• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हटस्पट' कीर्तिपुर : नगरपालिकाको कार्यालय नै स्वास्थ्यकर्मीको क्वारेन्टाइन

64x64
निर्मला घिमिरे शुक्रबार, भदौ १२, २०७७  २०:१५
1140x725

काठमाडौं- कीर्तिपुर नगरपालिकाले आफ्नो आधिकारिक फेसबुक पेज ‘हेलो कीर्तिपुर नगरपालिका’मार्फत् गत शुक्रबार एउटा सूचना सार्वजनिक गर्‍यो। सो सूचनामा रातो रङको अक्षरले लेखिएको छ, ‘घर भाडामा चाहियो।’ 

त्यसको तल कालो अक्षरले लेखिएको छ, ‘कीर्तिपुर नगरमा कोरोना संक्रमित बढिरहेको सन्दर्भमा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खट्ने स्वास्थ्यकर्मीहरूका लागि क्वारेन्टाइनको व्यवस्था गर्न १० देखि १५ वटासम्म कोठा भएको उपयुक्त घर भाडामा चाहिएकाले निम्न लिखित कागजातसहित वडा कार्यालय वा नगरपालिकामा एक हप्ताभित्र सम्पर्क राख्न अनुरोध छ।'  तर त्यस्तो घर बस्तीभन्दा कम्तीमा ५० मिटर टाढा हुनुपर्ने सर्त राखिएको छ। 

घरपरिवार त्यागेर कोरोना संक्रमितहरुलाई जोगाउन डटिरहेका स्वास्थ्यकर्मीहरुमाथि असामाजिक तथा अमानवीय व्यवहारका घटना बाहिरिइरहेका छन्।कतिपय स्थानीयहरू स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा राख्न नदिने भन्दै नाराबाजी गरेका घटनासमेत बाहिरिरहेका छन्। यस्तो बेला नगरपालिकाले नै स्वास्थ्यकर्मी राख्नका लागि खोजेको क्वारेन्टाइन बस्तीभन्दा कम्तीमा पनि ५० मिटर टाढा हुनुपर्ने सर्त राखेपछि यो सूचना झट्ट हेर्दा नगरपालिकाले नै स्वास्थ्यकर्मीहरुमाथि राम्रो नजर नराखेको हो कि भन्ने लाग्न सक्छ। तर यसको वास्तविकता भने फरक छ। 

दिनभर कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएर थकित अवस्थामा फर्कने स्वास्थ्यकर्मीहरूका लागि 'शान्त तथा फराकिलो ठाउँ होस्' भनेर नगरपालिकाले त्यस्तो घर भाडामा लिन खोजेको नगरपालिककी उपमेयर सरस्वती खड्काले बताइन्। 

‘कतिपय स्थानीयले नबुझ्दा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीप्रति अमानवीय व्यवहार गरिएका घटना बढेका छन्। यस्तो घटना हुन नदिन समुदाय सचेत गराउन आवश्यक छ। नगरवासीहरुलाई हामी सचेत गराइरहेका छौँ,’ उनले भनिन्, ‘उहाँहरू दिनभर थकित भएर फर्कने हुँदा फ्रेस भएर बस्ने ठाउँ होस् भनेर बाक्लो बस्तीभन्दा थोरै टाढा क्वारेन्टाइन व्यवस्थापन गर्न खोजेका थियौँ। तर त्यस्तो कतै भेटिएको छैन।’

स्वास्थ्यकर्मीका लागि नगरपालिका कार्यालयमा नै क्वारेन्टाइन
नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाको कार्यालयमै क्वारेन्टाइन तयार गरी राखेको छ। स्वास्थ्यकर्मीहरूलाई नगरपालिकाकै भवनमा सुरक्षित तरिकाले राखिएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तमान मानन्धरले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘स्वास्थ्यकर्मी जनप्रतिनिधि, तथा माथिल्लो निकायमा नै सहकार्य गरेर हामी कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका छौँ। नगरपालिकाले स्वास्थ्यकर्मीहरूलाई काममा प्रोत्साहन गर्नुका साथै सुरक्षित भएर काम गर्ने व्यवस्था मिलाइदिएको छ,’ स्वास्थ्य संयोजक महर्जनले भने। 

कोरोना रोकथामका लागि के गर्दैछ नगरपालिका? 
नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआर परीक्षणको दायरा फराकिलो बनाएको बताएको छ। शुक्रबारसम्म ७४६ जनाको कन्ट्याक्ट ट्रेसिङमार्फत् पिसिआर परीक्षण गराएको नगरपालिकाले जनाएको छ।

संक्रमितको संख्या थपिँदै गएपछि क्वारेन्टाइनलाई नगरपालिकाले आइसोलेसनमा परिणत गर्न थालेको छ। कीर्तिपुरस्थित जनस्वास्थ्य केन्द्रीय कार्यालयमा रहेको २ सय २० बेडको क्वारेन्टाइनलाई आइसोलेसनमा परिणत गरिएको नगरपालिकाकी उपमेयर सरस्वती खड्काले जानकारी दिइन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टरमा २ सय बेडको आइसोलेसन सेन्टर तयार गरिएको नगरपालिको जनाएको छ। त्यहाँ भेन्टिलेटरसहितका २० बेडसमेत राखिएको उपमेयर खड्काले जानकारी दिइन्। 

‘नगरपालिकामा आइसोलेसनको अभाव हुन नदिन हामीले कीर्तिपुर अस्पतालमा २० बेडको भेन्टिलेटरसहितको आइसोलेसन बनाउने तयारी गरेका छौँ। त्यस्तै ३० देखि ४० बेडको आइसोलेसन सेन्टर पनि आवश्यक पर्‍यो भने बनाउने भनेर हामी तयारी अवस्थामा छौँ,’ उपमेयर खड्काले भनिन्। 

नगरपालिकाले सुरक्षित भएर होम आइसोलेसनमा बस्न चाहनेहरुको निगरानीमा समेत स्वास्थ्यकर्मी खटाएको जनाएको छ। केही संक्रमित होम आइसोलेसनमा रहेका छन्। धेरैजसो अस्पताल तथा नगरपालिकाले तयार गरेको आइसोलेसनमा रहेको बताइएको छ। 

के छ संक्रमणको अवस्था? 
शुक्रबारसम्म कीर्तिपुर नगरपालिकामा ४० जनामा कोरोना पोजिटिभ देखिएको छ। २७२ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।  कोरोनाका कारण दुई जनाको ज्यान गएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्तमान मानन्धरले बताए। 

नगरपालिकाको वडा नम्बर २, ४ र ६ मा कोरोना संक्रमितको संख्या बढी देखिएको छ। अन्य वडामा एकादुईमा कोरोना देखिएको छ। सुरुमा प्रभावित जिल्लाबाट आएका व्यक्तिहरुमा देखिएको कोरोना हाल समुदायमा फैलिसकेको छ।

‘सुरुमा प्रभावित जिल्लाबाट आएका व्यक्ति, सुरक्षाकर्मी, तथा स्वास्थ्यकर्मीमा देखिएको कोरोना हाल समुदायमा पुगिसकेको छ। अहिलेसम्म चाहिँ थोरै संख्यामा मात्र यहाँका स्थानीयमा कोरोना भेटिएको छैन,’ उपमेयर सरस्वती खड्काले भनिन्। 

समुदायमा कोरोनाको भयावह रुपमा फैलन नदिन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा केन्द्र सरकारसँग पनि समन्वय गरेर नगरपालिकाले सक्दो पहल गरिरहेको उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्