• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बर्मन बुढा : विद्रोहका पर्याय 

64x64
महेश न्यौपाने बुधबार, साउन ७, २०७७  १३:०८
1140x725

रोल्पा-बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ प्रतिनिधिसभा भवन छिर्ने हुलमा कछाड लगाएका एक सांसदले सबैको ध्यान खिँचे।

सर्टबाहिर अस्कोट, अनि तल कछाड। कछाडले घुँडामाथिको भागमात्रै छोप्थ्यो। जाडो होस् या गर्मी, सदाबहार पोशाक थियो उनको। धेरैले उनलाई ‘कछाड बुढा’ भन्थे। जीवनको अन्तिम कालसम्म पनि उनले कछाड छाडेनन्।

संघर्ष र विद्राेहका पर्याय उनै ‘कछाड बुढा’ अर्थात् बर्मन बुढा अब सम्झनामा मात्र छन्। क्यान्सरको उपचार गराइरहेका उनको ९० वर्षको उमेरमा बुधबार बिहान ४ः३० बजे निधन भयो। 

स्व. बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

०००

बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ सालमा भएको  निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार भइदिन उनलाई संयुक्त जनमोर्चाले प्रस्ताव गरेको थियो। उनलाई निर्वाचनमा उठाउन बाबुराम भट्टराई दाङ पुगेर आग्रह गरेका थिए। सुरुमा उनले उमेरले ६० पुगेकाले चुनाव नलड्ने बताए। तर पार्टीको दबाबपछि उनी निर्वाचनमा खडा भए। 

क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरा उठेका थिए। उनले २ हजार मतले बालाराम घर्तीमगरलाई हराए। महरा संसदमा दौरा सुरुवालमै प्रवेश गरे। बर्मन बुढा भने छातीमा दुवैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर सिंहदरबार छिरे।  अरू सांसद दौरा, सुरुवाल, कोट, पाइन्टमा ठाँटिएर जाँदा उनी भने सधैँ आफ्नै मौलिक पोसाकमा संसद भवन पुग्थे । उनलाई धेरैले अनौठो मानेर हेर्थे।  

संसदमा तत्कालीन राजा वीरेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो। उनले सधैँ कछाड लगाएर आउने भएकाले संसदका महासचिवले राजा आउने एक दिन भए पनि दौरा–सुरुवाल लगाएर आउन आग्रह गरे। तर उनले उल्टै प्रश्न गरे, ‘मैले विदेशी लुगा लगाएको हो र?’
वीरेन्द्रले सम्बोधन गर्ने दिन पनि उनी कछाड बाँधेरै गए।

Ncell 2
Ncell 2
nimb
nimb

संसदमा सबैको नजर उनीमाथि थियो ।  

त्यस दिन सांसदमात्र नभई राजाको भाषण सुन्न विभिन्न क्षेत्रका अरू मान्छे पनि आएका थिए। उनले राजा आउने भन्दैमा आफ्नो पुर्खादेखि लगाउँदै आएको पोसाक छाड्न नसक्ने बताए र कछाड लगाएरै संसद भवन गए। 

२०५१ सालमा संसद भंग नहुञ्जेलसम्म उनले कछाड लगाए। 

पछि पनि उनी भन्ने गर्थे, ‘घरबुना खाडीको भाङ्ग्रो जिउमा छड्के पारेर लगाउने, खाडीका पटुका र कछाड बाँध्ने पहिलादेखिको नै हाम्रो चलन हो । पाइन्ट कोट लगाउने चलन पछि आएको हो।’ 

०००

विद्रोही गाउँको रूपमा परिचय बनाएको थवाङमा २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको शून्य मतदान अभियानका उनी अगुवा नेतासमेत थिए। त्यो बेला प्रधानपञ्चसमेत रहेका उनलाई शून्य मत खसेपछि राजकाज मुद्दामा पक्राउ गरी जेल चलान गरिएको थियो।

रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य उनी २०४८ सालमा जिल्ला सचिव थिए। २०४८ सालको निर्वाचनमा रोल्पाबाटै निर्वाचित भएका थिए कृष्णबहादुर महरा। केही समयअघि उनी तिनै पुराना समकक्षी कृष्णबहादुर महरालाई भेट्न सिंहदरबार पुगेका थिए। तर समय नमिलेपछि उनी फर्किएका थिए।

काग्रेस नेतालाई कुटेपछि कम्युनिष्ट भए 

२००७ पछिको समय। 

थबाङमा तत्कालीन मुखिया कृष्ण झाँक्री हर्ताकर्ता  थिए। उनी कांग्रेसका नेता पनि थिए। सानैदेखि विद्रोही स्वाभावका उनी झाँक्रीको रवाफ देखेर वाक्क भएका थिए।  २०१२ सालतिर उनीलगायतका युवाहरुले भेँडी गोठमा बसेर झाँक्रीसहितका नेताहरुलाई तह लगाउने सल्लाह गरे। सोही सल्लाहबमोजिम उनीहरुले झाँक्रीलाई कुटे। त्यसपछि उनीसहितको समूह प्रशासनको तारो भयो। उनीहरुलाई कम्युनिष्ट भनेर एक महिना जेल हालियो । 

गाउँमा विद्रोह गरेका बुढालाई जेल ले नै परिपक्व कम्युनिष्ट बनायो। जेलमै उनको भेट कम्युनिष्ट नेताहरु मोहनबिक्रम सिंह र खगुलाल गुरुङसँग भयो। 

यहीँबाट बर्मन बुढाको जीवनमा नयाँ मोड आयो। उनी साँच्चै कम्युनिस्ट भए।  उनले कुटेका झाँक्री पनि झगडिया भएका कारण जेलमै थिए । बुढाले आफूले कुटेका झाँक्रीलाई पनि कम्युनिस्ट बनाए।  जेलबाट छुटेपछि २०१३ सालमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले बुढा र झाँक्री पक्षका तीन/तीन जना प्रतिनिधि राखेर थबाङमा कम्युनिष्ट संगठन बनाए। त्यसपछि यो संगठनमा बुढा नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए। 

नेकपा नेता कृष्णबहादुर महरासँग बर्मन बुढा।

कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको तत्कालीन अवस्थामा किसान संगठनको नामबाट उनीहरु कम्युनिष्ट पार्टीमा संगठित भएका थिए, जसको अगुवाइ बर्मन बुढाले गरेको थवाङका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोकाले ‘ऐतिहासिक थबाङ’ नामक पुस्तकमा उल्लेख गरेका छन् । 

२०१५ सालमा गाउँलेले बुढालाई मुखिया चुने। २०१५ सालको चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो। यसको अगुवाइ पनि उनले नै गरे। 

पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुने बेला सरकारले जिल्लाका सबै प्रधानपञ्चलाई लिबाङ बोलायो। सबैलाई निर्दलमा भोट हाल्न भनियो। बुढा यसमा एक्लै भए। उनले हक्की स्वभावमा जनताको ठेक्का नलिने घोषणा गरिदिए । 

चुनावमा थबाङको सबै भोट बहुदललाई गयो। पञ्चायतले उनलाई निशाना बनायो। उनीमाथि २०३७ सालमा शान्ति सुरक्षा मुद्धा लगाइयो। उनी फेरि दोस्रो पटक जेल परे। २७ महिना जेल  बसे । उनको प्रधानपञ्चको अवधि नै जेलमा बित्यो । २०३८ सालमा पञ्चायतले गराएको चुनावलाई थबाङले पूर्ण बहिस्कार गर्‍यो, शून्य मतदान भयो। 

२०४८ मा सांसद भएपछि उनी काठमाडौं आए। ‘मासिक ४ हजार तलब थियो। २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिँदैमा सकिन्थ्यो,’ उनले सांसद हुँदाको दुःख सुनाएका थिए, ‘तलबले मुस्किलले खान पुग्थ्यो। कमाउने कुरा त कहिलै सोचिएन ।’

सांसद् अवधि सकिएपछि उनी सिधै थबाङ फर्किए। गाउँमै राजनीति गर्न थाले। २०५१ सालको मध्यावधि निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो। त्यतिबेला चार मतमात्र खस्यो। २०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो। २०५४ को स्थानीय निर्वाचनमा पनि शून्य मतदान भयो। २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो। अरु भोट खसेन। 

युद्धकालमा दुःखपीडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो। २०५८ चैत १५ गते नेपाली सेना थबाङमा पसेपछि अशक्त, वृद्धवृद्धाबाहेक ४ सय २२ जना गाउँलेहरु जंगलतिर भागे। गाउँ खाली भयो। भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो। त्यतिबेला सेना ४६ दिनसम्म थबाङमै बस्यो। यसक्रममा ३७ घर जलाइए । थबाङबासीहरु सेना फर्केपछि, ४८ दिनपछि घरमा आए।

२०६४ को पहिलो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डलाई भोट हालेर थबाङले जितायो। पछि प्रचण्डले आफूले जितेका दुई स्थानमध्ये रोल्पा छाडेपछि माओवादीकै सन्तोष बुढाले जिते । २०७० को दोस्रो संविधानसभामा भने थबाङले एक भोट पनि नखसालेर पुनः विद्रोह गर्‍यो। यी सबैमा बुढाको भूमिका महत्वपूर्ण थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बर्मन बुढा।

नेपालका धेरै ठूला कम्युनिस्ट नेताहरुले थबाङमा काम गरे। विभिन्न समयमा मोहनविक्रम सिंह, प्रचण्ड, मोहन वैद्य, कृष्णसेन इच्छुक र रामबहादुर थापा बादलले थबाङलाई आधार बनाएर काम गरेका थिए। 

राजासँग वार्ता गराउन खोज्दा ज्वाइँ गुमाए 

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाइँको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनी मधेशीजस्तो देखिन लुंगी लगाएर लुके। युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइएको थियो। उनकै छोरी ज्वाइँ खड्कबहादुर घर्तीको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए। राजाले पनि ज्वाइँ राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए। दुई दिन त्यहाँ वार्ता भयो तर कुरो मिलेन। 

राजाका प्रतिनिधिले फेरि पनि माओवादीसँग भेट गराइदिन बुढालाई अनुरोध गरे। तर उनले नसक्ने भन्दै फर्काइदिए।  उनी सेनाको निसानामा परे। त्यसपछि सेनाले बुढाका ज्वाइँलाई पक्राउ गरेर लग्यो अनि, मारिदियो । राजासँग वार्ता गराउन खोज्दा उनले ज्वाइँ गुमाए। 

फर्के रोल्पा 

युद्धपछि बुढा थबाङ फर्के र पुरानै दिनचर्यामा लागे। गाउँ समाजको अगुवाइका काममा सघाउन थाले। पार्टी फुटेपछि दुवै माओवादीले उनलाई तानातान गरे । तर उनी कतै लागेनन् । मोहन बैद्य पक्षले उनलाई केन्द्रीय सल्लाहकार राखेको थियो भने रामबहादुर थापा ‘बादल’ उनलाई भेट्न घरमै पुगेका थिए। उनले दुवै पक्षलाई कतै नलाग्ने भन्दै फर्काए।  

क्यान्सर भएपछि गत वर्षदेखि उनी उपचारका लागि कुसुन्तिस्थित छोरीको घरमा थिए।  

तस्बिरहरु : सामाजिक सञ्जाल

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्