• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
अस्वभाविक तरलता थुप्रिएपछि बैंकहरूले आफूखुसी ब्याज निर्धारण गर्न सक्ने, ब्याजदर घट्ने संकेत
64x64
अरुण सापकोटा सोमबार, असार २९, २०७७  १६:१०
1140x725

काठमाडौं- बैंकमा तरलता थुप्रिएपछि बैंकहरुले आफूखुसी व्याजदर निर्धारण गर्ने सहमति गरेका छन्। वाणिज्य बैंकहरुले पछिल्लो समय निक्षेप बढिरहने तर नयाँ कर्जाको माग नआएपछि आफूखुसी व्याजदर घटाउने भद्र सहमति गरेका हुन्।

बैंकमा निक्षेपमात्रै बढेपछि व्याजदरको विषय बैंक आफैंले निर्धाण गर्न सक्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। तर, व्याजदरको विषयमा बैंकर्स संघले कुनै पनि भद्र सहमति नगरेको संघका पदाधिकारी तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए।

लकडाउनपछि कर्जाको माग शून्य छ। बैशाख यता नयाँ कर्जाको माग नै नभएको शेरचनले जानकारी दिए। कर्जाको माग नहुने तर निक्षेप भने एकोहोरो थुप्रिदै गएपछि व्याजदर घट्नु स्वभाविक भएको उनको तर्क छ। तर, केहि समय कर्जाको माग भएन भनेर व्याजदरको विषयमा तत्काल भद्र सहमति गरिहाल्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिए।

उनले भने, 'यदि अवस्था सामान्य हुँदै गएमा कर्जाको माग बढ्नेछ र पुनः तरलताको समस्या देखिनेछ। त्यतिबेला अहिलेको सहमति आवस्यक पर्नेछ।' नयाँ कर्जाको माग नआएपछि बैंकहरु व्याजदर बढाएर निक्षेप तानातान गर्ने पक्षमा छैनन्। निक्षेप खोसा खोस नहुने अवस्थामा कुनै पनि सहमतिको आश्यक नभएको बैंकरहरुको राय छ।

चैतदेखि असार तेस्रो सातासम्ममा कर्जा विस्तार ऋणात्मक छ। लक डाउनका कारण सम्पूर्ण उद्योग व्यवसाय ठप्प छ। यसले नयाँ कर्जाको माग नआएको हो। तर असारको चौथो सातामा मात्रै ३३ अर्ब रुपैयाँले कर्जा बढेको छ। 

जलविद्युत् तथा अन्य परियोजनाले अग्रिम सहमति अनुसार लैजाने नियमित कर्जा निकासी हुँदा उक्त कर्जा बढेको शेरचनले जानकारी दिए। यस अवधिमा नयाँ कर्जा नगएको उनले ठोकुवा गरे। अझै केहि समय नयाँ कर्जाको माग नआउने बैंकरहरु बताउँछन्।

अवस्था सहज हुँदै गएमा कर्जाको माग ह्वात्तै बढ्ने उनीहरु बताउँछन्। कतिपय अवस्थामा व्यवसायीहरुले कर्जाको व्याज, किस्ता, तलब सुविधा, दैनिक खर्च व्यवस्थापनका लागि पनि कर्जा थप्ने शेरचनले जानकारी दिए। 

लकडाउनयता एक खर्ब ९९ अर्ब रुपैयाँले निक्षेप बढेको छ। यस अवधिमा हुण्डीको कारोबार शून्य छ। विदेशमा रहेका नेपाली तथा व्यापारीले कुनै पनि कारोबार गर्न सक्ने अवस्था छैन। आयात निर्यात करिब शून्य छ। यसले हुण्डीको कारोबार हुन सकेको छैन। हुण्डीको कारोबार नहुँदा वैदेशिक रोजागारीमा गएका तथा विदेशमा रहेका नेपालीहरुले वैधानिक च्यानलबाटै पैसा पठाउनुपर्ने बाध्याताले पनि बैंकहरुमा निक्षेप थुप्रिएको हो।

Ncell 2
Ncell 2

लकडाउनका कारण रेमिट्यान्स आप्रवाहमा जुन हिसाबले घट्ने आंकलन गरिएको थियो त्यहि हिसाबले घटेको छैन। सरकारले पुँजीगत खर्च बढाइरहेको छ। खर्च बढाउँदा पनि बैंकमा पैसा थुप्रिदै गएको हो। असार तेस्रो सातामात्रै ६५ अर्बले निक्षेप बढेको छ भने ३३ अर्बले कर्जा विस्तार भएको छ।

पछिल्लो समय बढिरहेको निक्षेपलाई हेरेर तत्काल व्याजदर घटाइहाल्न नहुने बैंकहरुको तर्क छ। अहिले व्याजदर घटाइहाल्ने र अवस्था सामान्य भएपछि पुनः बढाउनुपर्ने अवस्था आउनुभन्दा अहिलेकै अवस्थामा रहन दिनुपर्ने कतिपय बैंकहरु बताउँछन्।

बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए। साउन एक गतेदेखि बैंकहरुले यहि व्याजदरको सीमाभित्र रहेर काम गर्नै पर्ने बाध्यता हटाउनुपर्ने माग गरेका हुन्। उनीहरुका अनुसार साउन एक गतेदेखि बैंकको अनुकुलता अनुसार व्याजदर निर्धाण गर्न सक्ने छन्।

बैंकहरुबीच व्याजदरलाई लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उक्त भद्र सहमति भएको थियो। तर, पछिल्लो समय स्वभाविक रुपमा उक्त सहमति भन्दा तल व्याजदर हुने भएपछि सहमतिको औचित्य नरहेको बैंकहरुको तर्क छ। तर, कतिपय बैंकहरुले अहिले नै उक्त भद्र सहमति तोडिहाल्न नहुने बताएका थिए।

गत जेठदेखि नै बैंकहरुले निक्षेपको व्याजदर घटाइसकेका छन्। कतिपय विकास बैंकले १० प्रतिशतभन्दा माथि निक्षेपको व्याजदरलाई घटाएर ४/५ प्रतिशतसम्म झारेका छन्। अधिकांश वाणिज्य बैंकहरुले कल डिपोजिट तथा मुद्दती निक्षेपको व्याजदर घटेको सूचना सार्वजनिक गरिसकेका छन्। जसले बैंकहरुको आधार व्याजदर सिङ्गल डिजिटमा झरिसकेका छ।

यस्तै अवस्था लम्बिदै जाने हो भने बैंकको व्याजदर थप घट्ने संकेत देखिएको छ। बैंकहरुले जुन हिसाबले निक्षेपको व्याजदर घटाइरहेका छन् त्यहि अनुपातमा कर्जाको व्याजदर भने घटाएका छैनन्। नेपाल राष्ट्र बैंकले व्याजदर घटाउन दिएको निर्देशन पनि बैंकहरुले पूर्णरुपमा पालना गरेका छैनन्। नाफामा आउन सक्ने गिरावटलाई मध्यनजर गर्दै निक्षेपको व्याजदर घटाउने तर कर्जाको व्याजदर घटाउन नखोज्ने चरित्र बैंकहरुमा रहँदै आएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली सेयर बजारमा उछाल आए पनि कारोबार रकममा गिरावट आएको छ। अघिल्लो साताको बिहीबार ८ अर्ब बराबरको सेयर कारोबार हुँदा आइतबार ७ अर्ब बराबरको... आइतबार, असार १५, २०८२
सेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो बुधबार स्थिर बसेको नेप्से आज झिनो अंकले गिरावट भएको हो। बिहीबार, असार १२, २०८२
सेयर बजारमा गिरावट सोमाबार ५ अंकले बढेको सेयर बजार आज अन्तिम अवस्थामा आएर ०.२२ अंकले गिरावट आएको हो। योसँगै आज नेप्से परिसूचक २६०० विन्दु कायम भएको हो। मंगलबार, असार १०, २०८२
ताजा समाचारसबै
तान्जानियामा बस दुर्घटनामा ३८ जनाको मृत्यु आइतबार, असार १५, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
माधव नेपालबारे सार्वजनिकरूपमा नबोल्न, नलेख्न र वादविवाद नगर्न नेकपा एसको निर्देशन आइतबार, असार १५, २०८२
पहिलो हाफमा लाओसविरुद्ध नेपाल २–० ले अगाडि आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्