• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कता पुग्यो सांसद विकास कोषको बहस?

सौगात गौतम बुधबार, भदौ १०, २०७७  १५:४४
1140x725

नयाँ आर्थिक वर्षको बजेट बन्दै गर्दा, सांसद विकास कोषको विषयले बहसको स्थान पाएको थियो। तर भदौ महिना सुरु हुँदा भने यो बसह हराइसकेको छ। कोरोना महामारीले ल्याएको संकटको समयमा खर्च गर्न सांसद विकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनुपर्ने टिप्पणी दिनहुँ जस्तो आइरहेका थिए। तर ती टिप्पणीहरु कार्यमा रुपान्तरण हुन सकेनन् र त्यो बहसले अहिले ठाउँ पाएको छैन।

संघीय सांसद र प्रादेशिक सांसदहरुलाई दिइने रकम २२ अर्ब हाराहारीमा हुने भएकाले पनि सामाजिक अभियान्ताहरु यति ठूलो रकमलाई यसरी मनपरी तरिकाले बाँड्न नहुने भनेर भन्दै थिए। तर यो अभियान तार्किक निष्कर्षमा अझै पुग्न सकेको छैन। हुन पनि नेपालमा सामाजिक र राजनीतिक अभियानहरुको प्रकृति हेर्ने हो भने निचोडमा कमै पुग्ने गर्छन्। सहमतिपत्रमा हस्ताक्षर हुन्छन् तर ती सहमति कार्वान्यवन हुँदैनन्।

'इनफ इज इनफ'भन्दै सत्याग्रहमा बसेका अभियन्तासँग पनि सरकारले कागजी रूपमा मात्र अभियान मत्थर पार्न सफल भएको छ। अझ सांसद विकास कोषबारे त एकाध अवाज उठेपनि बलियो अभियानको रुपमा स्थापित हुन सकेकै थिएन। कुनै पनि प्रकृतिको अभियानले ठाउँ पाउन त्यसमा राजनीतिक आवाजको खाँचो हुन्छ र नेपालमा राजनीतिक अवाज स्वतन्त्र ढंगले उठ्ने गरेको छैन। राजनीतिक फाइदाका लागि आवाज उठ्ने भएकाले सामाजिक मुद्दाहरूले राजनीति गर्नेहरूलाई कहिले आकर्षित गरेनन्। त्यसको उपज हो, सामाजिक अभियान केही अवाज, लेख र बहसमा सीमित भएको।

ओझेलमा परेको सांसदको भूमिका 
यसपटकको सांसद विकास कोषको बजेट प्रति निर्वाचन क्षेत्र ६ करोडबाट घटाएर ४ करोड बनाइएको छ। सांसदलाई बजेट दिँदा सांसदको जे भूमिका हुनुपर्थ्यो त्यसलाई झन् ओझेलमा पारेको कुरामा दुईमत नहोला। कानुन निर्माताको काम अन्योलमा पर्ने गरेको छ यस्ता प्रावधानहरुले। त्यसैले त अहिले दुई महिनासम्म रोकिएको संसदतिर कानुन निर्माताहरुको चासो छैन। कारण हो, संसद भित्र काम नभए पनि संसद बाहिर त धमाधम बालुवा-सिमेन्टको काम हुँदैछ। सांसदहरूको सामाजिक संजाल पल्टाएर हेर्दा हुन्छ, बाटो निरीक्षण गरेको, भवन उद्घाटन गरेको पोस्टहरु प्रशस्त छन् तर कानुन निर्माणमा गरिएका अभियान र कार्य न्यून छन्।  

केन्द्रीय रूपमा विनियोजित कोषको वितरण र प्रयोगमा निर्वाचित सांसदहरूकै नियन्त्रण हुन्छ, जसले उनीहरुलाई कानुन निर्माता कम, विकासे कार्यकर्ता ज्यादा बनाउने गरेको छ।

अहिले सांसदलाई जसरी बजेट दिइएको छ, त्यसले कस्तो परिणाम दिएको छ भनेर मूल्यांकन गरिएको छैन। सांसद विकास कोष समानताको सिद्धान्तको आधारमा निर्धारण गरिएको छैन त्यसैले काठमाडौँ र मुगुको निर्वाचित सांसदले पाउने विकास बजेट समान छ। त्यस्तै यो नियम निर्वाचित सांसदको हकमा मात्र लागू हुन्छ, समानुपातिक सांसदको हकमा लागु हुँदैन। केन्द्रीय रूपमा विनियोजित कोषको वितरण र प्रयोगमा निर्वाचित सांसदहरूकै नियन्त्रण हुन्छ, जसले उनीहरुलाई कानुन निर्माता कम, विकासे कार्यकर्ता ज्यादा बनाउने गरेको छ। अझ यो रकमको सदुपयोगबारे त विश्वास कमैलाई होला। सांसदहरु छन् है भनेर देखाउन यो बजेट कनिका छरे जसरी छर्ने गरिएको छ।    

सांसद विकास कोषको राम्रोनराम्रो पक्षमा राजनीतिक टिकाटिप्पणी त होला नै, तर यसको मनोसामाजिक पक्ष पनि बहस गर्न जरुरी छ। सांसद विकास कोष किन हट्ने छाँटकाँट देखिन्न त? आखिर किन लालायित छन् सांसदहरू यो रकम चलाउन? यो कोष बिना सांसदको भूमिका गौण हुने हो त?

भौतिक विकास मात्र विकास!   
नेपाल अझै विकासको खुड्किला चढ्दै गरेको देश हो। हामीमा विकासको भोक अझै छ, विशेषगरी पूर्वाधार विकास। हाम्रो विकासको सपना सामाजिक विकासमा कम र भौतिक विकासमा ज्यादा छ। चिल्लो ठूलो बाटो र ठूला महल जस्तो भौतिक संरचनालाई नै हामीले विकास भनेर सीमित गरेका छौँ। त्यसैले जसले काम गर्‍यो त्यसलाई भोट दिने भन्ने मानसिकताबाट ग्रसित छौँ। त्यसैले त 'भ्यु टावर' बनाउने होड चलेको छ। सार्वजनिक शौचालयको महत्व बुझेका छैनौँ तर भ्यू टावरले समृद्धिको सपना देख्न थालेको छौँ। 

nimb
nimb
Ncell 2
Ncell 2

राप्रपा नेता विक्रम पाण्डेले चितवनमा धेरै गरेका छन् त्यसैले उनलाई त भोट दिनै पर्‍यो। राष्ट्रिय राजनीतिमा शेरबहादुर देउवालाई जतिसुकै गाली गरौँ, उनले आफ्नो निर्वाचन क्षेत्रमा गरेको योगदानको भरमा उनि पटकपटक चुनाव जितिराख्छन्। यो बाटो देउवाले बनाएको, थापाले बनाएको मन्दिर, यादवले खनेको सडक, कोइरालाले बनाएको पुल; हो यसरी नै परिभाषित छन् धेरै सांसद हाम्रो समाजमा। नेपालको कुनै पनि क्षेत्रमा पुगौँ, सडक वा ठूला आयोजनाको पछाडि व्यक्तिको नाम जोडिने गरिन्छ। केही त सांसद भएर गरेका होलान् भने केहिले पहुँचको भरमा स्रोत दोहन मात्र। जस्तो कि दमक जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका बृहत् योजनाहरू।  

महँगो चुनावी प्रतिष्पर्धाबाट सांसद भएकाले पनि भर्पाइ गर्ने माध्यम बनेको छ यो कोष।    

यसरी सांसदको भूमिकालाई पनि समाजले भौतिक विकाससँग लगेर जोडेका छन्। हामीलाई प्रतिनिधित्व गर्ने सांसदले कानुन निर्माणमा गरेको भूमिकाबारे चर्चा हुँदैन र त्यसमा धेरै चासो पनि दिँदैनौं हामी। जसको कारण हो सांसद राम्रो कि नराम्रो भनेर उसले बनाएका बाटो पुलहरुले निर्धारण गर्ने गरिएको छ।   

बाहिर खारेज गरौँ भनेपनि भित्रभित्रै बढाउने लबी
केही महिना अगाडि एकजना निर्वाचित सांसदसँग कुरा गर्ने मौका जुरेको थियो। त्यही मौका छोपेर उहाँलाई सांसद विकास कोष बारे धारणा बुझ्न खोजें। उनले भने, 'यो खारेज हुनपर्छ भन्ने कुरा मैले पनि गरेको छु। तर यसको व्यवहारिक पाटो सोध्नु हुन्छ भने, यो कोष भएन भने मलाई अर्को चुनाव जित्न गाह्रो छ।  चुनाव जित्न काम गर्नुपर्छ, काम भनेको अझै पनि सडक कालोपत्रे गर्ने, यसो विभिन्न महिला र युवा समुहमा पैसा बाँड्ने नै हो। त्यसले अर्को चुनावको लागि आधार तय गर्छ।' हुन पनि सांसदहरूबाट यसको विरोध एकातिर छ भने व्यवहार अर्कोतिर। त्यसैले पनि कुनै सांसद वा दलले यसको बहिष्कार गर्ने सकेका छैनन्। कारण हो सांसदहरुको कोषमा भएको निर्भरता। महँगो चुनावी प्रतिष्पर्धाबाट सांसद भएकाले पनि भर्पाइ गर्ने माध्यम बनेको छ यो कोष।    

नियत ठिक हुनेहरुको लागि त यो कोष राम्रो अवसर हो, जनताको सेवा गर्न। तर नियत ठिक नहुनेहरुले यसको दुरुपयोग गरिरहेको पक्का हो। संचारमा आएर बोल्दा वा कार्यक्रमहरुमा बोल्दा लोकप्रिय हुने चाहनाले बजेटको खारेजीको माग गर्ने, तर भित्रभित्रै रकम बढाउन लबी गर्छन् सांसदहरु। अघिल्लो वर्ष नै ४ करोडबाट ६ करोड बनाइएको हो, सांसद विकास कोष। सांसदहरुको लबी सफल हुन्थ्यो भने १० करोड बनाउन चाहन्थे। तर कोरोनाको बहानाले ४ करोड हुन पुग्यो यो पटक पनि। उपभोक्ता समिति र विभिन्न सांसद नजिक समूह र संस्था पोस्ने बहाना बनेको छ सांसद विकास कोष।

सांसदलाई सांसद हुन दिनुपर्छ 
सांसदको काम भनेको नीतिनिर्माण गर्ने हो भन्ने कुराको अभिमुखीकरणमा कमी छ। सांसदलाई विकासे कार्यकर्ता बन्ने रहरले पनि यो कोषलाई खारेज गर्न सकिएको छैन। आज कतिपय परियोजनाहरु त सामुदायिक विकासलाई भन्दा पनि कार्यकर्ता रिझाउने खाले हुने गरेको पाइएको छ।

उदाहरणका लागि सुदूरपश्चिमका अधिकांश जिल्लामा सांसद विकास कोषको पैसा विद्यालयमाभन्दा बढी मन्दिर बनाउनमा गएको पनि सुन्दै आएका छौँ। सांसदहरू संसद भवनमा कम र आफ्नो परियोजना उद्घाटन र अनुगमनमा व्यस्त छन्। सांसद विकास एउटा लतका रूपमा विकसित हुँदै छ जुन हटाउन मुस्किल जस्तो देखिँदैछ। प्रमुख प्रतिपक्षी दलले बारम्बार यसको खारेजीको माग गरे पनि त्यो विज्ञप्तिमा मात्र सीमित भएको छ। वडामा, गाउँ/नगरमा जनप्रतिनिधि भएको बेला अब सांसद मार्फत् विकास गर्नुपर्ने बाध्यता छैन, साथै विकासलाई स्थानीयकरण गर्ने हो भने पनि सांसदहरु यो कोष लाई हटाउन लागी पर्नै पर्छ। 

नत्र भने यति खर्चिलो संघीयता, शक्ति सम्पन्न स्थानीय सरकार बनाउनुको औचित्यमाथि प्रश्न उठ्छ। त्यसैले कानुन निर्माताको काम कानुन निर्माण गर्ने र आफ्नो क्षेत्रलाई प्रतिनिधित्व गरेर मुद्दा उठाउने काम गर्न जरुरी छ। राष्ट्रिय स्तरका मुद्दा र विषय छन् जसले संसदमा ठाउँ पाएका छैनन्। भौतिक विकास गर्न स्थानीय तहलाई छाडी सांसदको भूमिका अवलम्बन गर्ने समय आइसकेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १५:४४
  • #सांसद-विकास-कोष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्