• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक मठाधीश कसरी बने 'संविधानका रक्षक' ?

भारतीय संविधानको ‘मुल संरचना सिद्धान्त’ निर्धारण गर्ने  फैसलाका प्रमुख निवेदक केशवानन्द भारतीको निधन
64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  ०७:३०
1140x725

नयाँदिल्ली–भारतीय संविधानको ‘मुल संरचना सिद्धान्त’ निर्धारण गर्ने  ऐतिहासिक  फैसलाका प्रमुख निवेदक केशवानन्द भारतीको ७९ वर्षको उमेरमा निधन भएको छ। आइतबार केरलाको उत्तरी जिल्ला कासरगोडस्थित आफ्नै आश्रममा उनले अन्तिम श्वास लिएका हुन्। 

भारतीय कानुनको इतिहासमात्र नभई विश्वभरको संवैधानिक व्याख्यामा यो नाम र फैसला आउने गर्दछ। नेपालका धेरै संवैधानिक विवादका  फैसलामा पनि यो फैसलालाई  सन्दर्भको रुपमा उल्लेख गरिएको पाइन्छ। 

केशवानन्द भारती इडनीर मठका प्रमुख थिए। मठका वकिल आई वी भटका अनुसार  आउँदो हप्ता उनको मुटुको भल्भ सर्जरी गर्ने तयारी गरिएको थियो। तर अचानक उनको मृत्यु भएको हो। 

केशवानन्द भारतीको नाम भारतीय इतिहासमा गर्वका साथ लिइन्छ। ४७ वर्षअघि भारतीय सर्वोच्च अदालतमा ‘केशवानन्द भारती भर्सेस स्टेट अफ  केरला’ मुद्दामा एक ऐतिहासिक  फैसला भएको थियो।  जुन  फैसलामा ‘संविधानको प्रस्तावनाको मूल ढाँचा परिर्वतन गर्न सकिँदैन ’भनि व्याख्या गरिएको थियो। यही फैसलाका कारण उनलाई संविधानको  रक्षक भनियो। सर्वोच्चको उक्त फैसलापछि कहिल्यै पनि  संविधानको  प्रस्तावना  परिर्वतन गरिएन। 

तर, जुन मागका साथ उनी सर्वोच्च पुगेका थिए, त्यो भने अलग थियो । 

केरलामा इडनीर  नामको एक हिन्दु मठ छ। भारती यो मठको प्रमुख थिए। इडनीर  मठले सरकारले  ल्याएको भूमिसुधार कानुनलाई चुनौती दिदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो।  यसरी मुद्दा हाल्नुको  कारण उक्त  मठको जग्गा थियो। उक्त मठको जग्गा ४०० एकडको थियो   जसमा ३०० एकड जमिन उक्त जमिनमा काम गर्ने   किसानहरुलाई दिइएको थियो। उनले  २९औ संविधान संशोधनको  पनि चुनौती दिएका थिए।  सरकारको संशोधनको नवौं अनुसूचीमा केरला भूमिसुधार अधिनयम १९६३  समेटिएको थियो। यही  कारणले यो कानुनलाई चुनौती दिन सकिदैनथ्यो। किनकि यसले संवैधानिक अधिकार हनन हुन्थ्यो। 

भूमिसुधार कानुनले धार्मिक संस्थानहरुको ९संविधानको अनुच्छेद २५ले दिएको ० अधिकार  खोसेको थियो। उनलाई केरलाको शंकाराचार्य  पनि भनिथ्यो। तर उनी संवैधानिक अधिकारका लागि चुनौती दिने धर्मगुरुको चेहरा बने। यो प्रकरणमा अन्य निवेदक पनि थिए, जुन १९७३ मा भारतीय सर्वोच्च अदालतमा पुगेको थियो। यो समयमा  संविधानको मूल प्रस्तावना परिर्वतन गर्ने अधिकार संसदको भएको  र  अदालतले रोक्न नमिल्ने बहस जोडदार रुपमा उठेको थियो।

‘फाइदा मठलाई होइन, जनतालाई’
यो प्रकरणमा  भारतीलाई व्यक्तिगत फाइदा त भएन, तर एक महत्वपूर्ण संवैधानिक सिद्धान्त निर्माण भयो। यो फैसलाले संविधान संशोधन गर्ने संसदको अधिकार पनि सीमित गरिदियो। यो मुद्दाको सुनुवाइ ६८ दिनसम्म चलेको थियो। तत्कालीन प्रधानन्यायाधीश एसएम सिकरीको अध्यक्षतामा १३ न्यायाधीशको इजलाशले ऐतिहासिक फैसला सुनाएको थियो। तर न्यायाधीशहरुको राय  भने  विभाजन  भएको थियो।

Ncell 2
Ncell 2

सात न्यायाधीश संविधान संशोधन गर्ने संसदको अधिकार भए पनि प्रस्तावनाको मूल ढाँचा परिर्वतन गर्न नसक्ने पक्षमा उभिएका थिए।  यो बहुमत भएकाले  हालसम्म लागू भएको छ।  यो ऐतिहासिक  यसअर्थमा थियो कि यसले संविधानको सर्वोपरिलाई मान्यता दिएको थियो।  यो व्याख्याले संविधान नै सबैभन्दा माथि हुने भनेको थियो।  न्यायीक समीक्षा, धर्म निरपेक्ष,स्वतन्त्र निर्वाचन, र लोकतन्त्र संविधानको मुल ढाँचा मानिएको थियो। 

यो फैसलमा प्रष्ट भनिएको थियो–संसदको शक्तिले संविधानको मूल ढाँचा बिगार्न सक्दैन। संविधानको प्रस्तावना यसको आत्मा हो र पुरै संविधान यसैमा निर्भर हुनेछ। भारतीय सर्वोच्च अदालतको यही फैसलाका कारण अहिले पनि भारतीय जनता पार्टी प्रचुर बहुमतका साथ सत्तामा भए पनि धर्म निरपेक्ष देशलाई चाहेर पनि परिर्वतन गर्न सकेको छैन।
केशवानन्दको विख्यातीले त्यसको फाइदा मठलाई नभएको  उनका वकिल भटको तर्क छ।  यो  फाइदा भारतीय  जनतालाई भएको उनको तर्क छ।

विदेशी अदालतले लियो प्रेरणा
‘केशवानन्द   भारती  भर्सेस स्टेट अफ केरला’ मुद्दाको  फैसला यति चर्चित भयो कि  कैयौं देशका संवैधानिक  अदालतले यसलाई स्रोतको  रुपमा प्रयोग गर्न थाले ।  संविधानको व्याख्या गर्ने सिद्धान्तको रुपमा यो फैसला चर्चित भयो। संवैधानिक विवादका हरेक मुद्दामा नेपालमा पनि यसलाई स्रोतका रुपमा लिने गरिएको छ।

‘लाइव  ल’ का अनुसार केशवानन्द भारतीको  फैसलालाई आधार लिँदै बंगलादेशको सर्वोच्च  अदालतले  फैसला  सुनाएको छ। बंगलादेशको सर्वोच्च अदालतले  ‘अनबर हुसैन चौधरी भर्सेस बंगलादेश’ मुद्दामा मुल संरचनामा आधारित सिद्धान्तलाई मान्यता दिएको थियो। ‘बेरीएम बोवेन भर्सेस अटर्नी जनरल अफ बेलिज’ को मुद्दामा पनि बेलीज कोर्टले यो मुद्दाको  आधार लिएको थियो।

अफ्रिकी महाद्वीपमा पनि  धेरै मुद्दा यही आधारमा फैसला भएका छन्।  केन्या, युगान्डा, अफ्रिकी द्वीप सेसेल्सको विवादमा पनि  यही मुद्दाको रिफ्रेन्स लिइएको थियो।

किन ऐतिहासिक छ यो  फैसला?
भारतीय सर्वोच्च अदालतका  वरिठ अधिवक्ता संजय हेगडे केशवाननद भारती मुद्दामा संविधानको पनि न्यायीक समीक्षा गरिन्छ भन्ने सुनिश्चित गरिएको बताउँछन्।

‘यो फैसलाले  संसदले बनाएको  संविधानमा  न्यायीक समीक्षा हुन सक्छ भन्ने स्थापित गर्‍यो,’ हेगडेले भने, ‘यो  फैसलाले कायम  गरेको लक्ष्मण रेखा हो जुन कुनै पनि शक्तिशाली सरकारले संशोधन गर्न सक्दैन।’ 

सर्वोच्च अदालतका अर्का वकिल  कलीस्वरन राजले  भारतको संविधानमा निषेधात्मक धाराबाहेक सबै भएको बताए।   जर्मनले केही क्लज राख्दै संविधानका केही व्यवस्था संशोधन गर्न नसक्ने प्रेरणा यही फैसलाबाट लिएको  अधिवक्ता राजको तर्क छ। यो निर्णय भारतमा  न्यायीक सक्रियताको पहिलो उदाहारण भएको उनले बताए। 
बिबिसी हिन्दीबाट 
 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्