• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नगरको आइसोलेसन व्यवस्थापन देखेर स्थानीयले प्रशंसा गरेका छन्

ज्ञानेन्द्र सुवेदी  मंगलबार, भदौ २३, २०७७  १९:४६
1140x725

काठमाडौं- कुनै ट्राभल हिस्ट्री नभएका मानिसमा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना पुगेको अनुमान नगरपालिकाले गरेको थियो। शुरुशुरुमा नगरभित्र यसरी संक्रमित देखिन थालेपछि निकै गम्भीर भएका थियौं। नगरभित्र भयावह हुने हो कि भन्ने डर लागेको थियो।

छिमेकी झापा जिल्लामा पनि भारतबाट आउने मानिसहरुको ओहोरदोहोर बढेकाले यो नगरमा पनि संक्रमित बढ्ने अनुमानका साथ नगरले तयारी थालेको थियो। हाम्रो तयारी र नगरवासीको सर्तकता र सहयोगले अहिले कोरोना नियन्त्रणतिर रहेको छ। 

हालसम्म नगरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी मध्ये अब सक्रिय संक्रमित १२ जना रहेका छन्। २० जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन्। नगरका एक जनाले ज्यान गुमाउनुपर्दा दुख लागेको छ। भदौ १२ गते उनको मृत्यु भएको हो। ५६ वर्षीय मृतक मृगौलाको बिरामी थिए।


हाल नगरको क्वारेनटाइनमा २१ जना बाहिरबाट आएका मानिसहरु रहेका छन्। होम आइसोलेनमा तीन जना छन्। नगरले उनीहरुको अवस्था दैनिक अनुगमन गरिहेको छ। अहिलेसम्म संक्रमितहरुलाई कुनै पनि लक्षण छैन। लक्षण नभएका र समान्य अवस्थाका संक्रमित भएकाले नगरले निर्माण गरेको आइसोलेनमा राखिएको हो। 

नगरले कन्ट्याक ट्रेसिङमा जोड दिँदै आएको छ। सबै संक्रमित कन्ट्याक ट्रेसिङकै आधारमा पत्ता लागेका हुन्। अब नयाँ संक्रमित नदेखिएका परीक्षण गर्न परेको छैन। 

१३ महिने शिशुको परिवारमा संक्रमण
नगरमा सबैभन्दा कम उमेरको संक्रमित १३ महिने शिशु छन्। उनलाई  छिमेकबाट संक्रमण भएको कन्ट्याक ट्रेसिङमा पाइयो। उक्त परिवारमा ती शिशुका हजुरआमा र काकामा पनि कोरोनो पोजेटिभ भयो। उनका छिमेकी तीन जनामा शुरुमा संक्रमण पुष्टि भएको थियो। उनीहरु अहिले उपचारपछि निको भएर घर फर्केका छन्।

१३ महिने शिशुको परिवार अहिले होम आइसोलेनमा छ। नगरले हालसम्म ९ सय ५६ जनामा पिसिआर परीक्षण गरेको छ। थप परीक्षणको आधार नभएकाले अहिले परीक्षण गरिएको छैन। नयाँ संक्रमित फेला परेमा फेरि नगरले तीव्र गतिमा कन्ट्याक ट्रेसिङ गर्नेछ।

आइसोलेसनमा वाइफाइ पनि
समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले संक्रमितलाई राख्ने सुविधायुक्त आइसोलेसन बनाएको छ। बेलबारी नगरपालिका वडा नम्बर-२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शय्याको आइसोलेसन बनाएको हो।

Ncell 2
Ncell 2

लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ। केही स्थानीय तहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहको बेलामा बेलबारी नगरपालिकाले भने आफ्नै लगानीमा क्वारेन्टाइनसमेत सञ्चालन गरिरहेको छ। विभिन्न देशबाट आएकाहरुलाई ४ महिना पहिलेदेखि क्वारेन्टाइनमा राख्दै आएको छ।

लक्षण नदेखिएका संक्रमतिहरुलाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई भने कोभिड अस्पताल रेफर गरिने गरेका छौं। आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेहरूलाई नगरपनलिकाले खाने व्यवस्था गरिरहेको छ।

अहिले निर्माण भएको आइसोलेसनमा वाईफाई तथा सिसी क्यामेरा समेत जडान गरिएको छ । २४ घन्टा नै बत्ती नजाने व्यवस्था समेत मिलाइएको छ। नगरपालिकाको यो कार्यलाई स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्। यसअघि पनि नगरपालिकाको नयाँ भवनमा जिल्लाकै पहिलो पटक आईसोलेसन वर्ड निर्माण गरेको भनेर प्रशंसा कमाएको थियो।  

२२ गतेदेखि नियमित लकडाउन
कोरोना सक्रमण नरोकिएपछि बेलबारी नगरपालिकाले श्रावण २२ गतेदेखि लगातार रुपमा लकडाउन गरिरहेको थियो। भदौ ७ गते आइतबार बसेको कोरोना नियन्त्रण समन्वय समिति, बेलबारीको बैठकले संक्रमण नघटेको ठहर गर्दै लकडाउन निरन्तरता दिने निर्णय गरेको थियो।

कोरोना सङ्क्रमणको अवस्था सामान्य नभएको, लकडाउन नै एकमात्र भरपर्दाे विधि भएको ठहर गर्दै लकडाउन बढाउने निर्णय गरेकोमा अब पुर्नविचार गर्ने समय हुन लागेको छ।

लकडाउन अवधिभर नगरभित्र अत्यावश्यक सेवाबाहेकका सबै कुरा बन्द रहने, यातायातका साधन पूर्णरुपमा बन्द रहने, साप्ताहिक हाटबजार, सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तिय कार्यालय,सहकारी संस्थाहरु,नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गरिएको थियो।

लकडाउन अवधिमा पनि औषधि पसल, अस्पताल, क्लिनिक, दूध डेरी, पेट्रोल पम्प, पानीजन्य उद्योग, पशु स्वास्थ्य केन्द्र भेटनरी सेवा सहज रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाएको थियो।  त्यसो त लकडाउन मात्र भरपर्दाे विधि नभएको, लकडाउनभन्दा भोकमारीले मानिसलाई जिउन कठिन बनाइरहेकोले भरपर्दाे सुरक्षाका विधि अपनाएर लकडाउन खोलेर जनजीवनलाई सामान्य बनाउनु पर्नेमा नगरले योजना बनाइरहेको छ। नगरले अब आम जनताको यो आवाज अनुसार फरक शैलीमा जाने तयारी गरेको छ। 

मास्क र भौतिक दूरी पालना गराउन कठिन 
नगरमा सबैभन्दा धेरै समय खर्चेको र चुनौती रहेको भनेको मानिसहरुलाई बुझाउनु हो। मानिसहरुले कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, मास्क लगाउने कार्य  गर्न निकै अप्ठेरो मान्ने गरेका छन्। नगरले शुरु शुरुमा मास्क लगाउने अभियान नै शुरु गरेको थियो। कोरोना रोकथामा अहिले  नगरले आफ्नै खर्चमा काम गरिरहेको छ। प्रदेशसँग पनि समन्वयनमा काम गरिरहेका छौं। संघको सहयोग आएको छैन। 

(सुवेदी मोरङको बेलबारी नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु
झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
हर्क साम्पाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
राजेन्द्र लिङ्देनद्वारा झापा-३ मा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्