• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

होटल मालिकबाट ज्यामी बनायो कोरोनाले

64x64
निर्मला घिमिरे शुक्रबार, असोज २, २०७७  ११:४५
1140x725

काठमाडौं-‘अहिले गरिरहेको कामले तपाईंँलाई खान पुगिरेहको छ ?’ मेरोे यो प्रश्न उनैलाई थियो जसले दिनभरिको थकानलाई बालुवाको थुप्रोमाथि थचक्क बिसाइरहेका थिए। 

‘कसरी पुग्नु ?’ उनले उल्टै प्रश्नमाथि अप्ठ्यारो प्रश्न थपिदिए। 

केही समयदेखि निकै बिरानो हुन थालेको सहरमा यही इँटा, बालुवा र रडसँग नजिकिएपछि थोरै भए पनि सहज हुन थालेको छ दोलखाका दीपक सुनुवारलाई। ढुक्कले खान नपुगे पनि जसोतसो छाक टार्ने मेसो मिलाइरहेका छन् उनी। 

‘धन्न काम पाएको छु र जसोतसो छाक टार्न र कोठा भाडा तिर्न पुगेको छ। यो काम नपाएको भए पेट भर्ने अर्को विकल्प थिएन,’ उनी फिस्स मुस्कुराउँछन्। 

केही महिनाअघि काउन्टरमा बसेर खाजाको अर्डर लिँदै पैसा बुझिरहेका भेटिने दीपकको दैनिकी हिजोआज कोेरोनाले फेरिदिएको छ। बिहान ९ बजे काममा पुग्छन्। दिनभरि इँटा, बालुवा र रडहरुसँग पसिना साट्छन् र साँझ घर फिर्छन्। दुई महिनादेखि यसैगरी इँटा र बालुवाको थुप्रोसँगै दिन बिताइरहेका छन् उनी। 

दैनिक ८ घण्टा इँटा, सिमेन्ट र बालुवाको भारी बोक्दा ७ सय कमाउँछन्। यसैबाट दीपकले आफू, श्रीमती र छोरीको पेट भरेका छन्। महिनैपिच्छे थपिँदै गएको कोठा र होटलको भाडा पनि घटाउँदै लगेका छन्। 

‘होेटलको १ लाख ३५ हजार भाडा तिर्न बाँकी थियो। यही काम गरेर थोरै त तिरेँ। बाँकी भाडा पछि दिन्छु भनेर कुरा मिलाएको छु’, दीपकले सुनाए। 

Ncell 2
Ncell 2
nimb
nimb

जोरपाटीमा उनको सानो होटल थियो। हुन त होटलको व्यापार केही समय अगाडिदेखि नै खस्केको थियो। दिनभरि काम गर्दा भाडा तिर्न मुस्किल हुन थालेको थियो। तर जसोतसो खाना र भाडा तिर्न पुर्‍याएका थिए। 

गत फागुनदेखि त होटल ठप्पजस्तै भएको थियोे। चैतबाट त झनै लकडाउन सुरु भयो। सटरमा ताल्चा ठोकेरै ६ महिना बिते। होटल सञ्चालनमा आउने छाँटकाँट देखिएन। 

बढ्दै गएको कोरोना महामारीले ६ महिना थलिएको होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि उनी विकल्प खोज्न थाले। धेरै भौतारिए। विकल्पका रुपमा यही ज्यामी काम पाए र सुरु गरे। 

तर देख्नु भयो ? खुसी पनि परिस्थितिमाथि भर पर्ने रहेछ। 

त्यसैले त कुनै बेला होटलको काउन्टरमा पैसा गनेर खुसी हुने दीपक इँटा र बालुवाको डोकोसँग पनि खुसी छन्। 

‘अहिले सहरमा केही काम पाइँदैन। धन्न यो काम पनि पाएको छु। ठेकेदार पनि राम्रो पर्नु भएको छ। काम गरेपछि पैसा समयमै आएको छ, खुसी छु’ उनको अनुहारमा केही उज्यालो थपिन्छ। 

सरकारले बिहीबारदेखि होटलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ। तर निर्णय गरेरमात्रै के गर्नु ? अहिले सटर खोल्नु, दिनभरि रुँग्नु र साँझ बन्द गर्नु। यस्तै छ होटल सञ्चालकहरुको दैनिकी। 

दीपकसँग त त्यो पनि छैन। उनी तत्काल सटरमात्रै खोल्न सक्ने अवस्थामा पनि छैनन्। 

भन्छन्, ‘कोरोनाको प्रत्यक्ष असर त हामीजस्तो निम्न र मध्यम वर्गमाथि परेको छ। अब हामीजस्तो मान्छे उठ्न धेरै समय लाग्छ। अब अलिकति सहज नहुन्जेल म यही कामलाई निरन्तरता दिन्छु।’

२०७२ सालको भूकम्प र भारतले लगाएको नाकाबन्दीले पनि लामो समय व्यवसाय थला परेको अनुभव छ उनीसँग। व्यवसायमा भूकम्पको असर अझै समाधान हुन सकेको छैन। यो कोरोनाको असर कहिलेसम्म हुन्छ भन्ने टुंगो छैन। 

‘होटल खुल्ला नै गरिहाले पनि चल्न धेरै समय लाग्छ। २०७२ सालको भूकम्पपछि त होटल पहिलेकै अवस्थामा आउन धेरै समय लागेको थियो’ उनी सम्झन्छन्। 

परदेशमा ५ वर्ष बगाएको पसिनाबाट अनामनगरमा अर्को रेस्टुराँ पनि चलाएका थिए उनले। सुरुमा ५ लाख लगानी गरेर खोलेको रेस्टुराँको पुँजी काम गर्दै  जाँदा ११ लाख पुगेको थियो। जोरपाटीको सानो होटल उनकी श्रीमतीले हेर्थिन्। दीपक अनामनगरको रेस्टुराँ चलाउथे। रेस्टुराँमा ३ जना कर्मचारी पनि राखेका थिए। राम्रै चलिरहेको थियो। 

सबै खर्च कटाएर कहिले मासिक ३०, ४० हजार कमाइ हुन्थ्यो। कहिलेकाँही १० हजारमा पनि चित्त बुझाउनु पथ्र्यो।  करिब डेढ वर्षपछि रेस्टुराँ घाटामा जान थाल्यो। केही समय त घाटामा भए पनि चलाए।  

‘आधाभन्दा बढी लगानी डुब्यो। दिनदिनै घाटा बढ्दै गएपछि अघिल्लो वर्ष त्यो रेस्टुराँ पनि घाटामै बेचिदिएँ,’ उनको अनुहारमा धमिलो मिसिएको थियो। 

अहिले त जोरपाटीको सानो होटल पनि कोरोनाले चौपट बनाइदिएको छ। परदेशको कमाइ पनि कता बिलायो कता। दीपकले अब यो सब हिसाबकिताब कोसँग खोज्नु ? अहिले आफ्नै माटोमा केही गर्न खोज्दा ऋणमा चुर्लुम्म डुबेका अरु दीपकहरुको कटु यथार्थ पनि यही नै हो। जुन यथार्थको राज्यलाई के चासो ? 

जब महामारीको राज चल्न सुरु भयो, सरकारले लकडाउन घोषणा ग¥यो। निषेधाज्ञा पनि थप्यो। तर ऋण र घाटासँग पौठेजोरी गरिरहेका दीपकहरुको कटु यथार्थ राज्यले के देख्थ्यो ? दीपकको उही यथार्थले बामे सर्दै गरेका साना व्यवसायीहरुको साझा व्यथाको प्रनिनिधित्व गरेको छ। 

‘अब त कुरा सकिएन ?’ ठेकेदार टुप्लुक्क आइपुग्छन्। दीपकले कथा सुनाउन थालेको आधा घण्टा बितिसकेको रहेछ। उनले घडी हेरे। आधा घण्टा सुनाउँदा कहाँ सकिनु ३६ वर्षको कथा, भोगाइ र यथार्थ ? 

तर जति कुरा गरे पनि उही हो। मोटामोटी कुरा सकिएको थियो। ठेकेदारतिर हेर्दै दीपकले भने, ‘अब सकियो।’

कथा सुनेपछि लाग्यो। जब उनी बुझ्ने भए उनलाई राज्यले लखेट्न थाल्यो। माओवादी द्वन्द्वकालको समयमा विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुलाई विद्रोही पक्षले लैजान थालेको थियो। उनका केही साथीहरु रहरले पनि जंगल छिरेका थिए। कतिपयलाई त जबर्जस्ती पनि लगिन्थ्यो। 

‘कति साथीहरु कमाण्डर बनेका थिए। मलाई त डर लाग्यो। त्यही डरसँग भागेर म २०५६ सालमा काठमाडौं छिरेँ,’ दीपक सुनाउँछन्। 

काठमाडौं छिर्दा उनी १५ वर्षका थिए। कहिले लेवर त कहिले के काम गर्दै डिल्लीबजारस्थित विजय स्मारक विद्यालयबाट उनले एसएलसी सकाए। थप पढ्न पैसा थिएन। कामका लागि फेरि भौतारिए। केही समय त यसैगरी देशको बेरोजगारी समस्या र भोकसँग जुधे। तर यसरी कति दिन चल्थ्यो ? देशको यही परिस्थितिले उनलाई परदेश लखेट्यो। 

सन् २००७ मा उनी कतार हिँडे। दुई वर्षको करार अवधि सकेर २००९ मा फर्किए। कतारबाट फर्किएलगत्तै २००९ सेप्टेम्बरमा उनी ३ वर्षका लागि मलेसिया उडे। सुनाइएकोभन्दा फरक काम थियो मलेसियामा। कमाइ पनि राम्रो थिएन। मुस्किलले १ वर्ष कटाएर उनी फेरि फर्किए। 

कतारमा २ वर्ष कमाएको रकम पनि मलेसिया जाँदा सकिएको थियो। देशमै केही गरौँभन्दा पैसा थिएन। २  वर्ष फेरि देशमै भौतारिए।  सन् २०१२ मा उनी पुनः साउदी उडे।  साउदीमा हेल्परको काम थियो। कमाइ मासिक १७ सय रियाल। करार अवधि सकियो। 

सन् २०१४ मा उनी फर्किए। आफ्नै देशमा केही गर्ने सोच बनाएर फर्किएका दीपकले होटल व्यवसाय सुरु गरेका थिए। 

‘आफ्नै देशमा केही गरौँ भनेर थालियो। सबै डुब्यो’, भन्छन्। परिस्थितिले उनलाई रुनु न हाँस्नु बनाइदिएको छ। तर पनि उनले हिम्मत भने हारेका छैनन्। 

‘यो काम गर्छु भन्ने सबैको लक्ष्य हुन्छ। त्यो सबैको पुरा नहुन पनि सक्छ। मेरो त्यस्तै भयो। तर हिम्मतचाहिँ हारेको छैन। सकेँ भने फेरि यही व्यवसायमा फर्कने मन छ हेरौँ अब समयले कति साथ दिन्छ’, कुरालाई बिट मार्दै दीपक कामतिर लम्किए। 
 
 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्