काठमाडौं- नेकपा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्डबीचको संवाद कुनै निर्णय नभई सकिएको छ। बुधबार बिहान साढे ११ बजेदेखि दुई अध्यक्षबीच बालुवाटारमा करिब २ घण्टा छलफल भएपनि कुनै निर्णय नभएको प्रचण्डको सचिवालयले जनाएको छ। दुई अध्यक्षबीच ‘वान टू वान’ संवाद बिहीबार समेत हुने भएको छ।
पार्टीमा विवाद बढ्दै गएपछि अध्यक्ष ओली प्रचण्डले निरन्तर वान टू वान संवाद गर्दै आएका छन्। दुई अध्यक्षबीच लामो समयदेखि वान टू वान संवाद गरेपनि कुनै सहमती नभएको स्थायी कमिटी सदस्य मातृका यादवले बताए। ‘पार्टीमा विवाद छ। समस्या हल हुनेगरी दुई अध्यक्षले छलफल गरिरहनु भएको छ।’
नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘एकिकृत पार्टीभित्रै विवादको समाधान खोजिनेछ।’ भौतिक मानसिक दुवै रुपमा निर्णय गर्न नसक्ने भएकाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।