• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ऋण काढेर टिकट काटे तर स्वदेश फर्कन पाएनन् श्रमिकहरु 

64x64
निर्मला घिमिरे बुधबार, भदौ १०, २०७७  ०६:३३
1140x725

काठमाडौं-जाजरकोटका वीरसिंह खत्री रोजगारीका लागि साउदी पुगेको ६ वर्ष बित्यो  उनी त्यहाँकाे जेद्धास्थित अल हाइदर सप्लाई कम्पनीमा कार्यरत छन्। 

लकडाउनका कारण कम्पनीको काम ठप्प छ। ६ महिनादेखि उनको रोजगारी गुमेको छ। ६ महिनादेखि पारिश्रमिक पनि पाएका छैनन्।कहिले साथी तथा आफन्तसँग मागेर त, कहिले ऋण काढेर छाक टारिरहेका छन्। 

‘सयकडा ५ का दरले ऋण काढेर घर जान टिकट काटेको। यही २० तरिखको फ्लाईट भन्यो। फेरि २३ लाई सर्‍याे भन्यो। अहिले त अब टुंगो छैन भन्न थाल्यो। टिकटको पैसा पनि बुझाइसकेँ अब के गर्ने होला ?’ सामाजिक सञ्जालमार्फत साउदीबाट खत्रीले गुनासो गरे। 

उनले स्वदेश फर्कनका लागि २ सय ३० साउदी रियाल तिरेर पिसीआर परीक्षणसमेत गराएका थिए । स्वदेश फर्कन ७२ घण्टाको पिसीआर रिपोर्ट बुझाउनुपर्छ। अब त त्याे रिपोर्टको म्याद पनि गुज्रिसकेको छ। फेरि पिसीआर परीक्षण गराउने पैसासमेत उनीसँग छैन।

‘बिहान खाए बेलुका के खाने भन्ने समस्या छ । एकछाक पनि मुस्किलले कहिले साथीहरुसँग ऋण मागेर त कहिले सापटी मागेर टार्नुपरेको छ । आफूसँग १ रियाल पनि साथमा छैन । अब पिसीआर कसरी परीक्षण गराउने होला ?’ उनले प्रश्न गरे।  

‘उनीहरुसँग एक छाक खाएर बाँच्नका लागि पनि खानेकुरा सकिइसकेको छ। दुई-तीन दिनपछि त हामी कि भोेकै छटपटाउँदै मर्नुपर्छ होइन भने आत्महत्या गर्नुको विकल्प हुँदैन’ रुन्चे स्वरमा वीरसिंहले सुनाए। 

सोही कम्पनीमा कार्यरत महोत्तरीका नरेन्द्र सर्वरियाको कथा पनि उस्तै छ। ६ महिनादेखि आधापेट खाएर उनी बसिरहेका छन् । 

Ncell 2
Ncell 2
nimb
nimb

नरेन्द्रले पनि ऋण काढेर स्वदेश फर्कनका लागि टिकट लिइसकेका छन् । तर सरकारले कहिले चार्डर उडान खोल्ने त कहिले बन्द गर्ने गर्दा उनी स्वदेश फर्कन पाएका छैनन्। 

‘टिकटका लागि ऋण र सापट गरेर ७१ हजार ५ सय बुझाइसकेँ। स्वदेश फर्कन पिसीआर परीक्षण गर्नुपर्छ भनेर त्यसका लागि २ सय ३० रियाल लाग्यो। अब खानका लागि पैसा छैन। के खाएर बाँच्ने। कम्पनीले एक्जिट दिइसक्यो। पासपोर्ट थमाईसक्यो । अब निस्कि भनेकाे छ कहाँ जाने । सरकारले हामीलाई बिचल्ली बनायो’ नरेन्द्रले भने । 

१५ हजार नहुँदा फर्कन पाएनन् 
झापाका राजु मुर्मुले स्वदेश फर्कन गाउँबाट सयकडा ५ का दरले ५० हजार रकम ऋण मगाए। साउदीबाट चार्टर उडानमार्फत् नेपाल फर्कन ७१ हजारभन्दा बढी नेपाली रुपैयाँ लाग्ने भएकाले १५ हजार पुगेन। जसले गर्दा स्वदेश फर्कनेहरुको लिस्टमा नाम आए पनि उनी स्वदेश फर्कन पाएनन्। 

‘२ महिनादेखि स्वदेश फर्कनका लागि नाम दूतावासको लिस्टमा नाम निस्किएको थियाे,१५ हजार नपुगेपछि म स्वदेश फर्कन पाएको छैन। कतैबाट पैसा पनि जुटेको छैन। ६ महिनादेखि कम्पनीले तलब दिएको छैन। बस्नमात्र पाइएकाे छ। खान पनि ऋण काढ्नु परेको छ’ मुर्मुले भने । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘पैसा हुनेसाथीहरु त जसोतसो जालान् । हामीलाई कम्पनीले पासपोर्ट पनि थमाईसकेको छ। जहाज भाडा भनेर दूतावासमार्फत् ८ सय रियाल दिइसकेको त्यो पनि सकियो। अब हामी पैसा नहुनेहरु के गर्ने ?’ भिडियो संवादमा उनको ओठ काँपिरहेको थियो। 

कम्पनीले न काम दिन्छ न तलब, स्वदेश फर्कन्छुभन्दा उल्टै श्रमिकसँगै पैसा माग्छ 
नवलपरासीका नरेन्द्रप्रसाद चौधरी ६ महिनादेखि काम र पारिश्रमिक नपाएपछि स्वदेश फर्कन्छु भनिरहेका छन्। तर उल्टै आफूहरुसँग कम्पनीले जरिवानाबापत ६ हजार रियाल मागेकोे उनी बताउँछन्। 

‘अकामाको म्याद अझै केही महिना बाँकी छ। काम पनि छैन । स्वदेश फर्कन्छुभन्दा कम्पनीले ६ हजार रियाल माग्छ’ उनले सुनाए। नरेन्द्रप्रसादका अनुसार कम्पनीले ३ जनालाई पासपोर्ट दिएको छैन। अकामाको म्याद बाँकी रहेकाले उनीहरुसँग कम्पनीले उल्टै रकम मागिरहेको छ। 

श्रमिकहरुले यो समस्या साउदीस्थित नेपाली दूतावासमा समेत राखेका थिए। दूतावासले कम्पनीसँग कुरा गरेपछि भिसा अवधि सकिएर स्वदेश फर्कने श्रमिकहरुलाई कम्पनीले प्रतिव्यक्ति ८ सय रियालमात्र जहाज खर्च बापतको रकम भन्दै उपलब्ध गराएको थियो। तर चार्टर उडानमार्फत् स्वदेश फर्कन त्यो रकमले पुग्दैन। उनीहरुलाई स्वदेश फर्कन झण्डै २३ सय रियाल अर्थात ७१ हजारभन्दा बढी नेपाली रुपैयाँ लाग्छ। 

सरकारले श्रम स्वीकृति लिएर गई विदेशमा अलपत्र परेका बेखर्ची श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर ल्याउने निर्णय गरेको छ। यसका लागि निर्देशिकासमेत जारी भइसकेको छ । तर बेखर्ची श्रमिकहरु ६ महिनादेखि अलपत्र अवस्थामा छटपटाइरहेका छन् । 

श्रमिकहरुकै पसिनाबाट जम्मा भएको कोषको रकममार्फत् अलपत्र श्रमिकहरु ल्याउने निर्णयलाई श्रम, परराष्ट्रदेखि पर्यटन मन्त्रीसम्मले हरेक भाषणमा सरकारले निःशुल्क उद्धार गर्ने निर्णय गरेको भन्दै गफ दिने गरेका छन्। तर सरकारले यस्ता बेखर्ची अलपत्र श्रमिकहरुको उद्धारमा सरकारले सक्रियता देखाउन सकेको छैन। 

सरकार श्रमिकको समस्यामा गम्भीर नहुँदा श्रमिक मारमाः निर्देशक पिएनसीसी 
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) का निर्देशक सोमप्रसाद लामिछानेले सरकार श्रमिकहरुको समस्याप्रति गम्भीर बन्न नसक्दा बेखर्ची श्रमिकहरु मर्कामा परेकोे बताए । 

‘यस्तो अप्ठ्यारो अवस्थामा कम्पनीले पनि श्रमिकहरुको जिम्मेवारी लिनुपर्ने हो। महिनौँदेखि श्रमिकहरु समस्यामा परेको सरकारलाई पनि थाहा छ । बेखर्चीलगायत विभिन्न कारणले अलपत्र परेका श्रमिकहरु छिटोभन्दा छिटो स्वदेश फर्काउन सरकारको भूमिका एकदमै महत्वपूर्ण रहनुपर्ने हो। तर सरकार सक्रिय नहुँदा समस्या निम्तिएको छ’ उनले भने। 

कतिपय अप्ठ्यारोमा परेका श्रमिकहरुलाई खान तथा बस्ने प्रबन्धसमेत पिएनसीसीले गरिदिएको र दूतावासम्म समस्या पुर्‍याउन पहल गरिदिएको उनले बताए। 

बिचल्लीमा परेका श्रमिकको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बिचल्लीमा परेका श्रमिकहरुको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

मंगलबार राजधानीमा आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री यादवले आफू श्रमिकहरुको समस्या सम्बोधनमा प्रतिबद्ध भएको बताएका हुन्। 

‘विदेशमा बेखर्ची भएर अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् स्वदेश फर्काउन सुरु गरिएको छ। विदेशमा रोजगारी गुमाएर फर्किएकालाई देशभित्रै रोजगारी दिलाउने हाम्रो कर्तव्य हो। यसमा हामीले काम गरिरहेका छौँ’ उनले भने। 
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्