• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निजी अस्पताललाई कोरोना परीक्षणको मान्यता रहने तर बीमाको दाबी नपाउने?

64x64
नेपाल लाइभ आइतबार, भदौ २१, २०७७  १७:३५
1140x725

काठमाडौं- नेपाल सरकारले कोरोना परिक्षणका लागि निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई मान्यता दिने तर कोरोना बीमाको दाबी भुक्तानीका लागि भने उक्त संस्थाहरुले गरेका परिक्षणलाई भने बीमा समितिले मान्यता नदिने निर्णय गरेको छ।

कोभिड- १९ धेरै नफैलने अनुमानका आधारमा ल्याइएको यो पोलिसीमा सबैको आकर्षण देखिएपछि बीमा समितिले दाबी भुक्तानी नगर्ने प्रपन्च रचेको छ। समितिले कोरोना बीमा पोलिसी ल्याउने क्रममा 'कोरोना बीमा मापदण्ड २०७७' तयार पारेको थियो। उक्त मापदण्डको नियम ११ मा दाबी भुक्तानी गर्नु पर्ने व्यवस्थाअन्तर्गत 'नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसिआर गर्दा कोरोना भाइरस कोभिड १९ रोग संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नु पर्नेछ' भनिएको छ।

अहिले आएर बीमा समितिले यही नियमलाई दाबी भुक्तानी गर्नुको सट्टा निजी स्वास्थ्य सस्थामा गरिएको परिक्षणलाई मान्यता नदिने भन्दै पन्छिन खोजेको छ। 

यही व्यवस्थालाई मान्ने हो भने अहिले नेपाल सरकारले कोरोना परिक्षणका लागि अनुमति दिएका सम्पुर्ण स्वास्थ्य संस्थाहरु पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले मान्यता दिएकै संस्था हुन्। 

दाबी भुक्तानीबाट पन्सिन बीमा समितिले विभेदकारी नीति लिएको छ। स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट अनुगमन निरीक्षणका साथै आवश्यक सम्पुर्ण प्रकृया पुरा गरी स्वीकृति लिएका संस्थाले गरेको परिक्षणलाई दाबी भुक्तानीका लागि अस्वीकृत गर्नु नै विभेदकारी नीति हो। 

समितिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै  नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका नियकालयबाट परिक्षण भएको पिसिआर रिपोर्टलाई मात्रै मान्यता दिने थप स्पष्टिकरण दिएको छ। 

कोरोना बीमा मापदण्ड २०७७ अनुसार मन्त्रालयअन्तर्गतका निकायबाट परिक्षण भएकालाई मान्यता दिने व्यवस्थाअनुसार निजी संस्थाको परिक्षणलाई मान्यता नदिइएको  समितिको ठहर छ। 

बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ को दफा १६ अनुसार सुझाव समिति गठन गरेको छ। उक्त समितिमा बीमा समितिका कार्यकारी निर्देशक, अर्थमन्त्रालय, स्वस्थ्य मन्त्रालय र सरोकारवाला पक्ष रहने व्यवस्था छ। सोहि समितिले दिएको सुझावका आधारमा पोलिसी परिवर्तन गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। 

Ncell 2
Ncell 2

बीमा समतिले आफ्नै व्यवस्थालाई बङ्ग्याएर व्याख्या गर्दा यस्तो समस्या आएको छ। तर उक्त समितिले दिएको सुझावपछि मात्रै अर्को कुनै व्यवस्था गरिने समितिको दलिल छ। 

हालसम्म  कोरोना बीमा गर्नेको संख्या १० लाख नाघिसकेको छ। त्यस्तै अहिलेसम्म दाबी पाउनेको संख्या साढे दुई सय नाघेको छ भने दाबी गर्नेको संख्या एक हजार नाघेको छ। कोरोना संक्रमितको संख्या दिन दिनै बढिरहेको छ। संख्या बढ्दै गर्दा दाबी गर्नेको संख्या पनि दिन दिनै बढिरहेको छ। दाबी गर्नेको संख्या बढ्दै गर्दा बीमा कम्पनी टाट पल्टने अवस्था आएपछि समितिले आफैंले दाबी भुक्तानीका लागि यस्तो अव्यवहारिक निर्णय गरेको हो। 

विश्वमै महामारीको बीमा हुँदैन। तर बीमा समितिले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ को जोखिम नियन्त्रणका लागि भन्दै यस्तो पोलिसी जारी गरेको थियो।

कोभिड १९ को संक्रमण नफैलिदै गर्दा बीमा कम्पनीले हौसिएर यो पोलिसी जारी गरे तर संक्रमणको संख्या बढ्दै गएपछि पोलिसी बन्द गर्न बीमा समितिलाई दबाब दिएका थिए। तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा समेत यो पोलिसीलाई बजेट छुट्याएको भन्दै पोलिसी नरोक्न निर्देशन दिए। यससँगै कोरोना बीमाको पुलमा बीमा समितिको तर्फबाट एक अर्ब, निर्जीवन बीमा कम्पनीको तर्फबाट एक अर्ब, पुनर्बीमा कम्पनीको तर्फबाट एक अर्ब र बीमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोडसहित साढे तीन अर्बको कोष बनाइएको छ। 

कम्पनीहरुले उठाएको पोलिसीबाट दाबी भुक्तानी गर्न नपुगेमा उक्त कोषबाट भुक्तानी गर्न सकिनेछ। तर समितिले बीमा कम्पनीको पक्षपोषण गर्दै दाबी भुक्तानी नगर्ने उपाय रचेको हो।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आजदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची आइतबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ४, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही चयन शनिबार, माघ ३, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्