• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

होम आइसोलेसनमा कसरी बस्ने? यस्ता छन् संक्रमित र परिवारले पालना गर्नुपर्ने मापदण्ड

रामकुमार धमला आइतबार, भदौ २८, २०७७  ११:१६
1140x725

नेपालमा कोभिड-१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ। यो उक्लँदाे संक्रमण दरको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालका बेड भरिँदै गएका छन्। अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा रहनसक्ने मापदण्ड लागू भएको छ।

महामारीजन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन। क्वारेन्टाइन वा आइसोलेसन विधिको उद्धेश्य भनेको रोगको संक्रमण रोक्नु वा फैलन नदिनु हो। सामान्य भाषामा बुझ्दा छुट्टै एकान्तबास वा अलग्गिनु नै आइसोलेसन हो। संस्थागत आइसोलेसन खाली भएन भने होम आइसोलेसनमा तोकिएका मापदण्डहरु अपनाएर बस्न सकिन्छ। 

नेपालमा कोभिड–१९ संक्रमणको सुरुवाती चरणमा लक्षण र चिह्नहरु कम देखिएका थिए। हाल आएर संक्रमितहरुमा श्वास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, विना कारण ज्वरो आउने, घाँटी दुख्नेजस्ता लक्षण देखिन थालेका छन्। कोभिड महामारीको यो समयमा यस्ता लक्षण देखिएमा, आफ्नो स्वास्थ्य आफैंलाई अलिक असामान्य लागेमा वा बिरामी हुन लागेको जस्तो अनुभव भएमा सकेसम्म चाँडो परिवारका सदस्यहरुबाट अलग्गै रहनुपर्छ। त्यसपछि कोभिड–१९ को जाँच गर्नुपर्छ। परीक्षणमा नतिजा पोजेटिभ आएमा संस्थागत आइसोलेसन खाली भए सकेसम्म आइसोलेसन सेन्टरमा रहने यदि खाली नभए घरमा नै (होम) आइसोलेसनमा बस्न सकिन्छ। 

होम आइसोलेसनमा रहँदा पालना गर्नुपर्ने प्रमुख स्वास्थ्य मापदण्ड तथा व्यवहार  
१. संक्रमित बस्ने कोठा उज्यालो र पर्याप्त हावा आउने हुनुपर्छ। भेन्टिलेसन भएको कोठा हुनुपर्छ। 

२. सकेसम्म शौचालय र नुहाउने ठाउँ छुट्टै व्यवस्था गर्ने। सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा संक्रमितले प्रयोग गरिसकेपछि ढोकाको हेन्डल, चुकुलदेखि सबै भागलाई डिस्इन्फेक्टेन्ट प्रयोग गरेर सफाइ तथा स्प्रे गरेर मात्र परिवारका अन्य सदस्यले प्रयोग गर्ने। 

३. होम आइसोलेसन अवधिभर घर बाहिर ननिस्कने र अन्य आफन्तसँग भेटघाट तथा सम्पर्क नगर्ने। आवश्यक संवादसमेत फोन वा सामाजिक सञ्जालमार्फत् गरेको राम्रो। गर्नैपर्ने अवस्था आएमा न्यूनतम २ देखि ३ मिटरको दूरीमा आमनसामने नहुने गरी बढीमा १५ मिनेटसम्ममा सक्ने गरी छोटो कुराकानी गर्ने। 

४. पोषिलो खानेकुरा खाएर रोगप्रतिरोधी क्षमता बढाउनु आवश्यक भएकाले पर्याप्त पानी, फलफूल तथा झोलिलो र हाई प्रोटिन खानेकुरासहितको सन्तुलित खानेकुरा खाने। खानेकुरा खाँदा र डेलिभर गर्दा विशेष सावधानी अपनाउनुपर्छ। जस्तो कि खाना खाने प्लेटसहित संक्रमितको छुट्टै सेट प्रयोग गर्नुपर्ने हुन्छ। साथै संक्रमितले प्रयोग गरेपछिको फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट हुनुपर्छ। 

५. घरका सबै सदस्यले दिनमा पटकपटक साबुन पानीले हात मिचिमिची कम्तीमा २० सेकेन्डसम्म धुुनुपर्छ। सकेसम्म हातलाई अनुहारमा कम छुने। विशेषगरी कोरोनाबाट बच्न मुख, नाक र आँखालाई बचाउनुपर्ने हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

६. संक्रमितको हेरचाहमा खटिने परिवारको सदस्यले अनिवार्य मेडिकल मास्कको उचित तरिकाले प्रयोग गर्ने। आँखामा चस्मा वा फेस सिल्ड प्रयोग गर्ने। संक्रमितसँग सकेसम्म कम सम्पर्क गर्ने। 

७. व्यक्तिगत सरसफाइमा ध्यान दिने। सरसफाइ तथा नित्य कर्ममा प्रयोग हुने सामानहरु छुट्टै राखी प्रयोग गर्ने।  

८. घरमा रहेका कोभिड–१९ का जोखिम समूहहरु दीर्घ रोगी, जेष्ठ नागरिक, विशेषगरी उच्च रक्तचाप, मधुमेह रोगीहरु, बालबालिका, गर्भवती तथा सुत्केरीलाई संक्रमितको सम्पर्कबाट टाढा राख्ने। 

९. संक्रमितले ज्वरो आए वा नआएको कम्तीमा दिनमा २ पटक जाँच गर्ने। अन्य स्वास्थ्य समस्या आए वा नआएको ख्याल गर्ने। यदि ज्वरो आएमा वा अन्य समस्या आएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह लिने। कुनै रोगविरुद्ध औषधि सेवन गरिरहेको भए नियमित रुपमा औषधि खाने वा प्रयोग गर्ने। 

१०. नियमित रुपमा एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नु पर्छ। कम्तीमा दैनिक ८ घन्टा सुत्ने, दैनिक तथा शारीरिक व्यायाम तथा मेडिटेसनहरु गर्ने। योग गर्ने, किताबहरु पढ्ने तथा मनमा लागेका कुराहरु नोटबुकमा लेख्ने। चिन्ता नलिने। आधिकारिक स्रोतको सूचना मात्र लिने। सामाजिक सञ्जालहरु कम प्रयोग गर्ने। 

परिवारका सदस्यहरुको भूमिका
परिवारको कुनै सदस्य होम आइसोलेसनमा रहँदा रोगको रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा परिवारका अन्य सदस्यको उल्लेखनीय भूमिका रहन्छ। 

१. कोभिड-१९ रोग श्वासप्रश्वास माध्यमबाट सर्ने भाइरल रोग हो। यो जोकोहीलाई पनि लाग्नसक्छ भन्ने कुरा परिवारका सबै सदस्यले बुझ्न आवश्यक छ। यसर्थ सक्रमितलाई लान्छना होइन, माया, सद्भाव र सान्त्वना दिनुपर्छ। 

२. होम आइसोलेसनमा रहेका संक्रमितको मनोबल उच्च बनाउने। अनावश्यक आफन्तहरुसँगको भेटघाट कम गर्ने। 

३. संक्रमितलाई आवश्यक पर्ने सामानहरु उपलब्ध गराउने। तर उपयुक्त सावधानी अपनाएर मात्र।  

४.आफ्नो पालिकाको कोभिड–१९ फोकल पर्सन, चिकित्सक वा स्वास्थ्यकर्मी र कोभिड डेडिकेटेट एम्बुलेन्स चालकको सम्पर्क नम्बर लिने। कन्ट्याक्ट ट्रेसिङ एन्ड टेस्टिङ्ग टिमसँग समन्वय गरी परिवारका सदस्यहरुको पिसीआर परीक्षण गर्ने। 

५. संक्रमितको अवस्था र लक्षणहरु नियमित रुपमा अपडेट लिने दिने। जस्तो श्वास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण भए पालिकाको चिकित्सक र स्वास्थ्यकर्मीलाई जानकारी गराई स्वास्थ्य सल्लाह लिने।

अन्त्यमा, संक्रमितलाई सकेसम्म संस्थागत आइसोलेसन सेन्टरमा राखेको राम्रो। तर होम आइसोलेसनमा नै बस्नुपर्ने भए माथिका प्रमुख स्वास्थ्य मापदण्डहरु पालना गर्न आवश्यक देखिन्छ। स्मरण रहोस, यदि तोकिएको स्वास्थ्य मापदण्ड छैन र सोको अवलम्बन गरिएको छैन भने होम आइसोलेसन नै कोभिड–१९ रोग फैलाउने मुख्य केन्द्र बन्न सक्छ।

होम आइसोलेसनमा रहँदा स्वयं संक्रमित व्यक्ति, परिवार र स्थानीय पालिका तीनै पक्ष र तहले स्वाअनुशासनको पालना र कडाइका साथ नियमन र अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ। 

(धमला इटहरी उपमहानगरपालिकाको कोभिड–१९ होम आइसोलेसन अनुगमन तथा व्यवस्थापन समितिका सदस्य हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
नाडा अटो शो २०२६’ को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था सोमबार, भदौ ८, २०८३
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणमा हर्क राईको प्रश्न–‘प्रधानमन्त्रीको निजी भ्रमण हुँदैन, के खान जानुभएको हो, हावा खान जानुभएको हो?’ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्