• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बिपीको चिन्तन र वर्तमान नेपाली राजनीति

डा. डीला संग्रौला (पन्त) बुधबार, भदौ २४, २०७७  ०७:१०
1140x725

बिपी कोइराला चिन्तन, कार्यक्रम, दृढसंकल्प र विश्वका राष्ट्रहरूसँगको सहकार्यका आधारमा जननायक बनेका हुन्। कार्यकर्ताले माया र सम्मानका रुपमा जननायक भनेका होइनन्। यो कुरा यहाँ मैले किन गरेको हो भने प्रत्येक पार्टीका अलिकति काम गर्ने मान्छेलाई यस प्रकारका उपाधिहरू त्यस पार्टीका कार्यकर्ताहरूले दिने गरेका छन्। यही परम्पराको पालना भएको हो कि भन्ने भ्रम कसैलाई नपरोस्।

बिपी कोइराला आफ्ना प्रजातान्त्रिक समाजवादी चिन्तन र समानता, स्वतन्त्रता, विश्वबन्धुत्व तथा राजनीतिक निर्णयका लागि अद्वितीय व्यक्तिका रुपमा नेपालमा मात्र हैन विश्व घटनाकै कतिपय सन्दर्भमा स्थापित भएका व्यक्तित्व हुन्।

आजका प्रायः आफूलाई नेता हुँ भन्नेहरू अल्पप्रगल्भित अवस्थामा बर्बराउन थालेका देखिन्छन्। २००७ सालको क्रान्तिको नेतृत्व, २०१५ सालको चुनावको अभियान, सगरमाथा विवादलाई वार्ताद्वारा सल्टाउने साहस, जसको जोत उसको पोत र राष्ट्रिय योजना आयोगमा खेतमा हलो जोत्तै गरेको टोपी फाटेर टुप्पी निस्किएको किसानको फोटो राखेर राष्ट्रिय लक्ष्य निर्धारण गर्ने उदारता र साहस उनीपछिका कुनै शासकमा देखा नै परेन भन्दा अतिशयोक्ति नहोला। 

डा. डीला संग्रौला (पन्त)

आज भाद्र २४, यही दिन विश्वनाथको काखमा नेपालको एउटा सपुतले जन्म दिएको थियो। पशुपतिको नासो विश्वनाथको आँगनमा देखिएको थियो। यो कुरा पनि मैले यसै भनेको होइन, बेलायती उपनिवेशका बन्धनमा रहेको भारत, भारतीय स्वतन्त्रता संग्राममा भाग लिएर नेपालको पारिवारिकतन्त्रलाई समाप्त गरी संवैधानिक राजतन्त्र अन्तर्गत प्रजातान्त्रिक समाजवादी कार्यक्रमलाई इमान्दारीपूर्वक राजनीतिको मैदानमा जनताको समर्थन लिएर यी कार्यहरू गर्न अघि सरेको पनि उहाँ एक्लो नेता हुनुहुन्छ।

यस किसिमले दूरदृष्टि राखेर सामान्य जनतालाई आफ्नो पक्षमा लिएर देशका शोषक, सामन्त तथा हैकमवादी प्रवृत्तिका विरुद्ध यस किसिमले लड्ने साहस नेपालमा बिपीले देखाउनु भयो।

चीनमा सन्यात्सेनले देखाएका थिए भने भारतमा महात्मा गान्धीले प्रदर्शन गरेका थिए। गान्धी, सन्यात्सेन, बिपी र नेहरूपछि चीनले देङ्साओपिंग जसले महान राष्ट्रवादी नेता पाए पनि सी जिनपिङले फेरि संकीर्णताको जन्जिरमा देश प्रत्यावर्तन गराए। भारतमा गान्धी र नेहरूले स्थापना गरेको जनताप्रति उत्तरदायी पूर्ण प्रजातान्त्रिक संसदीय व्यवस्था केही घुम्तीका साथ अगाडि बढिरहेको छ भने नेपालमा बिपीकै उत्तरदायी संस्था र व्यक्तिहरूमा अतिलालसा र निष्क्रिय राजनीतिक प्रवृत्तिका कारण आज एकदलीय अधिनायकवादी मूल उद्देश्य राख्नेका हातमा पुगेर देश, जनता र जनताप्रति उत्तरदायी संसदीय प्रजातन्त्रका मूल्य पद्धतिहरू अन्योलग्रस्त बनेका छन्।

यो अन्योललाई चिर्न त्यो प्रतिभाको चिन्तन, अडान र उसले आफ्नो जीवनमा प्रदर्शन गरेका व्यावहारिक तथा सैद्धान्तिक निष्ठाका प्रति इमान्दार बनेर नेपाली कांग्रेसले अंगीकार गरेको प्रजातान्त्रिक समाजवादलाई नेपाली जनताका घरदैलामा निष्ठाका साथ नपुर्‍याउने हो भने यो भास्वर आत्माप्रति ओठे श्रद्धाञ्जली व्यक्त गर्नु र देखावटी कार्यक्रमहरूको आयोजना गर्नुको कुनै अर्थ रहने छैन। कंशले झैं आफ्ना पितालाई जेलमा हालेर सर्वोच्च पद हडप्ने प्रवृत्तिले प्रजातन्त्र होइन, मूल्य होइन, मूल्यविहीनता, एकदलीयता, अधिनायकवादी चरित्रको मात्र विकास हुन्छ।

बिपी कोइरालाको जुन निष्ठा र आदर्शले मुलुकमा प्रजातन्त्रको संस्थागत विकासमा आफ्नो तर्फबाट योगदान दिएका थिए, त्यसको उच्च मूल्यांकन हुनुपर्दथ्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

बिपीका बारेमा धेरै कोणबाट अध्ययन अनुसन्धानहरू भएका छन्। ६८ वर्षको बिपीको जीवनको बाल्यकालदेखि सबै समयले हामी नेपालीलाई केही न केही प्रेरणा दिई नै रहेको छ। बिपीको जीवन अवधिभन्दा उनको अवशानपछिको समयले राष्ट्रिय जीवनमा, उनको सिद्धान्त, उनको आदर्श र मूल्य, मान्यता, राजनीतिक, सामाजिक एवं साहित्यिक क्षेत्रमा उनको योगदानको अझ बढी प्रकाशित र प्रभाषित हुन पुगेको छ।

बिपी कोइरालाको जुन निष्ठा र आदर्शले मुलुकमा प्रजातन्त्रको संस्थागत विकासमा आफ्नो तर्फबाट योगदान दिएका थिए, त्यसको उच्च मूल्यांकन हुनुपर्दथ्यो। तर, सिद्धान्तमा जे कुरा भए पनि व्यवहारमा पुष्टि हुन सकेको छैन। बिपी प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपालको विकास गर्न चाहन्थे। संवैधानिक राजतन्त्र नेपालको लागि अपरिहार्य बताउँदै आएका बिपीले राजाको र मेरो घाँटी सँगै जोडिएको छ भनी संवैधानिक राजतन्त्र नेपाल जस्तो मुलुकको लागि अपरिहार्य भएको कुरा बताउनु भएको हो। तर, राजाले संवैधानिक रुपमा नरही निरंकुश बन्न खोज्दा अन्ततोगत्वा राजतन्त्रलाई समाप्त हुन पुगेको हो।

बिपीको सपना लोकतन्त्र र समाजवादको माध्यमबाट नेपाली जनतालाई आफू जस्तै एक मध्यमवर्गीय परिवारको लागि चाहिने आधारभूत शिक्षा, स्वास्थ्य, गाँस बासको समुचित व्यवस्था हुन सकोस् भन्ने थियो। तर, बिपीले अंगीकार गरेको बाटोलाई नेपाली कांग्रेस र अन्य दलले समेत आत्मसात गर्न नसक्दा नेपाल अहिले भूमरीमा परेको अनुभूत हुन पुगेको छ। प्रत्येक राजनीतिक दलहरूमा आपसी झगडा, सत्तालोलुपता र जसरी पनि कमाउ भन्ने प्रवृत्तिको विकासले नेपाली जनता मर्माहत भएका छन्। जताततै निराशाको बादल मडारिन पुगेको छ। राजनीतिक नेतृत्वहरू इमान्दार बन्न नसक्दा संघीय संरचना अन्तरगत बनेको सरकारप्रति जनताको विश्वास क्रमशः गुम्दै गएको अवस्था छ। लोकतान्त्रिक मूल्य, मान्यताहरू भत्किदै गएका छन्।

बिपीले अंगीकार गरेको परराष्ट्र नीतिअनुरुप नेपालका राजनीतिक नेतृत्वले व्यवहारमा उतार्न नसकेको परिस्थिति छ। राष्ट्रियता केवल सैद्धान्तिक निष्ठा मात्र बन्न पुगेको छ।

बिपी कोइरालाले अंगीकार गरेको परराष्ट्र नीतिअनुरुप नेपालका राजनीतिक नेतृत्वले व्यवहारमा उतार्न नसकेको परिस्थिति छ। राष्ट्रियता केवल सैद्धान्तिक निष्ठा मात्र बन्न पुगेको छ। राज्यका हरेक निकायहरूमा भ्रष्टाचारको जालो दिनानुदिन बढिरहेको वा संस्थागत भइरहेको कुरा आम सञ्चार माध्यममा आई नै रहेको छ। यस्तो कहालीलाग्दो महामारीको अवस्थामा पनि नेपालको राजनीतिक नेतृत्व जनताप्रति जवाफदेही र उत्तरदायी बन्न सकिरहेको छैन।

बिपीले स्थापना गरेको नेपाली कांग्रेसको चौधौं महाधिवेशन संघारमा उभिएको छ। त्यसैगरी नेकपाभित्र पनि सत्तासंघर्ष र पार्टीभित्रको विवादले दिनहुँ सञ्चारमाध्यममा आएको खबर सुन्दासुन्दा नेपाली जनतामा एकातर्फ निराशा र अर्कोतर्फ विद्रोहको भावना जागृत भइसकेको अवस्था छ। यसले नेपाल र नेपालीलाई कहाँ पुर्‍याउँछ, यसै भन्न सक्ने परिस्थिति छैन।

मूलतः नेपाली कांग्रेस आजको परिस्थितिमा अत्यन्तै जिम्मेवार भई नेपाली जनता समक्ष प्रस्तुत हुन आवश्यक छ। नेपाली कांग्रेसले एकातर्फ पार्टीलाई चुस्तदुरुस्त बनाउँदै युग सुहाउँदो पार्टी संगठनलाई नयाँ उर्जाको साथ नेतृत्व चयन गर्नुको अलावा पार्टी संगठनलाई लोकतान्त्रिक मूल्य मान्यता अनुरुप अगाडि बढाउन आवश्यक छ भने अर्कोतर्फ संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउँदै सरकारलाई सचेत गराउन चुक्नु हुँदैन। 

नेपालको सन्दर्भमा राष्ट्रवाद के हो? समाजवाद के हो? नेपालको अर्थतन्त्र जस्तो हुनुपर्ने र नेपालमा कस्तो किसिमको प्रजातन्त्रले नेपाली जनतालाई माथि उकास्न सकिन्छ? भन्ने यावत कुरामा बिपीमा प्रष्ट रुपमा दुरदर्शिता झल्किएको थियो। तर, आजका नेपाली राजनीतिमा देखिएका नेतृत्व वर्गले त्यस किसिमको सोच र दृष्टिकोण नेपाली जनतामा पस्कन सकेका छैनन्।

साँच्चीकै बिपी नेपाली राजनीतिमा मात्र नभएर विश्वले मानेको नेताका रुपमा परिचित हुनुहुन्थ्यो। जसले गर्दा बिपीले दिएको दृष्टिकोण र विचारलाई उहाँको निधन पश्चात्‌का नेताहरूले बिँडो थाम्न असमर्थ भएका छन्। वर्तमान समय अत्यन्तै फेरिएको अवस्था छ। विज्ञान तथा प्रविधिको विकासले प्रत्येक राष्ट्रलाई एकअर्कोमा निर्भर भएर जानुपर्ने अवस्था सिर्जना भएको छ। संसार अत्यन्तै नजिक बन्न पुगेको छ, प्रत्येक राष्ट्र र व्यक्ति समेतको लागि।

बृहत्तर एकता गरी सबै प्रजातन्त्रप्रेमीहरूलाई एकाकार गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई जगेर्ना गर्नु बिपीका अनुयायीहरूको कर्तव्य पनि हो।

विश्वभर नै लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने दलले सत्ता सञ्चालन गरिरहेको अवस्थामा भने नेपालमा एकदलीय तानाशाही परिपाटीमा विश्वास राख्ने दललाई सरकार चलाउने जिम्मेवारी हुँदा यसले गरेका समग्र क्रियाकलाप र निर्णयहरूले नेपाली समाज र लोकतान्त्रिक मूल्य पद्धति समेतलाई नकारात्मक सन्देश दिइरहेको यो अवस्थामा बिपीको विचार र दृष्टिकोण आज पनि त्यत्तिकै समय सान्दर्भिक नै रहन पुगेको छ।

यसो भएकाले बिपी कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा प्रत्येक कांग्रेसीले वर्तमान अवस्थामै नेपाली कांग्रेस रहने हो, पार्टीका हामी सबै कार्यकर्ता एवम् नेताहरूले एकअर्काको अस्तित्व स्वीकार नगर्ने र मनपरी तरिकाले चल्ने यही शैली अवलम्बन गर्दै जाने हो भने नेपाली कांग्रेस सुनौलो इतिहास भएको पार्टी मात्र हुनेछ। यसमा हामी सबै सचेत रहन आवश्यक छ। बृहत्तर एकता गरी सबै प्रजातन्त्रप्रेमीहरूलाई एकाकार गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई जगेर्ना गर्नु बिपीका अनुयायीहरूको कर्तव्य पनि हो।

यिनै शब्दका साथ तमाम नेपाली कांग्रेसीजन, नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संघ तथा संगठनहरू र बिपीको प्रजातान्त्रिक समाजवादप्रति आस्थाशील नेपाली दाजुभाइ दिदीबहिनी, किसान, मजदुर, नेता, कार्यकर्ता सबैले प्रजातन्त्रका विरुद्ध मानवीय स्वतन्त्रताका विरुद्ध हाम्रो परम्परित नैतिक, सांस्कृतिक संस्कार तथा रीतिरिवाजका विरुद्ध सल्वलाउँदै गरेका हातहरूलाई हाँक्ने हिम्मत देखाउन सक्नुपर्दछ। अन्यथा प्रजातान्त्रिक हक अधिकार गुमेपछि हामी पश्चातापको नूनिलो आँशु पिउन बाध्य हुने छौं।

आउनुहोस् साथीहरू हो, आजको पवित्र दिनमा संकल्प गरौं, हामी कसैले मुख हेर्दैनौं। हामी केवल देश र जनतालाई देख्दछौं। लोकतन्त्रले अवलम्बन गर्ने उदारता, शीतलता, सर्वस्वीकार्यता जस्ता मूल्य पद्धतिहरूमा नै हाम्रो ढुकढुकी हुनेछ। हामी कसैका थोत्रा भाषण र कपटपूर्ण बोली व्यवहारमा हैन, लोकतान्त्रिक मूल्य मान्यताले अंगीकार गरेको विश्वबन्धुत्व, स्वतन्त्रता, भाइचाराको सम्बन्ध र सम्पूर्ण मानवसँगको मैत्रीपूर्ण एकता र निर्भिक भएर आफ्ना निर्णय गर्ने स्वतन्त्रतातर्फ एकतावद्ध भएर उभियौं भनी संकल्प गरौं। हामीलाई आजको दिनले र बिपीका विचारले त्यतैतिर लाग्न अभिप्रेरित गरिरहेको छ झैं लागेको छ मलाई।

बिपीको चिन्तन र आदर्शको बाटोले हामीलाई सधैंभरि झक्झकाइरहोस्। लोकतान्त्रिक मूल्य मान्यताको माध्यमबाटै देश र जनताको सर्वत्तोमुखी विकासमा सम्पूर्ण नेतृत्ववर्ग इमान्दारिताका साथ लाग्ने सद्बुद्धि हामी सबैको आओस्। श्रद्धेय बिपीप्रति हार्दिक श्रद्धाञ्जली !

प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ०७:१०
  • #बिपी_कोइराला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट !
सुक्खा पहिरोले पृथ्वी राजमार्ग रातिदेखि अवरूद्ध, पहिरो पन्छाउने प्रयास जारी
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
सुक्खा पहिरोले पृथ्वी राजमार्ग रातिदेखि अवरूद्ध, पहिरो पन्छाउने प्रयास जारी आइतबार, साउन ३१, २०८३
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
दिनभर दुर्गा प्रसाईंको घरमा प्रहरी, पक्राउ नगरी फिर्ता शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्