काठमाडौं– भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्यासको घोषणा गरेका छन्।
धवनले शनिबार सामाजिक संजालमार्फत क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
धवन अन्तिम पटक गत अप्रिलमा आइपिएलमा पञ्जाब किंग्सको नेतृत्व गरेका थिए। उनले २६९ खेलमा २४ अन्तर्राष्ट्रिय शतक प्रहार गरे।
उनले भारतबाट ३४ टेष्ट, १६७ एकदिवसीय र ६८ टी-२०आई खेल खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।