• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

डाक्टर दम्पती, जसको पहलमा १३० जनाको पेट भरिन्छ

64x64
प्रजु पन्त बिहीबार, भदौ २५, २०७७  ०६:३०
1140x725

काठमाडाै‌ं-‘काम खोज्न बाहिर निस्कँदा प्रहरीले कुट्छ। घरभित्र जाऔं परिवार सबै भोका छन्। परिवार नै भोकै पर्दा पनि मैले केही गर्न सकिनँ,’ आँखाबाट आसुँ खसाल्दै एक पुरुष रोइरहेको दृश्य टेलिभिजनमा देखियो। 

भदौ १३ गते साँझ ८ बजे समाचार के के आइरहेको छ भनेर टिभी खोल्दा झ्याप्पै यो दृश्य देखेपछि प्रा डा विजया पन्तको आँखा रसाए। केही बेरमा अस्पतालबाट आइपुगेका डा वसन्त पन्तलाई विजयाले यो कुरा सुनाइन्। ‘समाचारमा एक व्यक्तिले आँसु तपतप चुहाउँदै आफ्नो व्यथा कहेँ,’ प्रा डा विजयाले भनिन्, ‘यो दृश्य देखेपछि मलाई खपिसक्नु भएन।’ 

त्यतिबेला नै विजया र वसन्तले सल्लाह गरे- भोको कोही बस्न हुन्न। केही न केही त गर्नैपर्छ। त्यो समाचार हेरेको रातभर विजयालाई निद्रा परेन। भोलिपल्ट अस्पतालको काम सकेपछि दम्पती नै कालीमाटीतिर लागे भोका मान्छेहरू खोज्न। 

साँझतिर पुगेका उनीहरू त्यतिबेला नै लाइनै मान्छेहरु खाना खान बसिरहेका थिए। केही युवाहरु खाना बाँडिरहेका थिए। दुवैजना ती खाना बाँडिरहेका युवाहरुको नजिक गए। ती युवाहरु लायन्स क्लब र लियो क्लबका रहेछन्। युवाहरूसँग आफूहरुले पनि त्यसरी नै खाना बाँड्न मन भएको उनीहरूले बताए।

Image may contain: one or more people, people standing and outdoor

लियो क्लब जिल्ला परिषद ३२५ का अध्यक्ष कुबेर पाठकले खाना खान आए जति सबैलाई खाना बाँड्न नसकेको बताए। त्यतिबेला नै प्रा डा विजयाले देखिन् क्लबले त्यतिबेला १ सयजना खाना खुवाउँथ्यो। अन्यको पालो आएन। खाना सकिएपछि खाना खान आएका केही भोकै परे। यो दृश्यले उनीहरुलाई खाना खुवाउने काम गरिहाल्न झन् हतार लगायो। 

‘खाना खाने आशमा भोको पेट लिएर बसेकाहरुलाई खाना पुगेन,’ प्रा डा विजयाले भनिन्, ‘यो दृश्य देखेपछि खाना खुवाउने काम कति बेला सुरु गरौं भनेजस्तो लाग्यो।’ 

अनि जन्मियो अभियान : भोको पेट सुत्नु नपरोस्
कालीमाटीको अमिलो दृश्य देखेपछि डा बसन्तले आफू कार्यरत अस्पताल अन्नपूर्ण न्युरोमा बैठक राखे। मेडिकल डाइरेक्टर समीर आचार्य, फाइनान्स एवं आइटी प्रमुख अञ्जन कार्कीसहित अन्य कर्मचारीको समेत बैठक बस्यो। डा बसन्तले कालीमाटीका दृश्य वर्णन गरे। ‘मैले साथीहरुलाई मान्छेहरु धेरै भोकै परे। हाम्रो तर्फबाट केही गर्न सकिन्छ कि भनेर बैठक राखेँ,’ डा पन्तले भने, ‘साथीहरुले आजै सहयोग गराैं भन्नुभयो।’

Ncell 2
Ncell 2
nimb
nimb

सम्पूर्ण समूहकै स्वेच्छिक सहयोग गर्ने बताएपछि दुवै दम्पतीलाई हौँसला मिल्यो। अस्पतालकै क्यान्टिनमा पनि सल्लाह गरे। अस्पतालको क्यान्टिनले ७० रुपैयाँका दरले प्रति प्लेट खाना पर्ने बताएपछि अन्नपूर्ण न्युरो अस्पतालको कर्मचारी, डाक्टर, नर्स र उनीहरुको परिवारले समेत खानामा सहयोग गर्ने भए।

‘सबै जनाको होस्टेमा हैँसे भयो,’ प्रा डा विजयाले भनिन्, ‘एक्लै मात्रै भएको भए त्यत्रो जनालाई खाना खुवाउन सकिँदैन्थ्यो।’

अन्नपूर्ण न्युरो अस्पतालका आइटी प्रमुख अञ्जन कार्कीका अनुसार भदौ १६ गते बेलुकीदेखि १ सय जनालाई खाना खुवाउने गरी कार्यक्रम सञ्चालन गरियो। १ सय जनालाई सुरुमा खाना खुवाइएको भएपनि अहिले खाना खानेको संख्या १ सय ३० पुगेको छ। खानामा सहयोग गर्नेमा अन्य अस्पतालमा कार्यरत डाक्टर नर्ससमेत छन्। लियो क्लबले १ सय ६० जनालाई खुवाइरहेको छ। 

Image may contain: food

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पैसा भन्दा खाना दिनोस्
लियो जिल्ला परिषद् ३२५ का अध्यक्ष र सञ्चारकर्मीसमेत रहेका कुबेर पाठक १५ दिनअघि कालीमाटीको बाटो हुँदै हिँडिरहेका थिए। क्लबबाट केही सहयोग पनि गरौँ भनेर गएका पाठकलाई त्यहाँका मान्छेहरूले पैसा हैन खाना दिनोस् भने। त्यसपछि उनको संस्थाले खाना नै दिने निर्णय गर्‍यो। ‘पैसा लिनोस् भन्दा पैसा हैन, खाना दिनोस् भन्नुभयो,’ पाठकले भने, ‘त्यसपछि हामी आफैंले खाना बाँड्ने निधो गर्‍यौँ।’

पाठकको संस्थाले कालीमाटी, भद्रकाली र पेप्सीकोलालगायतका स्थानमा खाना बाँड्ने काम गरेको बताए।

डा वसन्त पन्तलाई पनि खाना ठीक कि पैसा ठीक भन्ने पनि दोमन भएको थियो। तर पैसा दिँदा सबै जुटाउन पर्ने दाल चामल तरकारी र ग्यास पनि त्यसो गर्दा पैसा पर्याप्त नहुने भएपछि खानै खुवाउने निधो गरेको उनले बताए।

‘भोलि के हुन्छ कसैलाई थाहा छैन। रोगले भन्दा पनि मान्छे भोकै मर्ने स्थिति आयो,’ डा पन्तले भने, ‘यो आपत् पर्दा हामीले एक दुई सयलाई खाना खुवाएर सहयोग  गर्नुपर्छ भनेर अस्पतालबाटै खाना बनाएर खान बाड्ने निधो गर्‍यौं।’

साँझको खानासँगै मास्क पनि 
डा बसन्त पन्त पनि केही दिन बिराएर खाना बाँड्न कालीमाटी जान्छन्। केही दिन अघि खाना बाँड्न गएका उनले धेरैको मुखमा मास्क लगाएको देखेनन्। मास्क लगाएकाहरूको पनि पुरानो मास्क देखे। ‘खाना बाँड्न थालेको भोलिपल्ट खाना बाँड्न म पनि गएको थिएँ। धेरै जनाले मास्क लगाउनु भएको रहेनछ। लगाउनुभएकाहरूको पनि पुरानो भएको थियो,’ डा पन्तले भने, ‘त्यसपछि १ सय ५० जनालाई मास्क पनि वितरण गर्न थाल्यौँ।’

Image may contain: one or more people, people standing and beard

प्रा डा विजयाका अनुसार अहिलेसम्म खानामा सहयोग गर्ने दुई सय जना पुगेका छन्। दुई सय जनाले ७० रुपैँया प्रति प्लेटको कति जनालाई खुवाउन सकिन्छ उही अनुसार व्यवस्थापन गरिएको बताइन्। केहीले भने, चामालदालको सहयोग गरेका छन्। 

अवस्था सधैं यस्तै नरहोस्
स्नायू रोग विषेषज्ञ डा वसन्त पन्त र त्रिविकी प्राध्यापक तथा अन्नपूर्ण न्युरो रिसर्च सेन्टरकी प्रमुख प्राडा विजया पन्त काममा सधैँ व्यस्त रहने गर्छन्। त्यसो त दुवै जना यो कामलाई सामाजिक उत्तरदायित्व बहन गरेको ठान्छन्। ‘यस्तो दर्दनाक अवस्था आउनु राम्रो होइन,’ पन्त भन्छन्, ‘तर हामीले अरुको मुख ताक्ने भन्दा पनि जहाँबाट जे सकिन्छ त्यो काम गरिहाल्नुपर्छ।’ 

‘कोही भोको छ भन्न सूचना पाइसकेपछि सरकारलाई कुर्ने हो भने भोको मान्छेको ज्यान जान पनि सक्छ। गएको पनि छ,’ पन्तले आग्रह गरे, ‘त्यसैले जो जहाँ छ त्यहीँबाट सहयोग गर्नुपर्छ। त्यसकारण म त भन्छु सक्नेले नसक्नेलाई स्वास्थ्यको ख्याल राख्दै कसैलाई भोकै मर्न नदिऔं।’

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्