काठमाडौं- जापानको मिकी सिटीमा रहेको एनपिओ रारीगुरासले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुरासका अध्यक्ष एकेमी मिजुबाले ५ हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले जनाएका छन्।
रारीगुरास नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक रमिता शाक्यले खेलाडीलाई सोमबार रकम हस्तान्तरण गरे। रारीगुरासले विगतमा पनि खेलाडीको प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको प्रशिक्षक लामाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।