• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरियाबाट स्वदेश फर्किने यात्रु चर्को भाडाको मारमा

64x64
शिव भुसाल बिहीबार, असोज १, २०७७  १६:२३
1140x725

सिओल- नेपाल सरकारले कोरियाका लागि नियमित उडान सुचारु भएको बताएपनि कोरियाबाट स्वदेश फर्किनुपर्ने नेपाली चार्टर उडानको नाममा चर्को भाडा तिर्न बाध्य छन्। कोरोना महामारीका कारण भिषा अवधि सकिएर नेपाल फर्किने नियमित उडानको पर्खाइमा रहेका नेपाली नियमित उडान सुचारु हुँदा पनि साविकको भन्दा दोब्बर भाडा तीर्न बाध्य छन्। 

कोरोना माहामारी भन्दा पहिला कोरिया-नेपाल एकतर्फी यात्राका लागि कोरियन एयरमा बढीमा ६ देखि ७ लाख वन  र अन्यमा ट्राञ्जिटहुँदै हुने उडानमा एकतर्फी कम्तिमा ३ लाख वन सम्ममा टिकट बिक्रि हुने गरेको थियो।

नेपालले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएका समयमा कोरियन एयरले चार्टर उडानमा लिने गरेको भाडा र अहिले नियमित उडान सुचारु हुँदा लिइने भाडामा कुनै फरक पाइँदैन। 

सरकारले भदौ १५ देखि नै कोरियाकालागि नियमित उडान सुरु भएको जनाएको छ, तर त्यसयता भदौ १९ गते कोरियन एयरले ईन्छन-काठमाडौं एकतर्फीमात्र उडान गर्‍यो। सो उडानमा पनि कोरियन एयरको  नेपालीका लागि टिकट बिक्री गर्ने ट्राभल एजेन्सी केएमई ले १३ लाख ५० हजार वन (करीब १ लाख ३० हजार) मा टिकट बिक्री गरेको थियो। 

सो बाहेक असोज २ गते शुक्रबार कोरियन एयरले ईन्छन-काठमाडौं उडान गर्दैछ। यो उडान पनि एकतर्फी मात्र हुने भन्दै एयरलाईन्सले नेपालमा टिकट बिक्रि खुलाएको छैन। 

शुक्रबारको उडानमा स्वदेश फर्किने यात्रुलाई पनि केएमईले १२ लाख ९५ हजार वनमा टिकट बेचेको छ। 

त्यस्तै असोज ४ गते आइतबार कोरियामा सञ्चालित नेपाली ट्राभल एजेन्सीहरू नेपाल टुर्स र लिङ्क एसिया टुर्सको सक्रियतामा आसियानाले पहिलोपटक ईन्छन-काठमाडौं उडान गर्दैछ। आसियानाको पनि एकतर्फी चार्टर उडान भन्दै एजेन्सीले ११ लाख १५  हजार कोरियन वनमा टिकट बिक्री गरेका छन्।

सरकारले नियमित उडान खुला नगर्दै तत्कालीन चार्टर उडानका लागि कोरियाका लागि ८ सय ७५ अमेरिकी डलर शुल्क तय गरेको थियो। 

Ncell 2
Ncell 2

कोरियाबाट नेपाल जाने कोरियन एयर र आसियाना रित्तो कोरिया फर्किनेछन्। तर नेपालबाट कोरिया आउनुपर्ने नेपालीलाई भने केएमईले असोज ९ गते दुवई ट्राञ्जिट हुँदै कोरिया ल्याउँदैछ। 

केएमई ट्राभलका सञ्चालक विनोद कुँवरले नेपाल सरकारले कोरियन एयरलाई नियमित उडान गर्न भनेपनि कोरियन एयरले चार्टरकै मोडलमा उडान गरिरहेको बताए। उनले कोरिया सरकारले नेपालका लागि नियमित उडानका लागि खुला नगरेको दाबी गरे। एकतर्फी उडानमा अहिलेको भाडालाई चर्को भन्न नमिल्ने तर्क कुँवरको छ। 

उनले नेपालबाट कोरिया फर्किनु पर्नेहरुकालागि एजेन्सीले कोरियासँग नियमित उडान सुचारु भएका देशहरुमा ट्राञ्जिट गराएर फर्काउने काम सुरु गरेको बताए। 

त्यस्तै लिङ्क एसिया टुर्सका सञ्चालक आरपी देवकोटाले कोरियाबाट फर्किनुपर्ने र नेपालबाट कोरिया आउने यात्रु पर्याप्त नभएका कारण विमान कम्पनीहरुले नियमित उडान नगरेको बताए। 

यात्रुको संख्या पर्याप्त नभएको र चार्टर उडानबाट कोरियाबाट नेपाली नेपाल लैजान अनुमति भएपनि कोरिया फर्काउन अनुमति नभएका कारण एकतर्फी उडान गर्नुपरेको देवकोटाको दाबी छ। 

उनी भन्छन्, ‘एकतर्फि चार्टर उडान हो, भाडा त साविकको भन्दा स्वभावैले चर्को हुन्छ नै, तर सरकारले चार्टर उडानका लागि तय गरेको भाडाभन्दा आसियानको भाडामा ठुलो फरक छैन।’ 

नियमित उडान सुचारु गर्न अनुमती पाएको विमानले नेपालबाट फर्किने यात्रु नभएको भन्दै चार्टरको मोडलमा एकतर्फी उडान गरेर रित्तो फर्किरहेको छ तर नेपाल बिदामा गएका १ हजार भन्दा बढी नेपालीलाई भने नियमित उडान गन्तव्य सुचारु भइरहेका देशको ट्राञ्जिट हुँदै केएमईले फर्काउने तयारी गरेको छ। 

नेपाली दूतावास सिओलका उपनियोग उपप्रमुख सूर्य थापा नेपाल सरकारले कोरियन एयरलाई नियमित उडान गर्न भनेपनि कोरिया सरकारले नै नियमित उडान गर्नका लागि अनुमति नदिएको बताउँछन्। 

क्वारेन्टाइन निश्चित भएका यात्रुलाई कोरिया फर्कने अनुमति भएपनि त्यसरी क्वारेन्टाइन निश्चित गरेका नेपालीको संख्या पर्याप्त नभएका कारण नियमित उडान नभएको हुन सक्ने थापाको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १६:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्