• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उज्यालोका हिरो जसले औपचारिक बिदाइ पनि पाएनन्

64x64
हेमन्त जोशी सोमबार, भदौ २९, २०७७  २१:२२
1140x725

काठमाडौं- वर्षौंदेखि लोडसेडिङ व्याप्त थियो। लक्ष्मीपूजाको दिन पनि रहर मेट्ने गरी नेपालीले बत्ती बाल्न पाउँदैनथे। घर उज्यालो बनाउने चाहना पूरा गर्न मैनबत्ती वा दियोको सहारामा नलिए उपाय थिएन। यस्तैबीचमा सरकारले २०७३ साल भदौमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्‍यो। 

घिसिङले औपचारिक नियुक्ति लिएको करिब डेढ महिनापछि तिहार आयो। सबैलाई त्यतिबेला लागेको थियो, अघिल्ला वर्षजस्तै यसपटक पनि तिहारमा धित मरुन्जेल बत्ती बाल्न पाइनेछैन। विद्युत प्राधिकरणको ११ तहको अधिकृतबाट कार्यकारी निर्देशक बनेका घिसिङ त्यही तिहारमा आफ्नो पहिलो परीक्षा दिइरहेका थिए।

काठमाडौंको स्युचाटारमा रहेको भारप्रेषण केन्द्रमा आफैँ गए। बत्तीको माग र आपूर्तिको ग्राफ आफैँले हेरे। सकेसम्म ग्राहकलाई घर उज्यालो बनाउन बत्ती दिने उनको चाहना त्यसैदिन पूरा भयो। अर्थात् सबैभन्दा धेरै बत्तीको माग हुने दिन नै नेपालीले खुशीका साथ घर उज्यालो बनाउन पाए। 

यसैलाई आफ्नो सफलताको पहिलो खुट्किलो मानेर घिसिङ उज्यालो नेपालको यात्रामा अघि बढे। सर्वसाधारणको घरमा बत्ती जान छोड्यो। अर्थात् जनताले महसुस गरिरहेको १८ घण्टा लामो लोडसेडिङ अन्त्य भयो। काठमाडौं र पोखराबाट सुरु भएको यो अभियान देशव्यापी भयो। विस्तारै उद्योगको लोडसेडिङ पनि हट्यो। 

घिसिङले नेपाल विद्युत प्राधिकरणमा आफ्नो ४ वर्षे कार्यकाल समर्थन र विरोधका उतारचढावबीच पूरा गरेका छन्। चार वर्षे कार्यकाल पूरा गर्दा घिसिङ औपचारिक रूपमा बिदासमेत नभई प्राधिकरणबाट बाहिरिएका छन्। ऊर्जामन्त्री वर्षमान पुनको सचिवालयका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले नै उनलाई कुनै बिदाइ समारोह नगर्न र आफ्नो उपलब्धि सार्वजनिक नगर्न निर्देशन दिएका थिए। 

करिब दुई साताअघि उनको नियुक्तिको विषयमा व्यापक हल्ला चलेपछि मन्त्री पुनले निर्देशन दिएर उनलाई आफ्नो र सरकारको बचाउमा विज्ञप्ति निकाल्न लगाए। घिसिङका कामको उपलब्धिबाटै आफ्नो उचाइ बढाउने कोसिस गरिरहेका पुनले अन्तिममा घिसिङको पुनर्नियुक्तिको प्रस्तावसमेत मन्त्रिपरिषदमा लैजान सकेनन्। 

 

 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री पुनले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा घिसिङको पुनर्नियुक्ति हुने बताएका थिए। त्यसका लागि आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने पनि बताएका थिए। तर वाचाअनुसारको काम उनले गरेनन्। किनकि पुनको चाहना घिसिङलाई दोहोर्‍याउने थिएन। र छैन पनि। 

घिसिङ लोडसेडिङ हटाउन पूर्णरूपमा सफल भए। प्राधिकरणको वित्तीय अवस्थालाई उनले 'यु-टर्न' गराए। आफूले गरेको कामको नतिजाले उनलाई जनस्तरबाट ‘राष्ट्र नायक’का रूपमा स्थापित गराउन सफल भएपनि घिसिङ आफैँ आफ्ना लक्ष्य प्राप्तीमा शतप्रतिशत भने देखिन सकेनन्। 

लोडसेडिङ हटेको र प्राधिकरणले आफ्नो वित्तीय स्वास्थ्य राम्रो बनाएको जस्ता उपलब्धिका अगाडि अधिकांश आयोजना सम्पन्न हुन नसकेको र विद्युत उत्पादन तथा वितरणमा राखिएका वार्षिक लक्ष्य प्राप्त गर्न नसकेको विषय सधै गौंण बने। 

वर्षौंदेखि निर्माण सम्पन्न हुन नसकेका केही आयोजनालाई सञ्चालनमा ल्याए। प्राधिकरणको वित्तीय स्वास्थ्य सबल बनाए। विद्युत चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न र प्रशारण प्रणालीमा उपलब्ध विद्युतलाई मागअनुसार व्यवस्थापन गर्न उनी सक्षम भए।

त्यस्तै १३ वर्षदेखि हुन नसकेको आधिकारिक ट्रेड युनियनको चुनाव सम्पन्न गरेको र एइनइए इन्जिनियरिङ कम्पनी लिमिटेड स्थापना गरी क्रियाशील बनाएको विषयलाई पनि कुलमानको सफलतासँग जोडेर हेरिन्छ। ‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिई प्राधिकरणको प्रशासनिक सुधारमा पनि उनले सफलता पाए। 

उत्पादनका क्षेत्रमा हेर्दा वर्षौंसम्म अलपत्र अवस्थामा रहेका र निर्माणाधीन आयोजनाको काममा तीव्रता दिए। चमेलिया, त्रिशुली-३ ए र कुलेखानी तेस्रो जलविद्युतलगायत आयोजनाको काम सम्पन गरे। माथिल्लो तामाकोशी, मध्य भोटेकोशी, सान्जेन, रसुवागढीजस्ता आयोजनामा पनि कामले गति लिएको थियो। तर ती आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन भने सकेका छैनन्। कुलमान यो अपजसको भागिदार भने सधैँ रहिरहनेछन्। 

प्रशारण लाइनतर्फ २२० केभी खिम्ती–ढल्केबर, १३२ केभी हेटौँडा–कुलेखानी–स्युचाटार, १३२ केभी बलाच–अत्तरिया, ४ सय केभी खिम्ती–बाह्रबिसे–काठमाडौं प्रशारण लाइन निर्माण पनि कुलमानकै पालामा हासिल भएको उपलब्धि हो। 

वितरण तथा ग्राहक सेवा क्षेत्रमा उनले अनलाइन पेमेन्टको सुरुवात, ग्राहकले सहजरूपमा मिटर पाउने व्यवस्था, स्मार्ट ग्रिड र स्मार्ट मिटर प्रणालीलाई उपत्यकामा नमुना परियोजनाका रूपमा अगाडि बढाएको जस्ता विषयहरुलाई मुख्य उपलब्धि ठानिएको छ। 

ग्रामीण विद्युतीकरणमा पनि उनले राम्रो सफलता पाए। त्यस्तै अन्तरदेशीय विद्युत व्यापारका लागि यो अवधिमा भए गरेका कामहरुले तात्विक नतिजा देखाउन नसके पनि आगामी दिनका लागि भने राम्रो जग बन्यो। ढल्केबर–मुजफ्फरपुर, बुटवल–गोरखपुर, कटैया–कुशाहा एवं रक्सौल–परवानीपुर र गल्छी-केरुङ अन्तरदेशीय प्रशारण लाइनले गति लिएको छ। 

कुलमानकै पालामा प्राधिकरणले वित्तीय सुधारतर्फ पनि गतिलो फड्को मार्न सफल भयो। आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भयो। ४ वर्षअघिसम्म प्राधिकरणको ३४ अर्ब बराबरको सञ्चित नोक्सानी यसवर्ष ५ अर्ब रुपैयाँ बराबर सञ्चित नाफा रहेको अवस्थामा छ। 

लोडसेडिङ अन्त्य भएपछि प्राधिकरणले सरकारलाई बुझाउने राजस्व पनि बढ्यो। विद्युत महसुलबाट उठ्ने राजस्व मात्र होइन, प्राधिकरणले अरु खालका राजस्व र प्राधिकरणको विभिन्न कोषलाई पनि कुलमानको नेतृत्वले सही व्यवस्थापन गर्‍यो। 

प्राधिकरणको सञ्चालन खर्च, मर्मतसम्भार खर्च, कर्मचारी खर्चलगायतका विषयमा हुने खर्च कटौतीमा कुलमानले विशेष ध्यान दिए। लोडसेडिङ अन्त्य गर्नका लागि विद्युत चुहावट घटाउनु सबैभन्दा चुनौतीपूर्ण थियो। यो चुनौती पार गर्नमा पनि उनको सफलता देखियो। 

प्रविधिको प्रयोग र अरु प्राविधिक पक्षहरुमा पनि अहिले प्राधिकरण अब्बल बनेको छ। धमाधम थ्री फेज स्मार्ट मिटर जडानको काम भइरहेको छ। कुन मिटर कति क्षमतामा चलिरहेको छ? त्यसको बिल कति आइरहेको छ? अथवा मिटरमा केही तलमाथि पार्न खोजिँदैछ कि? भनेर केन्द्रीय सर्भरबाटै हेर्न सक्ने अवस्था बनिसकेको छ। 

अहिले ९० प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छन्। घिसिङ कार्यकारी नियुक्त हुँदा यो दर ६६ प्रतिशत थियो। तर विद्युत खपत विस्तार भने अहिले पनि उत्तिकै चुनौतीपूर्ण छ। पछिल्लो समय उत्पादनमा भन्दा विद्युतको बजार खोज्न बढी ध्यान दिनुपर्ने कुरालाई घिसिङले नजरअन्दाज गर्न सकेनन् वा सफलता हासिल गर्न सकेनन्। निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरू अहिले आफ्ना आयोजनाबाट उत्पादित विद्युतले बजार पाउँदैनन कि भनेर चिन्तित छन्। 

त्यस्तै विदेशी लगानीका आयोजनालाई महँगो र स्वदेशी लगानीका आयोजनालाई सस्तो दरमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको विषयमा पनि निजी क्षेत्रले सधैं गुनासो गरिरह्यो। डेडिकेटेड र ट्रंकलाइनको विवाद पनि कुलमान कार्यकालको एउटा प्रमुख विवादित विषय बनिरह्यो। 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  २१:२२
  • #कुलमान-घिसिङ
  • #kulmanghising
  • #NEA

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९... मंगलबार, भदौ २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... मंगलबार, भदौ २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
रसुवा बाढीपीडितका लागि भायानेटको २० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
रसुवा–भोटेकोशी बाढीपीडितलाई फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित क्षेत्रमा आज दिनभर खोज तथा उद्धार : ८१ जनाको उद्धार, टनेलमा एक शव फेला मंगलबार, भदौ २३, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब मंगलबार, भदौ २३, २०८३
बाढी प्रभावित रसुवा र नुवाकोटमा हैजाविरुद्ध खोप अभियान, १ लाख २ हजार डोज पठाइँदै मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हनुमन्ते खोलामा जलसतह खतरा तह पार, सतर्क रहन आग्रह सोमबार, भदौ २२, २०८३
नेपाल लाइभको समाचारमा रास्वपाको स्पष्टीकरण– ‘रास्वपाले समाचार बुलेटिन चलाएको होइन, सूचना प्रसार गरेको हो’ सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्