो तामाङ युएई र सुक्रानी कतार जाने सोचले गत फागुन ५ गते घरबाट निस्किए। 

‘एजेन्टले हामीलाई भारतको दिल्ली गएर एकहप्ता बस्नुपर्ने सुनाएको थियो। तर दिल्लीमा झण्डै २ हप्ता राखियो। त्यसपछि छोरी कता लग्यो कता, मलाई दुबई लगेछ। म त गाउँको मान्छे, राम्रोेसँग नेपाली त बोल्न जान्दैनँ’ उनी भन्छिन्। 

त्यसपछि छोरीसँग सम्पर्क भएन। एकातिर कामको चिन्ता अर्कोतिर छोरी कता बेपत्ता भइ भन्ने चिन्ताले उनलाई पिरोलिरह्यो।  

एजेन्टले उनलाई कुवेत पठाउने कुरै गरेन। त्यहीँ काम लगाउने भनेकोे थियाे। तर ३ महिनासम्म काम नमिलेपछि एकहप्तापछि इराक पठाउँछु भनेको थियो । सुक्रानी इराक जान मानिनन् । 

‘म त भाषा बुझ्दिनँ। साथीहरुले एजेन्टले इराक लाने भनिरहेको छ भनेपछि मैले नजाने भनेँ। मलाई त हिर्कायो नै पो’ सुक्रानी दुःख व्यक्ति गर्छिन्। 

जब म्यानपावर एजेन्सीमा बेचिएको थाहा भयो ..
‘तिमीहरुका लागि प्रतिव्यक्ति १५ हजार दिराम ( ४ लाख ६६ हजारभन्दा बढी नेपाली रुपैयाँ) लगानी भएको छ । यो रकम तिरे निस्कन पाउँछौ नत्र यहीँ सड्छौँ’, धम्की र त्रासमा बंगाली दलालले उनीहरुलाई भोकै राख्न थाल्यो। 

उनीहरुले आफूहरुलाई दलालले स्थानीय म्यानपावर एजेन्सीमा बेचेको थाहा पाए । 

त्यसपपछि मञ्जु घले(२७)सहित सिन्धुपाल्चोककी सुक्रानी तामाङ (३६) र बुटवलकी फूलकुमारी सेयार( ३५) त्यहाँबाट भागे।

त्यहाँबाट भागेका उनीहरु नुवाकोट घरभई युएईमा कार्यरत हिमाल लामाको सहयोगमा गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको शरणमा पुगे । 

कोरोना महामारीको समयमा दलालको पञ्जामा परेर अलपत्र परेका सुक्रानीसहित ३ नै जनालाई एनआरएनए आइसीसी र एनसीसी युएईले झण्डै ४ महिना खान बस्नका लागि आर्थिक सहयोग गर्‍याे। एनआरएनए युएईकै एक केन्द्रीय सदस्यको पहलमा २ जनापीडितहरुको पासपोर्टसमेत जफत गरियाे।  विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा उनीहरुलाई स्वदेश फर्काइएको छ।  

अब छोरी कहाँ बेपत्ता भइन् भन्ने सुक्रानीको चिन्ता पनि मेटिएको छ।

‘छोरीले काम पाएको छु भनेर बाउ (बुबा) लाई फोन गरेको थियो रे। काम राम्रो छ भनेको छ रे। मैले त सोध्नु पाएको छैन। उता हुँदा सम्पर्क भएको थिएन’ उनले भनिन्। 

२०७२ सालको भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण तिर्न विदेशिएकी सुक्रानी ७ महिनापछि रित्तै स्वदेश फर्किएकी छन्। 

ऋणमाथि विदेश जाँदाको अर्को ऋण थपिएको छ। 

जोखिम बढेको भन्दै सरकारले घरेलु कामदारका रुपमा मलेसियालगायत खाडीका मुलुकमा जान प्रतिबन्ध लगाएपछि जोखिम मोलेर भारतको बाटो हुँदै यी मुलुकहरुमा श्रमिकहरु (विशेषगरी महिला श्रमिकहरु) जाने प्रवृत्ति बढेको छ। 

दलालहरुले उनीहरुलाई एउटा मुलुक भनेर अर्कै मुलुकमा पुर्‍याउने तथा त्यहाँका स्थानीय म्यानपावर एजेन्सीमा बेच्ने गरेको पाइएको छ । जसबाट श्रमिकहरु चरम श्रम शोषण तथा यौन शोषणमा समेत पर्ने गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्