• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सूचकमा उल्लेख्य सुधार हुँदासमेत किन बढेन कारोबार?

अल्पकालीन लगानीकर्ताको भर्चुअल कारोबार ठप्प
64x64
अरुण सापकोटा मंगलबार, असार ३०, २०७७  १४:५६
1140x725
लकडाउन अघि सेयर कारोबारको विवरण हेर्दै एक ब्रोकर कार्यालय अघि पुगेका लगानीकर्ता।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लगानीकर्ताको खातामा भएको वास्तविक सेयर मात्रै बिक्री गर्न सक्ने व्यवस्था गरेसँगै अल्पकालीन लगानीकर्ताको भर्चुअल कारोबार ठप्प भएकाले नेप्से सूचकमा वृद्धि हुँदापनि अपेक्षित रूपमा कारोबार रकम बढेको देखिएको छैन। सूचक बढ्दा दैनिक चार अर्बसम्मको कारोबार हुने नेप्सेमा पछिल्लो समय एक अर्ब हाराहारीमा मात्रै खरिद बिक्री हुँदै आएको छ। लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा आफूसँग भएको फ्री-ब्यालेन्स हुनुपर्ने व्यवस्था रहेको ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए। यसले दोस्रो बजारमा हुने कारोबारलाई पारदर्शी बनाएको उनको तर्क छ। 

'लगानीकर्ताको खातामा सेयर छ तर सेयर कर्जाका लागि बन्धक छ भने पनि अहिलेको प्रणालीले बिक्री गर्न मान्दैन। यस अगाडि धितोमा रहेको सेयर पनि ब्रोकरको मिलेमतोमा बिक्री गर्न सक्थे,' उनले भने,  'बन्धकमा राखिएको सेयर फुकुवा नभई अहिलेको टिएमएसले बिक्री गर्न मान्दैन।' 

यसअघि भने कर्जामा बन्धक भएको सेयर पनि बिक्री गरेर कर्जा चुक्ता गर्न मिल्थ्यो। त्यस्तै खरिद आदेश दिइसकेका तर खातामा आइनपुगेका सेयर पनि बिक्री गर्न सकिन्थ्यो। उदाहरणका लागि कुनै लगानीकर्ताले ५०० कित्ता सेयर किन्ने आदेश दिएको भोलिपल्टै बिक्री गर्न सक्थ्यो। किनेको भोलिपल्ट खातामा सेयर आइ नपुगेपनि लगानीकर्ताले बेच्यो भने पनि कारोबार भएको देखिन्थ्यो। खातामा सेयर नभए पनि बिक्री गर्ने अभ्यास अल्पकालीन लगानीकर्ताको थियो। यसले 'टि प्लस थ्री'को नियमलाई नै उल्लङ्घन गर्ने अवस्था थियो। ब्रोकरसँग समन्वय गरेर डिम्याट खातामा सेयर नआइकन बिक्री गर्ने अभ्यास थियो। 

ब्रोकर र लगानीकर्ताको मिलेमतोमा 'टि प्लस थ्री'मा सेटल गर्ने तर कारोबार भने यसभित्रै धेरै पटक गर्ने अभ्यासले गर्दा दोस्रो बजारमा धेरै कारोबार हुने अवस्था थियो। तर अहिलेको अनलाइन प्रणालीले लगानीकर्ताको खातामा सेयर नआएसम्म बिक्री नै गर्न नमिल्ने बनाइदिएको छ। बढ्दो बजारमा लगानीकर्ताले खरिद भएको सेयर खातामा आउनुभन्दा अगाडि नै बिक्री गरिसक्थे। यसरी ब्रोकर र लगानीकर्ताको मिलेमतोमा कारोबार गर्दा खासै जोखिम थिएन। तर नियमसंगत कारोबार भने होइन। 

पहिला पनि यो नियमन नभएको होइन तर प्रणालीले नियन्त्रण गर्न नसक्दा लुपहोल प्रयोग गरेर लगानीकर्ताले भर्चुअल कारोबार गरिरहेका थिए। यसरी उधारोमा हुने बिक्रीको नियन्त्रण हुँदा दोस्रो बजारको कारोबार रकमलाई नै प्रभावित पारेको छ। कारोबार कम भए पनि यस्तो कारोबारले पारदर्शिता ल्याएको रेग्मी बताउछन्। उनले भने, 'भोलि सेयर आइहाल्छ भन्दै सेयर बेचिहाल्ने कल्चरलाई यसले डिस्करेज गरेको छ।'

nimb
nimb
Ncell 2
Ncell 2

बजारमा यतिसम्म अभ्यास थियो कि ब्रोकरलाई भनसुन गरेरै अर्बौंको कारोबार हुन्थ्यो। साताभर मनलाग्दी कारोबार गर्ने र अन्तिम दिन सेटल गर्ने परिपाटी थियो। यसरी कारोबार गर्दा लगानीकर्ताको जोखिममा ब्रोकरले कमिसन आर्जन गर्न सक्थे। 

पछिल्लो समय दोस्रो बजारमा कारोबार कम हुनुको अर्को कारण चाहिँ एउटा डिम्याट खातामा भएको सेयर एउटा ब्रोकरबाट मात्रै बिक्री गर्न मिल्छ। यस अगाडि एउटा डिम्याट खाता आफूले चाहेका ब्रोकर खातामा लिङ्क गर्न सकिन्थ्यो र आफूले चाहेको ब्रोकर कार्यालयबाट बिक्री गर्न मिल्थ्यो। तर अहिलेको टिएमएसीले जुन ब्रोकरकोबाट सेयर बिक्री गर्ने हो त्यही ब्रोकरकोमा आफ्नो डिम्याट खाता लिङ्क गर्नुपर्छ।

यदि ब्रोकर परिवर्तन गर्न चाहेमा लगानीकर्ताले कम्तीमा एक दिन अगाडि नेप्सेको प्रणालीमा जानकारी गराउनु पर्छ। ब्रोकर परिवर्तन नगरुन्जेल लगानीकर्ताले सजिलै कारोबार गर्न सक्छन्। यस्तो नियमले ठूला लगानीकर्ता तथा सामूहिक लगानीकर्ता सबैभन्दा धेरै मारमा परेका छन्। 

सामूहिक लगानीकर्ता तथा म्युचुअल फन्डले आफूले पाएको सूचना तथा आफ्नो विश्लेषण बाहिर जान नदिई उचित लाभ लिइरहेका हुन्छन्। तर एउटै मात्रै ब्रोकर प्रयोग गर्नु पर्ने बाध्याताले उनीहरूको रणनीति बाहिरिने जोखिम उच्च हुन्छ। यसले गर्दा उनीहरूले यस्तो प्रणालीको विकल्प माग गरिहरेका छन्। 

एउटै डिम्याट प्रयोग गर्नमा कुनै आपत्ति नभए पनि एउटै ब्रोकर प्रयोग गर्न पाउने व्यवस्थाले भने समस्या सिर्जना गरेको मर्चेन्ट बैंक एसोसिएसनका अध्यक्ष ध्रुव तिमिल्सिनाले जानकारी दिए। एउटै ब्रोकरबाट सेयर कारोबार हुँदा कम्पनीको रणनीति ब्रोकरका पदाधिकारीले थाहा पाउने र बाहिरिन सक्ने भएकाले केही हदसम्म अप्ठ्यारो पारेको उनको तर्को छ। 

सामूहिक लगानीकर्ताले कम्तीमा पनि दुई तीन वटा ब्रोकरमार्फत् सेयर खरिदबिक्री गर्दै आएका थिए। ब्रोकरहरुले ठूलो ठूलो सेयरको डिल गर्दा एउटै मात्रै ब्रोकर प्रयोग गर्नु पर्ने बाध्यताले समस्या सिर्जना गर्ने छ। यसले कारोबारलाई सिधै प्रभावित नपारे पनि केही अवरोध भने सिर्जना गर्छ। 

कोभिड-१९ का कारण लगानीकर्ताको कमभन्दा कम भौतिक उपस्थितिका लागि यस्तो व्यवस्था गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। सेयर कारोबार गर्दा हुने गल्तीलाई कम गर्न यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १४:५६
  • #सेयर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सामान्य अंकले बढेर शेयरबजार बन्द नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १.७७ अंकले बढ्दै २ हजार ७३१.९४ अंकमा उक्लिएको हो । शुक्रबार, जेठ १, २०८३
नेप्से परिसूचक १० अंकले घट्यो, ३ अर्बको कारोबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो । बिहीबार, वैशाख ३१, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द मंगलबारको तुलनामा नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेर बन्द भएको छ । शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्