• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अपराधीको सोचलाई सजाय होस्, पीडितको चोट हेरेर होइन

माया घिमिरे शनिबार, भदौ २०, २०७७  १४:२०
1140x725

आज भदौ २० गते। योे दिन अझ बढी छुट्टै पीडा महसुस हुन्छ। किनकि आजभन्दा ठीक एक वर्ष पहिले २०७६ साल भदौं २० गते वीरगञ्जनिवासी मुस्कान खातुनलाई वीरगञ्जकै माजिद आलमको योजनामा सम्साद आलमले एसिड आक्रमण गरेका थिए। त्यसको एक वर्ष नपुग्दै गत साउन ८ गते काठमाडौंको सीतापाइलामा पवित्रा कार्कीमाथि मोहम्मद आलम र मुन्ना मोहम्मदले एसिड आक्रमण गरे। 

यो कोरोना महामारीको समयमा पनि महिला हिंसाका घटना बढिरहेको यो पछिल्लो घटनाबाट प्रष्ट हुन्छ। 

एसिड आक्रमणबाट एउटा कानसमेत गुमाएकी मुस्कान हालसम्म पनि कीर्तिपुर मोडेल अस्पतालमा उपचारकै क्रममा छिन्। सामान्य परिवारमा हुर्किएकी मुस्कानको औषधिउपचार गर्ने खर्च परिवारले जुटाउन सक्ने अवस्था छैन। दुखाइभन्दा बढी उपचारको रकम कहाँबाट,  कसरी जुटाउने भन्ने कुराले पोलेको थियो। अहिलेसम्म उनको उपचारमा ३० लाख रुपैया खर्च भइसकेको छ भने अझै निरन्तर ३/३ महिनामा उनको शल्यक्रिया गर्नुपर्छ। पटक–पटकको शल्यक्रियाले ज्यानसमेत जोखिममा रहन्छ। अझै निरन्तर १२/१३ वर्षसम्म उपचार गरिरहनुपर्ने हुन्छ। 

आम सर्वसाधारण अब न्यायलयमा न्याय पनि किनबेच हुन्छ भन्न थालेका छन्। 

अहिलेको कोरोना संक्रमणको कारण देखाउँदै नेपाल सरकारले सामान्य प्रकृतिका अपराधमा सजाय पाएका अपराधीलाई थुनामुक्त गर्न सक्ने भनेर सूचना जारी गरेकोे थियो। तर एसिड आक्रमणजस्तो जघन्य अपराधलाई पनि सरकारले वा अदालतले सामान्य किसिमको अपराधमा राखेरै त होला मुस्कानमाथि एसिड फ्याँक्ने सम्साद आलम नारायणी अञ्चल अस्पतालले १८ वर्ष उमेर प्रमाणित गरेको अवस्थामा १२ वर्षको नक्कली जन्मदर्ता अदालतमा पेश गरेर ६ महिना जेल बसेर कारागारबाट बाहिर आइसकेका छन्। 

यसले न्यायलयप्रति आम मानिसले हेर्नै दृष्टिकोणमा पनि फरक आएको छ। अन्यायमा परे अदालत गए न्याय पाइन्छ भन्ने आम सर्वसाधारण अब न्यायलयमा न्याय पनि किनबेच हुन्छ भन्न थालेका छन्। 

कानुनमा न्याय, व्यवहारमा खोइ?
२०७१ सालमा सर्बोच्च अदालतले खुला रुपमा तेजाब बिक्रीबितरणमा रोक लगाउन आदेश दिइसकेको छ, जसको कार्यान्वयन अहिलेसम्म हुनसकेको छैन। 

६ वर्षको दौरानमा के–के कुरा सुधार भयो त ?

nimb
nimb
Ncell 2
Ncell 2

आगामी दिनमा एसिड आक्रमण रोक्नका लागि खुल्ला रुपमा बजारमा किन्न पाइने तेजाबको बिक्रीमा रोक लगाउने कार्य तत्काल लागू गर्नुपर्छ र कानुनमा भएको त्रुटिलाई तत्काल संशोधन गर्नुपर्छ, जसबाट आउने दिनमा कोही पनि पीडित हुन नपरोस्। तेजाब आक्रमण भनेको जघन्य अपराध हो। पीडितले पीडालाई बिर्सिए पनि समाजले जिन्दगीभर बिर्सन दिँदैन। 

६ महिनाअघि नारी दिवसको दिनमा एक पुरुष आफ्नै श्रीमतीबाट एसिड आक्रमणबाट पीडित भएका छन्। ६ वर्ष अगाडि सीमा बस्नेत र संगिता मगरमाथिको आक्रमणदेखि जेनी खड्का, सम्झना दास हुँदै पवित्रा कार्कीसम्म आइपुग्दा हालसम्म नेपालमा २२ जना एसिड आक्रमणबाट पीडित बनिसकेका छन्। 

नेपालको संविधान २०७२ को धारा २१ मा अपराधपीडितको हक भनि मौलिक हकको रुपमै राखिएको छ। त्यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा १९३ मा कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा बिषालु पर्दाथ प्रयोग गरी वा छर्किइ वा त्यस्तो पदार्थले पोली, डामी, दली,घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन भनिएको छ। 

एसिड आक्रमणका घटना दिनानुदिन बढ्दै गइरहेका छन् भने अभियुक्तहरुले विभिन्न बहानामा सजायबाट उन्मुक्ति पाइरहेका छन्।

उक्त कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच बर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाखसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयादेखि तीनलाख रुपैयाँसम्म जरिवाना हुनेछ भनी स्पष्ट रुपमा लेखिएको छ। तर यसको कार्यान्वयन भएको देखिँदैन। 

त्यस्तै अपराधपीडित संरक्षण ऐन २०७५ को दफा १९ मा क्षतिपूर्ति तथा सामाजिक पुनःस्थापनाको अधिकारको व्यवस्था गरिएको छ, जहाँ पीडितको सामाजिक पुनःस्थापनाका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले पारस्परिक समन्वयमा उपलब्ध साधनको आधारमा आवश्यक योजना तथा कार्याक्रम सञ्चालन गर्न सक्ने उल्लेख छ। 

यसै ऐनको दफा २९मा पीडितलाई तत्काल उपचार गराउनु पर्ने भएमा वा क्षतिपुर्ति वा राहत रकम दिनुपरेमा त्यस्तो व्यक्तिलाई औषधोपचार गराउन वा अन्तरिम रुपमा क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउन अदालतले आदेश दिन सक्नेछ, भनि स्पष्ट रुपमा लेखिएको छ।

 उल्लेखित कानुनी व्यवस्था बमोजिम फौजदारी कसुर (पीडित राहत कोष) नियमावली २०७७ निर्माण  भई लागू भइसकेको अवस्था छ। तर पनि एसिड आक्रमणका घटना दिनानुदिन बढ्दै गइरहेका छन् भने अभियुक्तहरुले विभिन्न बहानामा सजायबाट उन्मुक्ति पाइरहेका छन्।

न्याय खोइ?
यसबाट के पुष्टि हुन्छ भने एसिड आक्रमणमा भएको कानुनी व्यवस्था एकदमै कमजोर छ, यसलाई परिमार्जन गर्न आवश्यक देखिन्छ। किनकि एसिडको पीडा जीवनभर नमेटिने गरी रहने पीडा हो भने अपराधीचाहिँ केहीदिन पीडितको आखाँका छारो हाले झै गरी जेल बसेपछि उन्मुक्ति पाउने र त्यही समाजमा खुलेआम हिडने हो भने आगामी दिनमा अन्य मानिस पनि सोही पीडा भोग्न बाध्य हुन्छन्। लकडाउन र यसले निम्त्याएका अनेकौं समस्या जस्तै नेपालको परिवेशमा विभिन्न घटनाक्रमसँगै एसिड आक्रमणका घटना पनि एक हो। 

एसिड आक्रमण एक भयावह र डरलाग्दो अपराध हो। एसिडले पोलेको छाला पुनः पुरानो अवस्थामा आउन सक्दैन। यो सामान्य पोलेको घटनाजस्तो सामान्य प्रकृतिको होइन। यस्तो डरलाग्दो जघन्य अपराधमा सजाय तथा जरिवाना कम छ, यसकारण यससम्बन्धी कानुन संशोधन हुन जरुरी छ। एसिड आक्रमणका घटना सुन्न सकिँदैन, एसिडको पीडा व्यक्त गर्न कुनै शब्द नै छैन। 

हुन त कडा कानुन भएरमात्र घटना कम हुने होइन। जबसम्म कार्यान्वयन पक्ष फितलो रहन्छ तबसम्म जति नै कडा कानुन भए पनि पीडितलाई न्याय गर्न सकिँदैन। तर पनि यो अपराधमा संलग्न हुनेलाई जन्मकैदको  सजायको व्यवस्था हुनु जरुरी छ। 

एसिड आक्रमणजस्तो जघन्य अपराधमा सजाय तथा जरिवाना कम छ, यसकारण यससम्बन्धी कानुन संशोधन हुन जरुरी छ।

धेरै संस्थाले  राज्य कोषबाट करोडौं अनुदान पाउदै आएका छन्। तर जम्मा २२ जना एसिड पीडितलाई सरकारका तर्फबाट सहयोग गर्न नसक्नु एकदमै गैहृजिम्मेवार र सरकारी पक्षको बेवास्ता हो। निर्मला पन्त हत्याकाण्ड, नवराज बिक हत्याजस्ता थुप्रै घटनाहरुले सडकदेखि सदनसम्म तताएको हामीसँग थुप्रै उदाहरण छन्। तर ६ बर्षको दौरानमा भएका यी एसिड आक्रमणको घटनाले न त सडक वा सदनमा स्थान पाए न त पीडितहरुले न्याय नै। यसको एउटा ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ केहीसमयअघि भएको एसिडआक्रमणका पीडित पुरुष, जसलाई भेट्न आजसम्म न कुनै सरकारका प्रतिनिधि पुगेका छन्, न कुनै संघसंस्था नै।

अन्त्यमा, सरकार, समाज र  आमजनता सबैलाई जसरी हामी आफ्नो छाक काटेर होस या राज्यको ढुकुटीबाट कटाएर सहयोग गरिरहेका छौं, यस्ता पीडितको पीडामा मल्हम लगाउन पहल गरौं, जुन कुराले उनीहरुको घाउ निको पार्न नसके पनि यही समाजमा जिउने उत्साह भने अवश्य मिल्नेछ। एसिड आक्रमण किन भइरहेको छ भनेर खोज्ने हो भनेर विभिन्न कारण देखाइएको होला। तर एउटैमात्र कारण हो अपराधीको आपराधिक मनसाय। अब यो तथ्यांकमा नथोपरियोस्। 

तसर्थ एसिड आक्रमण गर्ने अपराधीलाई अन्य जघन्य अपराधमा झै जन्मकैदको सजाय हुनुपदर्छ। त्यसैले अपराधीको सोचलाई सजाय गर्नुस्, पीडितको चोटलाई हेरेर होइन। 

(घिमिरे अधिवक्ता हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सभामुख र उपसभामुखबीच शिष्टाचार भेट
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
सभामुख र उपसभामुखबीच शिष्टाचार भेट सोमबार, चैत ३०, २०८२
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक, संसदीय दल नेता चयन मुख्य एजेन्डा सोमबार, चैत ३०, २०८२
ओलीको पित्तथैलीमा रहेको पत्थरी निकाल्ने शल्यक्रिया सम्पन्न सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्