काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल' ले अहिलेका कारागारलाई सुधारगृह भन्न नसकिने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कारागारहरू समस्यागृह र अपराधगृहकै रूपमा रहेको बताए।
७२ जिल्लामा रहेका ७४ वटा कारागारमध्ये अधिकांश जीर्ण अवस्थामा रहेको उनले बताए। 'कैदीहरूको अवस्था राम्रो छैन, दयनीय छ', उनले भने, 'सुधारका लागि हामीले प्रयास गरिरहेका छौं।'
उनले कारागारहरूको सुधारका लागि गर्नुपर्ने बताए। कानुनी सुधार, संरचनात्मक सुधार, बन्दीहरूमा परिवर्तन तथा बन्दीहरूलाई श्रमसँग जोड्नुपर्ने गृहमन्त्री बादलको भनाई छ। 'मानिस श्रमबाट अलग भएपछि अपराधतिर अग्रसर हुन्छ', उनले भने, 'त्यसैले कैदीहरूलाई श्रमतिर जोड्न जरूरी छ।'
उनले कैदीहरुको अपराध मनोविज्ञान सुधारेर असल नागरिक बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।