• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
हामीले कम्युनिष्टहरु दुश्मन होइनन् भन्ने संश्लेषण गरेका छौं, चुनाव जित्यौं भने सरकार क्रान्तिको एउटा मोर्चा बन्नसक्छ : नेत्रविक्रम चन्द [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०८१  १२:१३
1140x725

काठमाडौं– विद्रोह गर्छौं भन्दै १२ वर्ष अघि तत्कालीन एकीकृत माओवादीबाट मोहन वैद्यको नेतृत्वमा अलग भएको समूह केही समयपछि फेरि फुट्यो। र त्यसको नेतृत्व नेत्रविक्रम चन्द ‘विप्लव’ले गरे। अहिलेको व्यवस्थाले हुँदैन, चुनावले कुनै निकास दिँदैन, यो संविधान सभाबाट राम्रो संविधान बन्दै भन्दै विप्लव नेतृत्वको समूह लागिरह्यो। 

यसले विद्रोहमै जोड दियो, छापामार तालिमहरु पनि चलायो, सरकारले विभिन्न ठाउँमा हतियार पनि बरामद गर्‍यो। पार्टी नेतृत्व भूमिगत रह्यो। १२ वर्षसम्म यो समूह यस्तै गतिविधिमा संलग्न रह्यो। सरकारबाट प्रतिवन्धको सामना पनि गर्‍यो। तर अहिले यो पार्टी अर्थात विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट फेरि चुनावी राजनीतिमा फर्किएको छ। निर्वाचन ०८४ सालमा हुँदैछ तर यो पार्टीले चुनावलाई अपरिहार्य मोर्चा भनेर व्याख्या गरेको छ। पार्टीको कपिलवस्तु बैठकपछि आएको नयाँ राजनीतिक प्रक्रिया र आगामी कदमका विषयमा न्युज एजेन्सी नेपालले विप्लवसँग कुराकानी गरेको छ।

बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन्, तपाईंहरुको राजनीतिमा पनि खोला फर्कियो, चुनावी राजनीति छोडेको १२ वर्षपछि फेरि त्यसलाई समाउनु भयो किन?
तपाईंले भनेको एक हदसम्म ठिकै हो। तर हाम्रा अनुभव र शिक्षाबाट हामी नयाँ ठाउँमा पुगेका छौं।

०७९ सम्म तपाईंहरु चुनाव बहिस्कार गर्दै हुनुहुन्थ्यो, घट्नाक्रम त्यस्तो के विकसित भयो जसले गर्दा नयाँ निर्णयमा आउनुभयो? 
लेनिनले चुनावबारे दिएको अर्थ र परिभाषाको वरिपरि नै अहिलेको कम्युनिष्ट आन्दोलन घुमिरहेको छ। त्यसमा दुई वटा विषयले एकदमै तरंगित गर्ने गर्छ, एउटा प्रयोग नै प्रयोग उपयोग नै उपयोग भन्ने कुराले, अर्को बहिस्कारै बहिस्कार भन्ने कुराले। एउटा रणनीति भन्ने कुराले अर्को कार्यनीति भन्ने कुरा।

कम्युनिष्ट आन्दोलनमा चुनावलाई हेर्ने जुन दृष्टिकोणहरु छन्, त्यो अबको २१ औं शताब्दीमा अपूर्ण छन्।

२१ औं शताब्दीमा जसरी नयाँ अर्थ सम्बन्ध, नयाँ वर्गहरुको विकास भएको छ नयाँ राजनीतिक विशेषताहरु देखा परेका छन्, विश्वमा प्राविधिक र सूचना क्षेत्रहरु नयाँ बनेका छन्। योबाट चुनावलाई हेर्ने दृष्टिकोण र गर्ने व्याख्या नयाँ बनाउनुपर्छ भन्ने हामीेले विश्लेषण गर्‍यौं। 

दोस्रो कुरा नेपालको राजनीति निकै संवेदनशील ठाउँमा पुगेको छ। साम्राज्यवादीहरुको हस्तक्षेप चरम चुलीमा छ, यहाँ राज्य र जनताबीचको अन्तरविरोध पनि नयाँ ठाउँमा पुगेको छ। यो बेलामा हामीले चुनावबारे फरक दृष्टिकोण अपनाउन जरुरी छ। किनकी यो कम्युनिष्ट आन्दोलनसँग पनि सम्बन्धित भएर आएको छ र तात्कालिक राजनीति पनि नयाँ ठाउँमा देखापरेको हाम्रो निष्कर्ष छ। यसकारण हामीले यसलाई प्रयोग गर्न खोजेका छौं।

तर १२ वर्ष लाग्यो, के हिजो कमजोरी भयो भन्ने अर्थमा बुझ्ने हो?
कमजोरी होईन, हामीले नयाँ विकासका रुपमा बझेका छौं। यसलाई कार्यनीति र रणनीति तथा बहिस्कार र उपयोगको  आँखाले मात्रै हेर्नु हुँदैन, बुझ्नु हुँदैन। राजनीतिको एउटा अनिवार्य मोर्चा जस्तो बन्न गएको छ चुनाव। रणनीति कि कार्यनीति भन्ने शब्दमा अलमिलएर अहिलेको विशेषतामा त्यसलाई पकड्न सकिँदैन भन्ने निष्कर्षका साथ संघर्षको एउटा अपरिहार्य मोर्चाको रुपमा चुनावलाई लिनुपर्छ। चुनाव सम्बन्धी दृष्टिकोण नै नयाँ बनाउनुपर्छ। २० औं शताब्दीको व्याख्याबाट गर्ने हो भने प्रयोगै प्रयोगमा गएर संसदवादमा पुँजिवादमा गएर विसर्जन हुने देखियो कित बहिस्कारै बहिस्कार गरेर यान्त्रिक ढंगले जडसूत्रीय ढंगले विसर्जन हुने देखियो। जनता कहाँ छ के चाहिरहेको छ आन्दोलन कहाँ पुगेको संघर्ष कहाँ उठेको छ भन्ने कुरालाई  हेरेर आवश्यता अनुसार प्रयोग गर्ने र आवश्यकता अनुसार  बहिस्कार गर्ने हो। राजनीतिक आन्दोलनको दिशा त्यसको उचाइ कहाँ छ भन्नेबाट हामील हेर्नुपर्छ  र अहिलेको स्थितिमा हामीले यो मोर्चा छोड्न हुँदैन। जनतालाईसँगै लिएर जाने मोर्चाका रुपमा यसलाई प्रयोग गर्नुपर्छ भन्ने हाम्रो छ।

Ncell 2
Ncell 2

अघि यहाँले वैदेशिक हस्तक्षेप र षड्यन्त्रको  कुरा  गर्नुभयो, के चुनावी मोर्चा मात्रै यस्तो ठाउँ देखियो जहाँबाट प्रतिरोध गर्न सकिन्छ भन्ने लाग्यो?
हिजो नेपालको कम्युनिष्ट आन्दोलनमा, मेरै जीवनकालमा जनयुद्धसम्म एक चोटी बैठक बसे पुग्थ्यो। छिटोमा ६ महिनामा निर्णय गर्‍यो अनि दस्तावेज बोकेर गाउँ तिर हिँडेपछि एक वर्षपछि भेट्दा पनि ताजै हुन्थ्यो। धेरै ठूला चिज सोच्नु पर्दैन थियो। अन्तर्राष्टिय सम्बन्धको विशेषता पनि त्यस्तै थियो। तर आज हरेक घण्टा, हरेक मिनेट संसारलाई, जनतालाई जवाफ दिनुपर्ने भइसक्यो। एक्लै बस्छु भन्यो भने जनताबाट आफँै एक्लै पर्ने मात्रै हो, जनता र समाज त्यहाँ चाहीँ बस्दैन अहिले । अन्तर्राष्ट्रिय सम्बन्ध यति तिब्र र निकट भएर गइराखेको छ कि त्यसबाट हामीले नयाँ तरिकाले सोच्नैपर्छ। हाम्रा निर्णयहरु अन्तर्राष्टिय परिवेशले यति छिटो परिवर्तन गरिदिन्छ कि त्यसमा हामी रहन सक्दैनौं। तुरुन्तै हामीले नयाँ ढंगले सोच्नुपर्ने हुन्छ। त्यसकारण हाम्रो आन्तरिक छलफल मात्रै निर्णायक र मुख्य हुँदैन। यसलाई कम्युनिष्टहरुले गम्भीरतापूर्वक हेर्नैपर्छ।  

नयाँ व्याख्या गरेको भन्नुभयोे, नेपालमा चुनावमा भाग लिने तपाईंहरु पहिलो हो र, १५ सालदेखि नै लिएको छ त कम्युनिष्ट पार्टीले, यो त लेपन मात्रै लगाएको किन नभन्ने, नयाँ के भन्ने भन्दा यही भन्ने भने जस्तो?
अब त्यो सकिन्छ। वस्तु त एकै हुन्छ। तर त्यसलाई समयको गहिराईमा कति हेर्न सकिन्छ भन्ने हो। पृथ्वी त यही नै हो नि यो त गोलै छ नि तर कसैले चेप्टो भन्यो कसैले अर्को भन्यो कसैले गोलो भन्यो। भौतिक विज्ञानका नियमहरुको गहिराईमा तपाईं जानुभयो भने त्यति त्यति नयाँ अनुसन्धान हुन्छ। ठिक त्यही कुरा समाज विज्ञानमा पनि हो। १६ औं शताब्दीमा शुरु भएका पुँजीवाद उस्तै लाग्छ, ब्रिटेनमा शुरु भएको संसद उस्तै लाग्छ, चार पाँच सय वर्ष पुरानो संसद जस्तै लाग्छ, फ्रान्सेली गणतन्त्र पनि यहाँको गणतन्त्र जस्तो लाग्छ।

तर त्यस्तो होइन, आजको पुँजिवाद समाजवादको असफलता पछिको  हो।  हिजोको पुँजिवाद समाजवादसँग हारेको पुँजिवाद हो। चुनाव त चुनावै हो, पुँजिवाद अन्तर्गत हुने चुनाव नै हो। तर बुझाईहरु समाजका विशेषता वर्गहरुको सम्बन्ध, नयाँ वर्गको उदय भइसक्यो। अहिले एक प्रकारले राजनीतिमा निर्णायक प्रभाव पार्ने  शक्तिशाली वर्गका रुपमा मध्यम वर्गको विकास भइरहेको छ। यसलाई कम्युनष्टिहरुले राम्रो सँग ग्रयाब्स गर्न सकिरहेको छैन। यहाँ त भन्न नसकेको देखिन्छ। भन्यो भने माक्र्सवाद विरोधी भइन्छ भनेर हिच्किचाउने। तर समाज नयाँ ठाउँमा आइसकेको छ। चुनाव त उही नै हो तर हामीले बुझ्ने कुरामा धेरै विकास गर्नुपर्छ। एउटै शब्दले पनि आनको तान फरक पार्छ।

तपाईंले भर्खरै भन्नुभयो नि मध्यम वर्ग, तपाईंहरुको केन्द्रिय समितिले पारित गरेको दस्तावेजमा रास्वपाले मध्यम वर्गलाई समातेको भनेर लेख्नुभएको छ, त्यहाँनेर स्पेस देख्नुभएको हो यो वर्गलाई  लगेर जानसक्छौं भनेर?
रास्वपा आउनु भन्दाअघि नै किरण कमरेड (मोहन वैद्य) हरुसहित हुँदा मैले आठौं महाधिवेशनमा अबको क्रान्तिमा मिडिल क्लासको प्रभाव निर्णायक जस्तो भएर आउँदैछ यो कुरा हेर्नुपर्छ भनेर प्रश्ताव गरेको थिएँ। दोस्रो यो मिडिल क्लासलाई हेर्ने कुरा पनि हामीले फेर्नुपर्छ। यो लेनिन र माओले भनेको मिडिल क्लास होइन। यो एक्काइसौं शताब्दीले जन्माएको मिडिल क्लास हो। शिक्षा, सूचना प्रविधिका कारणले उत्पादन सम्बन्धका कारणले जन्मिएको छ। परम्परागत ढंगको मिडिल क्लास होइन।

shivam cement

shivam cement

तपाईंले त्यति बेला भन्दा चुनावको कुरा थिएन नि?
हो चुनाव थिएन, तर त्यो भन्दा मिडिल क्लास त अस्थिर वर्ग हो यसले क्रान्ति गर्दिन्छ भनेर कयौं लेख लेखियो र हामीलाई आरोप लगाइयो। तर अहिले सबैले त्यो कुरा मानिरहेका छन्। एउटा साँचो कुरा के हो भने रविजीहरु मिडिल क्लासको सपोर्टमै आएको हो। दलाल संसदीय व्यवस्था असफल हुँदै गएको छ, पुराना पार्टीहरुले निकास दिन सकेका छैनन, त्यो त्यहाँ व्यक्त भयो। त्यसमा पनि नेतृत्व गर्ने चाहीँ मिडिल क्लास नै छ। यो असफल भयो यसले सकेन भन्ने कुराको लिड चाहीँ मिडिल क्लासको शक्तिले नै गरिरहेको छ, उहाँहरु संयोगले त्यसमा पुग्नुभयो। हामीले सचेततापूर्वक भनेको के हो भन्दाखेरि किसान मजदुरमा मध्यम वर्ग पनि थप्नुपर्छ, जसले क्रान्तिलाई अघि बढाउनका लागि काम गर्छ।

रास्वपा जसरी आयो, कतै तपाईंहरुलाई चुनावमा भाग लिनुपथ्र्यो, त्यो स्पेस रास्वपालाई छोडेर गल्ती गरियो भन्ने लागेको त होइन?
होइन, होइन चुनावको कुरा होइन मैले वर्गको कुरा गर्दैछु।

होइन, चुनावको कुरा गरेको?
मध्यम वर्गले चुनावलाई प्रभावित गरेको छ त्यो छुट्टै कुरा हो, तर  हिजोको सन्दर्भमा मध्यम वर्गको विश्लेषण चुनावलाई हेरेर गरेको होइन। नेपाली समाज वा विश्वभर एउटा शक्तिशाली वर्गको उदय भएको छ, त्यसलाई कम्युनिष्टहरुले वस्तुवादी ढंगले ग्रहण गर्न जरुरी छ। परम्परागत रुपमा यसलाई प्रतिक्रियावादी हो अवसरवादी हो भनेर बुझेर हुँदैन, त्यसको रोल नै एकदम अगाडि आएको छ त्यो प्रगतिशील छ अग्रगामी छ, त्यो अगाडि जानेवाला छ। त्यसमा मजदुर किसान पनि थप्नुपर्छ हुनुपर्छ। त्यसलाई हामीले मजदुर किसान आधारभुत शक्ति, मध्यम वर्ग आधार शक्ति भनेका छौं । जसले त्यसलाई लिँदैन त्यो पछि पर्छ। समाजमा आइरहेको शक्तिलाई छोड्ने हो भने हामी नै छुट््ने हो। अहिले चुनावमा त्यो वर्गको प्रभाव छ त्यसलाई रवि जी लगायत अरुले प्रयोग गर्नुभएको छ। तर उहाँहरुले त्यो सचेततापूर्वक गरेको होइन। मध्यम  वर्गले पुँजिवादी बाटो हिँडेर समाजलाई बनाउन चाहीँ सक्दैन भन्ने हाम्रो हो।

यहाँ प्रष्ट हुन चाहेको कुरा चाहीँ रविजीहरुले चुनावमा भाग लिइसकेपछि तपाईंले भनेको र समाजमा रहेको पनि, जुन मध्यम वर्ग रास्वपासँग जोडियो हामीले चुनावमा भाग नलिँदा हामीले ठाउँ छोडेर गल्ती गरिएछ भन्ने निष्कर्षमा पुग्नुभएको हो?
त्यो निष्कर्ष मुख्य होईन, मुख्य कुरा के हो भने मिडिल क्लासलाई चाहे तपाइँ संघर्ष गर्नुस् चाहे तपाईं विद्रोह गर्नुस् चाहे चुनावमा जानुस तपाईंले छोड्न सक्नुहुन्न। राष्ट्रिय स्वाधीनताको रक्षा गर्न पनि मिडिल क्लास आउनैपर्छ। सरकारले सुनेन विद्रोह नै गर्नुपर्‍यो भने पनि मिडिल क्लासलाई नलिइ विद्रोह सफल हुन सक्दैन। त्यसो भएको हुनाले चुनावमा यसको भुमिका बढेको छ र यसलाई लिएर जानुपर्छ भन्ने कुरा हाम्रो मिल्ने भयो तर त्यो सहायक हो। मेजर कुरा मध्यम वर्गको भुमिका महत्वपूर्ण भएर आएको छ भन्ने कुरा हाम्रे बुझाई मुख्य हो।

कम्युनिष्ट आन्दोलनमा यस्ता बहस भइरहेका छन्, तपाईंहरु क्लास पनि दिँदै हुनुहुन्थ्यो, उग्रवामपन्थी शक्ति दक्षिणपन्थमा पतन हुन्छ, यो चुनावको विषयलाई लिएर जो साथीहरु अहिले तपाईंहरुसँग हुनुहुन्न उहाँहरुले तपाईंहरुलाई लगाएको आरोप के थियो भने विप्लवको यात्रा संसदतिरै हो, यो ठ्याक्कै मिलिरहेको जस्तो देखिन्छ नि?
लेनिनलाई बहिस्कार ठिक हो उपयोग ठिक हो भन्ने दुवैले बोकेर हिँड्छन्। लेनिन मात्रै यस्तो गतिशील र द्वन्द्वात्मक भौतिकवादलाई बुझ्ने मान्छे हो जसले १९०३ देखि ०५ सम्म विद्रोहलाई जोड दिनुभयो, १९०६ मा बहिस्कार गर्नुभयो, १९०७ मा उपयोग, १९१२ मा उपयोग गर्नुभयो, फेरि भए भरका जुटाएर अक्टोबर क्रान्तिमा जानुभयो, फेरि संविधान सभामा भाग लिनुभयो, हार्नुभयो, फेरि क्रान्ति गर्नुभयो, फेरि चुनाव गराउनु भयो। वास्तवमा यो माक्र्सवाद हो, ठोस परिस्थितिको ठोस विश्लेषण, कुन कुरा कसरी आईरहेको छ भनेर क्रान्तिलाई समाजलाई अगाडि बढाउने कुरा राज्यलाई रुपान्तरण गर्ने कुरा मुख्य हो। लेनिनलाई १९०६ मा बहिस्कार गर्नेले पनि बोक्न पाउँछ १९०७ मा उपयोग गर्नेले पनि बोक्न पाउँछ। तर के चाहीँ ठीक हो भन्ने मुख्य कुरा हो। उग्रवामपन्थी दक्षिण पन्थमा जान्छ लेनिनकै कुरा हो। फेरि एउटा समय आईपुग्यो भने सबै क्रान्तिको वरिपरि केन्द्रित हुन आईपुग्छन्। लेनिनकै कुरा हो।

१९ औं शताब्दी र २० औं शताब्दीलाई रेफरेन्स बनाउन पाइन्छ तर हुबहु त्यो बाटो जान्छु चाहीँ वस्तुबाट पछाडि पर्नु हो र सक्किनु हो। मेरो अध्ययनले विश्वमा एउटा उपयोग नै उपयोग अब क्रान्ति भन्ने हुँदैन, संघर्ष र विद्रोह सोच्नै हुँदैन, संसद नै मुख्य हो त्यहीबाट जाने हो, भए त्यहीँबाट हुन्छ भन्नेहरु विसर्जन भएर जनतालाई निराश र हैरान पारेका थुप्रै उदाहरणहरु छन्, ताजा उदाहरण छन् अर्को बन्दुक नै हो लडाईं नै हो बहिस्कार नै हो भन्दै जाने र एक्लै पर्चा लेख्दै जानेमा गएर सक्किएको  देखिन्छ। एउटा संसदवादी विसर्जनवाद र एउटा जडसूत्रवादी विसर्जनवाद। हामीले जनताले जित्ने क्रान्ति अगाडि बढ्ने, समाजवादले जित्ने कार्यदिशा रणनीतिहरु विकास गर्नुपर्छ। हामीले चुनावमा गएपछि चुनावमात्रै हो भनेका छैनौं। क्रान्तिको समग्र मोर्चाभित्र चुनाव पनि एउटा हो। २१ औं शताब्दीका विशेषता अनुसार आउँदो ०८४ को चुनावलाई प्रयोग गर्नुपर्छ। त्यसपछि के हुन्छ हेर्दै जानुपर्छ। ०८४ कै चुनाव हुन्छ कि हुँदैन ठेगान छैन नेपालमा।

तपाईंहरुले पार्टी फोडेर जाँदा प्रचण्डजीले यस्तो नगर्नुस् भन्नुभएको थियो, यो १२ वर्षमा के भयो, के पाईयो, किनभने यसमा जनधनको क्षति भएको छ मान्छेको ज्यान गएको छ, त्यो फर्किएर आउँदैन?
तर गएको मात्रै छैन, प्राप्त भएको पनि छ। हरेक मान्छेले के बुझ्नुपर्छ भने गलत चिजहरु लादिन खोज्दा विद्रोह हुनुपर्छ, विचलनहरु आए समस्याहरु आए भने संघर्ष गर्नुपर्छ। त्यहीँ समाहित भएर विलय हुनुहुँदैन। राम्रो हुँदा परिवर्तन हुँदा त्यसलाई समात्नुपर्छ साथ दिनुपर्छ। माक्र्सवाद भनेको यही हो। राजनीतिक विज्ञान भनेको यही हो। माओवादी आन्दोलनमा समस्या देखेर अलग भयौं । हामीले १२ वर्षमा नेपालको राजनीतिमा प्रतिष्पर्धा गरेका छौं, प्रतिरोध संघर्ष चलायौं, एमसीसी र एसपीपीबिरुद्ध लड्यौं, एनसेलमा भएको करप्सनका बिरुद्ध लड्यौं ललिता निवासमा राज्यले चोंचोमोचो मिलाउन खोज्यो हामीले लड्यौं कर्णाली नदी बेच्न खोजियो हामीले लड्यौं, अरुण ३ को बिरुद्धमा हामी लड्यौं मानव तस्करबिरुद्ध लड्यौं। हामीले प्रतिष्पर्धा गरेर आयौं।

विकल्प हौं हामी भन्नुभएको थियो, तर त्यसरी आउन सक्नुभएन नि त?
मैले बढाईचढाई गरेको होईन, तर नेपाली जनता हामीबाट धेरै आशावादी भएको पाउँछु। सामान्य सुकुम्वासी, मिटरव्याज पीडिडतहरु त हामीसँग आई नै रहनुभएको छ, बुद्धिजीवीहरु पनि आशावादी हुनुहुन्छ। अरु पनि लड्नुभएको छ, तर सडकमा मुद्दा उठाएर जनतालाई राहत पुग्नेगरी लड्ने एक मात्रै हामी छौं। एमसीसी बिरुद्धको संघर्षमा पनि हामी लडिराखेका छौं। घमण्ड होइन, जनताको आशालाई पूरा गर्ने हामीसँग आकांक्षा पनि छ। मानेका छैनन् भने मान्ने बनाउने आकांक्षा पनि छ। अहिले राजनीतिमा जुन ठूल्ठूला विचलन र विकृतिहरु भएका छन्, जनताले हामीलाई त्यसभित्र राखेको हामीले पाएका छैनौं। यो हाम्रा साथीहरुले गरेको त्याग हो।

तपाईंहरु पनि ०८१ मा ०८४ को चुनावको कुरा गरिरहनुभएको छ, एमाले र रास्वपा पनि मिसन ०८४ भन्छ, के फरक छ त?
आधारभुत कुरा एउटै फरक छ र त्यो महत्वपूण कुरा हो। सांसद र मन्त्रीको लागि मात्रै हामीले ०८४ को चुनावको कुरा गरेका छैनौं। ०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा लिएर जानुपर्छ। नेपालमा १८ वर्षको प्रयोगलाई दलाल पुँजिवादी सत्ता भनेका छौं , जनताको हातमा सत्ता आउन सकेको छैन र सत्ता दलाल पुँजिपतिहरुको मुठ्ठीमा पर्दै गएको छ। त्यसलाई रुपान्तरण नगरेसम्म हुँदैन। चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस् आधारभुत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो। त्यसैले समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो।

तर संसदीय चुनाव भन्ने बित्तिकै सरकार जोडिएर आउँछ नि त?
आउँछ, तर नआउन पनि सक्छ। क्रान्तिकारीले जनताको जागरणको निम्ति प्रयोग गरेको संगिठत गर्नका लागि प्रयोग गरेको उदाहरण पनि छ नि त।

के भनेर भोट माग्नुहुन्छ भनेको?
समाजवादको लागि भनेर माग्छौं, तपाइँहरु उठ्नुस्, जागरुक हुनुस्, वडादेखि केन्द्रसम्म जनताको प्रतिनिधि तयार हुनुस्। अहिले भइरेहको परम्परागत लिडर हुँदैन भने त्यही गएर पोखिने होइन कि श्रमिक वर्गले आफ्नो उम्मेदवार खडा गर्नसक्छ एक चोटी आँट गरौँ न भन्छौं, च्यालेन्ज गरौ न हामी। अहिले विचलन, विघटनतिर गइरहेको गोलचक्करको राजनीतिलाई ट्रयाकमा ल्याउन, बाटो हिँडाउनको लागि चाहीँ समाजवादी अभियानमा लागौं र नयाँ राज्य बनाउने आन्दोलनमा लागौं।

समाजवाद भन्ने बित्तिकै, त्यहाँ आर्थिक राजनीतिक कार्यक्रम हुन्छन् क्या?

जवाफः छन्।

त्यो भनेर मात्रै हुँदैन,कसरी लागू गर्ने त्यहाँनेर सरकार त जोडिन्छ जोडिन्छ ?
अवश्य त्यहाँनेर हाम्रो स्पष्ट छ। आर्थिक राजनीतिक ढंगले हाम्रो समाजवाद कस्तो हुनुपर्छ भनेर हामीले अगाडि सारेका छौं।

सरकारमा जाने कि नजाने भन्ने हो के मेरो कुरा?
त्यो परिस्थिति सापेक्ष कुरा हो। मानि लिनुस्, जनताको प्रतिनिधिहरु बहुमतमा आए अब के गर्ने ? आउँदैन भन्न सकिँदैन, हामीले अपिल गर्छाैं हाम्रो कुरा मात्रै होईन मोर्चा बनाउँ आन्दोलन गरौं संगिठत बनौं।यसले गरेन गरेन मात्रै होईन, गर्ने मान्छे लिएर विकास गरौं न। हामीले जित्यौं भने सरकार क्रान्तिको एउटा मोर्चा बन्नसक्छ। हामीले त्यो अप्सन (विकल्प) पनि खोलेका छौं ,संविधान बदलौं हामीले अहिले भनेका छौं। जनमत संग्रह गरौं न अथवा विद्रोह गरेर भएपनि गरौं न। यो व्यवस्था नेपाललाई उँभो लगाउँदैन। नारा सुखी र समृद्धिको छ तर यो सत्ताको चरित्र शोषण उत्पीडन अमानवीयता लुटखसोट, भ्रष्टाचार तस्करी हो नि त। यहाँ मान्छेलाई दोष दिन्छन् नि त्यो होईन। सत्ताले नै त्यस्तो पात्रहरु निर्माण गर्ने हो।

पहिले नै बहिस्कार नगरेको भए अहिले तपाईंले बदलौं भनेको संविधान अलि राम्रो बन्थ्यो कि?
त्यस्तो नबन्ने देखिसकेका थियौं र बहिस्कार गर्‍यौं। प्लस माइनसको कुरा मात्रै हो हामी त्यहाँ भएको भएपनि यस्तै बन्थ्यो। हामी त्योबाट अलग हुन चाहेका थियौं। फेरि केही बनेन पनि भन्दनौं। गणतन्त्रको कुरा समानुपातिक समावेशी कुरा, श्रमिक जनताका कुरा यो ठिक छ। तर राज्य सत्ताको प्रश्न त हल भएन नि त ?  त्यो हल गर्नुपर्छ भन्ने सोचेर हामी अलग भयौं। अब नयाँ परिवेशमा जनताले सुन्ने ठाउँमा हामी आइपुगेका छौं। १८ वर्षको प्रयोगले एउटा सामान्य सुकुम्वासीलाई यो सत्ताले हाम्रो हितको रक्षा गर्न सकेन हाम्रो समस्या समाधान गर्न सकेन भन्ने फिल भएको छ। यो सुकुम्वासीलाई पनि छ, वैज्ञानिकलाई पनि छ। यसले सकेन भन्ने छ त। बुद्धिजीवीको पनि छ, किसानको पनि छ। व्यापारी उद्योगपतिको पनि छ। यी सबै शक्तिलाई जनताको पक्षममा काम गर्ने सरकार र सत्ता चाहियो भन्ने अनुभति भएको बेला विकल्प अगाडि सार्‍यौं भने बढ्ने सम्भावना छ।

चुनाव चाहीँ एक्लै कि मिलेर?

मिलेर पनि।

को—कोसँग मिल्ने?
आफूलाई त हामीले जनताको तहबाटै तयार गर्नेगरी सोच्नुपर्छ, आशावादी पनि छौं। त्यसो भएन भने पनि हामीले चारमित्र शक्तिः कम्युनिष्ट,समाजवादी, देशभक्त र गणतन्त्रवादी। यी चार शक्तिले समाजवादका लागि मिलेर लड्नुपर्छ। अनि चार वर्गः किसान, मजदुर, मध्यम वर्ग र राष्ट्रिय पुँजिपति। यी चार वर्ग समाजवादमा जान मित्र वर्ग भएकोले सँगै लिएर जानुपर्छ। अनि ६ मित्र समुदायः बाहुन क्षेत्री, जनजाति, मधेस, दलित, महिला र मुश्लिम यिनीहरुलाई हाम्रो निकास यही हो भन्ने अनुभुति गराउँदा संयुक्त रुपले जान सकिन्छ। सबै कम्युनिष्टहरु एउटै मोर्चामा सहभागी बनौं, समाजवादीहरु सहभागी बनौं।

भनेपछि एमाले माओवादीसहित मिलेर चुनावमा जाने?
हो। थुप्रै कुराहरु सोच्नुपर्छ तर अहिले हामीले कम्युनिष्टहरु दुश्मन होईनन् भन्ने संश्लेषण गरेका छौं। कम्युनिष्ट, देशभक्त गणतन्त्र र समाजवादीहरुलाई दुश्मनका रुपमा हेर्नु हुँदैन।

अहिले भर्खरै ईलाम र बझाङमा चुनाव भयो, त्यहीँ बाक्सा थापेको भएपनि त हुन्थ्यो, एउटा प्रयोग त हुन्थ्यो, जनमत नाप्ने हिसावले?
अहिले हामीले आंशिक हिसावले सोचेका होईनौं। अभियान र मोर्चाको रुपमा लिएर जानका लागि ०८४ चाहीँ उपयुक्त भन्ने हाम्रो निष्कर्ष हो।

यो उपचुनावमा समाजवादी मोर्चामा नभएको पार्टीलाई इलाममा समर्थन गर्नुभयो, मोर्चामा भएकोलाई गर्नु भएन?
दुवै ठाउँमा जित्नेलाई सहयोग गर्ने भन्ने भएको थियो, ईलाममा एमाले र बझाङमा एकीकृत समाजवादीलाई समर्थन गर्ने भन्ने थियो। बझाङमा एकीकृत समाजावदीको उम्मेदवार राम्रो छ भन्ने आएको थियो अनि त्यसै अनुसार गरियो, यो मोर्चामै छलफल भएको थियो।

३४.४० अरु भन्दा फरक छौं भन्नुभयो, जनतालाई भन्नु पनि होला, चुनावतिर आउनु भयो, तपाईंहरु पनि देशभर सम्पती जोड्दै किन्दै हिँडिरहनुभएको छ, कताकता शंका गर्ने ठाउँ छ र उठिपनि रहेको छ, चुनाव र पैसाको कुरा?
यो चाहीँ आवारा कम्युनिष्टहरुको तर्क हो, जिन्दगीभरी निराश भएर मर्नेहरुको तर्क भन्छु म। अहिले २१ औं शताब्दीमा सबैलाई च्यालेन्ज गर्नुपर्छ।  मैले उद्योगीहरुसँग खानको लागि हामीलाई तपाइँहरुको दया चाहिँदैन  र एकदिन यो पार्टीले तपाईंहरुसँग प्रतिष्पर्धा गर्छ भनेको छु। तर्क दशभारी गर्ने साँझ घर जाँदा भातको लागि पनि रुने कम्युनिष्टहरुको विगतलाई  ब्रेक गर्नुपर्छ। रुढीवादलाई पूरै तोड्नुपर्छ। कुनैपनि रुढीवाद मानव जातिको लागि बन्धन हो। पुँजिवाद पनि हरेक दिन क्रान्ति गरेर बाँच्छ भनेर माक्र्सले भन्नुभएको छ। पुँजिवादमाथि हावी हुने भने उसले एउटा क्रान्ति गर्दा कम्युनिष्टहरुले २ वटा क्रान्ति गर्नुपर्छ। अनि मात्रै क्रान्ति हुन्छ। कम्युनिष्टहरुले सामुहिक सामुहिक भन्छन्।

तर कसैले प्रयोग गरेको देख्नुभएको छ ? सरकारमा गएको नेता होस् कि सडकमा भएको नेता न उसले परिवारलाई भन्नसक्छ न उसले प्रयोग गर्नसक्छ। अर्कालाई आलोचना मात्रै गर्न उठाउने सामुहिकताले फेल खाइसक्यो। त्यो आत्मरति र पाखण्ड हो। बैंकमा पैसा लुकाउने आप्नो परिवारलाई कमाउन लगाउने अनि आफू चाहीँ सामुहिकताको नारा दिने यी चाहीँ पाखण्डी कम्युनिष्ट हुन्। त्यसकारण यो आवारागिरी हो। यसबाट हुँदैन। हरेक क्षेत्रमा योग्य मान्छे तयार गर्नुपर्छ। पैसा कमाएर पनि जनताको लागि सर्वहारा वर्ग हुन सकिन्छ ।

सम्पत्ति जोडेर पनि जनताका लागि कार्यकर्ताका लागि जीवन दिन सकिन्छ। भोलि समाजवाद आयो भने केही नबनाएर हिँड्ने हो ?  अहिले विप्लवले १० तले घर बनायो भन्छन्। लिफ्ट भएको कार्यालय बनाउँदैछौं,लिफ्ट हाल्दैछौं। जिन्दगीभरी चन्दा उठाएर आफै लुकाएर खाने,पार्टीमा झुटो रिपोर्ट गर्ने, पार्टीको नामको पैसा पनि ठगेर खाने अनि सर्वहाराका कुरा गर्ने ? सरकारमा गएर अर्ब कमाउँदा ऋण नै छ भन्ने?

उसो भए काम गर्ने, कमाउने, सम्पती जोड्ने?
काम गर्ने कमाउने, मैले भन्ने गरेको छु संस्थागत पुँजिलाई बलियो बनाउँ, निजी जीवनलाई समृद्ध बनाउँ। श्रम गर्नेले मात्रै खाने हो हाम्रो पार्टीमा।

चुनाव लड्नलाई आर्थिक शक्ति चाहिन्छ भन्ने कतै भएर पो यो हो कि?
त्यसलाई हामी तोडिदिन्छौं। कोठामा एक्लै बस्दा क्रान्तिकारी कुरा गर्ने, मालिकहरुसँग गएर साँठगाँठ गरेर चन्दा लिएर खाने र क्रान्तिकारीहरुलाई गालि गर्ने यो रुढीवादलाई हामीले तोड्नुपर्छ। हामी आफ्नो खुट्टामा उभिन योग्य हुनुपर्छ। लिडरहरुले श्रम गर्नुहुन्न भन्ने कुरालाई तोड्नुपर्छ। कम्युनिष्टहरु मालिक होइन। नयाँ ढंगले सोच्नुपर्छ। सिद्धियो नि कम्युनिष्ट आन्दोलन,लाईट बालेर खोज्नुपर्ने भएको छ। मैले अस्ति युरोपको एक जनालाई साथी भनें– युरोपमा कम्युनिष्ट नेता नै छैन, ग्लोवलरुपमा हेर्ने युरोपलाई हाँक्न सक्ने नेता चाहियो त्यहाँ छैन। त्यसैले समीक्षा र विकास गर्नुपर्छ। यो द्वन्द्ववादलाई पनि विकास गर्नुपर्छ। द्वन्द्ववाद अपूर्ण भइसक्यो। समाजवाद असफल भएको आर्थिक र राजनीतिक रुपमा मात्रै होईन, फिलोसपीमा पनि असफल भएको हो। द्वन्द्ववादका त्यस्ता केही नियमहरु छन् जसलाई प्रयोग गर्दा समाजवाद असफल भएको छ। सत्तासीनले प्रयोग गर्ने नियम छन त्यहाँ। जस्तो निषेधको निषेध, विपरित तत्वको एकत्व र दुई लाईन संघर्षको नियम। यस्ता नियम जस्ताको तस्तै लागू गर्दा सिद्धिन्छ।

यसलाई कसरी परिवर्तन गर्ने त?
निषेधको निषेध नियमले नोकरशाही तन्त्र जन्मायो। सर्वसत्तावाद जन्मायो त्यसले प्रजातन्त्र, अध्ययन र अनुसन्धानलाई रोक्यो। जो पावरमा हुन्छ त्यसको मात्रै हतियार बन्यो त्यो। अर्कोलाई सिध्याउनका लागि मात्रै बन्यो। निषेधको निषेध नियम समाजवादमा लागू नै हुँदैन यो मेरो कुरा हो। त्यो लागू गर्नु ध्वंस हो। हरेक ज्ञान पूर्णतातिर जाने हो, त्यसलाई रोक्ने अन्त्य गर्ने होइन। मान्छेमा रुपान्तरण हुन्छ त्यो बुझ्नुपर्छ। पुरानो कम्युनिष्टहरुको आँखामा एकचोटी बिग्रियो भने त्यो फाल्दिनु पर्‍यो। तर मान्छेमा त्यो नियम लागू हुँदैन। आज कुरा नमिले अर्को दिन मिल्न सक्छ। सम्भावना पनि बाँकी रहन्छ।

अघि हामी सम्पतीको कुरामा थियौं कि, तपाईंले हामी देशकै धनी पार्टी हो भनेर कता कता सुनेको थिएँ सम्पती कति छ तपाईंहरुको?
हामीसँग तीन सय रोपनी जग्गा छ। हाम्रा पार्टीका साथीहरु कोही पनि सुकुम्वासी हुनुपर्दैन।

चन्दा मागेर खानु हुन्न?
पर्दैन। हाम्रो तीन वर्षको लक्ष्य हो। एक वर्षको प्रयोगबाटै के सावित भयो भने श्रम गरेपछि मागेर खानु पर्दैन। मालिकको कोठामा गएर आँसु झार्नु पर्दैन। फेरि मैले देश बचाउनका लागि सहयोग गर्नुपर्छ पनि भनेको छु। हामीसँग वचत पनि छ टाटै पल्ट्या पनि छैनौं। चन्दा उठाएर होइन, हामी आफैँले बनाएका छौं।

प्रश्न उठ्छ के विप्लवले राजनीति गरेर परिवर्तन गर्ने कि खुद्रा कुरा गर्ने?
यो पनि गर्ने त्यो पनि गर्ने। त्यसले मात्रै सक्छ।

लोकन्द्र बिष्टजी पनि गरिरहनुभएको छ त यस्तो?
ठिक छ। तर त्यो मात्रै गरेर हुँदैन, क्रान्ति र वर्ग संघर्ष पनि गर्नुपर्छ राज्य सत्ता पनि लिनुपर्छ।  उत्पादन पनि गर्नुपर्छ। अर्थतन्त्र बिनाको राजनीति ढोंगी राजनीति हो। श्रम गरेका कारणले आर्थिक उपार्जन गरेका कारणले गाली गर्ने ?

यति कुरा गरेपछि निजी सम्पतीबारेको धारणा के हो तपाईंहरुको ? निजी सम्पती हुनुहुन्न भनेर भन्दै आएको हो नि त?
हो फरक छ। हामीले भनेका छौं अर्थतन्त्रमा पनि माक्र्सवादलाई करेक्शन गर्नुपर्छ। सामुहिक स्वामित्व र निजी स्वामित्व दुवै फेल खाइसक्यो। सामुहिक स्वामित्व सही हो, तर त्यहाँ मान्छे गएन। अल्छी पाटे अल्छीहरुले सामुहिकताको कुरा गरेर के काम ? रातभरि पनि सुतिरहने, विहान पनि ढिलो उठ्ने अर्कालाई आलोचना मात्रै गर्ने आफूले सिन्को नभाँच्ने।

आफ्नो ट्वाइलेट भत्किँदा अरुलाई गाली गर्ने। शोषणको हो विरोध गर्ने, श्रमको होइन। त्यसैले हामीले एकीकृत  स्वामित्व भनेका छौं। सामुहिक स्वामित्वमा पनि शोषण भयो, मान्छे रमाएन त्यहाँ। केही मान्छेले मात्रै भोग गर्ने भयो। अर्काले लादेको सामुहिकता मान्छेले मान्दैन। १० घण्टा काम गर्ने र ५ घण्टा काम गर्नेलाई बराबर दिनु हुँदैन। श्रम अनुसारको वितरण मिलाउनु पर्छ। मान्छेको निजी स्वत्व र पहिचान हुन्छ त्यसलाई हामीले दिनुपर्छ। एउटै बनाउन खोज्दा बिग्रियो। मान्छेको फरक विशेषतालाई मान्नुपर्छ।

चुनावी राजनीतिसँग जोडिएको अन्तिम प्रश्न, चुनाव क्षेत्र पनि त हेर्नुभएको होला? विप्लवको निर्वाचन क्षेत्र कुन हुन्छ?
कसैलाई भ्रम छ विप्लव भर्खरै संसदमा लडेर मन्त्री हुनसक्छ। यो हुन पनि सक्छ नहुन पनि सक्छ। यसलाई हामीले रिजिड बनाएका छैनौं। अरु कमरेडहरु जान सक्नुहुन्छ, म पार्टीमै बस्नसक्छु। कम्युनिष्ट पार्टीमा प्रधानमन्त्री भन्दा महासचिव ठूलो कुरा हो।

चुनाव लडे कहाँ बाट लड्ने भनेको?
पार्टीले लड भन्यो भने जहाँबाट पनि लड्न सक्छु, काठमाडौंबाट लड्नसक्छु, कपिलवस्तु लड्नसक्छु, पूर्व र पश्चिम लड्नसक्छु। रोल्पा पनि लड्नसक्छु।

समाजवादी मोर्चा बलियो बनाउने भन्दा अहिले फुट आयो कसरी लिनुभएको छ?
यो मोर्चाभित्रैबाट भन्दा सरकारका कारण आएको समस्या हो। अरु सरकारमा हुनुहुन्छ हामी सडकमा छौं यसमा राम्रै छलफल पनि चलेको थियो। हामीले मसालसँग पनि छलफल गर्‍यौँ। मसाल पनि सकारात्मक नै पाउँछौ। एमाले पहिले फरक भएपनि अहिले छलफल हुँदै जाँदा अलि नजिक आएको  छ। केपी कमरेडसँग नि छलफल भएकै कुरा हो। सम्भावना  पनि छ, तर सरकारको कुरा चाहीँ फेरिइरहने संघर्षको कुरा छ यसमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चासो पनि छ, हस्तक्षेप पनि होला। यहीँका समस्या पनि होलान्। त्यसकारण त्यहाँ हुने अन्तर्बिरोधले अलिकति प्रभावित त पारेको छ। तै पनि हामी बस्दैछौं र मोर्चालाई नभत्काउँ भन्ने हाम्रो छ। तर के हुन्छ भन्न सकिन्न।

जनता समाजवादी पार्टी नेपाल फुट्यो,अब मोर्चामा को भन्ने पनि आउन सक्ला भोलि?
हो उपेन्द्र कमरेड पनि हुनुहुन्छ, अशोक कमरेड पनि हुनुहुन्छ। नीतिगत व्याख्याले केही अफ्ठ्यारो पर्ने केही छैन, नाम पनि दुवैको समाजवादी छ। तर मनोवैज्ञानिक समस्या हुन सक्छन् हामी छलफल गर्छाैं।

तपाईं एमालेप्रति यति सकारात्मक हुनुहुन्छ, समाजवादी मोर्चा बनाएर अगाडि बढ्ने भनिरहनुभएको छ, केपी ओली पनि सकारात्मक हुनुहुन्छ भन्नुहुन्छ, तर केपी ओलीले परिषद् बैठकमा कुनैपनि नाममा हुने राजनीतिक ध्रुवीकरणलाई गलत भन्नुभएको छ, यसमा के भन्नुहुन्छ?
होईन, समाजवादमा जाने शक्तिसँग सहकार्य गर्नुपर्छ भनेर पनि लेख्नुभएको छ। त्यो सकारातमक नै छ  दुई वटै कुरा देखिन्छ त्यहाँ।  कम्युनिष्ट पार्टीहरुले वाममोर्चा नबनाएर के बनाउने ? समाजवादको कुरा नगरेर के को कुरा गर्ने ? त्यसैले यो रक्षात्मक तर्क हो। जटिलता पनि होलान, आकांक्षा पनि होलान्, सम्भावना पनि देख्नुभएको होला। त्यो सम्भावनासँग हाम्रो मोर्चाले राख्ने फरक मतको कुरा पनि होलान्। यतिलाई अहिले भयंकर समस्या हो भनेर बुझ्न हुँदैन। तर अंहकार कसैले नगरे हुन्छ। ईलाममा ५ हजारको अन्तर छ बझाङमा २ सयको अन्तर छ, माओवादी–हामी मिलेर नलडेको भए के हुन्थ्यो भन्ने पनि बुझ्न जरुरी छ।

समाजवादी मोर्चालाई ओलीजीले ध्रुबीकरणका रुपमा बुझ्नुभएको छ र गर्न हुँदैन भन्नुभएको छ के?
ठिक छ, छलफलको विषय हो। तर नेपालमा ध्रुवीकरण त अनिवार्य चाहिन्छ नि। पार्टीगत तहमा मात्रै होईन, जनताको तहमा पनि ठूलो परिवर्तन जरुरी छ। समाजवादतिर कि दलाल पुँजिवादतिर ? ध्रुवीकरण नगरेसम्म त गति नै पैदा हुँदैन। अहिले पनि उहाँहरुले कम्युनिष्ट ध्रुवीकरणले नै जितेको हो। कम्युनिष्टलाई कि अरुलाई ? भन्दा जनताले जिताएको हो। त्यसकारण ध्रुवीकरणबाट हामी कहाँ भाग्न सक्छौं ?

माओवादी धाराका शक्तिहरु एकजुट हुने कुरामा तपाईंहरुले जोड दिनुभएको छ, यो सम्भव छ?

सम्भव छ ।

कसरी हुन्छ त्यो ? कसैले न कसैले केही न केही नछोडी त्यो हुँदैन?

समाजवादलाई आधार बनाएर जाँदा नमिल्न पर्ने केही छैन।

छिटो सम्भावना भएको कोसँग?

अहिले हाम्रो छलफल भइराखेको प्रचण्डजीहरुसँग हो।

र अन्त्यमा तपाईंहरुको प्रतिवेदनमा पश्चिमा र अमेरिकाले क्रिश्चियनीकरण, जातिवाद र विखण्डनवादलाई उचालेको भनेर निष्कर्ष निकालिएको रहेछ, यो भनेको चाहीँ के?
अहिले नेपालमा दलाल पुँजिवाद र नेपाली जनताको अन्तरविरोध तथा वाह्य रुपमा साम्राज्यवादी अमेरिका र नेपालका कम्युनिष्टहरुको बीचमा हो। सैन्य गठबनधमा जबर्जस्ती लैजान खोज्छ अमेरिकाले, एमसीसीलाई कानूनभन्दा माथि राखेको छ। इण्डियाले राजतन्त्र र हिन्दु एजेण्डा बोकेर हिँडिराखेको छ, त्यो धर्म होईन, हिन्दु राजनीतिको कुरा हो। कम्युनिष्टहरुले धर्म संस्कृति मासे भनेर झुटो कुरा गरेर कम्युनिष्टहरुलाई हराउन खोजिँदैछ। क्रिश्चियन धर्म मान्न पाइन्छ तर युरोपियन र अमेरिकनहरुले क्रिश्चियनभित्र बसेर कम्युनिष्टहरुको विरोध गरिँदैछ, यो पनि धर्म राजनीति हो। त्यो गलत छ।  माओवादीले रियल संघीयता दिन खोज्दा फुटवादी भनेर आरोप लगाउने, तर पुँजिवादी संघीयताको आडमा अहिले जो खालका प्रयास भइरहेका छन् त्यो चाहीँ नेपाललाई विखण्डन गर्ने र पहिचान र जातीयताको कुरा हो। जातीय पहिचान समाजवादमा मात्रै हुन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट
सम्बन्धित सामग्री
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन केही दिनअघि यही परियोजना अन्तर्गत भएको साझेदारहरूको बैठक र सरोकारवालासँगको  छलफलमा उनीसँग रोमीका न्यौपानेले गरेको कुराकानी:  आइतबार, फागुन ११, २०८१
ताजा समाचारसबै
वर्षाका कारण नेपाल र हङकङ बिचको खेल रद्ध शुक्रबार, वैशाख २६, २०८२
रुसी राष्ट्रपति पुटिन र चीनियाँ राष्ट्रपति जिनपिङबीच भेटवार्ता शुक्रबार, वैशाख २६, २०८२
बढ्दो तनाव पछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट शुक्रबार, वैशाख २६, २०८२
बजाज ग्रान्ड एक्सचेन्ज मेलाः नागरिकता मात्रैले बाइक पाइने शुक्रबार, वैशाख २६, २०८२
आज ७३औँ कानुन दिवस शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
जम्मु कश्मिरमा ‘विष्फोट’को आशंका बिहीबार, वैशाख २५, २०८२
भारत–पाकिस्तान आक्रमणः सुरक्षाका कारण पञ्जाब र दिल्लीबीचको खेल रद्द शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्