• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गत आवभित्र उत्पादन लक्ष्य राखेका ९८३ मेगावाटका २३ आयोजना पूरा भएनन्

एक वर्षमा १६ आयोजनाबाट १ सय ४९ मेगावाट विद्युतमात्रै थपियो
64x64
हेमन्त जोशी शुक्रबार, साउन २३, २०७७  ०७:२७
1140x725

काठमाडौं-गत आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न भइसक्ने लक्ष्य राखेका ९ सय ८३ मेगावाट उत्पादन क्षमताका २३ जलविद्युत आयोजनाले व्यावसायिक उत्पादनको लक्षित मिति गुजारेका छन। तोकिएको समयमा विकास आयोजनामा निर्माण सम्पन्न गर्न नसक्ने परिपाटीलाई यसवर्ष कोभिड-१९ महामारीले पनि गतिलो बहाना दिएको छ। अघिल्लो आर्थिक वर्षमै निर्माण सम्पन्न भईसक्ने लक्ष्य लिएका बाहेक गत आर्थिक वर्ष अरु आयोजना प्रसारण लाईनमा जोडिएनन्।

जलविद्युत र ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मार्ने भन्दै सरकारले १० वर्षे दीर्घकालिन रणनीति बनाएर २०७५-२०८५ लाई ‘ऊर्जा विकास दशक’ का रुपमा मनाउने घोषणा गरेको छ।  यसअनुसार सरकारले पहिलो ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। तर ऊर्जा दशक अभियानको सुरुवाती २ वर्षमा भने लक्ष्यअनुसार विद्युत उत्पादन हुन सकेको देखिदैन। 

ऊर्जा विकास दशकको पहिलो वर्ष अर्थात् आर्थिक वर्ष २०७५/७६ मा करिब ५ सय मेगावाट बराबर विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिने अनुमान गरिएको थियो। करिब २ दर्जन जलविद्युत आयोजनाले निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाईनमा जोडिने प्रतिबद्धता पनि जनाएका थिए। तर निजी क्षेत्रका ८ वटा आयोजनाबाट ४८ मेगावाट र सरकारी लगानीको माथिल्लो त्रिशुली थ्री-ए को एउटा युनिटबाट ३० मेगावाट गरी ७८ मेगावाट विद्युतमात्रै राष्ट्रिय प्रणालीमा थपियो। 

त्यस्तै, ऊर्जा विकास दशकको दोश्रो वर्ष अर्थात् गत आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रबाट १ सय ३५ मेगावाट क्षमता बराबरका १५ वटा र सरकारी स्वामित्व रहेको १४ मेगावाटको कुलेखानी-३ जलविद्युत आयोजनाले मात्रै व्यावसायिक उत्पादन सुरु गर्न सफल भएका छन्। जबकि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न प्रतिबद्धता जनाएका आयोजनाका अतिरिक्त २३ वटा आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो। लक्षित समयभित्रै सम्पन्न भएको भए ती आयोजनाबाट ९ सय ८३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिन्थ्यो। 

दोलखा जिल्लामा निर्माणाधीन ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना गत आर्थिक वर्षमा संचालनमा आउने लक्ष्य लिईएको सबैभन्दा ठूलो आयोजना हो। याे आयोजना गत डिसेम्बरभित्रमै निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो। तर उक्त आयोजना अझै सम्पन्न भईसकेको छैन। 

त्यस्तै, १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी, ८२ मेगावाटको तल्लो सोलु र ४२ मेगावाटका दुईवटा आयोजना साञ्जेन र मिस्त्री खोला जलविद्युत आयोजना गत आर्थिक वर्षमै निर्माण सम्पन्न भएर सञ्चालनमा आउने लक्ष्य राखिएका ठूला आयोजनाहरु हुन्। जबकि यी कुनै पनि आयोजना हालसम्म निर्माण सम्पन्न भईसकेका छैनन्। 

४० मेगावाट क्षमताको कोशी खोला-१, ३६ मेगावाटको अपर बलेफी-ए, ३० मेगावाटको खानीखोला र २७ मेगावाटको दोर्दीखोला आयोजनाले पनि उत्पादन लक्ष्य गुजारेका छन्। यी आयोजनाले पनि व्यावसायिक उत्पादन सुरु गरिसकेका छैनन्। २५ मेगावाटको माथिल्लो दोर्दी, १६ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १२ मेगावाटको माथिल्लो खिम्ती र ११ मेगावाटको तल्लो खारे जलविद्युत आयोजनाको अवस्था पनि उस्तै छ। यी आयोजना पनि व्यावसायिक उत्पादनको चरणमा पुगिसकेका छैनन्। 

गत आर्थिक वर्षमा निर्माण सम्पन्न भईसक्ने लक्ष्य राखेका १० मेगावाट क्षमताभन्दा साना आयोजनाहरुमा समान ५ मेगावाट उत्पादन क्षमता रहेका पिखुवा खोला, टाडी खोला, जुनबेशी, खोरुङ्गा खोला, तल्लो टाडी र रुकुमगाड आयोजनाले पनि व्यावसायिक विद्युत उत्पादनका लागि राखेको लक्ष्य गुजारेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गत वर्ष कुनकुन आयोजना थपिए? 

गत आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाहरु अघिल्लो आर्थिक वर्ष उत्पादन लक्ष्य राखेका आयोजना हुन्। जसमा २२ मेगावाटको तल्लो हेवा खोला, २५ मेगावाटको काबेली बी-१ र २३ मेगावाट सोलु खोला जलविद्युत आयोजना तुलनात्मक रुपमा ठूला आयोजना हुन्।

७ मेगावाटको अपर मार्दी, ९ दशमलव ९ मेगावाटको इवाखोला, ८ मेगावाटको अपर नौगाड, ४ दशमलव ८ मेगावाटको पदम खोला, ६ दशमलव ६ मेगावाटको रुदीखोला बी, ५ मेगावाटको घलेम्दी खोला, ७ दशमलव ५ मेगावाटको अपर खोरुंगा, ९ दशमलव ६ मेगावाटको सुपर माई-ए र ३ दशमलब ८ मेगावाटको सुपर माई  कास्केड आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन्।

६ सय किलोवाटको सानो झाँक्रीखोला आयोजना र ९ सय ९७ किलोवाटको लोअर छोटेखोला जलविद्युत आयोजना पनि गत वर्ष निर्माण सम्पन्न भएका आयोजना हुन्। १४ मेगावाट उत्पादन क्षमताको कुलेखानी ३ पनि गत वर्ष प्रसारणलाईनमा जोडिएको हो। 

Xtrem

Xtrem

उत्पादन मिति गुजारेकाबाहेक यसवर्ष निर्माण सम्पन्न लक्ष्य राखिएका आयोजना

ऊर्जा विकास दशकले लिएको लक्ष्यअनुसार चालु आर्थिक वर्ष २०७७/७८ का लागि भने ४ सय ५५ मेगावाट कुल उत्पादन हुने गरी ३० वटा जलविद्युत आयोजना सञ्चालनमा आउने लक्ष्य राखिएको छ। यद्यपि, गत आर्थिक वर्षमा निर्माण सम्पन्नकाे लक्ष्य राखिएका आयोजनाहरु पनि चालु आर्थिक वर्षमै सरेका छन्।

अघिल्ला २ आर्थिक वर्षका आयोजनाको निर्माण सम्पन्न गर्ने मिति सरेर यही वर्ष पुग्दा १ हजार ५ सय मेगावाट भन्दा बढी उत्पादन क्षमताका आयोजनाले यसै वर्ष उत्पादन सुरु गर्ने लक्ष्य राखेका छन।

आयोजना समयमै बनेको भए १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजना चालु आर्थिक वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको सबैभन्दा ठूलो आयोजना बन्थ्यो। तर यसवर्ष पनि यो आयोजनामा बाढीले क्षति पुर्‍याएपछि लक्षित विद्युत उत्पादन मिति पनि पर सर्ने देखिएको छ। त्यसबाहेक ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु-४, ३० मेगावाटको न्यादी खोला, ५० मेगावाटको सुपर दोर्दी–ख, २४ मेगावाटको खारे खोला र २३ मेगावाटको बलेफी जलविद्युत आयोजना पनि चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

नेपालमा जलविद्युत आयोजना बनाउनका लागि समय र खर्च दुवै बढी लाग्ने (टाइम ओभर रन एण्ड कस्ट ओभर रन) समस्या विगत देखिकै हो। समयमा आयोजना निर्माण सम्पन्न गरेर व्यावसायिक उत्पादन सुरु गर्ने आयोजना औंलामा गन्न पनि मुस्किल छ।

सरकारी र निजी दुवै क्षेत्रका जलविद्युत आयोजनामा निर्माण कार्यमा हुने ढिलासुस्ती नै लक्षित समयावधिमा सम्पन्न हुन नसक्नुको प्रमुख कारण रहेको जलविद्युत क्षेत्रका विज्ञहरु बताउँछन्। 

नेपाल विद्युत प्राधिकरणले हालसम्ममा ६ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन क्षमता रहेका करिब साढे ३ सय आयोजनासँग विद्युत खरीद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ। तीमध्ये अधिकांश आयोजना ऊर्जा विकास दशक अर्थात् आगामी १० वर्षभित्रै सञ्चालनमा आईसक्ने अनुमान छ। २०५२ माघ १ गते हिमाल हाईड्रो लिमिटेडले गोरखा जिल्लामा बनाएको ६० मेगावाट उत्पादन क्षमता रहेको खिम्तीखोला जलविद्युत आयोजनासँग पहिलोपटक पिपीए सम्झौता गरेको थियो। त्यसपछि हालसम्ममा पिपीए सम्झौता भएका करिब १ सय आयोजना सञ्चालनमा आईसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्