• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

‘गाडी त चलायौँ तर यसरी कति दिन?’

शिव बोहरा/ऋग्वेद शर्मा मंगलबार, असार ३०, २०७७  १४:३९
1140x725

काठमाडौं- १ सय १० दिन अति मुस्किलले बित्यो। अब त्यस्तो अप्ठ्यारो सकिएला भन्ने ठानेका यातायात मजदूरको अवस्था अझै सुधार हुने छाँट देखिँदैन। अधिकांश व्यवसायी सरकारको राहत पर्खिरहेकै छन्। गाडी चलाउन थालेकाले पनि खर्च नधानेको समस्या सुनाइरहेका छन्। 

यो सबैको मारमा छन् यातायात मजदूर नै। लामो समय के खाने भन्ने समस्याले सताइएका मजदूरहरु अहिले गाडी चल्न थालेको खुसी मनाउन सक्ने अवस्थामा पनि छैनन्। 

‘म जाँड रक्सी केही पनि खाँदिन तर यो बीचमा गाडी नचल्दा ६० हजार रुपैयाँ भन्दा बढी सकियो। आफ्नो मान्छे बिरामी भएर समस्या पर्दा पनि गाडी चलाउन पाइएन’, पुरानै समस्याबाट उत्रन नसकेको भन्दै चालक विवश बाँनिया सुनाउँछन्, ‘अरुको त आधा तलब भए पनि आउँछ। चालक सहचालकलाई त यो बीचमा मर्नु दुःख भयो नि। हामीलाई त गरे छ नगरे छैन। यत्रो चार महिनामा गाडी नचलाइ बस्दा साहुले जम्मा दुई हजार रुपैयाँ चामल किन्न भनेर दिएको थियो।’ 

सुरक्षाका उपाय अपनाएर सार्वजनिक यात्रुवाहक गाडी चलाउँदा हुन्छ भनेर सरकारले अनुमति दिएको पाँच दिन भयो। अहिले उपत्यकामा रिङरोड घुम्ने गरी केही गाडी चलेका पनि छन्। तर कहिलेसम्म यसरी चलाउन सकिन्छ उनीहरुलाई थाहा छैन। 

गाडी सञ्चालनमा हुने जति खर्च पनि आम्दानी हुन नसक्नु, स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन समस्या हुनु, स्वास्थ्य सुरक्षाका सामग्री किन्दा र दैनिक खपत हुने इन्धन खर्च नै उठाउन नसक्नु जस्ता समस्या गाडी चलाइरहेकाहरु सुनाउँछन्। यसैले उनीहरु भन्छन्- ‘यसरी त गाडी चलाउन कतिञ्जेल सकिने हो थाहा छैन। 

अहिले चक्रपथ परिक्रमा गरिरहेका गाडीहरुले सकेसम्म स्वास्थ्य सुरक्षाका उपाय अपनाएका छन्। सहचालक मास्क र पन्जामा देखिन्छन्। उनीहरुले नै यात्रुहरु चढाउने बेलामा सेनिटाइजर दिने गरिरहेका छन्। यात्रुहरु प्रायजसो एक लहरको सिटमा एक जना मात्र बसिरहेका देखिन्छन्। यसैले अहिले आवश्यक पर्ने सबै उपाय अपनाएर सरकारले भनेजस्तो ५० प्रतिशत बढी भाडा लिँदा पनि आफूहरुको खर्च नउठेको गाडी चलाइरहेकाहरु बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘गाडी हिजोदेखि चलाउन थालेको हो, तर तेल हाल्ने पुग्ने पैसा पनि छैन। परिवार पाल्न पनि मुस्किल छ। दिनमा सय रुपैयाँ पैसा पनि बच्दैन। यसरी चलाएर अर्थ नै छैन। सेनिटाइजर किन्न पुग्ने पैसा पनि हुँदैन’, चक्रपथ परिक्रमाको गाडी चलाइरहेका चालक विवश बाँनिया भन्छन्, ‘साहुले फोन गरेर मान्छे राम्रै राखेर गुडेको छ भन्छन् तर उसले देखेको छैन। हामीले सक्दो सेवा दिन खोजेको त हो नि तर सेवा दिनलाई पनि समस्या नै हुने रहेछ।’

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्युनिकरण गर्न सरकारले गएको चैत ११ गतेदेखि लकडाउनको घोषणा गर्‍यो। त्यसयता सार्वजनिक यात्रुबाहक यातायातका साधनसमेत चलेका थिएनन्। सरकारले असार २६ गतेदेखि काठमाडौं उपत्यका र अन्य जिल्लाभित्र यात्रुबाहक सवारी चल्न पाउने निर्णय गर्‍यो। सुरक्षाका मापदण्डहरु अपनाएर अन्तर जिल्लामा ट्याक्सी तथा बस सञ्चालन गर्न पाइने निर्णय भएसँगै आइतबारदेखि उपत्यकाको चक्रपथमा बस गुड्न थालेका छन्।

अन्य भित्रि तथा बाहिरी रुटमा भने बस सञ्चालनमा आइसकेका छैनन्। आइतबारदेखि मयूर यातायात, महानगर यातायात, संयुक्त यातायातलगायत अन्य विभिन्न यातायात कम्पनीहरुले बस चलाउन थालेका छन्।

सरकारले लकडाउन अवधि कायम रहँदासम्म सवारी चलाउँदा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने निर्णय गरेको छ। यात्रुबाहक सार्वजनिक सवारी कूल सिटको आधामात्र हुने गरी र ट्याक्सीको हकमा एकै परिवारको भए चार जनासम्म र अन्यलाई दुई जनामात्र चढ्न पाउने नियम सरकारले बनाएको छ। यात्रुबाहक बसमा सिटबीच सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था गरेर चलाउन भनिएको छ।

चालक तथा सहचालक, यात्रुले समेत मास्क अनिवार्य लगाउनुपर्ने छ। त्यस्तै सवारी साधनमा सेनिटाइजर अनिवार्य र हरेक दिन सवारीसाधनलाई डिसइन्फेक्सन गर्नुपर्ने व्यवस्था गरिएको छ।

कोभिड १९ को महामारी आदेश जारी रहुन्जेलसम्म नै सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने छन्। सोही बमोजिम चक्रपथमा बस चल्न थालेका छन्। मयूर यातायातले आइतबार ४/५ वटा बस सञ्चालन गरेको थियो। त्यसयता मयूरले क्रमिकरुपमा बस मर्मत गर्दै संख्या बढाउँदै लगेको यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जनकारी दिए।

‘हामीले आइतबारबाट बस चलाउन सुरु गरेका हौं। बस लामो समयदेखि रोकिएर बसेकाले मर्मत गरेर दैनिक रुपमा चल्ने बसको संख्या बढाउँदै लगेका छौं,’ श्रेष्ठले भने, ‘बुधबारबाट १० वटा बस रिङरोडमा गुढाउने योजनामा छौं। बस चलाउँदा सक्दो सुरक्षा विधि पनि अपनाएका छौं।’

मंगलबारबाट सुन्दर यातायातले पनि पाँच वटा विद्युतीय बस चलाउन थालेको छ। सुन्दरले रिङरोड र सूर्यविनायक-रत्नपार्क रुपमा बस सञ्चालन गरेको छ। लकडाउनपूर्वकै रुट रिङरोड र नयाँ रुटमा समेत बस सेवा सुरु गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए। ‘रिङ रोड सुन्दर यातायातको पुरानै रुट होे। मंगलबारदेखि सूर्यविनायक-जमल-रत्नपार्क रुटमा समेत बस चलाउन थाल्यौं,’ थापाले भने।

आधामात्र यात्रु राखेर ५० प्रतिशत धेरै भाडा लिन पाउने व्यवस्था सरकारले गरे पनि सुन्दर यातायातले पुरानै भाडादरमा यात्रु बोक्ने थापाले बताए। गाडीमा सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने उनको भनाइ छ। ‘यात्रुको लागि त सरकारले तोकेको कुरा छँदैछ। चालक सह-चालकहरुले हाम्रो कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क लगाउनु हुनेछ,’ उनले भने ‘प्रत्येक यात्रुको तापक्रम जाँचिने छ भने मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन। त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई हामी निःशुल्क मास्क दिन्छौं।’

सुन्दर यातायातका अध्यक्ष थापाले भनेजस्तो स्वास्थ्य सुरक्षाका सबै उपाय सञ्चालनमा आएका सबै गाडीले पूरा गर्न सकेका छैनन्। 

‘अस्तिको दिनदेखि गाडी चलाएको हो तर तेल हाल्न नै मुस्किल छ। सरकाबाट ज्वरो नाप्ने थर्मल गन मात्र उपलब्ध भइदिए पनि सुरक्षित रुपमा काम गर्न हुन्थ्यो। अनुहार हेरेर त बिरामी मान्छे चिनिँदैन’, महानगर यातायातका सहचालक भुपेन्द्र घिमिरे भन्छन्, ‘सुरक्षाको डर त धेरै नै हुन्छ, जाँच गर्ने केही सामान छैन। सेनिटाइजर लगाएर गाडीमा प्रवेश दिइरहेका छौँ। हिजो त गाडीमा तेल हाल्दा उल्टो सात सय रुपैयाँ खर्च भयो। यसरी नै धेरै समय चलाउन सकिँदैन।’ 

कोरोना संक्रमणको जोखिमलाई विचार गरेर गाडी चलाउने तयारी धेरैजसो व्यवसायीले पूरा गर्न सकेका छैनन्। कतिसम्म भने केही गाडीका चालकले त सिटसंख्या भन्दा बढी यात्रु नराख्ने गरी जिम्मेवार बन्न पनि समस्या भएको सुनाउँछन्। 

‘अहिले जम्मा १० वटा जति गाडी गुडेका हुन्। मान्छेहरु सडकमा धेरै छन्। एक घन्टासम्म गाडी कुरेको मान्छेलाई नचढाइ जान पनि मिल्ने अवस्था हुँदैन। त्यसैले कहिलेकाहिँ भिड हुने सम्भावना पनि उत्तिनै छ। उहाँहरुको सुरक्षा आफ्नै जिम्मा भनेजस्तो छ। हामीले चढ्नुस् भन्नै मिल्दैन। भिड देखेको बेला कोही झर्नुहुन्छ भने हामीले झारिदिनु पर्छ’ चालक विवशले भने। 

एउटा सिटमा एक जना मात्र बस्दा कोरोना संक्रमणको जोखिम नहुने सोचेर त्यसैअनुसार गर्ने प्रयास गरिरहेको उनले बताए। ‘चढ्ने बेलामा सेनिटाइजर हातमा लगाएर चढाउने गरिरहेका छौँ, सबैको मुखमा मास्क पनि हुन्छ नै। एउटा गाडीमा एक पटकमा १५ जना बोक्दा गाडीवालालाई त यसै पनि घाँटा छँदैछ। बरु बन्द गरिदिएकै बेस। टायर खियायर तेलको पैसा पनि नउठ्ने गरी चलाएर के काम र’ उनले भने। 

 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १४:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा खटिएको राष्ट्र बैंक उपनिर्देशक गेजा पंगेनी नेतृत्वको १० सदस्यीय टोलीले गत साउनदेखि सहकारीको निरीक... सोमबार, असोज ५, २०८३
आगलागीपछि फेरि खुल्यो टंगालको भाटभटेनी, गुरुङले भने– ‘ज्यानको बाजी राखेर उठाएँ’ शाखाको पुनः उद्घाटन गर्दै भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विगतको घटनालाई बिर्सेर नयाँ सुरुवात गरेको बताए। उनले हजारौँ कर्मचारी,... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्