• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कसरी लिने उपचार खर्च? कति पाइन्छ?

64x64
निर्मला घिमिरे मंगलबार, साउन १३, २०७७  ११:०५
1140x725

काठमाडौं-तपाईं सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुभएको छ? हुनुभएको छ र बिरामी पर्नु भयो भने तपाईँले कोषबाट उपचार खर्चबापत वर्षमा बढीमा १ लाखसम्म पाउनु हुनेछ। तर उपचारबापतको रकम दाबी गर्न तपाईँले कोषमा न्यूनतम ३ महिना योगदान गरेको हुनुपर्नेछ। 

कोषमा योगदान गरिरहेका श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य सुविधा कसरी लिने त? 
 औषधि उपचार तथा स्वास्थ्य सुविधावापतको दाबी रकम लिने प्रकृया अप्ठ्यारो भने छैन। तपाईँ बिरामी पर्नु भयो भने नजिकैको जुनसुकै अस्पतालमा उपचार गराउन सक्नु हुन्छ। औषधि उपचार तथा स्वास्थ्य सुविधाबापतको दाबी रकम लिन सामाजिक सुरक्षा कोषको वेबसाइट www.ssf.gov.np मा रहेको औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनाको सुविधा दाबी फारम भर्नुपर्ने हुन्छ ।

दाबी फारमसँगै बिरामी भएको  विवरण, अस्पतालको प्रेस्क्रिप्सन, औषधि तथा उपचार खर्चका सक्कल बिल, सामाजिक सुरक्षा कोषबाट प्राप्त कार्डसहित कोषमा आवेदन पेस गर्नुपर्ने हुन्छ। 

आवेदन प्राप्त भएपछि कोषले कागजात चेकजाँच गर्छ। सबै कागजात सक्कल भएमा वा बिरामी भएको प्रमाणित भएमा कोषले उपचारबापतको कुल दाबी रकमको ८० प्रतिशत रकम तपाईँको बैंक खातामा १ हप्तादेखि १५ दिनभित्र जम्मा गरिदिन्छ। 

कोषमा सूचीकृत श्रमिकहरुले के कस्ता दावी गर्न सक्छन्?
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकहरुले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा दाबीसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, आश्रित परिवार तथा उपदानका लागि दाबी गर्न सक्छन्। 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षासम्बन्धी योजनामा के–के छन् सुविधा?
कोषमा योगदान गर्ने श्रमिकले औषधि उपचारको हकमा एक वर्षमा बढीमा एक लाख रुपैयाँ पाउँछन्। योगदानकर्ताले यो सुविधा लिन कुल दाबी रकमको २० प्रतिशत आफैं खर्च बेहोर्नुपर्छ। यसको अर्थ १ लाख रुपैयाँ खर्च भएको दाबी गर्दैगर्दा कोषबाट ८० हजार रुपैयाँ पाइन्छ भने २० हजार आफैं खर्च गर्नुपर्ने हुन्छ।

तर, १ लाख २५ हजारको खर्च भएको छ भने उसले १ लाख रुपैयाँ बराबरको सुविधा पाउँछन्। तर, यसका लागि श्रमिकले योगदान गर्न थालेको समयदेखि ३ महिना भएको हुनपर्नेछ भने योगदान गर्न छोडेको ३ महिनापछि भने यो सुविधा पाउँदैन।

यसैगरी यी योजनाअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेक योगदानकर्ताले चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम वार्षिक ५० हजार रुपैयाँसम्म पाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

मातृत्व सुरक्षासम्बन्धी योजनामा के–के सुविधा  पाउँछन्?
औषधि उपचारभित्र नै मातृत्व सुरक्षाको विषय समावेश गरिएको छ। यो योजनामा महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत तलबको ३८ दिनको एकमुष्ट तलबको ६० प्रतिशत रकम पारिश्रमिकका रुपमा सुत्केरीले पाउँछिन्।

यो सुविधा कर्मचारी भएको हकमा पाइने हो। कर्मचारी नभएको हकमा भने शिशु स्याहार भनेर एक महिनाको आधारभूत तलबको सुविधा सुत्केरीले पाउँछिन्। शिशु स्याहारबापतको सुविधा पुरुष श्रमिक योगदानकर्ता भएको हकमा हो। तर, श्रीमान–श्रीमती नै योगदानकर्ता भएको हकमा भने एकतर्फबाट मात्रै सुविधा लिन पाउनेछन्।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा के सुविधा पाउँछन् श्रमिकले?
योगदानमा आधरित सामाजिक सुरक्षा कोषले ल्याएको दोस्रो स्किम भनेको दुर्घटना तथा अशक्तता सुरक्षा योजना हो। यसले दुई वटा कुरालाई विशेष प्राथमिकता दिएको छ। दुर्घटनावापतको सुविधा र अशक्तताबापतको सुरक्षा।

दुर्घटना तथा अशक्तताभित्र अफिसियल कामको सिलसिलामा भएको दुर्घटनाको हकमा उपचार गर्दा सम्पूर्ण खर्च कोषले बेहोर्छ। अफिसको कामको सिलसिलाभन्दा बाहिर भएको दुर्घटनाको हकमा भने ७ लाख रुपैयाँसम्मको उपचार खर्च कोषले बहोर्छ। यो सुविधा भने योगदानमा आधारित भएको दिनदेखि सुरु हुनेछ। योगदान गर्न छाडेपछि यो सुविधा पाइँदैन।

तर, रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी रुपमा पूर्ण असक्षमता भएको योगदानकर्ताले भने आधारभूत तलबको ६० प्रतिशत रकम मासिक रुपमा काममा नफर्कंदासम्म पाउँछन्। स्थायी रुपमा असक्षमता भएको अवस्थामा भने उसले पाउँदै आएको पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण सुविधा मासिक रुपमा पाउनेछ।

आश्रित परिवार सुरक्षा योजनाका सुविधा के–के छन्?
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले ल्याएको तेस्रो स्किम आश्रित सुरक्षा योजना हो। यो योजनाभित्र पनि ४ वटा क्षेत्र रहेका छन्। पति वा पत्नीले पाउने निवृत्तीभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति, आश्रित बाबुआमाले पाउने सुविधा र अन्तिम संस्कार (किरिया) खर्च।

जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको श्रीमान् तथा श्रीमतीले योगदानकर्ताको अन्तिम आधारभूत तलबको ६० प्रतिशत रकम आजीवन पाउनेछन्।

योगदानकर्ताको जनुसुकै कारण मृत्यु भएपछि उसको आश्रितले कोषमा जम्मा भएको रकम र त्यसको प्रतिफल प्रक्रिया पूरा गरे निकाल्न पाउँछन्। योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रितले जीवनभर नै पाउनेछन्। तर
योगदानकर्ताको मृत्युपछि आश्रित सुविधा लिएको पुरुष वा महिलाले अर्कोसँग विवाह गरेमा  उसले पाउँदै आएको आश्रित सुविधा स्वतः कटौती हुन्छ। 

योगदानकर्ताको मृत्यु भएको अवस्थामा उसको बच्चाले १८ वर्ष उमेर पूरा नहुँदासम्म शैक्षिकवृत्तिबापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत मासिक रूपमा र दुई वा दुईभन्दा बढी सन्तान रहेको हकमा ६० प्रतिशत रकमलाई दामासाही उपलब्ध हुनेछ।

यदि कुनै सन्तति निरन्तर अध्ययनमा छ भने २१ वर्षसम्म यो सुविधा पाउँछन्। यसमा पनि विवाह भएमा वा अध्ययन सकिएमा भने यो सुविधा पाउने छैनन्। 

योगदानकर्ता अविवाहित भए उसले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेको थियो भने योगदान गरेको रकमको एकमुष्ट रकम उसका बाबुआमाले पनि निकाल्न पाउँछन्। मृत्यु भएको अन्तिम महिनाको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम उसको आश्रित सदस्य बुबाआमाले पाउँछन्। 

बाबुआमा दुवै जीवित भएको अवस्थामा भने यस्तो रकम बराबरी पाउँछन्। तर, बाबुआमाको पनि वैकल्पिक रोजगारी रहेको र निजले अन्यत्रबाट यो योजनाबाट भन्दा बढी  सुविधा पाउने रहेछन् भने यो सुविधा पाउने छैनन्।

जस्तोः एक महिनामा १० हजार योगदान गर्ने गरेको छ र आज रकम जम्मा गरेको छ, भोलि मृत्यु भएको छ भने श्रमिकको आश्रितले आजीवन ६० प्रतिशत अर्थात् ६ हजार रुपैयाँ पाउनेछन्।

अन्तिम संस्कार खर्च कसरी पाइन्छ?
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको जुनसुकै अवस्थामा मृत्यु भए पनि अन्तिम संस्कार खर्च पाउने ग्यारेन्टी गरिएको छ। यो योजनामा योगदानकर्ताको मृत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी वा अस्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा पनि निजको परिवारले अन्तिम संस्कार खर्चबापत २५ हजार रुपैयाँ एकमुष्ट पाउँछन्।

यस्ता छन् वृद्ध अवस्था सुरक्षा योजनामा सुविधा

वृद्ध अवस्था सुरक्षा योजना भनेको काम गर्ने उमेरमा बचत गरेको रकम काम गर्ने नसक्ने उमेरमा मासिक रुपमा आफूले गरेको योगदानको आधारमा पाउने सुविधा हो।

यसमा कुनै श्रमिकको रोजगारदाताले आधारभूत पारिश्रमिकको १० प्रतिशत सुरक्षा कोषमा पठाउने रकम र उपदान खर्चको ८ दशमलब ३३ प्रतिशतसमेत गरी १८ दशमलव ३३ प्रतिशत रकम र श्रमिकको तर्फबाट सुरक्षा कोषमा जाने १० प्रतिशत योगदान रकम गरी कुल २८ दशमलव ३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्थामा सुरक्षा योजना सञ्चालन गर्छ।

यो योजना अन्तर्गत २ वटा अफर छन्। पहिलो अफर हो, निवृत्तिभरण ९पेन्सन० योजना र अर्को अवकाश सुविधा योजना। तर, २०७६ असार मसान्तपछि रोजगारीमा आएका श्रमिकले भने विद्यमान कानुन अनुसार अनिवार्य रूपमा पेन्सनमा जानुपर्छ। तर, २०७६ असार मसान्तभन्दा अगाडि नै रोजगारीमा आएकाहरूले भने दुईमध्ये एक अफर रोज्न पाउनेछन्।

यसको अर्थ २०७६ असार मसान्तअघि नै रोजगारीमा आएकाले योगदान गरेको रकम र त्यसको प्रतिफल एकपटक एकमुष्ट लिन पनि पाउँछन्। योसँगै श्रमिकले मासिक रुपमा पेन्सन लिन्छु भन्न पनि पाउँछन्। तर, २०७६ असार मसान्तपछि रोजगारीमा आएकाले भने एकमुष्ट रकम लिन पाउँदैनन्।

वृद्ध अवस्थाको सुविधा लिन श्रमिकले केके गर्नुपर्छ?
यो योजनामा सहभागी हुन सबैभन्दा पहिले श्रमिकले काम गरेको कम्पनी नै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्छ। कम्पनी सूचीकृत भएसँगै श्रमिक पनि सूचीकृत हुनुपर्ने हुन्छ।

श्रमिक सूचीकृत भएपछि न्यूनतम १५ वर्ष अर्थात् १ सय ८० महिना कोषमा योगदान गरेको हुनुपर्छ। व्यक्ति आफैं पनि एकल रुपमा यसमा सूचीकृत हुन सक्छ। साथै कुनै कम्पनीमा काम छोडेको अवस्थामा पनि व्यक्ति स्वयंले कोषमा रकम दाखिला गर्न सक्नेछ। यसरी कोषमा श्रमिकले पाउँदै आएको आधारभूत तलबको ३१ प्रतिशतमध्ये २८ दशमलव ३३ प्रतिशत रकम प्रयोग हुन्छ। 

यसको अर्थ योगदानकर्ताले कोषमा जम्मा गरेको रकम र त्यसको प्रतिफललाई एकमुष्ट मानेर त्यसलाई १ सय ८० ले भाग गरेर आउने भागफल रकम नै मासिक रुपमा पेन्सन प्रदान गर्ने हो। सामान्यतः एउटा श्रमिकले गरेको योगदान र त्यसको प्रतिफल ३० लाख रुपैयाँ भएको छ भने उक्त रकम ६० वर्षको उमेरपछि त्यसलाई १ सय ८० ले भाग गरेर मासिक रुपमा पेन्सन दिइन्छ।

अवकाश सुविधा योजना कसले कस्तो अवस्था पाउँछन्?
यो पनि ६० वर्षपछि नै लिन पाउने वृद्ध अवस्थामा सुरक्षा योजना अन्तर्गतको एउटा पाटो हो।२०७६ असार मसान्तअघि नै रोजगारीमा आएका श्रमिकले मात्रै यो योजनामा सहभागी हुन पाउँछन्।

साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले केही समय योगदान गरी बीचमै छाडेको अवस्थामा पनि ६० वर्षको उमेर भएपछि योगदान गरेको रकम र त्यसको प्रतिफल एकमुष्ट लिन पाउनेछन्। यसमा पनि श्रमिकले योगदान गरेको रकम र प्रतिफललाई पेन्सनको रुपमा लिन चाहे पनि लिन पाउँछन्।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्