काठमाडाैं- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद एवम् पुराना कम्युनिस्ट नेता बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सभामुख सापकोटाले पशुपति आर्यघाट पुगेर बुढाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेक हुन्।
तत्कालीन एकता केन्द्रका पूर्व सांसद बुढाको बुधबार बिहान निधन भएको हाे। क्यान्सरबाट पीडित बुढाको ९० वर्षकाे उमेरमा पाटन अस्पतालमा उपचारकाे क्रममा निधन भएको हाे।
उनी तत्कालीन एकता केन्द्रमा रोल्पाबाट २०४८ सालमा प्रत्यक्ष निर्वाचित सांसद हुन्। माओवादी जनयुद्धमा जानु अघि एकता केन्द्रले निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप निर्वाचनमा जाँदा बुढाले रोल्पाबाट निर्वाचन जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।