• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

जो घर मालिकको रोजाइमा परेनन्

64x64
निर्मला घिमिरे बुधबार, असोज ७, २०७७  ०७:०५
1140x725

काठमाडौं-श्रीमानसँग सम्बन्ध चिसिएसँगै जीवन गुजारा गर्न वैदेशिक रोजगारीको सहारा लिन थालेकी गोरखाकी मन्जु घले फेरि पनि विदेशिने सोच बनाई रहेकी थिइन्।

कम्पनीको काममा खाडी जान आँटेकी उनलाई इराकमा रहेकी गाउँकै छ्यामा (काकी) पर्ने बिनिता तामाङले खाडीभन्दा इराकमा घरको काममा राम्रो कमाइ हुने भन्दै एजेन्ट शंकर तामाङसँग सम्पर्क गराइन्। 

मन्जु यसअघि पनि इराकको स्लेमानीया भन्ने ठाउँमा २ वर्ष घरेलु कामदारका रुपमा काम गरेर फर्किएकी थिइन्। 

‘पहिले पनि म २ वर्ष इराकमा घरको काम गरेर फर्किएको, काम राम्रो थियो। गएको पहिलाे वर्षसम्म मासिक कमाइ ३ सय डलर थियो। एक वर्षपछि बढेर ४ सय पुगेको थियो’, उनी भन्छिन्, यो उमेरमा नकमाए पछि के गर्ने? छ्यामाको कुरा ठीकै लाग्योे। त्यसैले म जान तयार भएँ ।’

एजेन्टकी भान्जीलाई ५० हजार बुझाइन् र उनी निस्किइन् । 

उनलाई ठ्याक्कै मिति त याद छैन। तर घरबाट निस्किएको ९ महिनासम्म उनलाई भारतको नयाँदिल्लीस्थित एउटा होटलमा राखियो । नेपालीहरुलाई इराक जान प्रतिबन्ध छ । तर दलालहरुले योजना बनाएर नेपालीहरुलाई भारतको बाटो हुँदै युएई पुर्‍याउँछन् र युएईबाट इराक छिराउँछन्।

‘नेपाल र भारतमा इराकको भिसा कतै नदेखाउनु भनेको हुन्छ। दुबई पुगेपछि चाहिँ इराकको भिसा देखाउन मिल्छ’ मन्जु भन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँदिल्लीमा ९ महिना बसेपछि उनी गत १६ मार्चमा दुबई उडिन्। १७ मार्चमा दुबई पुगिन्। साथमा अर्की एक जना महिला पनि थिइन्। 

दुबईमा उनीहरुलाई बंगाली एजेन्टले रिसिभ गर्‍याे। त्यहाँ अन्य केही नेपाली महिला पनि राखिएका थिए। इराक पठाउने तयारी भइरहेको थियो कोरोना महामारीका कारण त्यतिबेलै लकडाउन सुरु भयो । 

‘त्यो बंगालीले जसरी पनि इराक पठाउँछु भनेको थियो । लकडाउन भइगयो। हामी त्यहिँ रोकियौँ’ घलेले सुनाइन्। 

एक महिनाजति बसेपछि बंगाली एजेन्टले उनीहरुलाई भन्यो, ‘म तिमीहरुलाई पाल्न सक्दिनँ यहीँ कतै घरमा काम गर । यहाँ काम पाउन एउटा अफिसमा बस्नुपर्छ । त्यहाँ बसेपछि काम मिल्छ ।’

मन्जुले खाडीमा घरेलु काम गर्दा असुरक्षित हुन्छ भन्ने कुरा सुनेकी थिइन् । सुरुमा त उनले त्यहाँ काम गर्न अस्वीकार गरिन् । 

उनी भन्छिन्, ‘मैले त अफिसमा नजाने, कि इराक पुर्‍याइदेउ होइन भने घर जाने भनेँ तर एजेन्टले गालीगलौज गर्न थाल्यो । जे भए पनि काम गर्नै पर्‍याे भनेर हामी अफिस जान थाल्यौँ ।’

कार्यालय भनेर उनीहरुलाई एउटा कोठामा राखियो, बिक्रीका लागि राखिएका सामग्री जस्तै। ‘यहाँका स्थानीयहरु हेर्न आउँछन्। मन पर्‍याे भने कामका लागि लैजान्छन्’ एजेन्टले त्यस्तै सुनाएको थियो उनीहरुलाई । 

भयो पनि त्यस्तै। स्थानीय घर मालिकहरु हेर्न आउन थाले। महिना दिन बित्यो । तर उनीहरुलाई कसैले कामका लागि लैजाने प्रस्ताव गरेनन् । सायद कसैले मन पराएनन्। 

‘जे जस्तो भए पनि आइहालियोे। अहिले कोरोना छ। काम पाइयो भने गरौँ न त भनेको त्यो पनि पाइएन। हामीलाई कसैले मन पराएन’ मन्जुको स्वर मसिनो सुनिएको थियो। 

एक महिना बित्यो। त्यहाँबाट काम नभएपछि फेरि अर्को ठाउँ सारियो। 

अर्को ठाउँमा पनि उस्तै नियति दोहोरियो । रोजगारदाताहरु हेर्न त आए तर उनीहरु कसैको रोजाइमा परेनन्। 

‘मैले छिटो इराक पठाइदिनु होइन भने घर पठाइदिनु भनेँ। एक हप्तापछि इराक पठाउँछु भनेको थियो सुक्रानी दिदीले इराक नजाने भनेपछि एजेन्टले उहाँलाई कुटपीट पनि गर्‍याे’ उनी सुनाउँछिन् । 

त्यसपछि एजेन्टले उनीहरुलाई एउटा घरको कोठामा लगेर थुन्यो। 

कुवेत भन्दै युएई 
श्रम स्वीकृति लिएर जोर्डन जाने सोच बनाएकी सिन्धुपाल्चोककी सुक्रानी तामाङकोे मेडिकल फेल भयो। स्वास्थ्यका कारण श्रम स्वीकृति लिएर जान नमिलेपछि उनले भारतको अवैध बाटो रोज्न तयार भइन् ।

‘ऋण छ त्यो तिर्न जोर्डन जान्छु भनेको मेडिकल फेल भयो। श्रीमानले त त्यतिबेला नै घर फर्क भन्नु भएको थियो। पासपोर्ट बनाइ हालेँ एकपटक जसरी पनि जान्छु भनेर कुवेत हिडेँ’ सुक्रानी सुनाउँछिन्। 

गाउँकै चिनेका व्यक्ति जिम्लाल तामाङले उनलाई कुवेतमा राम्रो काम र कमाई हुने सुनाएका थिए। उनैले सुक्रानी र छोरीलाई काठमाडौंकी एजेन्ट हिमाली तामाङसँग भेटाइदिएका थिए।

१९ वर्षकी छोरी सम्बो तामाङ युएई र सुक्रानी कतार जाने सोचले गत फागुन ५ गते घरबाट निस्किए। 

‘एजेन्टले हामीलाई भारतको दिल्ली गएर एकहप्ता बस्नुपर्ने सुनाएको थियो। तर दिल्लीमा झण्डै २ हप्ता राखियो। त्यसपछि छोरी कता लग्यो कता, मलाई दुबई लगेछ। म त गाउँको मान्छे, राम्रोेसँग नेपाली त बोल्न जान्दैनँ’ उनी भन्छिन्। 

त्यसपछि छोरीसँग सम्पर्क भएन। एकातिर कामको चिन्ता अर्कोतिर छोरी कता बेपत्ता भइ भन्ने चिन्ताले उनलाई पिरोलिरह्यो।  

एजेन्टले उनलाई कुवेत पठाउने कुरै गरेन। त्यहीँ काम लगाउने भनेकोे थियाे। तर ३ महिनासम्म काम नमिलेपछि एकहप्तापछि इराक पठाउँछु भनेको थियो । सुक्रानी इराक जान मानिनन् । 

‘म त भाषा बुझ्दिनँ। साथीहरुले एजेन्टले इराक लाने भनिरहेको छ भनेपछि मैले नजाने भनेँ। मलाई त हिर्कायो नै पो’ सुक्रानी दुःख व्यक्ति गर्छिन्। 

जब म्यानपावर एजेन्सीमा बेचिएको थाहा भयो ..
‘तिमीहरुका लागि प्रतिव्यक्ति १५ हजार दिराम ( ४ लाख ६६ हजारभन्दा बढी नेपाली रुपैयाँ) लगानी भएको छ । यो रकम तिरे निस्कन पाउँछौ नत्र यहीँ सड्छौँ’, धम्की र त्रासमा बंगाली दलालले उनीहरुलाई भोकै राख्न थाल्यो। 

उनीहरुले आफूहरुलाई दलालले स्थानीय म्यानपावर एजेन्सीमा बेचेको थाहा पाए । 

त्यसपपछि मञ्जु घले(२७)सहित सिन्धुपाल्चोककी सुक्रानी तामाङ (३६) र बुटवलकी फूलकुमारी सेयार( ३५) त्यहाँबाट भागे।

त्यहाँबाट भागेका उनीहरु नुवाकोट घरभई युएईमा कार्यरत हिमाल लामाको सहयोगमा गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको शरणमा पुगे । 

कोरोना महामारीको समयमा दलालको पञ्जामा परेर अलपत्र परेका सुक्रानीसहित ३ नै जनालाई एनआरएनए आइसीसी र एनसीसी युएईले झण्डै ४ महिना खान बस्नका लागि आर्थिक सहयोग गर्‍याे। एनआरएनए युएईकै एक केन्द्रीय सदस्यको पहलमा २ जनापीडितहरुको पासपोर्टसमेत जफत गरियाे।  विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा उनीहरुलाई स्वदेश फर्काइएको छ।  

अब छोरी कहाँ बेपत्ता भइन् भन्ने सुक्रानीको चिन्ता पनि मेटिएको छ।

‘छोरीले काम पाएको छु भनेर बाउ (बुबा) लाई फोन गरेको थियो रे। काम राम्रो छ भनेको छ रे। मैले त सोध्नु पाएको छैन। उता हुँदा सम्पर्क भएको थिएन’ उनले भनिन्। 

२०७२ सालको भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण तिर्न विदेशिएकी सुक्रानी ७ महिनापछि रित्तै स्वदेश फर्किएकी छन्। 

ऋणमाथि विदेश जाँदाको अर्को ऋण थपिएको छ। 

जोखिम बढेको भन्दै सरकारले घरेलु कामदारका रुपमा मलेसियालगायत खाडीका मुलुकमा जान प्रतिबन्ध लगाएपछि जोखिम मोलेर भारतको बाटो हुँदै यी मुलुकहरुमा श्रमिकहरु (विशेषगरी महिला श्रमिकहरु) जाने प्रवृत्ति बढेको छ। 

दलालहरुले उनीहरुलाई एउटा मुलुक भनेर अर्कै मुलुकमा पुर्‍याउने तथा त्यहाँका स्थानीय म्यानपावर एजेन्सीमा बेच्ने गरेको पाइएको छ । जसबाट श्रमिकहरु चरम श्रम शोषण तथा यौन शोषणमा समेत पर्ने गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्