काठमाडौं– पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघले क्याम्पसहरुमा तालाबन्दी सुरु गरेको छ।
संघले उपत्यकाका त्रिचन्द्र, आरआर, शंकरदेव, भक्तपुर, सानोठिमी क्याम्पसलगायतका क्याम्पसमा तालाबन्दी गरेको छ। त्रिभुवन विश्वविद्यालयमा तोडफोडको आरोपमा पक्राउ परेका संघका कार्यकर्ताको रिहाइको माग गरिएको छ।
काठमाडौं र वीरगञ्जमा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थी नेतालाई झुठो मुद्दा लगाइएको संघले जनाएको छ। त्रिविमा व्याप्त विकृति, विसंगती र राजनैतीक भागवन्डाविरुद्ध आवाज उठाउँदा संघका कार्यकर्ता पक्राउ परेको महामन्त्री बलदेव तिमल्सेनाले बताए।
पोखरा विश्वविद्यालयमा नौ महिनादेखि रिक्त रहेका पदाधिकारी नियुक्त गर्न संघले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।