• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ओलीतन्त्रको सन्त्रासमा लोकतन्त्र

बसन्त सापकोटा सोमबार, साउन २६, २०७७  १३:१३
1140x725

आज विश्व कोरोनाका कारणले तहसनहस छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेका मापदण्ड पालना गर्दै धेरै देश कोरोनासँग भिडिरहेका छन्। तर, नेपालमा भने डब्लुएचओका नियम आफूखुसी व्याख्या गर्दै पालना गर्ने र नगर्ने भइरहेको छ। सरकारको नेतृत्व गर्ने नेकपाका अध्यक्ष केपी ओली र उनको समूहले कोभिड–१९ का सर्वमान्य सिद्धान्तहरू पालना गरिरहेका छैनन्। 

स्थायी कमिटी बैठक सामना गर्न नसकेर ओली आफैंले निर्देशन दिएर कार्यकर्तालाई सडकमा झारे। सबैले देख्यौं। तर, अहिले प्रचण्ड-नेपाल समूहलाई गैरजिम्मेवार भएको आक्षेप लगाउँदै यो महामारीमा भीडभाड गर्नु हुन्न भनेर दर्शन दिइरहेका छन्, केवल आफ्नो कुर्ची र पद सुरक्षित राख्न। तर पार्टी ओलीका अगाडि गरुडको छायाँमा परेको सर्प जस्तो किन भएको छ? एउटै उत्तर छस् बालुवाटारले शीतल निवासबाट अक्सिजन पाएको छ, जसले यो व्यवस्थाभित्र नै दुर्गन्ध फैलाएको छ। 

एक पटक ओलीलाई हेरौं। ओलीको दिमागमा जनता नै छैनन्। पार्टीको जनमत कब्जा गरेर अहिले भनिरहेका छन् कि पार्टीले मत पाएको उनको कारणले हो। अनि व्यवहार यस्तो गरेका छन् कि उनी सदाका लागि नियुक्ति पाएका प्रधानमन्त्री हुन्। त्यस्तै उनी निर्वाचित प्रधानमन्त्रीभन्दा जन्मसिद्ध सर्वोत्कृष्ट नेता भएको अभिनय गरिरहेको आभास पनि हुन्छ, जहाँ समकालीन नेताहरुलाई तल्लो स्तरको व्यवहार गरिरहेका छन्। 

आम नेपाली जनता धेरै समस्याबाट गुज्रिरहेका बेला उनलाई तत्कालीन विषयभन्दा अन्य कुरामा जोड दिन भ्याइनभ्याइ छ। सायद सत्ताको स्वाद र शक्तिको भोको भएर होला। कोरोना महामारीका बीच १५ सय जति आम गरिब जनताले आत्महत्या गरेका छन्। प्राकृतिक विपतले तहसनहस पारेको सन्दर्भमा पार्टी र सरकारलाई सही ढंगले जनतामा केन्द्रित गर्नभन्दा कुर्सीकेन्द्रित व्यवस्थापनमै दिन बिताइरहेका छन्, जुन कुरालाई आन्तरिक पार्टी संरचनाले लगाम लगाउन र व्यवस्थित गर्ने कार्य गर्न सकिरहेको छैन।

ओलीको मनोविज्ञान सकारात्मक प्रभावभन्दा नकारात्मक सोच र चिन्तनले ग्रस्त भएको अनुमान गर्न शिक्षित वर्गलाई कुनै समस्या छैन। यिनी सत्ताको बन्दुकले लोकतन्त्रका नमुनाहरुमाथि बालुवाटारबाट हानिरहेका छन्। सिपालु पनि छन्। राष्ट्रिय परिवेशमा कुन कुरा चर्चित छ र त्यसलाई कसरी आफ्नो पद सुरक्षित गर्न प्रयोग गर्न सकिन्छ भनेर क्याल्कुलेटरबाट हिसाब गरिरहेका हुन्छन्। 

ओली गणतन्त्रका विरोधी हुँदाहुँदै पनि गणतन्त्रको चाबी कब्जा गरेका छन्।

अहिले तत्काल ओलीले आफ्नो पक्षमा अनुकूल हुने हाँस्यास्पद कुरा राखेका छन्। उनले स्थायी कमिटी र केन्द्रीय समितिको सान्दर्भिकता छैन भन्ने देखाउन ‘अहिले सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ तर हाम्रा साथीहरु ४५० जनाको बैठक मागिरहेका छन्’  भनिदिए। क्या चलाखी र धूर्त प्रतिक्रिया! उनले आफ्नै कार्यकर्ता, आफ्नै नेताहरुलाई गालीगलौज गर्दै सडकमा रमिता प्रदर्शन गरेको नदेखे झैँ गरेका छन्। गज्जब हुन् ओली।

फेरि पनि भाग्यमानी ओली!
ओलीले जे जसो गरे पनि, कुर्सीबाट ओर्लिन परेको छैन। बैठक मान्दिनँ, बस्दिनँ, निर्णय मान्दिनँभन्दा पनि समस्या परेजस्तो देखिन्न उनलाई। यस्तो निरंकुश व्यक्ति र प्रवृत्ति देश र जनतालाई घातक छ।

nimb
nimb
Ncell 2
Ncell 2

ओली चरित्रमा व्यक्तिवादी छन्, अलोकतान्त्रिक छन्, र मनोगत पनि। आफैंले नेतृत्व गरेको सरकारले धेरै विवादित निर्णयहरु गर्‍यो। पार्टीभित्र छलफल नगरी आफूखुसी निर्णयमा पुग्दा आमजनता विपक्षमा उभिने स्थिति देखेपछि पछि हट्नु पर्‍यो। जस्तै गुठी विधेयक। त्यस्ता कम्तीमा दर्जन निर्णय गर्दै पछि हट्दै गरेका छन्। त्यसका बावजुद ओलीलाई उनको समूहले महान नेता मान्छ। अचम्म के छ भने ओली सरकारले जतिसुकै विवादित निर्णय गरे पनि उनको सचिवालय र उनका खेमाका नेताहरु खरो रुपमा प्रतिरक्षा गर्दछन् मानौं कि उनीहरूको राजनीतिक भविष्य ओलीको कृपा र आशिर्वादमा मात्र छ। त्यसो नगरी ओलीलाई लोकतान्त्रिक बनाउँदै पार्टीअधिनस्थ बनाउन उनको समूह लाग्ने हो भने अवस्था कस्तो हुन्थ्यो? यसमा ओलीको भन्दा उनको चाप्लुसी गर्ने समूहको भूमिका बढी छ जसले ओलीलाई गलत काम गर्न उक्साइरहेको छ।

ओली भाग्यमानी ठहरिएको ऐतिहासिक अवस्था पनि छ। उनी गणतन्त्रका विरोधी हुँदाहुँदै पनि गणतन्त्रको चाबी कब्जा गरेका छन्। कुनै बेला गणतन्त्रका लागि आन्दोलन हुँदा उनी कुनै दरबारमा सौखिन निन्द्रामा डुबिरहेका हुन्थे। तर, समयले ओलीलाई त्यस्तो ठाउँमा पुर्‍यायो कि उनले गणतन्त्रको गर्धनमा प्रतिक्रान्तिको खुकुरी राखेर कुर्सीको बार्गेनिङ गरिरहेका छन्। 

ओली केवल एउटा समूहका नेता हुन् जसले डर र धम्कीको भरमा जे पनि गर्न सकिन्छ भनेर निकृष्ट व्यवहार देखाइरहेका छन्।

अर्को परिस्थितिको फाइदा पनि लिएका छन् उनले। एमाले र एकीकृत माओवादी मिलेर बनेको नेकपा सङ्क्रमणकालीन एकता प्रक्रियाबाट गुज्रिएको छ। महाधिवेशनमा सर्वसम्मत नेतृत्व निर्माण गर्ने र विचारको संश्लेषण गर्ने भनिएको हुँदा सबै कुरा महाधिवेशनमा टुंग्याउनु पर्ने वाध्यता छ। तर, ओलीले प्रचण्डको मुटुको आयतन र दिमागी हैसियत बुझेर आफूअनुकूल पार्टी र सरकार चलाइरहेका छन्। 

तँ–तँ र म–म जति गरे पनि ओलीको मनोविज्ञानले के भन्छ भने प्रचन्ड अब छाडेर जाँदैनन् र अब प्रचन्डलाई घुँडा टेकाउने समय यही हो। तर, प्रचण्डले लिन सक्ने सम्भावित निर्णयले ओली र ओली समूहको दुःखद अन्त्य हुन सक्छ किनभने ओली न विचार हुन् ,न आदर्श या न कुनै महान दार्शनिक नै । उनी केवल एउटा समूहका नेता हुन् जसले डर र धम्कीको भरमा जे पनि गर्न सकिन्छ भनेर निकृष्ट व्यवहार देखाइरहेका छन्। आजसम्म यसरी चलेकै छ भनेर सधैं यो नरहन सक्छ भन्ने सामान्य ज्ञानको अभाव ओली र उनको समूहमा देखिन्छ। 

ओलीको निरङ्कुश शैली र व्यक्तिवादी सोंच
अख्तियार देखाएर होस् वा गणतन्त्रको कुर्सी भाँचिदिन्छु भनेर होस् डर र धम्की दिने र सरकार चलाउने ओलीलाई राष्ट्रपतिले खुल्ला रुपमा सहयोग गरेकी छिन्। जब राष्ट्रपतिबाट प्रधानमन्त्रीले प्रस्ताव गरेका सबै कुराहरू शब्द र भावको प्रभाव नबुझी प्रमाणित र लागू गर्ने स्थिति बन्यो तब ओलीका महाराजको अभिनय गर्ने सौभाग्य खुल्यो।

ओलीले प्रचण्डलाई ‘निहुँ खोज्ने? मेरो विरूद्धमा निर्णय भए म पार्टी विभाजन गरिदिन्छु, म अध्यक्ष र प्रधानमन्त्री दुवै पद कुनै हालतमा छोड्दिन। यही विषयमा छलफल गर्न बालुवाटार आइरहनु पर्दैन। मबाट सम्झौता हुन्न, जे–जे छोडेर आउने हो आउनुस्’ भनेर ठाडै हकार्छन्। 

खै कुन्नि१ उनको समूहका नेताहरुले ओलीलाई कसरी अनुशरण गरिरहेका छन् र राजनीतिक भविष्यको डकार मारिरहेका छन्? कि राजनीतिमा चेतना र विवेकको स्थान हुँदैन?  शासकीय शैली र चिन्तन गलत हुँदाहुँदै त्यसलाई सहयोग गर्नु राजनीतिक अपराध हो। जुन तरिकाले जान खोजेका छन् त्यो सरासर गलत छ। ओलीअनुकूल व्याख्या गर्दा स्थापित मूल्य मान्यता धरापमा पर्ने र विस्थापित भएको प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी तत्वले ठाउँ पाउने हुनसक्छ। यसमा ओलीले कुनै ख्याल गरेको देखिन्न। खाली उनी आफूलाई गड फादर भनेर नतमस्तक हुने झुण्ड खोजिरहेका हुन्छन्। उनलाई आफ्नो नाम कसरी आउँछ भन्नेमा मात्र ध्यान छ। 

ओली समूहले जनताको अस्तित्व स्वीकार्दैन। उनीहरूलाई जनता भेंडा हुन् जनताका भावनामाथि खेलेरै सत्ता चलाउनुपर्छ भन्ने लाग्छ। 

नाकाबन्दीको समयमा भारतलाई जबरजस्त जवाफ दिएर एकाएक भाइरल हुँदै चर्चाको शिखरमा पुगेका ओलीलाई अन्ध-राष्ट्रवादजस्तै अमूर्त कुरामा खेलेर सोझा मान्छेको मन जित्न आउँछ। दुई-चार जना भेला भएर ओलीले जे गरेका छन् बहुत राम्रो गरेका छन् भन्ने हो भने उनको नजरमा परिहाल्छन्। 

सार्वजनिक नजर कब्जा गर्न र माहोल बनाउन सिपालु ओलीले आफूलाई चर्चामा ल्याउन धेरै कार्डहरू प्रयोग गरिरहन्छन्। विगतमा राष्ट्रवादी बनेर सबैलाई चकित पारेका ओलीले आफू भौतिकवादी कम्युनिस्ट हुँदाहुँदै पनि भगवान् रामको जन्मभूमिका विषयमा प्वाक्क बोलेर नजर खिच्नकै लागि अर्को कार्ड फ्याँके। फेसबुकका भित्ता, ट्विटरका आँगन र युट्युबका खोल्सामा ओलीको चर्चा भयो। यो चर्चा–परिचर्चा देखेर ओलीलाई सचिवालय र उनका समूहका नेताहरुले ‘आम जनता तपाईंको पक्षमा छन् ढुक्कसँग अगाडि बढ्नुस्’ भनेर चाप्लुसी गरे होलान्। होइन अमूर्त कुरा गरेर जनताको विवेकमा झारको बीउ रोप्न सकिन्छ र भन्या? जनतालाई जे भने पनि हुन्छ? जे गर्दिए पनि हुन्छ?

ओली समूहले जनताको अस्तित्व स्वीकार्दैन। उनीहरूलाई जनता भेंडा हुन् जनताका भावनामाथि खेलेरै सत्ता चलाउनुपर्छ भन्ने लाग्छ। 

ओली आजभन्दा भोलिका लागि झन् समस्या हुन्। ओलीनिकटहरू उनको सफलताबाट राजनीतिक पहुँच विस्तार गर्ने मात्र ध्यानमा छन्। यो देशमा बालुवाटारको मिसन ओलीको सचिवालयका सदस्यहको फेसबुक वालबाट सम्प्रेषण भइरहेको छ। उनीहरु माधव नेपाल र नारायणकाजी श्रेष्ठभन्दा शक्तिशाली नाटक गरिरहेका छन्। कतै ओली यिनै मनुष्यहरूबाट प्रेरित भएर अटेर गरिरहेका त छैनन्? जे भए पनि ओलीलाई उकास्नु, उफार्नु, उडाउनु सबै भद्दा मजाक मात्र हो।

मलाई जनसमर्थन छ भन्नेमात्र ओलीलाई लागेको छैन, उनलाई जे गरे पनि प्रचण्ड पार्टी विभाजन गर्दैनन् भन्ने विश्वास पनि छ। सबै सम्भावना नदेखेका पनि होइनन्। एमाले गठन गराए, लकडाउनकै बीचमा पार्टी विभाजन गर्ने अध्यादेश पनि ल्याए, र संसद्को हिउँदे अधिवेशन बन्द गरिदिए। अब आफ्नोअनुकूल माहौल नबनुन्जेल संसद नबोलाए पनि भयो। क्या गज्जब। त्यस्तै ओलीले स्थायी कमिटी र केन्द्रीय समिति छोडेर सचिवालय ताकिरहेका छन्। गत हप्ता जब अस्थिर र अवसरवादी कित्ताका नेता वामदेव गौतमले एकाएक ओलीलाई समर्थन गरेर पार्टी एक बनाउने नाम जप्दै ६ बुँदे प्रस्ताव बाहिर ल्याए, ओलीका दिन राम्रा चल्न थालेका छन्। 

वामदेवले विश्वसनीयता गुमाएका मात्र छैनन् अब प्रचण्ड–नेपाल समूहले उनलाई विश्वास गर्ने आधार लगभग समाप्त भएको छ। किनभने ओली गलत हुँदाहुँदै पनि ओलीलाई सिंहासनमा राखेर पार्टी र देशको भविष्य बन्धकी राख्न उनले भूमिका खेलेका छन्। यद्यपि वामदेवले ओलीको चर्को आलोचना गरेको नाटक पनि प्रस्तुत गर्दछन्। एकाएक वामदेव ओलीका लागि खम्बा बन्ने देखेपछि बिरामी भएको कारण देखाउँदै बालुवाटार नछाड्ने ओली आफैं वामदेवको घर रात्रिभोज खाने गरी गए। 

भविष्यका लागि के–के खिचडी पकाए, बाहिर आउँदै गर्ला। तर तत्कालका लागि ओलीलाई काँध थापेर उनी निकटकाहरु समेत खुब राष्ट्रवादी भएका छन्। बाहिर चर्चा छ वामदेवलाई महाधिवेशनमा अध्यक्ष र अर्को चुनावमा प्रधानमन्त्री बनाउने उधारो र असम्भव ललिपप दिइको छ। समस्या जहाँको तहीँ छ, व्यवहार र शैली जस्ताको तस्तै छ । तर पनि ओली अझै गज्जब तुरुप प्रयोग गरिरहेकै छन्। 

प्रचण्डले के गर्लान्?
गणतन्त्रका लागि करिब ४ दशक संघर्ष गरेर यहाँसम्म आएका प्रचण्डलाई समयले जटिल मोडमा पु¥याएको छ। धम्कीको भरमा सत्ता–सरकार कब्जा गरेका ओलीलाई पार्टी मातहतमा ल्याउन जरुरी छ। सरकार सञ्चालनका सन्दर्भमा ओलीलाई पार्टीसँग समन्वय गरेर जाने बनाउनु छ। विभिन्न महत्वपूर्ण नियुक्तिहरु सोचविचार गरेर पार्टी नेतृत्वसँग विमर्श गरेर गर्ने गराउनु छ। सबै बहस र छलफल ओलीलाई विधि र प्रकृयाभित्र ल्याउन केन्द्रित छन्।

तर ओलीले कोभिड–१९, राष्ट्रवादी छवि र राष्ट्रपति दाहिना हुनुलाई आफूअनुकूल प्रयोग गर्ने र अरुलाई सिध्याउने प्रपञ्चमा लागेका छन्। अब प्रचण्डले राजनीतिक क्षेप्यास्त्र प्रयोग नगरी नहुने भएको छ, जसले बालुवाटार र शीतलनिवासको गरिमा कायम गराउने छ। 

शितल निवास पुर्‍याएर प्रचण्डलाई जबजको विचार बोक्न लगाउने ओली र राष्ट्रपति  दुवै नैतिक रूपमा पतन भइसकेका पात्र हुन्। राष्ट्रपति पक्षपाती नभए हुन्थ्यो।  जुन कुरा एकता प्रक्रियासँग जोडिएको छ र महाधिवेसनमा गएर टुङ्ग्याउनु पर्ने छ, त्यो बालुवाटार र शीतलनिवासको बन्द कोठामा मिलाउन खोज्नु राजनितिक स्खलनको उदाहरण हो। 

आगामी दिनमा आफू अध्यक्ष र प्रधानमन्त्री हुने सम्झौता गरेर सरकार र पार्टी गतिशील बनाउन पहल गर्नुपर्छ। यो प्रचण्डको आँटमा भर पर्छ। 

प्रचण्डसामु धेरै विकल्प छन्। प्रचण्डले ओलीको अहम् र घमण्ड नियन्त्रण गर्न लोकतन्त्र र गणतन्त्रको ठेकेदारबाट गलहत्याउनु पर्छ। अब एकता प्रक्रिया पूरा गर्दै पार्टीको नेतृत्व लिने तयारी गर्नैपर्छ। फेरि यो ओलीको कारणले दीर्घकालीन तरिकाले असम्भव पनि देखिन्छ किनभने ओली पूर्व एमाले र पूर्व माओवादी भनेर कित्ताकाट गर्ने अहङ्कारी नेता हुन्। 

प्रचण्डले पहिला जारी बैठक र छलफलमार्फत् आफू महाधिवेशनबाट सर्वसम्मत पार्टी अध्यक्ष र भावी प्रधानमन्त्रीको रूपमा मात्र सम्झौता गर्नुपर्छ। यसका लागि समय छ। यो विवादको घेरामा परेको असफल सरकार यसै छाड्ने हो भने अर्को चुनावमा जनमत अन्तै जान सक्छ। आगामी दिनमा आफू अध्यक्ष र प्रधानमन्त्री हुने सम्झौता गरेर सरकार र पार्टी गतिशील बनाउन पहल गर्नुपर्छ। यो प्रचण्डको आँटमा भर पर्छ। 

दोश्रो कार्यकारी अध्यक्षको रूपमा स्थायी कमिटीमार्फत् ओलीलाई कारबाही गराउने र त्यसपछि नेपाल समूहसँग मिलेर कांग्रेस र जनता समाजवादी पार्टी समावेश गरेर सरकारको नेतृत्व गर्ने। ओलीले विधि, पद्धति र पार्टी निर्णय मान्दिनँ भनेर भनिरहेका सन्दर्भमा अब ओलीलाई बालुवाटारमा राख्नु गम्भीर भूल हुन्छ। त्यसैले ओलीका सीमाहरू भित्रबाटै अन्तिम प्रहार नगर्ने हो भने अवस्था बिग्रन सक्छ। 

प्रचण्डले बुझ्नु पर्ने कुरा के हो भने एकता गलत विचार प्रवृत्ति र नेतृत्व रक्षाका निमित्त हुन सक्दैन। ओलीले आमरूपमा बढी सहानुभूति पाएको भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा कूटनीतिक हिसाबले इतिहासकै कमजोर प्रधानमन्त्री हुन्। ओलीलाई कांग्रेस र जनता समाजवादी पार्टीसँग त सम्बन्ध बनाउने हैसियत छैन भने भारत, चीन र अमेरिकासँग शक्ति सन्तुलन मिलाएर जाने कुरा असम्भव छ। त्यसका लागि केही महिना व्यग्र प्रतिक्षा गर्नु आवश्यक छ। कोभिड–१९ नियन्त्रणमा आएर दैनिक जीवन सहज हुने बेलासम्म प्रचण्डले ओलीसँग छलफल नगर्नु नै जायज हुन्छ।

प्रचण्डले शान्ति प्रक्रियाको एउटा हिस्साको रूपमा नेपाली कांग्रेससँग सहकार्य अगाडि बढाउनु पर्दछ। गणतन्त्रको रक्षा गर्न शेरबहादुर देउवासँग पहलकदमी लिनु पर्दछ। ओलीको सम्भावित गलत कदम रोक्न नेपाली कांग्रेससँग सहकार्य आवश्यक छ। प्रचण्डले कांग्रेसलाई विश्वासमा लिएको खण्डमा ओलीलाई संकटकाल र मध्यावधिजस्ता अराजनीतिक र असंवैधानिक काम गर्न पूर्णरूपमा असहज हुन्छ। अतः लोकतन्त्र बचाउन कांग्रेस नेतृत्वसँग प्रचण्डको निरन्तर संवाद आवश्यक छ। 

गणतन्त्र, संघीयता, धर्म निरपेक्षजस्ता आधारभूत परिवर्तनलाई संस्थागत विकास गर्न प्रचण्डले सबैभन्दा पहिला ओली र ओली समूहलाई त्याग्नु पर्दछ। या त ओली रुपान्तरण हुनु पर्दछ। ओलीको यो शैली अधिनायकवादसँग पुरै मिल्छ। यसले विधिको शासनलाई लत्याएको अवस्था छर्लङ्ग छ। अतस् ओलीको विस्थापनमा मात्र परिवर्तन संस्थागत हुने वातावरण बन्ने अवस्था छ, किनभने ओली व्यक्तिगत रूपमा घमण्ड र अहंकारका ‘ककटेल’ हुन् यिनीबाट लोकतन्त्र सधैं खतरामा छ भनेर जसपा नेता डा बाबुराम भट्टराईले भनिसकेका छन्। अब पनि ओली विधि र प्रक्रियामा आउँछन् भनेर छलफल गर्नु बेकार छ। 

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्