• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

उपभोक्ता बढे तर छैन बजारमा खोजेजस्तो मोबाइल

64x64
निर्मला घिमिरे सोमबार, साउन १२, २०७७  १९:३२
1140x725

काठमाडौं- रामेछापका रोजन श्रेष्ठ मोबाइल किन्न साेमबार बिहान ११ बजेतिर न्यूरोड पुगे। आफूले खोजेको मोबाइल किन्न उनले न्यूरोडका केही पसल चहारे। तर खोजेको जस्तो कतै पाएनन्। ‘रियल मी-६' मोडलको मोबाइल किन्न खोजेको। ४/५ वटा पसल चहारी सकेँ। खोजेको  मोडलको मोबाइल नै पाएको छैन,’ रोजनले भने।

कीर्तिपुरबाट मोबाइल किन्न न्युरोड पुगेकी प्रशन्ना थापा 'सामसुङ एम-२१' मोडलको मोबाइल खोजिरहेकी थिइन्। आधा घण्टासम्म मोबाइल खोज्दै हिंड्दा पनि उनले खोजेको मोबाइल भेटिनन्। ‘पुरानो मोबाइल रहर पुग्यो। नयाँ बोकौँ भनेको। खोजेजस्तो भेटेकै छैन,’ थापाले नेपाल लाइभसँग गुनासो गरिन्। 

४ महिना ठप्प भएर खुलेका मोबाइल पसलमा पछिल्लो समय उपभोक्ताहरु बाक्लिएका छन्। तर उनीहरुले खोजेजस्तो मोबाइल बजारमा पाउन मुस्किल पर्न थालेको छ। न्युरोडका मोबाइल व्यापारी प्रदीप बानियाँ लकडाउनपछि मोबाइल उपभोक्ताहरु बढेको बताउँछन्।

सामान्य अवस्थामा दैनिक जसो उनको सोरुमबाट १० देखि १५ वटासम्म मोबाइल बिक्री हुन्थ्यो भने अहिले दैनिक २५ देखि ३० वटासम्म मोबाइल बिक्री भइरहेको छ। ‘पछिल्लो समय विद्यार्थीहरुलाई अनलाइन कक्षाका लागि मोबाइल नभई नहुने भयो। त्यसले गर्दा मोबाइलको व्यापार पनि बढ्यो। तर, खोजेको सबै सामान छैन,’ उनले सुनाए।

उनको मोबाइल सोरुममा एमआई ब्रान्डको मोबाइल खोज्न धेरै ग्राहक आउँछन्, तर त्यो ब्रान्डको कुनै मोडलको मोबाइल पनि उनको सोरुममा छैन। ‘एमआई ब्रान्डको मोबाइल खोज्न आउने सबैलाई फर्काउनु परेको छ। नयाँ मोडलको मोबाइल छैन। पहिले ल्याएर राखेको मोबाइलहरु बेच्दैछु,’ व्यापारी बानियाँले नेपाल लाइभसँग भने। अन्य ब्रान्डका पनि उपभोक्ताहरुले खोजेजस्तो मोडलको मोबाइल आफ्नो सोरुममा नभएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

न्यूरोडकै अर्की व्यापारी आशा धिमाल पनि सामान्य अवस्थाभन्दा अहिले मोबाइल फोनको व्यापार बढेको बताउँछिन्। ‘अरु बेला महिनामा ६० वटा मोबाइल बिक्री हुन्थ्यो। अहिले लकडाउनपछि १४० वटा मोबाइल बिक्री भइसक्यो,’ उनले भनिन्। तर, आफूसँग उपभोक्ताको मागअनुसारको सामान नभएको उनी बताउँछिन्। ‘मेरो सोरुममा रियलमी कम्पनीका मोबाइलहरु मात्रै छन्। तर त्यसमा पनि उपभोक्ताले खोज्ने जति सबै मोडलका मोबाइल छैनन्,’ धिमालले भनिन्।

न्यूरोडका अधिकांश व्यापारीहरुले बजार खुलेसँगै उपभोक्ता बढेको तर बजारमा सामानको अभाव भएको बताएका छन्। अन्तर्राष्ट्रिय उडान ठप्प भएसँगै बजारमा मागअनुसार मोबाइलको आयात हुन नसकेको व्यापारीहरुको भनाई छ। ‘अर्डर गरेको सामान पनि पहिले एक हप्तामा आउँथ्यो भने अहिले एक महिनामा पनि आउँदैन। पुरानो स्टक रहेको सामान बेचेर बस्नुपरेको छ,’ व्यवसायी गोनित शाक्य भन्छन्। 

किन बढ्यो मोबाइलको व्यापार? 
मोबाइल पछिल्लो समय मानिसहरुका लागि अत्यावश्यक भइसकेको छ। लकडाउनका कारण विद्यालयहरु सञ्चालनमा नआउँदा अनलाइन कक्षाका लागि पनि मोबाइलको प्रयोग हुने गरेकाे छ। यसले पनि मोबाइलका उपभोक्ता बढेको पाइएको छ। त्यस्तै छलफल, वेबिनारसमेत अनलाइनबाटै हुन थालेपछि मोबाइल उपभोक्ता बढेका हुन्। सामान्य अवस्थामा मोबाइल किन्न सीमा पारी पुग्नेहरुलाई पनि अहिले सीमा पारी पुग्न असहज हुँदा मोबाइलको व्यापार बढेको व्यापारीहरु बताउँछन्।

पछिल्ला वर्ष मोबाइलको आयात बढ्दै गइरहेको छ। आर्थिक वर्ष २०७६/७७ मा मा ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइल सेट आयात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ। यसबाट सरकारलाई २ अर्ब ८७ करोड राजश्व आम्दानी भएको छ। 

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्