• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अस्वभाविक तरलता थुप्रिएपछि बैंकहरूले आफूखुसी ब्याज निर्धारण गर्न सक्ने, ब्याजदर घट्ने संकेत

64x64
अरुण सापकोटा सोमबार, असार २९, २०७७  १६:१०
1140x725

काठमाडौं- बैंकमा तरलता थुप्रिएपछि बैंकहरुले आफूखुसी व्याजदर निर्धारण गर्ने सहमति गरेका छन्। वाणिज्य बैंकहरुले पछिल्लो समय निक्षेप बढिरहने तर नयाँ कर्जाको माग नआएपछि आफूखुसी व्याजदर घटाउने भद्र सहमति गरेका हुन्।

बैंकमा निक्षेपमात्रै बढेपछि व्याजदरको विषय बैंक आफैंले निर्धाण गर्न सक्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। तर, व्याजदरको विषयमा बैंकर्स संघले कुनै पनि भद्र सहमति नगरेको संघका पदाधिकारी तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए।

लकडाउनपछि कर्जाको माग शून्य छ। बैशाख यता नयाँ कर्जाको माग नै नभएको शेरचनले जानकारी दिए। कर्जाको माग नहुने तर निक्षेप भने एकोहोरो थुप्रिदै गएपछि व्याजदर घट्नु स्वभाविक भएको उनको तर्क छ। तर, केहि समय कर्जाको माग भएन भनेर व्याजदरको विषयमा तत्काल भद्र सहमति गरिहाल्नुपर्ने अवस्था नरहेको उनले जानकारी दिए।

उनले भने, 'यदि अवस्था सामान्य हुँदै गएमा कर्जाको माग बढ्नेछ र पुनः तरलताको समस्या देखिनेछ। त्यतिबेला अहिलेको सहमति आवस्यक पर्नेछ।' नयाँ कर्जाको माग नआएपछि बैंकहरु व्याजदर बढाएर निक्षेप तानातान गर्ने पक्षमा छैनन्। निक्षेप खोसा खोस नहुने अवस्थामा कुनै पनि सहमतिको आश्यक नभएको बैंकरहरुको राय छ।

चैतदेखि असार तेस्रो सातासम्ममा कर्जा विस्तार ऋणात्मक छ। लक डाउनका कारण सम्पूर्ण उद्योग व्यवसाय ठप्प छ। यसले नयाँ कर्जाको माग नआएको हो। तर असारको चौथो सातामा मात्रै ३३ अर्ब रुपैयाँले कर्जा बढेको छ। 

जलविद्युत् तथा अन्य परियोजनाले अग्रिम सहमति अनुसार लैजाने नियमित कर्जा निकासी हुँदा उक्त कर्जा बढेको शेरचनले जानकारी दिए। यस अवधिमा नयाँ कर्जा नगएको उनले ठोकुवा गरे। अझै केहि समय नयाँ कर्जाको माग नआउने बैंकरहरु बताउँछन्।

अवस्था सहज हुँदै गएमा कर्जाको माग ह्वात्तै बढ्ने उनीहरु बताउँछन्। कतिपय अवस्थामा व्यवसायीहरुले कर्जाको व्याज, किस्ता, तलब सुविधा, दैनिक खर्च व्यवस्थापनका लागि पनि कर्जा थप्ने शेरचनले जानकारी दिए। 

लकडाउनयता एक खर्ब ९९ अर्ब रुपैयाँले निक्षेप बढेको छ। यस अवधिमा हुण्डीको कारोबार शून्य छ। विदेशमा रहेका नेपाली तथा व्यापारीले कुनै पनि कारोबार गर्न सक्ने अवस्था छैन। आयात निर्यात करिब शून्य छ। यसले हुण्डीको कारोबार हुन सकेको छैन। हुण्डीको कारोबार नहुँदा वैदेशिक रोजागारीमा गएका तथा विदेशमा रहेका नेपालीहरुले वैधानिक च्यानलबाटै पैसा पठाउनुपर्ने बाध्याताले पनि बैंकहरुमा निक्षेप थुप्रिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनका कारण रेमिट्यान्स आप्रवाहमा जुन हिसाबले घट्ने आंकलन गरिएको थियो त्यहि हिसाबले घटेको छैन। सरकारले पुँजीगत खर्च बढाइरहेको छ। खर्च बढाउँदा पनि बैंकमा पैसा थुप्रिदै गएको हो। असार तेस्रो सातामात्रै ६५ अर्बले निक्षेप बढेको छ भने ३३ अर्बले कर्जा विस्तार भएको छ।

पछिल्लो समय बढिरहेको निक्षेपलाई हेरेर तत्काल व्याजदर घटाइहाल्न नहुने बैंकहरुको तर्क छ। अहिले व्याजदर घटाइहाल्ने र अवस्था सामान्य भएपछि पुनः बढाउनुपर्ने अवस्था आउनुभन्दा अहिलेकै अवस्थामा रहन दिनुपर्ने कतिपय बैंकहरु बताउँछन्।

बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए। साउन एक गतेदेखि बैंकहरुले यहि व्याजदरको सीमाभित्र रहेर काम गर्नै पर्ने बाध्यता हटाउनुपर्ने माग गरेका हुन्। उनीहरुका अनुसार साउन एक गतेदेखि बैंकको अनुकुलता अनुसार व्याजदर निर्धाण गर्न सक्ने छन्।

बैंकहरुबीच व्याजदरलाई लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि उक्त भद्र सहमति भएको थियो। तर, पछिल्लो समय स्वभाविक रुपमा उक्त सहमति भन्दा तल व्याजदर हुने भएपछि सहमतिको औचित्य नरहेको बैंकहरुको तर्क छ। तर, कतिपय बैंकहरुले अहिले नै उक्त भद्र सहमति तोडिहाल्न नहुने बताएका थिए।

Xtrem

Xtrem

गत जेठदेखि नै बैंकहरुले निक्षेपको व्याजदर घटाइसकेका छन्। कतिपय विकास बैंकले १० प्रतिशतभन्दा माथि निक्षेपको व्याजदरलाई घटाएर ४/५ प्रतिशतसम्म झारेका छन्। अधिकांश वाणिज्य बैंकहरुले कल डिपोजिट तथा मुद्दती निक्षेपको व्याजदर घटेको सूचना सार्वजनिक गरिसकेका छन्। जसले बैंकहरुको आधार व्याजदर सिङ्गल डिजिटमा झरिसकेका छ।

यस्तै अवस्था लम्बिदै जाने हो भने बैंकको व्याजदर थप घट्ने संकेत देखिएको छ। बैंकहरुले जुन हिसाबले निक्षेपको व्याजदर घटाइरहेका छन् त्यहि अनुपातमा कर्जाको व्याजदर भने घटाएका छैनन्। नेपाल राष्ट्र बैंकले व्याजदर घटाउन दिएको निर्देशन पनि बैंकहरुले पूर्णरुपमा पालना गरेका छैनन्। नाफामा आउन सक्ने गिरावटलाई मध्यनजर गर्दै निक्षेपको व्याजदर घटाउने तर कर्जाको व्याजदर घटाउन नखोज्ने चरित्र बैंकहरुमा रहँदै आएको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्