• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
होम आइसोलेसनमा कसरी बस्ने? यस्ता छन् संक्रमित र परिवारले पालना गर्नुपर्ने मापदण्ड
रामकुमार धमला आइतबार, भदौ २८, २०७७  ११:१६
1140x725

नेपालमा कोभिड-१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ। यो उक्लँदाे संक्रमण दरको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालका बेड भरिँदै गएका छन्। अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमित होम आइसोलेसनमा रहनसक्ने मापदण्ड लागू भएको छ।

महामारीजन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन। क्वारेन्टाइन वा आइसोलेसन विधिको उद्धेश्य भनेको रोगको संक्रमण रोक्नु वा फैलन नदिनु हो। सामान्य भाषामा बुझ्दा छुट्टै एकान्तबास वा अलग्गिनु नै आइसोलेसन हो। संस्थागत आइसोलेसन खाली भएन भने होम आइसोलेसनमा तोकिएका मापदण्डहरु अपनाएर बस्न सकिन्छ। 

नेपालमा कोभिड–१९ संक्रमणको सुरुवाती चरणमा लक्षण र चिह्नहरु कम देखिएका थिए। हाल आएर संक्रमितहरुमा श्वास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, विना कारण ज्वरो आउने, घाँटी दुख्नेजस्ता लक्षण देखिन थालेका छन्। कोभिड महामारीको यो समयमा यस्ता लक्षण देखिएमा, आफ्नो स्वास्थ्य आफैंलाई अलिक असामान्य लागेमा वा बिरामी हुन लागेको जस्तो अनुभव भएमा सकेसम्म चाँडो परिवारका सदस्यहरुबाट अलग्गै रहनुपर्छ। त्यसपछि कोभिड–१९ को जाँच गर्नुपर्छ। परीक्षणमा नतिजा पोजेटिभ आएमा संस्थागत आइसोलेसन खाली भए सकेसम्म आइसोलेसन सेन्टरमा रहने यदि खाली नभए घरमा नै (होम) आइसोलेसनमा बस्न सकिन्छ। 

होम आइसोलेसनमा रहँदा पालना गर्नुपर्ने प्रमुख स्वास्थ्य मापदण्ड तथा व्यवहार  
१. संक्रमित बस्ने कोठा उज्यालो र पर्याप्त हावा आउने हुनुपर्छ। भेन्टिलेसन भएको कोठा हुनुपर्छ। 

२. सकेसम्म शौचालय र नुहाउने ठाउँ छुट्टै व्यवस्था गर्ने। सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा संक्रमितले प्रयोग गरिसकेपछि ढोकाको हेन्डल, चुकुलदेखि सबै भागलाई डिस्इन्फेक्टेन्ट प्रयोग गरेर सफाइ तथा स्प्रे गरेर मात्र परिवारका अन्य सदस्यले प्रयोग गर्ने। 

३. होम आइसोलेसन अवधिभर घर बाहिर ननिस्कने र अन्य आफन्तसँग भेटघाट तथा सम्पर्क नगर्ने। आवश्यक संवादसमेत फोन वा सामाजिक सञ्जालमार्फत् गरेको राम्रो। गर्नैपर्ने अवस्था आएमा न्यूनतम २ देखि ३ मिटरको दूरीमा आमनसामने नहुने गरी बढीमा १५ मिनेटसम्ममा सक्ने गरी छोटो कुराकानी गर्ने। 

४. पोषिलो खानेकुरा खाएर रोगप्रतिरोधी क्षमता बढाउनु आवश्यक भएकाले पर्याप्त पानी, फलफूल तथा झोलिलो र हाई प्रोटिन खानेकुरासहितको सन्तुलित खानेकुरा खाने। खानेकुरा खाँदा र डेलिभर गर्दा विशेष सावधानी अपनाउनुपर्छ। जस्तो कि खाना खाने प्लेटसहित संक्रमितको छुट्टै सेट प्रयोग गर्नुपर्ने हुन्छ। साथै संक्रमितले प्रयोग गरेपछिको फोहोर व्यवस्थापन समेत उचित तरिकाबाट हुनुपर्छ। 

५. घरका सबै सदस्यले दिनमा पटकपटक साबुन पानीले हात मिचिमिची कम्तीमा २० सेकेन्डसम्म धुुनुपर्छ। सकेसम्म हातलाई अनुहारमा कम छुने। विशेषगरी कोरोनाबाट बच्न मुख, नाक र आँखालाई बचाउनुपर्ने हुन्छ। 

६. संक्रमितको हेरचाहमा खटिने परिवारको सदस्यले अनिवार्य मेडिकल मास्कको उचित तरिकाले प्रयोग गर्ने। आँखामा चस्मा वा फेस सिल्ड प्रयोग गर्ने। संक्रमितसँग सकेसम्म कम सम्पर्क गर्ने। 

७. व्यक्तिगत सरसफाइमा ध्यान दिने। सरसफाइ तथा नित्य कर्ममा प्रयोग हुने सामानहरु छुट्टै राखी प्रयोग गर्ने।  

८. घरमा रहेका कोभिड–१९ का जोखिम समूहहरु दीर्घ रोगी, जेष्ठ नागरिक, विशेषगरी उच्च रक्तचाप, मधुमेह रोगीहरु, बालबालिका, गर्भवती तथा सुत्केरीलाई संक्रमितको सम्पर्कबाट टाढा राख्ने। 

९. संक्रमितले ज्वरो आए वा नआएको कम्तीमा दिनमा २ पटक जाँच गर्ने। अन्य स्वास्थ्य समस्या आए वा नआएको ख्याल गर्ने। यदि ज्वरो आएमा वा अन्य समस्या आएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह लिने। कुनै रोगविरुद्ध औषधि सेवन गरिरहेको भए नियमित रुपमा औषधि खाने वा प्रयोग गर्ने। 

१०. नियमित रुपमा एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नु पर्छ। कम्तीमा दैनिक ८ घन्टा सुत्ने, दैनिक तथा शारीरिक व्यायाम तथा मेडिटेसनहरु गर्ने। योग गर्ने, किताबहरु पढ्ने तथा मनमा लागेका कुराहरु नोटबुकमा लेख्ने। चिन्ता नलिने। आधिकारिक स्रोतको सूचना मात्र लिने। सामाजिक सञ्जालहरु कम प्रयोग गर्ने। 

परिवारका सदस्यहरुको भूमिका
परिवारको कुनै सदस्य होम आइसोलेसनमा रहँदा रोगको रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा परिवारका अन्य सदस्यको उल्लेखनीय भूमिका रहन्छ। 

१. कोभिड-१९ रोग श्वासप्रश्वास माध्यमबाट सर्ने भाइरल रोग हो। यो जोकोहीलाई पनि लाग्नसक्छ भन्ने कुरा परिवारका सबै सदस्यले बुझ्न आवश्यक छ। यसर्थ सक्रमितलाई लान्छना होइन, माया, सद्भाव र सान्त्वना दिनुपर्छ। 

२. होम आइसोलेसनमा रहेका संक्रमितको मनोबल उच्च बनाउने। अनावश्यक आफन्तहरुसँगको भेटघाट कम गर्ने। 

३. संक्रमितलाई आवश्यक पर्ने सामानहरु उपलब्ध गराउने। तर उपयुक्त सावधानी अपनाएर मात्र।  

४.आफ्नो पालिकाको कोभिड–१९ फोकल पर्सन, चिकित्सक वा स्वास्थ्यकर्मी र कोभिड डेडिकेटेट एम्बुलेन्स चालकको सम्पर्क नम्बर लिने। कन्ट्याक्ट ट्रेसिङ एन्ड टेस्टिङ्ग टिमसँग समन्वय गरी परिवारका सदस्यहरुको पिसीआर परीक्षण गर्ने। 

५. संक्रमितको अवस्था र लक्षणहरु नियमित रुपमा अपडेट लिने दिने। जस्तो श्वास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण भए पालिकाको चिकित्सक र स्वास्थ्यकर्मीलाई जानकारी गराई स्वास्थ्य सल्लाह लिने।

अन्त्यमा, संक्रमितलाई सकेसम्म संस्थागत आइसोलेसन सेन्टरमा राखेको राम्रो। तर होम आइसोलेसनमा नै बस्नुपर्ने भए माथिका प्रमुख स्वास्थ्य मापदण्डहरु पालना गर्न आवश्यक देखिन्छ। स्मरण रहोस, यदि तोकिएको स्वास्थ्य मापदण्ड छैन र सोको अवलम्बन गरिएको छैन भने होम आइसोलेसन नै कोभिड–१९ रोग फैलाउने मुख्य केन्द्र बन्न सक्छ।

होम आइसोलेसनमा रहँदा स्वयं संक्रमित व्यक्ति, परिवार र स्थानीय पालिका तीनै पक्ष र तहले स्वाअनुशासनको पालना र कडाइका साथ नियमन र अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ। 

(धमला इटहरी उपमहानगरपालिकाको कोभिड–१९ होम आइसोलेसन अनुगमन तथा व्यवस्थापन समितिका सदस्य हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्