• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नगरको आइसोलेसन व्यवस्थापन देखेर स्थानीयले प्रशंसा गरेका छन्

ज्ञानेन्द्र सुवेदी  मंगलबार, भदौ २३, २०७७  १९:४६
1140x725

काठमाडौं- कुनै ट्राभल हिस्ट्री नभएका मानिसमा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना पुगेको अनुमान नगरपालिकाले गरेको थियो। शुरुशुरुमा नगरभित्र यसरी संक्रमित देखिन थालेपछि निकै गम्भीर भएका थियौं। नगरभित्र भयावह हुने हो कि भन्ने डर लागेको थियो।

छिमेकी झापा जिल्लामा पनि भारतबाट आउने मानिसहरुको ओहोरदोहोर बढेकाले यो नगरमा पनि संक्रमित बढ्ने अनुमानका साथ नगरले तयारी थालेको थियो। हाम्रो तयारी र नगरवासीको सर्तकता र सहयोगले अहिले कोरोना नियन्त्रणतिर रहेको छ। 

हालसम्म नगरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी मध्ये अब सक्रिय संक्रमित १२ जना रहेका छन्। २० जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन्। नगरका एक जनाले ज्यान गुमाउनुपर्दा दुख लागेको छ। भदौ १२ गते उनको मृत्यु भएको हो। ५६ वर्षीय मृतक मृगौलाको बिरामी थिए।


हाल नगरको क्वारेनटाइनमा २१ जना बाहिरबाट आएका मानिसहरु रहेका छन्। होम आइसोलेनमा तीन जना छन्। नगरले उनीहरुको अवस्था दैनिक अनुगमन गरिहेको छ। अहिलेसम्म संक्रमितहरुलाई कुनै पनि लक्षण छैन। लक्षण नभएका र समान्य अवस्थाका संक्रमित भएकाले नगरले निर्माण गरेको आइसोलेनमा राखिएको हो। 

नगरले कन्ट्याक ट्रेसिङमा जोड दिँदै आएको छ। सबै संक्रमित कन्ट्याक ट्रेसिङकै आधारमा पत्ता लागेका हुन्। अब नयाँ संक्रमित नदेखिएका परीक्षण गर्न परेको छैन। 

१३ महिने शिशुको परिवारमा संक्रमण
नगरमा सबैभन्दा कम उमेरको संक्रमित १३ महिने शिशु छन्। उनलाई  छिमेकबाट संक्रमण भएको कन्ट्याक ट्रेसिङमा पाइयो। उक्त परिवारमा ती शिशुका हजुरआमा र काकामा पनि कोरोनो पोजेटिभ भयो। उनका छिमेकी तीन जनामा शुरुमा संक्रमण पुष्टि भएको थियो। उनीहरु अहिले उपचारपछि निको भएर घर फर्केका छन्।

१३ महिने शिशुको परिवार अहिले होम आइसोलेनमा छ। नगरले हालसम्म ९ सय ५६ जनामा पिसिआर परीक्षण गरेको छ। थप परीक्षणको आधार नभएकाले अहिले परीक्षण गरिएको छैन। नयाँ संक्रमित फेला परेमा फेरि नगरले तीव्र गतिमा कन्ट्याक ट्रेसिङ गर्नेछ।

आइसोलेसनमा वाइफाइ पनि
समुदायस्तरमै कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले संक्रमितलाई राख्ने सुविधायुक्त आइसोलेसन बनाएको छ। बेलबारी नगरपालिका वडा नम्बर-२ को बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ शय्याको आइसोलेसन बनाएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको छ। केही स्थानीय तहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहको बेलामा बेलबारी नगरपालिकाले भने आफ्नै लगानीमा क्वारेन्टाइनसमेत सञ्चालन गरिरहेको छ। विभिन्न देशबाट आएकाहरुलाई ४ महिना पहिलेदेखि क्वारेन्टाइनमा राख्दै आएको छ।

लक्षण नदेखिएका संक्रमतिहरुलाई आइसोलेनसनमा राख्ने र लक्षण देखिएका बिरामीलाई भने कोभिड अस्पताल रेफर गरिने गरेका छौं। आइसोलेसन तथा क्वारेन्टाइनमा बस्नेहरूलाई नगरपनलिकाले खाने व्यवस्था गरिरहेको छ।

अहिले निर्माण भएको आइसोलेसनमा वाईफाई तथा सिसी क्यामेरा समेत जडान गरिएको छ । २४ घन्टा नै बत्ती नजाने व्यवस्था समेत मिलाइएको छ। नगरपालिकाको यो कार्यलाई स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्। यसअघि पनि नगरपालिकाको नयाँ भवनमा जिल्लाकै पहिलो पटक आईसोलेसन वर्ड निर्माण गरेको भनेर प्रशंसा कमाएको थियो।  

२२ गतेदेखि नियमित लकडाउन
कोरोना सक्रमण नरोकिएपछि बेलबारी नगरपालिकाले श्रावण २२ गतेदेखि लगातार रुपमा लकडाउन गरिरहेको थियो। भदौ ७ गते आइतबार बसेको कोरोना नियन्त्रण समन्वय समिति, बेलबारीको बैठकले संक्रमण नघटेको ठहर गर्दै लकडाउन निरन्तरता दिने निर्णय गरेको थियो।

कोरोना सङ्क्रमणको अवस्था सामान्य नभएको, लकडाउन नै एकमात्र भरपर्दाे विधि भएको ठहर गर्दै लकडाउन बढाउने निर्णय गरेकोमा अब पुर्नविचार गर्ने समय हुन लागेको छ।

लकडाउन अवधिभर नगरभित्र अत्यावश्यक सेवाबाहेकका सबै कुरा बन्द रहने, यातायातका साधन पूर्णरुपमा बन्द रहने, साप्ताहिक हाटबजार, सम्पूर्ण सरकारी कार्यालय, बैंक तथा वित्तिय कार्यालय,सहकारी संस्थाहरु,नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रशासनिक सेवा बन्द गरिएको थियो।

लकडाउन अवधिमा पनि औषधि पसल, अस्पताल, क्लिनिक, दूध डेरी, पेट्रोल पम्प, पानीजन्य उद्योग, पशु स्वास्थ्य केन्द्र भेटनरी सेवा सहज रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाएको थियो।  त्यसो त लकडाउन मात्र भरपर्दाे विधि नभएको, लकडाउनभन्दा भोकमारीले मानिसलाई जिउन कठिन बनाइरहेकोले भरपर्दाे सुरक्षाका विधि अपनाएर लकडाउन खोलेर जनजीवनलाई सामान्य बनाउनु पर्नेमा नगरले योजना बनाइरहेको छ। नगरले अब आम जनताको यो आवाज अनुसार फरक शैलीमा जाने तयारी गरेको छ। 

मास्क र भौतिक दूरी पालना गराउन कठिन 
नगरमा सबैभन्दा धेरै समय खर्चेको र चुनौती रहेको भनेको मानिसहरुलाई बुझाउनु हो। मानिसहरुले कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, मास्क लगाउने कार्य  गर्न निकै अप्ठेरो मान्ने गरेका छन्। नगरले शुरु शुरुमा मास्क लगाउने अभियान नै शुरु गरेको थियो। कोरोना रोकथामा अहिले  नगरले आफ्नै खर्चमा काम गरिरहेको छ। प्रदेशसँग पनि समन्वयनमा काम गरिरहेका छौं। संघको सहयोग आएको छैन। 

(सुवेदी मोरङको बेलबारी नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्