• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कांग्रेसको अधोगति

प्रा कृष्ण खनाल सोमबार, भदौ २९, २०७७  १७:१७
1140x725

बहुमतसहित बनेको सरकार अढाई वर्ष पुग्दा नपुग्दै आफ्नो जिम्मेवारीबाट पूरै चुकेको छ। भन्नलाई सरकारमा हुनेले धेरै नै गरेको भनेका छन्। तर मैले बुझेको सरकारको उपलब्धि शून्य नै छ। अहिले आएर सरकारले समृद्धिको नाम पनि लिन छोडिसक्यो। सरकार कहिले राम जन्मभूमितिर लागेको छ, कहिले केमा लागेको छ। यसले सरकारको संकटको तह देखाउँछ। राजनीतिक संस्थामा मात्रै होइन, सबै संकटमा छन्।

विश्वविद्यालय, न्यायपालिका, कर्मचारीतन्त्र लगायतका सबै अंग गम्भीर संकटमा छन्। संकटको मूल कारण राजनीतिक संस्था नै हुन्। राजनीतिककर्मी त ‘ड्राइभिङ सिट’मा रहेका हुन्छन्। नेतृत्वकर्ता नै संकटग्रस्त छ, त्यो नै भ्रष्ट छ वा विचलनमा छ भने त्यसको प्रभाव त राज्यका सबै संयन्त्रमा पर्छ नै।

राजनीतिले सबैतिर प्रभाव छोडेपछि राज्यका कुनै अंग चोखो हुँदैनन्। न्यायपालिका समेत चोखो हुँदैन। न्यायपालिकामा पुग्ने व्यक्ति कुन माध्यमबाट अवसर पाएका हुन्छन्, सबैलाई ज्ञान छ। न्यायपालिकाको कनेक्टिभिटी राजनीतिक व्यक्ति वा संस्थासँग हुन्छ। अनि उनीहरुको काम कति निरपेक्ष हुन सक्छ? 

न्यायपालिका राजनीतिको प्रभावमा परेको कैयौं फैसलाले देखिइसकेको छ। आफ्नै न्यायाधीशले गरेको फैसला न्यायपालिकाले पुनर्मूल्यांकन गर्नुपर्ने अवस्था छ। महत्त्वपूर्ण न्यायसम्पादनको कार्यमा पुनर्मूल्यांकन हुनु अर्कै कुरा हो। त्यस्तो बेला न्यायिक सिद्धान्त पनि हेरिन्छ। कुनै लेनदेन मुद्दामा समेत सर्वोच्चले फैसला पुनर्मूल्यांकन गर्नुपर्ने अवस्था छ। यसले न्यायालयको हविगत देखाउँदछ।

राजनीतिले सबैतिर प्रभाव छोडेपछि राज्यका कुनै अंग चोखो हुँदैनन्। न्यायपालिका समेत चोखो हुँदैन।

राजनीतिदेखि राज्यका सबै अंग संकटमा रहेको बेला समयमै सम्बोधन गरिएन भने दुर्घटनामा जाने समय आउँछ। संस्था क्षीण हुँदै जाँदा दुर्घटना निम्त्याउँछ नै। देखाउने लोकतन्त्र निरन्तर हुनसक्छ। तर, यो विषय लुटतन्त्रमै सीमित हुने हो भने लोकतन्त्रको कुरा किन गरिरहने? यो विषय एक दलमा मात्रै सीमित हुने कुरा होइन।

कांग्रेस जस्तो लोकतन्त्रवादी भनिने पार्टी सुध्रिँदैन भने लोकतन्त्र पनि धरापमा पर्छ। कांग्रेस ‘डिक्लाइन’ हुँदै गएको छ। कांग्रेसका नेताले यसलाई मान्छन् वा मान्दैनन्, मलाई थाहा छैन। नागरिक र राजनीति अध्ययन गरेको हिसाबले कांग्रेस ‘डिक्लाइन’मै देख्छु। कांग्रेस ‘डिक्लाइन’ नभएको भन्नै मिल्दैन।

कहिलेकाहीँ कांग्रेसले ल्याएको मतको आधारमा आत्मसन्तुष्टि पनि सुनिन्छ। मतको प्रतिशतले मात्रै राजनीति हेरिँदैन। राजनीति भनेको जित कि हार हो। गत निर्वाचनमा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पपुलर मतमा हिलारी क्लिन्टनले जितेको होइन र? तर, जुन प्रणाली अपनाइएको छ, त्यसमा उनी हारिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नो बचाउ र अनुहार लुकाउनका लागि यति प्रतिशत मत आएको छ भन्दै आत्मरतिमा रमाउनु बेकारका तर्क हुन्। अघिल्लो निर्वाचनभन्दा अहिले प्रतिशत बढ्यो भन्नु गैरराजनीतिक तुक हो। राजनीति गरेको व्यक्तिले यस्ता तर्क दिँदा दल थप ‘डिक्लाइन’मा जान्छ।

कांग्रेस अहिलेको अवस्थामा ‘एजेन्डा सेटर’ होइन। संविधानका कतिपय एजेन्डा कांग्रेसले उठाएका मुद्दा थिए। लोकतन्त्रको झण्डा बोकेको पार्टी नेपालमा कांग्रेस नै हो। कम्युनिस्ट पार्टीलाई पहिचानको संकट छ। कम्युनिस्ट दलले कहिले साम्यवाद भनेका छन्, कहिले संसदीय व्यवस्था भनेका छन्। तसर्थ कम्युनिस्टलाई ‘आइडोलोजी संकट’ छ। पछिल्लो समय सत्तारुढ दल कम्युनिस्ट ओरियन्टेड देखिँदै गएको छ। सामाजिक लोकतन्त्र भनेको त्यति सुनिँदैन।

कतिपयलाई याद पनि होला, गएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादकै कुरा गरेका थिए। ओलीले आफूले भन्दै आएको समाजवाद बिपीले भनेकै समाजवादको रुपमा व्याख्या गरेका थिए। चुनावी अभियानकै क्रममा किन भनेका थिए। बिपीको समाजवाद अंगालेको छु भन्नु कम्युनिस्टलाई आइडेन्टीटीको क्राइसिस हुनु हो।

कहिल्यै पनि पुरानो नहुने लोकतन्त्र, समाजवाद र राष्ट्रियता कांग्रेसको सिद्धान्त छ। लोकतन्त्र रहेसम्म यी तीन आइडोलोजी रहन्छन्।

कांग्रेसमा त्यसको समस्या छैन। कहिल्यै पनि पुरानो नहुने लोकतन्त्र, समाजवाद र राष्ट्रियता कांग्रेसको सिद्धान्त छ। लोकतन्त्र रहेसम्म यी तीन आइडोलोजी रहन्छन्। कहिले पुरानो नहुने सिद्धान्त अंगाले पनि त्यसको लाभ कांग्रेसले प्राप्त गर्न सकेको छैन। यस विचारलाई काट्ने अर्को विचार आएको पनि छैन।

कुनै मतदाताले नेकपालाई मत दिए वा नदिए पनि सरकार त सबैको हुन्छ। जनताप्रति कसरी पार्टी उत्तरदायी हुने? पपुलर मतको आधारमा बलियो ‘विङ’ नेकपा नै छ। नेकपाको केन्द्रीय समिति, स्थायी कमिटी वा सचिवालयका निर्णयमा हामीले शतप्रतिशत अस्वीकार गर्न सक्छौं। तर, त्यो दलको संसदीय दलसँग ‘डिस एग्री’ गर्न सकिन्न। संसदीय दल पपुलर मतबाट आएको हो।

२०४८ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदा मैले उहाँलाई भनेको एक विषय स्मरण गर्दछु। तपाईंलाई मत नदिए पनि ती मतदाता तपाईंका जनता हुन्। सत्ता सम्हालेपछि नेता र कार्यकर्ताप्रति मात्रै जवाफदेही भएर हुँदैन। मतदाताले जुन पक्षलाई मतदान गरे पनि सरकार सबैप्रति जवाफदेही हुनुपर्दछ। नेकपाको अहिलेको दायित्व हेर्दा २/४ जनामा सीमित भएको देखिन्छ। तिनैको व्यवस्थापन गर्न समय खर्चिएको छ। बालुवाटारको क्रमशः रुपान्तरण हुँदै गएको छ, त्यो क्रममा सबै क्षेत्रमा देखिएको छ।

पार्टी जनतासँग जोडिनुपर्दछ। कांग्रेस वा नेकपा दुवै दल जनतासँग जोडिएका छैनन्। विकल्पमा आउन खोजेकाहरुको हालत पनि सशक्त देखिन सकेको छैन।

गत निर्वाचनमा कांग्रेसले लगाएको नारा कांग्रेसकै नेतृत्वमा संविधान बन्यो भन्ने थियो। साथै, संविधानको कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा भन्ने नारा जोडिएको थियो। त्यही भनेर मत मागियो। जनताले पत्याएनन्। कांग्रेसले संविधान बनाएको जनताले पत्याएको भए त कांग्रेसको बहुमत आउने थियो होला। चुनावलाई यसरी नै व्याख्या गरिन्छ। भित्री पाटोमा अनेक विषयले खेल्न सक्छन्।

‘म्याक्रो लेभल’ को चुनाव २०४८ सालदेखिकै खराब देखिन्न। त्यतिबेला कांग्रेसले ऐतिहासिक न्याय प्राप्त गरेको थियो। ३० वर्षसम्म कांग्रेस लडेको न्याय जनताले दिलाए। जनताले कांग्रेसलाई पुरस्कृत गरे। व्यवस्थापन गर्न सकेन। २०५१ सालमा हार्‍यो। २०५६ फेरि जनताले साथ दिए। ‘म्याक्रो लेभल’ हेर्दा मतदाता कमजोर भएको देखिन्न। पैसाको खेल भएको मात्रै मान्न सकिन्नँ। ‘माइक्रो लेभल’ मा भने अन्य खेल हुन सक्लान्।

पार्टी जनतासँग जोडिनुपर्दछ। कांग्रेस वा नेकपा दुवै दल जनतासँग जोडिएका छैनन्।

जनताले किन कांग्रेसले बेला बेला अस्वीकार गर्दै आएका छन्। पछिल्लो समयमा पनि जनताले कांग्रेस अनिच्छापूर्वक संविधानको पक्षमा रहेको बुझेका छन्। कांग्रेसका लागि सबैभन्दा प्रिय संविधान २०४७ सालकै हो। तर, मुलुकको गति त २०४७ सालको संविधानले धान्न सक्दैन। बेलाबेला बहुमतको सरकार ल्याए पनि कांग्रेसले किन थाम्न सकेन? यसमा अरुलाई दोष दिएर हुँदैन। राजनीति डाइनामिक हुन्छ, त्यसलाई कांग्रेसले अंगीकार गर्न सकेन।

२०१५ सालको मतदातामा कांग्रेसलाई सबै पक्षको मत आएको थियो। जनजाति, मधेसी लगायत सबै समुदायमा कांग्रेस देखिन्थ्यो। २०४८ सालसम्म आइपुग्दा कांग्रेस ती समुदायमा क्रमशः कम देखिन थाल्यो। जनजातिमा कांग्रेसी कम देखिए। मधेसमा विस्तारै सद्भावनाले कांग्रेसको स्थान लिन थाल्यो। २०६४ सालसम्म आइपुग्दा कांग्रेसले आफ्नो मतदाता तथा क्षेत्र भन्ने नै गुमाइसकेको थियो। पहाडमा कांग्रेस शक्ति २०४८ सालमै घटिसकेको थियो। पूर्वबाट कांग्रेस कमजोर हुँदै गएको थियो। मधेसबाट कांग्रेसलाई समर्थन नभएको भए २०४८ सालमै कांग्रेस चुनावमा हारिसकेको थियो।

आफ्नो उपस्थिति भएकै स्थानबाट कांग्रेस किन कमजोर हुँदै गयो? तीन पुस्तामा कांग्रेस भेटिन्छ। नाती पुस्तामा आएपछि कांग्रेस भेटिँदैन। हजुरबाबुको समयदेखि बनेको कांग्रेसको भोटर बैंक नाती पुस्तामा आउँदा छिन्नभिन्न भएको छ। नातीपुस्ता पनि कतिपय नेविसंघ र तरुण दलमा केही समय अघिसम्म थिए। मधेस आन्दोलनसम्म आइपुग्दा कांग्रेसबाट हुँदैन भन्ने यो पुस्ताले बुझ्यो। पार्टीले समाजवाद, राष्ट्रियता र लोकतन्त्रको नारा मात्रै दिएर नपुग्ने रहेछ। त्यसलाई जनतासँग जोड्नसक्नुपर्छ। मतदातासँग ‘रिलेट’ गर्न कांग्रेसले नसकेपछि ‘डिक्लाइन’ हुँदै गएको छ। जनतालाई जोड्न अझै चुकेको छ।

संविधान बनाए पनि त्यसको स्वामित्व ग्रहण गर्न कांग्रेसले सकेको छैन। संघीयता र धर्म निरपेक्षतामा कांग्रेस अझै पनि अलमलमा छ। हामीले भनेकै होइन भन्ने पनि छन्। आफ्नो नेतृत्वमा बनेको संविधानको स्वामित्व कांग्रेसले फुर्तीसाथ आत्मसात गर्न सकेको छैन। चित्त नबुझे संशोधन गर्न सक्छु भन्न सक्नुपर्थ्यो। न संशोधनको कुरा कांग्रेस गर्छ, न स्वामित्व ग्रहण गर्छ।

(युएस–नेपाल नीति अनुसन्धान केन्द्रले गरेको भिडिओ संवादमा राजनीति शास्त्रका पूर्वप्राध्यापक खनालले राखेका विचारमा आधारित)

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
सम्बन्धित सामग्री
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार बिहीबार, साउन ७, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्