• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
विवादको पुरानै लयमा फर्किँदै कांग्रेस
64x64
लिलु डुम्रे बिहीबार, साउन १, २०७७  १४:१६
1140x725

काठमाडौं– नेपाली कांग्रेसभित्रका विवादहरु पुनः चर्चामा  आउन थालेका छन्। कोभिड १९ को प्रभाव बढ्दै जाँदा पार्टीभित्रका आन्तरिक विवाद लामो समयसम्म चर्चामा आएका थिएनन्। तर पछिल्ला दिनहरुमा पार्टीभित्रको किचलो सार्वजनिक हुन थालेका छन्।

कोरोना संक्रमण बढ्दै जाँदा पार्टी गतिविधि पनि ठप्प भएको थियो। जसले गर्दा मतान्तरहरु थामिएका थिए। राजनीतिक गतिविधिमा बढोत्तरी आएसँगै विवादहरु पुनः ब्युँतिएको हो।

संस्थापन र इतर समूह विवादलाई पुनर्ताजगी गर्ने काम भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गरेको हो। १४औं महाधिवेशन केन्द्रित गरी पौडेलले स्थापना गरेको सम्पर्क कार्यालयमा बुधबार उनी पक्षीय नेताको बैठक बसेको थियो। कार्यालय स्थापनापछि पौडेलले आफू पक्षधर शीर्ष नेताहरुलाई सम्पर्क कार्यालय अनामनगरमा बोलाएर पहिलोपटक बैठक गरेका हुन्।

पौडेल पक्षका नेताहरुले घोषित समयमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका छन्। केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको एक साता बित्नासाथ सभापति शेरबहादुर देउवा पक्ष महाधिवेशन नै प्रभावित गर्ने कार्यमा लागेको पौडेल समूहको निष्कर्ष छ। 

घोषित समयमै १४औं महाधिवेशन हुने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिमार्जन गरिएको थियो। समायोजन सकिएका जिल्लामा असार २५ देखि क्रियाशील सदस्यता वितरण र नवीकरण सुरु हुने निर्णय गरिएको छ। पौडेल पक्षको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा समूहले पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागेको आरोप लगाएको छ। जथाभावी क्रियाशील सदस्यता वितरण भएको जनाउँदै रोक्न माग गरिएको छ।

१३औं महाधिवेशनमा कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य थिए। वडा तहमा ५० प्रतिशत क्रियाशील सदस्यता बढाउने नीति बनाइएको छ। महाधिवेशनमा विजयी हुनका लागि मुख्य आधार नै क्रियाशील सदस्य भएकाले पार्टीभित्रका समूहले क्रियाशील सदस्यता वितरणलाई चनाखोपूर्वक हेरेका हुन्छन्। नेताहरुले आफ्नो सहजताका लागि ‘खल्तीको व्यक्ति’ लाई क्रियाशील सदस्य बनाउँदै आएको आरोप विगतदेखि नै लाग्दै आएको छ। क्रियाशील सदस्यता वितरणमा आफ्नो पक्षको असन्तुष्टि सभापति देउवालाई लिखित रुपमा ध्यानाकर्षण गराउने जनाइएको छ। विधानमा भएको व्यवस्थाभन्दा बाहिरबाट क्रियाशील सदस्यता वितरण हुन नसक्ने नेता अर्जुन नरसिंह केसीले बताए।

बैठकले सभापति देउवाले गठन गरेको विभागको औचित्य समेत नभएको निष्कर्ष निकालेको छ। विधानमा भएको २८ विभागलाई बढाएर देउवाले ४७ पुर्‍याएका छन्। केही विभागमा आफूपक्षीय नेताहरुलाई संयोजक समेत तोकेका छन्।

पौडेल समूहका नेताहरुले विधान विपरीतको निर्णय अमान्य हुने बताउँदै आइरहेका छन्। संस्थापन समूहले महाधिवेशनलाई केन्द्रमा राखेर आफू निकटको व्यवस्थापन गर्ने 'चालबाजी’ का रुपमा विभाग गठनलाई हेरेको छ। बैठकका सहभागी केसीले भने, ‘महाधिवेशनको कार्यतालिका बनिसकेको समयमा विभाग गठन हुनु असान्दर्भिक छ।’

विधान र आचारसंहिता विपरीत विभाग गठन भएको उनले बताए।

विभाग गठन, क्रियाशील सदस्यता वितरण र जनसम्पर्क समितिमा भएको हस्तक्षेपको विषयमा पार्टी सभापति देउवालाई ध्यानाकर्षण गराउने निर्णय पनि पौडेल पक्षले गरेको छ। निर्वाचन आचारसंहिता विपरीत भएका कार्यका विषयमा निर्वाचन समितिलाई समेत अवगत गराइने भएको छ।

महाधिवेशनको मिति नजिकिएकै समयमा पार्टीभित्रका फरक खेमालाई अनुशासनको कारबाही हुने डर समेत संस्थापनइतर समूहलाई छ। सभापति देउवा समूहले आफूसँग असहमत पक्षलाई अनुशासनका नाममा कारबाही गरेर तर्साउने गरेको निष्कर्ष निकालेको छ। दुई साताअघि बाँकेका नेता महेन्द्र मल्ललाई अनुशासनको कारबाही गरिएको थियो। अनुशासन समितिले बेल्जियमस्थित जनसम्पर्क समितिको सभापति सीता सापकोटालाई पनि कारबाही गरेको थियो। दुवै जना संस्थापनइतरका हुन्। पार्टी नेताविरुद्ध अभिव्यक्ति दिएको आरोप उनीहरुलाई लगाइएको छ।

नागरिकता विधेयकको बहस चर्किरहेकै बेला सापकोटाले उपसभापति विमलेन्द्र निधिको विरोध गर्दै स्टाटस लेखेकी थिइन्। उपसभापति विरुद्धमा स्टाटस लेखेको आरोपमा उनलाई अनुशासनको कारबाही गरिएको हो। सापकोटा महामन्त्री डा शशांक कोइराला निकट हुन्। सापकोटालाई गत वर्ष सभापति देउवाले हटाएका थिए। देउवाको उक्त कदमलाई चुनौती दिँदै महामन्त्री कोइरालाले उनको थमौती गरेका थिए।

पार्टीको विधि र प्रक्रिया मिचेर संस्थापन पक्षले जनसम्पर्क समितिका पदाधिकारी हटाउने कार्य गरेको केसीले बताए। सापकोटा २०७३ मा बेल्जियममा सभापतिमा निर्वाचित भएकी थिइन्।

बुधबारको बैठकमा पौडेलसहित महामन्त्री डा शाशंक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अजुर्ननरसिंह केसी, डा मीनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडु सहभागी थिए।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसम... मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने ब... मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसदीय व्यवस्थामाथि नै प्रकार भयो भन्ने पुष्टि गर्ने आधार आफूले नभेटे... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
एक हजार ७४ किलो गाँजासहित चार पक्राउ मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने मंगलबार, असार १७, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही मंगलबार, असार १७, २०८२
निजामती विधेयकमा कर्मचारीलाई देखाएर सांसदहरू उम्कन मिल्दैन : सुमना श्रेष्ठ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्