• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

महाराजगञ्जको ४७३ रोपनी जग्गामा चलखेल : ३३ वर्षदेखि अदालतमा घुमिरह्यो, सर्वोच्चमा अन्तिम प्रयास

64x64
दुर्गा दुलाल सोमबार, साउन ५, २०७७  १२:२५
1140x725

काठमाडौँ-महाराजगञ्जको करिब ५ सय रोपनी सार्वजनिक जग्गा आफ्नो भएको दाबी गर्दै एक राणा परिवारले ३३ वर्षदेखि विभिन्न अदालतमा मुद्दा लड्दै चलखेल गरिरहेको पाइएको छ। 

भूमिसुधार ऐन लागू भएपछि  २०२१ साल पुस २५ गते साम्राज्यशमशेरको नाममा रहेको ६७१-८-२-२ जग्गामध्ये सरकारले प्राप्त गरेको ४७३-१५-०-२  जग्गा आफ्नो भएको दाबी गर्दै राणा परिवारले अहिले पनि सर्वोच्च अदालतमा अन्तिम चलखेल गरिरहेको छ। तीन न्यायाधीशकाे पूर्ण इजलाशले फैसला सुनाउने र अब त्यसविरुद्ध पुनरावेदन नहुने भएकाले याे मुद्दामा धेरै चलखेल सुरु भएकाे देखिन्छ ।

विस २०२१ मा भूमिसम्बन्धी ऐन लागू हुनुअघि केशरशमशेर राणाका नाममा ६७१ रोपनी ८ आना २ पैसा २ दाम जग्गा थियो।  उनीपछि उक्त जग्गा उनको हकवाला साम्राज्यशमशेरका नाममा आएको थियो। 

 ऐन लागू भएपछि व्यक्तिका नाममा रहन पाउने हदबन्दीभन्दा बढी भएको भन्दै ४७३ रोपनी १५ आना २ दाम जग्गा सरकारी भएकाे थियो। त्यसपछि उक्त जग्गा राणा परिवारका नामबाट ७ नम्बर फाँटवारीमा सरेको थियो। सोही लगतका आधारमा राणा परिवारको बाँकी जग्गा २०२८ भदौ ३० मा मालपोत कार्यालय काठमाडौंमा संयुक्त नाममा दर्ता श्रेस्ता कायम गरिएको थियो। 

संयुक्त दर्तावालामध्येका एक जना मुरारीशमशेरले २०३९ कात्तिक १६ मा कान्ति राणालाई आफ्नो हक शेषपछिको अवस्थामा बकस गरिदिएका थिए।  अर्की संयुक्त दर्तावाल मिहिरकला कुमारी राणाले २०३६ भदौ २९ मा कृष्णा राणालाई शेषपछिको बकस गरिदिइन्। मिहिरकलाबाट आएको त्यही हक कृष्णा राणाले २०५७ भदौ ५ मा ज्योत्स्ना राज्यलक्ष्मी सिंहलाई बकस गरिदिइन्। 

यसरी यो जग्गा कान्ती राणा, अरविन्दशमशेर, ज्योत्स्ना राज्यलक्ष्मी सिंह र साम्राज्यशमशेरका नाममा संयुक्त दर्ता हुन पुग्यो। नयाँ नापीबमोजिम काठमाडौं महानगरपालिका-३ कित्ता नम्बर ७ समेत २९ कित्ता जग्गा कान्ति राणाले मुरारीशमशेरबाट २०३९ कात्तिक १६ मा शेषपछिको बकसस्वरुप पाइन्।

यो पनि पढ्नुहोस्

ललिता निवासभन्दा बढी जग्गा घोटालाको खेल हुँदै, महाराजगञ्जको ४७३ रोपनीमा भूमाफियाका आँखासोमबार, असार २९, २०७७

यसरी सुरु हुन्छ राणा परिवारभित्र जग्गा आदानप्रदान र अदालतमा मुद्दा लड्ने क्रम।

यो जग्गामा मुद्दाकाे सुरुवात सर्वप्रथम २०४४ सालमा जिल्ला अदालतमा मिलापत्रबाट भएको देखिन्छ। सरकारी जग्गालाई समेत अंशवण्डा गर्न असम्भव भएपछि उनीहरु एक आपसमै मुद्दा लड्न थालेका थिए। सँगै उक्त सार्वजनिक जग्गा आफूहरुको भएको दाबी पनि गर्ने गरेका थिए। पहिलाे मुद्दा केशर शमशेरका सन्तान कृष्णा राणा र मुरारीशमशेरबीचकाे थियाे। कृष्णा राणाले मुरारी शमशेरसमेतलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडाैमा मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दा २०४४ साउन २१ गते मिलापत्रबाट टुंगियाे। 

Ncell 2
Ncell 2
nimb
nimb

यसपछि सरकारी जग्गाको विवाद पनि अदालतबाट सम्बोधन भएकाे थियाे। राणा परिवारले हालेको मुद्दामा जिल्ला अदालतले २०५४ पुस २५ मा सरकारी जग्गा कायम गर्ने फैसला गर्छ। यही फैसला नै अन्तिम देखिएकाले उक्त जग्गा तत्काल फुकुवा गर्न नमिल्ने जानकारी गराई भूमिसुधार कार्यालयले जग्गा दर्ताको दाबीसहित राणा परिवारले मालपोतमा दिएको मिसिल तामेलीमा राख्ने निर्णय गर्‍याे। 

जिल्ला अदालतको उक्त निर्णयलाई चुनौती दिदै राणा परिवार तत्कालीन पुनरावेदन हुँदै सर्वोच्चसम्म पुग्याे। साम्राज्यशमशेरकी पत्नी सरस्वती राणासमेतका ३ वटा निवेदन सर्वोच्चमा परेका थिए। २०६१ फागुन २७ गते राणाका तर्फबाट  जग्गा जफत र हदबन्दीसम्वन्धी मुद्दा दायर भयाे। सरस्वती राणालगायतका तीन रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६२ भदौ १६ गते पुनरावेदन अदालत पाटनकै फैसला सदर गर्ने फैसला सुनायाे। न्यायाधीशहरु शारदा श्रेष्ठ वैद्य र राजेन्द्रकुमार भण्डारीको इजलाशले  पुनरावेदनकै आदेश सदर गर्‍याे। 

सर्वोच्चबाट सकिएलगत्तै राणा परिवारको उक्त विवाद जिल्ला अदालत काठमाडौं पुग्याे।  जिल्ला अदालतमा दाेस्राे पटक अरविन्द शम्शेरले सरस्वतीकुमारी राणासमेत ८ जनाविरुद्ध मुद्दा दायर गरे। उक्त मुद्दा २०६४ फागुन २९ काठमाडौ जिल्ला अदालतबाट फैसला भयाे। त्यसैगरी यही जग्गामा अरविन्दशमशेरसमेतविरुद्ध सरस्वती राणाले पनि मुद्दा दायर गरिन्। उक्त मुद्दा पनि २०६४ फागुन २९ काठमाडौ जिल्ला अदालतबाट फैसला भयाे।  उक्त फैसलामा अदालतले हदबन्दीभित्रको जग्गाको हकबारे बोल्याे।   सोही जग्गा विवादमा सुबर्णशमशेर जबराले तीन वटा मुद्दा हाले। उक्त मुद्दामा पनि जिल्लाले हदबन्दीभित्र रहेको जग्गा हकवालाको हुने ठहर गर्छ। 

नयाँ जग्गा धनी खडा गर्दै सर्वोच्चमा 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०६२ भदौ १६ मा सर्वोच्चले मुद्दा टुङ्गाएपछि राणा परिवारकाे मुद्दा हाल्ने हक समाप्त हुन्छ । तीन तह अदालतबाट फैसला भएकाले उनीहरु पुन: मुद्दामा आउन सक्दैनन् । अनि सुरु हुन्छ नयाँ जग्गा धनी बनाउने खेल।

२०६५ सालमा जग्गा दाबी गर्ने नयाँ व्यक्ति देखा पर्छन्। ४ सय ७३ रोपनीभन्दा बढी सरकारी जग्गा आफूहरूको नाममा ल्याउने राणाहरुको चलखेल अदालतले असफल बनाइदिएपछि उनीहरूले सो जग्गा स्थानीय नेवार जातिका व्यक्तिलाई बकस दिएको बताउँछन्। त्यसपछि यो जग्गा चलखेलमा नेवार परिवार प्रवेश भएको देखिएको छ। 

केशरशमशेरका सन्तान अरविन्दशमशेर र ज्योत्स्ना राज्यलक्ष्मीले २०५६ वैशाख १२, २०६५ जेठ १२ र २०६५ जेठ १९ गते तीन वटा लिखत गर्दै नेवार परिवारलाई हक हस्तान्तरण गरेको दाबी गरियाे र चार महिनापछि २०६५ असोजमा सर्वोच्चमा मुद्दा दायर भयाे। आशकुमारी थसु, दिलमयाँ त्वयना, मैया कासुला र विमला थापासमेतका नाममा उक्त जग्गा आएको दावी उक्त मुद्दामा गरिएकाे थियाे। 

 राणा परिवारबाट नेवार परिवारमा सो जग्गाको हक हस्तान्तरण भएपछि संयुक्त नाममा दर्ता श्रेस्ता भएका जग्गाको चार भागको तीन भाग जग्गामा आफूहरूको हुने दाबी उनीहरूको हुन्छ । उक्त मुद्दा २०६९ असार २५ गते फैसला भयाे। खिलराज रेग्मी र भरतबहादुर कार्कीको इजलाशले  सरकारी जग्गा व्यक्तिको दाबी नपुग्ने फैसला गर्‍याे। 

यो फैसलापछि पनि चलखेल रोकिँदैन। पुन: २०७३ असोज १२ गते मुद्दा दायर हुन्छ। उक्त मुद्दाको पहिलो सुनुवाइ तीन वर्षपछि २०७६ पुस २३ गतेमात्र भएकाे थियाे। जसमा न्यायाधीशहरू सपना प्रधान मल्ल, डम्बरबहादुर शाही र प्रकाशकुमार ढुङ्गानाको इजलासले फाइल मगाउने आदेश गरेको थियो। यसअघि उक्त मुद्दा १३ पटक पेसी चढेर ‘हेर्न नमिल्ने’, ‘नभ्याउने’  भन्दै स्थगित हुँदै आएको थियो। उक्त मुद्दा २०७७ असार १८ गते सपना प्रधान मल्ल, पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले सुनुवाइ सक्दै निर्णय सुनाउने मिति तोक्न बाँकी राखेको छ। 

यस्तो छ अदालत श्रृंखला  

सर्वोच्चमा

पुनरावेदनको सो फैसलालाई चुनौती दिँदै राणा पक्ष उक्त फैसला खारेज गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। साम्राज्य शमशेरकी पत्नी सरस्वती राणासमेतका ३ वटा निवेदन सर्वोच्चमा परेका थिए। सरस्वती राणालगायत तीन रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६२ भदौ १६ गते पुनरावेदन अदालत पाटनकै फैसला सदर गर्‍याे।न्यायाधीशहरु शारदा श्रेष्ठ वैद्य र राजेन्द्रकुमार भण्डारीको इजलाशले यस्तो फैसला सुनाएको थियो । 

सर्वोच्चले दोस्रो पटक २०६९ असार २५ गते फैसला सुनायो।  तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र डा भरतबहादुर कार्कीको संयुक्त इजलाशले सरकारी जग्गा रोक्का खुलाउने आदेश गर्न नमिल्ने भन्दै खारेज हुने फैसला सुनायो। सर्वोच्चले सरकारी जग्गा फुकुवा गर्न नमिल्ने भन्दै निवेदकहरुको हकजति चार भागको तीन भाग फुकुवा गराउने आदेश जारी गर्न अस्वीकार गर्‍यो।   

सरस्वतीकुमारी राणासमेत र राणा परिवार दाता बनी जग्गा पाएका नयाँ भोगाधिकारवाला आसाकुमारी थुसासमेतको मुद्दा किनारा लागिसक्दा पनि २०७३ असोजमा फेरि सर्वोच्च प्रवेश हुन सफल भयो।

तत्कालीन पुनरावेदनमा 

तत्कालीन पुनरावेदन अदालत पाटनले २०५६ कात्तिक ९ मा भूमिसुधार कार्यालयकै निर्णय सदर हुने फैसला सुनायोे। 

जिल्ला अदालतमा 

कृष्णचन्द्र देवी राणाविरुद्ध मुरारीशमशेर समेत २०४४ साउन २१ गतेको मुद्दा टुंगियाे, जुन मिलापत्र भयो।
सुवर्णशमशेर जबरासमेत ८ विरुद्ध अरविन्दशम्शेर जबरासमेत भएको लिखत बदर (२०६८ वैशाख २८ काठमाडौ जिल्ल्ला अदालतको फैसला ) 
सुवर्णशम्शेरविरुद्ध धीरेन्द्रलाल अमात्य २०६८ वैशाख २८ काठमाडौ जिल्ला अदालतबाट फैसला  
सुवर्णशम्शेरविरुद्ध अरविन्द शम्शेर जबरा २०७६ वैशाख २८मा काठमाडौ जिल्ला अदालतको फैसला 
सरस्वतीकुमारी राणासमेत ८ विरुद्ध अरविन्दशम्शेर २०६४ फागुन २९ काठमाडौ जिल्ला अदालतबाट फैसला  
अरविन्दशमशेरसमेत विरुद्ध सरस्वती राणा  २०६४ फागुन २९ काठमाडौ जिल्ला अदालतबाट फैसला  

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्