• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कांग्रेसले बिराएको गणेशमान पथ

हरिराम तिमिल्सिना शुक्रबार, असोज २, २०७७  १४:४७
1140x725

नेपालमा जन्मेका विगतदेखि वर्तमानसम्म नेतृत्व पंक्तिमा रहेका व्यक्तित्वलाई केलाएर विश्लेषण गर्ने हो भने समयसमयमा अद्वितीय युगपुरुषहरूले जन्म लिएको भन्न सकिन्छ। गंगालाल, दशरथ चन्द, धर्मभक्त, शुक्रराज शास्त्री, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह आदिजस्ता योद्धा एवं प्रजातन्त्रका महा-सेनानीहरूको नाम सुन्दा पनि उहाँहरू कत्तिको महान् हुनुहुँदो रहेछ भन्ने कुरा सामान्य अड्कल गर्न सकिन्छ।

उहाँहरूको वास्तविक व्यक्तित्वलाई नजिकैबाट अगाल्ने, सच्चा एवं वास्तविक स्वरूपको प्रत्याभूति गराउनुका साथै उहाँहरू उपर सयौंपटक लेखिएका विभिन्न प्रकारका खोज, अनुसन्धान, लेख, रचना आदिहरूबाट छर्लङ्ग हुन्छ कि वास्तवमा उहाँहरू को हुनुहुन्थ्यो भन्ने। ती सबैप्रति सदासर्वदा आभारी हुँदाहुँदै पनि आज मैले प्रजातन्त्रका लागि जिउज्यान, परिवार र निजी सम्पत्तिको समेत कुनै लालसा नराखी राष्ट्रियता र प्रजातन्त्रका पक्षमा जीवन अर्पण गर्ने नेपाल आमाको एक सपुतबारेमा केही लेख्ने जमर्को गर्दैछु।

काङ्ग्रेसका सभामा भाषण सुनिरहेको एउटा मानिसले 'म पनि नेपाली काङ्ग्रेस हुँ' भन्न सक्छ। तर काङ्ग्रेसको सिद्धान्तबारेमा भन्नुहोस् भन्ने हो भने उसको मुखबाट एउटा पनि शब्द ननिक्लन सक्छ। सायद अन्त्यमा भन्छन् - होला ‘यसको बारेमा मलाई केही थाहा छैन, नेतालाई नै सोध्नुहोस्।’

राजनीति भनेको एउटा आन्दोलन हो र त्यसमा गुमाउनु पनि पर्छ भन्ने उहाँको मान्यता थियो। तर आजकल राजनीतिमा लाग्नेहरू कोही पनि जोगी बन्न नआएको धारणा व्यक्त गर्दछन्।

यस प्रकारको लाचारीपन हुनाको वास्तविक कारण भनेको नेताहरूको सर्वसाधारणप्रतिको निरन्तर प्रशिक्षणको कमी हो। आफ्नो दायित्वको बोध राम्ररी नभएर आफ्ना हिमायतीलाई यसबारेमा सुसूचित गर्नतिर ध्यान नदिनु हो। आफ्नो उत्तरदायित्वबाट पञ्छिनु हो। आफ्नो हैसियतको धरातललाई स्खलित गर्नु हो। रातौं दिन काङ्ग्रेसको आदर्शलाई आफ्नो जीवनको आदर्शसँग तुलना गर्नेले काङ्ग्रेसलाई नै नचिन्नु भनेको कतिसम्म लाजमर्दो अवस्था हो। एकातिर यस्तो अवस्था हुनु अर्कोतिर वर्तमानमा नेपाली काङ्ग्रेसका नेताहरूसँग आफ्नो पार्टीको सिद्धान्त, मूल्य र मान्यतालाई लत्याएर हिँड्नुले यसप्रकारको दुर्दशा भएको हो।

गणेशमान सिंह नेपालको प्रजातान्त्रिक लडाईंका ती वीर पुरुष हुन् जसले जनतासँगको सञ्चारलाई सधैँ ताजा राख्न सांगठनिक कार्यलाई अगाडि बढाउनको लागि राणाकालीन अत्यन्त संवेदनशील जेल पनि तोडेर बाहिर खुला हावामा  निस्कन सफल भए। राणाशाही कालरात्रीको युगमा दानवहरूको जंगी सरकारबाट २० फुट अग्लो पर्खालमाथि बिजुलीको नाङ्गा तारको करेन्ट पार गरी भाग्न सक्ने भीमसेनलाई वीर मात्र होइन महावीरको संज्ञा दिनुपर्छ।

राणाकालमा काजीको एक मात्र नातीका हैसियतले संसारिक आनन्दतिर लाग्नुको सट्टा ती सब परित्याग गरी काँडा र कष्टपूर्ण जीवनको बाटो समाउनु उहाँको ठूलो त्यागको परिचाय हो। अथाह शक्ति र सम्पत्तिका नाती आजीवन देश सेवाको सङ्ग्राममा होमिनु’ भनेको ठूलो सेवाको भावको उदाहरण हो। एउटा महान पुरुष आफ्नो सम्पत्तिको संरक्षणमा होइन जनताको आथाह पीडाको साक्षी बस्छन् भने नेपाली काङ्ग्रेसका महान् नेता भनाउँदाहरू ऐसको जिन्दगी बिताउन र परस्पर द्वेष राखी सत्तासुखको तँछाडमछाडमा एकोहोरिएका कारण देश अधोगतितिर लागेको छ । यो भयावह स्थितिबाट त्राण पाउन गणेशमानजीले काङ्ग्रेस पार्टी परित्याग गर्नुभएको थियो।

गणेशमान सिंहलाई पद , सत्ता र शक्तिले कहिल्यै पनि लोभ्याएन। बरु राणाविरुद्धमा जहिले पनि खरो उत्रने गणेशमान सिंह तिनीहरूको विरुद्धमा यति खरो कुरागर्नु हुन्थ्यो कि सुन्नेवाला दर्शकहरू सबैको आङ जिरिङ्ग हुन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

गणेशमान सिंह भन्नु हुन्थ्यो, ‘हामी राजनीतिमा लाग्दा खेरी कात्रो शिरमा बाँधेर लागेका हौं। राजनीति भनेको स्वतः प्राप्ती मात्रै होइन। राजनीति भनेको एउटा आन्दोलन हो र त्यसमा गुमाउनु पनि पर्छ। यही नै उहाँको मान्यता थियो।’ तर आजकल राजनीतिमा लाग्नेहरू कोही पनि जोगी बन्न नआएको व्यक्त गर्दछन्। चाहे ठूला राजनीतिज्ञ हुन् वा ससाना सबै मालामाल कमाउनको लागि राजनीतिकमा लागेको खुलेआम बिनालाज व्यक्त गर्छन्। उनीहरूको एक मात्र लक्ष प्रजातन्त्रलाई मेचुअर्ड बनाउनभन्दा पनि आफू सम्पत्तिमा अरुभन्दा मेचुअर्ड हुनु हो जसको लागि उनीहरू जस्तो सुकै नकारात्मक कार्यर्गर्न पनि उद्दत रहन्छन्। यसैको कारणले गर्दा होला गणेशमानजीको निधनपश्चात् वर्तमानमा कतिपय नेताहरू राष्ट्रको ढुकुटीमा हात पसार्ने  र देशलाई टाट पल्टाएर आफ्नो देशलाई सिक्किमीकरणउन्मुख बनाउनमा सुक्ष्मरूपले तानाबाना बुनिरहेको आभास आइरहेको छ।

प्रजातन्त्र प्राप्तीपछि वहाँले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको घटनाले आजका कांग्रेस नेताहरुले सिक्न पर्छ। 

उहाँको उदार स्वभाव सामुन्नेमा आएको कार्यकर्ताका समस्या र दुःख निवारण गर्न तुरुन्त अग्रसर हुने बानीको आडमा कसैले अनुचित फाइदा कुनै बेला उठाएका थियो नै भने पनि त्यसमा टिप्पणी गर्ने र चर्चा गर्नुको कुनै आवश्यकता छैन। उहाँलाई साम्प्रदायिक थिए भन्नु पनि उहाँमाथि अन्याय गर्नु हो। अर्को अर्थमा भन्नुपर्दा उहाँ लौहपुरुष नै हुनुहुन्थ्यो। लौहपुरुष भनेको फलामजत्तिकै जति गर्दा पनि नभाँचिने स्वभाव भएको व्यक्ति हो। जुन उहाँकै जीवनको हरेक मोडमा पुष्टि र प्रमाणित भएको छ। त्यसको व्याख्याको आवश्यकता छैन। त्यसैले उहाँलाई नेपाली काङ्ग्रेसमा २००७ सालदेखि नै लौहपुरुष भनिएको हो।

प्रजातन्त्रको प्राप्तीका लागि जति दुःख गणेशमानसिंहले सहनुपरेको छ, त्याग र तपस्या गर्नुभएको छ, त्यति गर्ने मानिस नेपालमा अरु कमै छन्। उहाँले त्याग गर्दा, दुःख, कष्ट सहँदा त्यसको फलको बारेमा कहिल्यै सोच्नुभएन। उहाँको ध्याउन्न नै कसरी क्रान्ति गर्ने र नेपालमा प्रजातन्त्र ल्याउने भन्ने थियो। क्रान्तिको सघाउ पुग्छ भने कोडीको पाउ मोल्न समेत उहाँ पछि पर्नुहुन्नथ्यो। पढेलेखेका युवाहरूप्रति आवश्यकताभन्दा बढी विश्वास र आकर्षणले गर्दा कहिलेकाहीँ उहाँ युवाहरूबाटै हेपिनुभएको पनि थियो।

उहाँ नेपालको राजनेता हुनु हुन्थ्यो। उहाँमा राजनेता हुने गुण नभएको भए सर्वोच्च नेता अथवा सर्वमान्य नेता नै हुन सक्नु हुन्नथ्यो। राजनेतामा चाहिने देश प्रेम समजप्रेम जस्ता गुण हुनु का साथै आफ्नो भन्ने केही नराख्ने बानीका हुनुभएकोले उहाँ सर्वमान्य कहलिनुभएको हो। उहाँ नेपालको अद्वितीय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ अमेरिका जानु हुँदा नेपालको सर्वमान्य नेता भनेर तत्कालीन राष्ट्रपतिले भेट गरेका थिए। अमेरिकामा बोलाएर कुनै पनि नेपालीलाई जनताको सर्वोच्च नेता भनेको इतिहास अहिलेसम्म छैन। २००७ सालको क्रान्ति होस् वा २०४६ सालको आन्दोलनलाई उहाँले सर्वोच्च नेतृत्व प्रदान नगर्नुभएको भए प्रजातन्त्र नै आउने थिएन।

आज हामी यिनै गणेशमान सिंहको सम्झनामा देशभरि कार्यक्रम गरिरहेका छौं। कांग्रेसीले गणेशमान सिंहबारे जान्नैपर्छ, वहाँका योगदान र पाएको दुःख बुझ्नुपर्छ। यो देशमा प्रजातन्त्र आउनुको मुख श्रेय केवल गणेशमान सिंहलाई जान्छ, रैतीबाट जनता बनाउन वहाँको योगदान अतुलनीय रह्यो। पार्टीभित्र आफूभन्दा नि सक्षम साथीहरूलाई स्थान दिनुपर्छ भन्ने धारणा वहाँमा रहेको थियो। प्रजातन्त्र प्राप्तीपछि वहाँले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको घटनाले आजका कांग्रेस नेताहरुले सिक्न पर्छ। 

यी र यस्तै त्याग र निष्ठाको धरोहर भएका कारण गणेशमान सिंह नेपाली राजनीतिक इतिहासमा सदा अमर छन्।  

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्