• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ऋण काढेर टिकट काटे तर स्वदेश फर्कन पाएनन् श्रमिकहरु 

64x64
निर्मला घिमिरे बुधबार, भदौ १०, २०७७  ०६:३३
1140x725

काठमाडौं-जाजरकोटका वीरसिंह खत्री रोजगारीका लागि साउदी पुगेको ६ वर्ष बित्यो  उनी त्यहाँकाे जेद्धास्थित अल हाइदर सप्लाई कम्पनीमा कार्यरत छन्। 

लकडाउनका कारण कम्पनीको काम ठप्प छ। ६ महिनादेखि उनको रोजगारी गुमेको छ। ६ महिनादेखि पारिश्रमिक पनि पाएका छैनन्।कहिले साथी तथा आफन्तसँग मागेर त, कहिले ऋण काढेर छाक टारिरहेका छन्। 

‘सयकडा ५ का दरले ऋण काढेर घर जान टिकट काटेको। यही २० तरिखको फ्लाईट भन्यो। फेरि २३ लाई सर्‍याे भन्यो। अहिले त अब टुंगो छैन भन्न थाल्यो। टिकटको पैसा पनि बुझाइसकेँ अब के गर्ने होला ?’ सामाजिक सञ्जालमार्फत साउदीबाट खत्रीले गुनासो गरे। 

उनले स्वदेश फर्कनका लागि २ सय ३० साउदी रियाल तिरेर पिसीआर परीक्षणसमेत गराएका थिए । स्वदेश फर्कन ७२ घण्टाको पिसीआर रिपोर्ट बुझाउनुपर्छ। अब त त्याे रिपोर्टको म्याद पनि गुज्रिसकेको छ। फेरि पिसीआर परीक्षण गराउने पैसासमेत उनीसँग छैन।

‘बिहान खाए बेलुका के खाने भन्ने समस्या छ । एकछाक पनि मुस्किलले कहिले साथीहरुसँग ऋण मागेर त कहिले सापटी मागेर टार्नुपरेको छ । आफूसँग १ रियाल पनि साथमा छैन । अब पिसीआर कसरी परीक्षण गराउने होला ?’ उनले प्रश्न गरे।  

‘उनीहरुसँग एक छाक खाएर बाँच्नका लागि पनि खानेकुरा सकिइसकेको छ। दुई-तीन दिनपछि त हामी कि भोेकै छटपटाउँदै मर्नुपर्छ होइन भने आत्महत्या गर्नुको विकल्प हुँदैन’ रुन्चे स्वरमा वीरसिंहले सुनाए। 

सोही कम्पनीमा कार्यरत महोत्तरीका नरेन्द्र सर्वरियाको कथा पनि उस्तै छ। ६ महिनादेखि आधापेट खाएर उनी बसिरहेका छन् । 

Ncell 2
Ncell 2

नरेन्द्रले पनि ऋण काढेर स्वदेश फर्कनका लागि टिकट लिइसकेका छन् । तर सरकारले कहिले चार्डर उडान खोल्ने त कहिले बन्द गर्ने गर्दा उनी स्वदेश फर्कन पाएका छैनन्। 

‘टिकटका लागि ऋण र सापट गरेर ७१ हजार ५ सय बुझाइसकेँ। स्वदेश फर्कन पिसीआर परीक्षण गर्नुपर्छ भनेर त्यसका लागि २ सय ३० रियाल लाग्यो। अब खानका लागि पैसा छैन। के खाएर बाँच्ने। कम्पनीले एक्जिट दिइसक्यो। पासपोर्ट थमाईसक्यो । अब निस्कि भनेकाे छ कहाँ जाने । सरकारले हामीलाई बिचल्ली बनायो’ नरेन्द्रले भने । 

१५ हजार नहुँदा फर्कन पाएनन् 
झापाका राजु मुर्मुले स्वदेश फर्कन गाउँबाट सयकडा ५ का दरले ५० हजार रकम ऋण मगाए। साउदीबाट चार्टर उडानमार्फत् नेपाल फर्कन ७१ हजारभन्दा बढी नेपाली रुपैयाँ लाग्ने भएकाले १५ हजार पुगेन। जसले गर्दा स्वदेश फर्कनेहरुको लिस्टमा नाम आए पनि उनी स्वदेश फर्कन पाएनन्। 

‘२ महिनादेखि स्वदेश फर्कनका लागि नाम दूतावासको लिस्टमा नाम निस्किएको थियाे,१५ हजार नपुगेपछि म स्वदेश फर्कन पाएको छैन। कतैबाट पैसा पनि जुटेको छैन। ६ महिनादेखि कम्पनीले तलब दिएको छैन। बस्नमात्र पाइएकाे छ। खान पनि ऋण काढ्नु परेको छ’ मुर्मुले भने । 

‘पैसा हुनेसाथीहरु त जसोतसो जालान् । हामीलाई कम्पनीले पासपोर्ट पनि थमाईसकेको छ। जहाज भाडा भनेर दूतावासमार्फत् ८ सय रियाल दिइसकेको त्यो पनि सकियो। अब हामी पैसा नहुनेहरु के गर्ने ?’ भिडियो संवादमा उनको ओठ काँपिरहेको थियो। 

कम्पनीले न काम दिन्छ न तलब, स्वदेश फर्कन्छुभन्दा उल्टै श्रमिकसँगै पैसा माग्छ 
नवलपरासीका नरेन्द्रप्रसाद चौधरी ६ महिनादेखि काम र पारिश्रमिक नपाएपछि स्वदेश फर्कन्छु भनिरहेका छन्। तर उल्टै आफूहरुसँग कम्पनीले जरिवानाबापत ६ हजार रियाल मागेकोे उनी बताउँछन्। 

‘अकामाको म्याद अझै केही महिना बाँकी छ। काम पनि छैन । स्वदेश फर्कन्छुभन्दा कम्पनीले ६ हजार रियाल माग्छ’ उनले सुनाए। नरेन्द्रप्रसादका अनुसार कम्पनीले ३ जनालाई पासपोर्ट दिएको छैन। अकामाको म्याद बाँकी रहेकाले उनीहरुसँग कम्पनीले उल्टै रकम मागिरहेको छ। 

श्रमिकहरुले यो समस्या साउदीस्थित नेपाली दूतावासमा समेत राखेका थिए। दूतावासले कम्पनीसँग कुरा गरेपछि भिसा अवधि सकिएर स्वदेश फर्कने श्रमिकहरुलाई कम्पनीले प्रतिव्यक्ति ८ सय रियालमात्र जहाज खर्च बापतको रकम भन्दै उपलब्ध गराएको थियो। तर चार्टर उडानमार्फत् स्वदेश फर्कन त्यो रकमले पुग्दैन। उनीहरुलाई स्वदेश फर्कन झण्डै २३ सय रियाल अर्थात ७१ हजारभन्दा बढी नेपाली रुपैयाँ लाग्छ। 

सरकारले श्रम स्वीकृति लिएर गई विदेशमा अलपत्र परेका बेखर्ची श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर ल्याउने निर्णय गरेको छ। यसका लागि निर्देशिकासमेत जारी भइसकेको छ । तर बेखर्ची श्रमिकहरु ६ महिनादेखि अलपत्र अवस्थामा छटपटाइरहेका छन् । 

श्रमिकहरुकै पसिनाबाट जम्मा भएको कोषको रकममार्फत् अलपत्र श्रमिकहरु ल्याउने निर्णयलाई श्रम, परराष्ट्रदेखि पर्यटन मन्त्रीसम्मले हरेक भाषणमा सरकारले निःशुल्क उद्धार गर्ने निर्णय गरेको भन्दै गफ दिने गरेका छन्। तर सरकारले यस्ता बेखर्ची अलपत्र श्रमिकहरुको उद्धारमा सरकारले सक्रियता देखाउन सकेको छैन। 

सरकार श्रमिकको समस्यामा गम्भीर नहुँदा श्रमिक मारमाः निर्देशक पिएनसीसी 
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) का निर्देशक सोमप्रसाद लामिछानेले सरकार श्रमिकहरुको समस्याप्रति गम्भीर बन्न नसक्दा बेखर्ची श्रमिकहरु मर्कामा परेकोे बताए । 

‘यस्तो अप्ठ्यारो अवस्थामा कम्पनीले पनि श्रमिकहरुको जिम्मेवारी लिनुपर्ने हो। महिनौँदेखि श्रमिकहरु समस्यामा परेको सरकारलाई पनि थाहा छ । बेखर्चीलगायत विभिन्न कारणले अलपत्र परेका श्रमिकहरु छिटोभन्दा छिटो स्वदेश फर्काउन सरकारको भूमिका एकदमै महत्वपूर्ण रहनुपर्ने हो। तर सरकार सक्रिय नहुँदा समस्या निम्तिएको छ’ उनले भने। 

कतिपय अप्ठ्यारोमा परेका श्रमिकहरुलाई खान तथा बस्ने प्रबन्धसमेत पिएनसीसीले गरिदिएको र दूतावासम्म समस्या पुर्‍याउन पहल गरिदिएको उनले बताए। 

बिचल्लीमा परेका श्रमिकको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बिचल्लीमा परेका श्रमिकहरुको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

मंगलबार राजधानीमा आयोजित एक भर्चुअल कार्यक्रममा मन्त्री यादवले आफू श्रमिकहरुको समस्या सम्बोधनमा प्रतिबद्ध भएको बताएका हुन्। 

‘विदेशमा बेखर्ची भएर अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् स्वदेश फर्काउन सुरु गरिएको छ। विदेशमा रोजगारी गुमाएर फर्किएकालाई देशभित्रै रोजगारी दिलाउने हाम्रो कर्तव्य हो। यसमा हामीले काम गरिरहेका छौँ’ उनले भने। 
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आइतबार, माघ ११, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्