• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
‘गाडी त चलायौँ तर यसरी कति दिन?’
शिव बोहरा/ऋग्वेद शर्मा मंगलबार, असार ३०, २०७७  १४:३९
1140x725

काठमाडौं- १ सय १० दिन अति मुस्किलले बित्यो। अब त्यस्तो अप्ठ्यारो सकिएला भन्ने ठानेका यातायात मजदूरको अवस्था अझै सुधार हुने छाँट देखिँदैन। अधिकांश व्यवसायी सरकारको राहत पर्खिरहेकै छन्। गाडी चलाउन थालेकाले पनि खर्च नधानेको समस्या सुनाइरहेका छन्। 

यो सबैको मारमा छन् यातायात मजदूर नै। लामो समय के खाने भन्ने समस्याले सताइएका मजदूरहरु अहिले गाडी चल्न थालेको खुसी मनाउन सक्ने अवस्थामा पनि छैनन्। 

‘म जाँड रक्सी केही पनि खाँदिन तर यो बीचमा गाडी नचल्दा ६० हजार रुपैयाँ भन्दा बढी सकियो। आफ्नो मान्छे बिरामी भएर समस्या पर्दा पनि गाडी चलाउन पाइएन’, पुरानै समस्याबाट उत्रन नसकेको भन्दै चालक विवश बाँनिया सुनाउँछन्, ‘अरुको त आधा तलब भए पनि आउँछ। चालक सहचालकलाई त यो बीचमा मर्नु दुःख भयो नि। हामीलाई त गरे छ नगरे छैन। यत्रो चार महिनामा गाडी नचलाइ बस्दा साहुले जम्मा दुई हजार रुपैयाँ चामल किन्न भनेर दिएको थियो।’ 

सुरक्षाका उपाय अपनाएर सार्वजनिक यात्रुवाहक गाडी चलाउँदा हुन्छ भनेर सरकारले अनुमति दिएको पाँच दिन भयो। अहिले उपत्यकामा रिङरोड घुम्ने गरी केही गाडी चलेका पनि छन्। तर कहिलेसम्म यसरी चलाउन सकिन्छ उनीहरुलाई थाहा छैन। 

गाडी सञ्चालनमा हुने जति खर्च पनि आम्दानी हुन नसक्नु, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन समस्या हुनु, स्वास्थ्य सुरक्षाका सामग्री किन्दा र दैनिक खपत हुने इन्धन खर्च नै उठाउन नसक्नु जस्ता समस्या गाडी चलाइरहेकाहरु सुनाउँछन्। यसैले उनीहरु भन्छन्- ‘यसरी त गाडी चलाउन कतिञ्जेल सकिने हो थाहा छैन। 

अहिले चक्रपथ परिक्रमा गरिरहेका गाडीहरुले सकेसम्म स्वास्थ्य सुरक्षाका उपाय अपनाएका छन्। सहचालक मास्क र पन्जामा देखिन्छन्। उनीहरुले नै यात्रुहरु चढाउने बेलामा सेनिटाइजर दिने गरिरहेका छन्। यात्रुहरु प्रायजसो एक लहरको सिटमा एक जना मात्र बसिरहेका देखिन्छन्। यसैले अहिले आवश्यक पर्ने सबै उपाय अपनाएर सरकारले भनेजस्तो ५० प्रतिशत बढी भाडा लिँदा पनि आफूहरुको खर्च नउठेको गाडी चलाइरहेकाहरु बताउँछन्। 

‘गाडी हिजोदेखि चलाउन थालेको हो, तर तेल हाल्ने पुग्ने पैसा पनि छैन। परिवार पाल्न पनि मुस्किल छ। दिनमा सय रुपैयाँ पैसा पनि बच्दैन। यसरी चलाएर अर्थ नै छैन। सेनिटाइजर किन्न पुग्ने पैसा पनि हुँदैन’, चक्रपथ परिक्रमाको गाडी चलाइरहेका चालक विवश बाँनिया भन्छन्, ‘साहुले फोन गरेर मान्छे राम्रै राखेर गुडेको छ भन्छन् तर उसले देखेको छैन। हामीले सक्दो सेवा दिन खोजेको त हो नि तर सेवा दिनलाई पनि समस्या नै हुने रहेछ।’

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्युनिकरण गर्न सरकारले गएको चैत ११ गतेदेखि लकडाउनको घोषणा गर्‍यो। त्यसयता सार्वजनिक यात्रुबाहक यातायातका साधनसमेत चलेका थिएनन्। सरकारले असार २६ गतेदेखि काठमाडौं उपत्यका र अन्य जिल्लाभित्र यात्रुबाहक सवारी चल्न पाउने निर्णय गर्‍यो। सुरक्षाका मापदण्डहरु अपनाएर अन्तर जिल्लामा ट्याक्सी तथा बस सञ्चालन गर्न पाइने निर्णय भएसँगै आइतबारदेखि उपत्यकाको चक्रपथमा बस गुड्न थालेका छन्।

अन्य भित्रि तथा बाहिरी रुटमा भने बस सञ्चालनमा आइसकेका छैनन्। आइतबारदेखि मयूर यातायात, महानगर यातायात, संयुक्त यातायातलगायत अन्य विभिन्न यातायात कम्पनीहरुले बस चलाउन थालेका छन्।

सरकारले लकडाउन अवधि कायम रहँदासम्म सवारी चलाउँदा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने निर्णय गरेको छ। यात्रुबाहक सार्वजनिक सवारी कूल सिटको आधामात्र हुने गरी र ट्याक्सीको हकमा एकै परिवारको भए चार जनासम्म र अन्यलाई दुई जनामात्र चढ्न पाउने नियम सरकारले बनाएको छ। यात्रुबाहक बसमा सिटबीच सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था गरेर चलाउन भनिएको छ।

चालक तथा सहचालक, यात्रुले समेत मास्क अनिवार्य लगाउनुपर्ने छ। त्यस्तै सवारी साधनमा सेनिटाइजर अनिवार्य र हरेक दिन सवारीसाधनलाई डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कोभिड १९ को महामारी आदेश जारी रहुन्जेलसम्म नै सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने छन्। सोही बमोजिम चक्रपथमा बस चल्न थालेका छन्। मयूर यातायातले आइतबार ४/५ वटा बस सञ्चालन गरेको थियो। त्यसयता मयूरले क्रमिकरुपमा बस मर्मत गर्दै संख्या बढाउँदै लगेको यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जनकारी दिए।

‘हामीले आइतबारबाट बस चलाउन सुरु गरेका हौं। बस लामो समयदेखि रोकिएर बसेकाले मर्मत गरेर दैनिक रुपमा चल्ने बसको संख्या बढाउँदै लगेका छौं,’ श्रेष्ठले भने, ‘बुधबारबाट १० वटा बस रिङरोडमा गुढाउने योजनामा छौं। बस चलाउँदा सक्दो सुरक्षा विधि पनि अपनाएका छौं।’

मंगलबारबाट सुन्दर यातायातले पनि पाँच वटा विद्युतीय बस चलाउन थालेको छ। सुन्दरले रिङरोड र सूर्यविनायक-रत्नपार्क रुपमा बस सञ्चालन गरेको छ। लकडाउनपूर्वकै रुट रिङरोड र नयाँ रुटमा समेत बस सेवा सुरु गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए। ‘रिङ रोड सुन्दर यातायातको पुरानै रुट होे। मंगलबारदेखि सूर्यविनायक-जमल-रत्नपार्क रुटमा समेत बस चलाउन थाल्यौं,’ थापाले भने।

आधामात्र यात्रु राखेर ५० प्रतिशत धेरै भाडा लिन पाउने व्यवस्था सरकारले गरे पनि सुन्दर यातायातले पुरानै भाडादरमा यात्रु बोक्ने थापाले बताए। गाडीमा सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने उनको भनाइ छ। ‘यात्रुको लागि त सरकारले तोकेको कुरा छँदैछ। चालक सह-चालकहरुले हाम्रो कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउनु हुनेछ,’ उनले भने ‘प्रत्येक यात्रुको तापक्रम जाँचिने छ भने मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन। त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई हामी निःशुल्क मास्क दिन्छौं।’

सुन्दर यातायातका अध्यक्ष थापाले भनेजस्तो स्वास्थ्य सुरक्षाका सबै उपाय सञ्चालनमा आएका सबै गाडीले पूरा गर्न सकेका छैनन्। 

‘अस्तिको दिनदेखि गाडी चलाएको हो तर तेल हाल्न नै मुस्किल छ। सरकाबाट ज्वरो नाप्ने थर्मल गन मात्र उपलब्ध भइदिए पनि सुरक्षित रुपमा काम गर्न हुन्थ्यो। अनुहार हेरेर त बिरामी मान्छे चिनिँदैन’, महानगर यातायातका सहचालक भुपेन्द्र घिमिरे भन्छन्, ‘सुरक्षाको डर त धेरै नै हुन्छ, जाँच गर्ने केही सामान छैन। सेनिटाइजर लगाएर गाडीमा प्रवेश दिइरहेका छौँ। हिजो त गाडीमा तेल हाल्दा उल्टो सात सय रुपैयाँ खर्च भयो। यसरी नै धेरै समय चलाउन सकिँदैन।’ 

कोरोना संक्रमणको जोखिमलाई विचार गरेर गाडी चलाउने तयारी धेरैजसो व्यवसायीले पूरा गर्न सकेका छैनन्। कतिसम्म भने केही गाडीका चालकले त सिटसंख्या भन्दा बढी यात्रु नराख्ने गरी जिम्मेवार बन्न पनि समस्या भएको सुनाउँछन्। 

‘अहिले जम्मा १० वटा जति गाडी गुडेका हुन्। मान्छेहरु सडकमा धेरै छन्। एक घन्टासम्म गाडी कुरेको मान्छेलाई नचढाइ जान पनि मिल्ने अवस्था हुँदैन। त्यसैले कहिलेकाहिँ भिड हुने सम्भावना पनि उत्तिनै छ। उहाँहरुको सुरक्षा आफ्नै जिम्मा भनेजस्तो छ। हामीले चढ्नुस् भन्नै मिल्दैन। भिड देखेको बेला कोही झर्नुहुन्छ भने हामीले झारिदिनु पर्छ’ चालक विवशले भने। 

एउटा सिटमा एक जना मात्र बस्दा कोरोना संक्रमणको जोखिम नहुने सोचेर त्यसैअनुसार गर्ने प्रयास गरिरहेको उनले बताए। ‘चढ्ने बेलामा सेनिटाइजर हातमा लगाएर चढाउने गरिरहेका छौँ, सबैको मुखमा मास्क पनि हुन्छ नै। एउटा गाडीमा एक पटकमा १५ जना बोक्दा गाडीवालालाई त यसै पनि घाँटा छँदैछ। बरु बन्द गरिदिएकै बेस। टायर खियायर तेलको पैसा पनि नउठ्ने गरी चलाएर के काम र’ उनले भने। 

 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली सेयर बजारमा उछाल आए पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो साताको बिहीबार ८ अर्ब बराबरको सेयर कारोबार हुँदा आइतबार ७ अर्ब बराबरको... आइतबार, असार १५, २०८२
बजारमा अधिक तरलता कायमै, आज फेरि ३० अर्ब तान्दै राष्ट्र बैंक बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र  बैंकले यस्तो तरलता निरन्तर खिच्दै आएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बढेपछि आइतबार ३ ब... आइतबार, असार १५, २०८२
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने त... शनिबार, असार १४, २०८२
ताजा समाचारसबै
मोहना नदीमा पानीको बाहव बढ्यो, उच्च सतर्क रहन आग्रह सोमबार, असार १६, २०८२
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन सोमबार, असार १६, २०८२
मुगुमा पुनः भूकम्पको धक्का सोमबार, असार १६, २०८२
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध सोमबार, असार १६, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्