• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

उपभोक्ता बढे तर छैन बजारमा खोजेजस्तो मोबाइल

64x64
निर्मला घिमिरे सोमबार, साउन १२, २०७७  १९:३२
1140x725

काठमाडौं- रामेछापका रोजन श्रेष्ठ मोबाइल किन्न साेमबार बिहान ११ बजेतिर न्यूरोड पुगे। आफूले खोजेको मोबाइल किन्न उनले न्यूरोडका केही पसल चहारे। तर खोजेको जस्तो कतै पाएनन्। ‘रियल मी-६' मोडलको मोबाइल किन्न खोजेको। ४/५ वटा पसल चहारी सकेँ। खोजेको  मोडलको मोबाइल नै पाएको छैन,’ रोजनले भने।

कीर्तिपुरबाट मोबाइल किन्न न्युरोड पुगेकी प्रशन्ना थापा 'सामसुङ एम-२१' मोडलको मोबाइल खोजिरहेकी थिइन्। आधा घण्टासम्म मोबाइल खोज्दै हिंड्दा पनि उनले खोजेको मोबाइल भेटिनन्। ‘पुरानो मोबाइल रहर पुग्यो। नयाँ बोकौँ भनेको। खोजेजस्तो भेटेकै छैन,’ थापाले नेपाल लाइभसँग गुनासो गरिन्। 

४ महिना ठप्प भएर खुलेका मोबाइल पसलमा पछिल्लो समय उपभोक्ताहरु बाक्लिएका छन्। तर उनीहरुले खोजेजस्तो मोबाइल बजारमा पाउन मुस्किल पर्न थालेको छ। न्युरोडका मोबाइल व्यापारी प्रदीप बानियाँ लकडाउनपछि मोबाइल उपभोक्ताहरु बढेको बताउँछन्।

सामान्य अवस्थामा दैनिक जसो उनको सोरुमबाट १० देखि १५ वटासम्म मोबाइल बिक्री हुन्थ्यो भने अहिले दैनिक २५ देखि ३० वटासम्म मोबाइल बिक्री भइरहेको छ। ‘पछिल्लो समय विद्यार्थीहरुलाई अनलाइन कक्षाका लागि मोबाइल नभई नहुने भयो। त्यसले गर्दा मोबाइलको व्यापार पनि बढ्यो। तर, खोजेको सबै सामान छैन,’ उनले सुनाए।

उनको मोबाइल सोरुममा एमआई ब्रान्डको मोबाइल खोज्न धेरै ग्राहक आउँछन्, तर त्यो ब्रान्डको कुनै मोडलको मोबाइल पनि उनको सोरुममा छैन। ‘एमआई ब्रान्डको मोबाइल खोज्न आउने सबैलाई फर्काउनु परेको छ। नयाँ मोडलको मोबाइल छैन। पहिले ल्याएर राखेको मोबाइलहरु बेच्दैछु,’ व्यापारी बानियाँले नेपाल लाइभसँग भने। अन्य ब्रान्डका पनि उपभोक्ताहरुले खोजेजस्तो मोडलको मोबाइल आफ्नो सोरुममा नभएको उनले बताए।

Ncell 2
Ncell 2

न्यूरोडकै अर्की व्यापारी आशा धिमाल पनि सामान्य अवस्थाभन्दा अहिले मोबाइल फोनको व्यापार बढेको बताउँछिन्। ‘अरु बेला महिनामा ६० वटा मोबाइल बिक्री हुन्थ्यो। अहिले लकडाउनपछि १४० वटा मोबाइल बिक्री भइसक्यो,’ उनले भनिन्। तर, आफूसँग उपभोक्ताको मागअनुसारको सामान नभएको उनी बताउँछिन्। ‘मेरो सोरुममा रियलमी कम्पनीका मोबाइलहरु मात्रै छन्। तर त्यसमा पनि उपभोक्ताले खोज्ने जति सबै मोडलका मोबाइल छैनन्,’ धिमालले भनिन्।

न्यूरोडका अधिकांश व्यापारीहरुले बजार खुलेसँगै उपभोक्ता बढेको तर बजारमा सामानको अभाव भएको बताएका छन्। अन्तर्राष्ट्रिय उडान ठप्प भएसँगै बजारमा मागअनुसार मोबाइलको आयात हुन नसकेको व्यापारीहरुको भनाई छ। ‘अर्डर गरेको सामान पनि पहिले एक हप्तामा आउँथ्यो भने अहिले एक महिनामा पनि आउँदैन। पुरानो स्टक रहेको सामान बेचेर बस्नुपरेको छ,’ व्यवसायी गोनित शाक्य भन्छन्। 

किन बढ्यो मोबाइलको व्यापार? 
मोबाइल पछिल्लो समय मानिसहरुका लागि अत्यावश्यक भइसकेको छ। लकडाउनका कारण विद्यालयहरु सञ्चालनमा नआउँदा अनलाइन कक्षाका लागि पनि मोबाइलको प्रयोग हुने गरेकाे छ। यसले पनि मोबाइलका उपभोक्ता बढेको पाइएको छ। त्यस्तै छलफल, वेबिनारसमेत अनलाइनबाटै हुन थालेपछि मोबाइल उपभोक्ता बढेका हुन्। सामान्य अवस्थामा मोबाइल किन्न सीमा पारी पुग्नेहरुलाई पनि अहिले सीमा पारी पुग्न असहज हुँदा मोबाइलको व्यापार बढेको व्यापारीहरु बताउँछन्।

पछिल्ला वर्ष मोबाइलको आयात बढ्दै गइरहेको छ। आर्थिक वर्ष २०७६/७७ मा मा ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल सेट आयात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ। यसबाट सरकारलाई २ अर्ब ८७ करोड राजश्व आम्दानी भएको छ। 

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्