• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रिक्सा चालकको दुखेसाे- कोरोनाले भन्दा भोकले मरिएला जस्तो भो!

64x64
प्रजु पन्त बुधबार, असार २४, २०७७  १७:०९
1140x725
गंगा माझी

काठमाडौं- १८ वर्षदेखि वसन्तपुर क्षेत्रमा रिक्सा चलाउँदै आएका मंगल तामाङले सोमबार एक जना यात्रु पनि पाएनन्। यात्रु नपाएपछि उनीलाई दिक्क लागेको थियो। सिमसिम पानी परिरहेको थियो। पैदल यात्रु छाता ओढेर आवतजावत गरिरहेका थिए। कोही आइहाल्छन् कि भनेर उनको नजर हरपल पैदल यात्रुतिर थियो। 

वसन्तपुर नजिकै प्याफलमा डेरा छ उनको। ६७ बसन्त काटेका उनकी श्रीमतीको उमेर पनि उनकै हाराहारी छ। मंगल रिक्सा चलाउने, उनकी श्रीमती हातैले बुनेको रुमाल फुटपाथमा बेच्ने। कमाइ नै नभएको दिनमा पनि केही रकम भए पनि उनको परिवार जसोतसो चलेकै थियो। तर लकडाउनपछि आम्दानी ठप्प छ।

‘के गर्नु लकडाउन भएदेखि पेटभरि राम्रोसँग खान पाएको छैन। बिहान क्षेत्रपाटीमा भात दिएका थिए। त्यही थापेर खाइयो। बेलुकी त दिँदैनन् रे। आज कमाइ भएन भने भरे के खाने हो थाहा छैन,’ उनले भने, ‘लकडाउन अघिसम्म त टुरिस्ट पनि हुन्थे। केही नभए नि ५ सय त हुन्थ्यो। अरु यात्रु पनि रिक्सा खोज्दैनन् अहिले।’

मंगलका सन्तान छैनन्। दुई बुढाबुढी मात्रै। कोठाभाडा ४ हजार ४ सय महिनैपिच्छे बुझाउनुपर्छ। तर तीन महिनायता यो परिवारले कोठाभाडा बुझाउन सकेको छैन। घरबेटीले सकेसम्म छिटो भाडा बुझाउन ताकेता गरिरहेका छन्। तर बुझाउने कसरी? 

मंगल दम्पति उच्च रक्तचापका बिरामी हुन्। औषधि नियमित खाइरहनुपर्छ उनीहरू दुवैले। घरमा औषधि भइन्जेल त कहिले तरकारी बिना, कहिले दालबिना भात खाइरहे। तर लकडाउनसँगै आम्दानी सुकेपछि औषधि पनि छुट्ने हो कि भन्ने त्रासले जे त पर्ला भनेर जेठ २० बाट उनी रिक्सा लिएर डेराबाट निस्किए। 

मंगल तामाङ 

‘सरकारले घरमा बस्नू मात्रै भन्यो, के भएको छ सोधखबर कसैले गरेनन्,' मंगलले भने, ‘केही सिप नलागेपछि जेठ २० मा रिक्सा निकालेँ। औषधि खर्च त निकाल्नै पर्‍यो।’

000

मंगलजस्तै राजधानीका सडकमा रिक्सा हाँक्ने पेसा बनाएका अर्का चालक हुन् ४९ वर्षीय गंगा माझी। उनले सोमबार ५ सय कमाए। साहुलाई दुई सय बुझाउनु परेपनि ३ सय जोगिने भएकाले उनी खुसी नै थिए। १२-१३ वर्षको उमेरमा जनकपुरबाट काठमाडौँ आएका गंगाले सुरुमा ज्यामी काम गरे। जेनतेन जिविका चलेकै थियो। तर ठेकेदारले पैसा नदिन थालेपछि ठेलागाडा तान्ने काम गरे। त्यहीबेला उनलाई बज्रपात आइलाग्यो। श्रीमतीको पाठेघरको अप्रेसन गर्नुपर्ने भएपछि १ लाख रुपैँया ऋण लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

ऋण लागेपछि ३ वर्षअघि उनी साउदी अरब पुगे। म्यानपावरले ४८ हजार पाउने आश्वासन दिएको थियो, तर उनले पाए ३० हजार मात्रै। 

‘रोडमा काम गर्नुपर्दथ्यो, पैसा पनि थोरै दियो,’ माझीले भने, ‘नेपालमा छँदा नेपाली ठेकदारले ठग्यो साउदीमा त्यहीको मालिकले ठग्यो। हामी निमुखालाई जसले पनि ठग्दो रहेछ।’

उनले साउदी जाँदा लागेको ३ लाख ऋण त तिरे। तर श्रीमतीको उपचार गर्दा लागेको ऋण तिर्न सकेनन्। अनि नेपाल फर्किएर रिक्सा चलाउन थाले। रिक्साले धेरैथोर खर्च थेगेकै थियो। श्रीमती पनि घरायसी काम गर्न सक्ने भएकी थिइन्। अकस्मात् लकडाउन भएपछि भने माझी परिवारलाई टिक्न हम्मेहम्मे पर्‍यो। कोठाभाडा महिनाको ९ हजारका दरले बुझाउनै पर्‍यो। आफन्तसँग ऋण मागेर किराना पसलमा बुझाइरहेका रहेछन्। 

000

Xtrem

Xtrem

पाटन बस्ने इन्द्र लामाको हालत पनि गंगा माझीको जस्तै छ। किराना पसलमा उधारो खाएको १३ हजार पुगिसक्यो। कोठा भाडा ४ महिनादेखि तिर्न सकेका छैनन्। कोठा भाडा मात्रै ७ हजारका दरले ४ महिनाको २८ हजार पुगिसक्यो। घर साहुले एक महिनाको छुट त दिए, बाँकी २१ हजार कताबाट ल्याउने भन्ने तनावमा छन् उनी। 

राहतमा सडेको चामल 
जैसीदेवल बस्ने शरण थापा मगरलाई अरु रिक्सा चालकलाई जस्तो खानै समस्या त परेको छैन। तर लकडाउनले घरमै बस्दा तनावमा परे। २०४१ सालदेखि उनी बसन्तपुर क्षेत्रमा रिक्साको पाइडल मारिरहेका छन्।

दुई वर्षअघि उनको शरीरको देब्रे पाटो प्यारालाइसिस भएको थियो। एक महिना ओछ्यान परेका उनले १ वर्षसम्म रिक्सा चलाउन सकेनन्। डाक्टरले काम गर्न सक्छौ भनेपछि फेरि काममा निस्किए। तर तीन महिना घरमा बस्दा उच्च रक्तचापका कारण शरीर अररो हुन थालेको महसुस गरे। जेठ मसान्तबाट भने जे त पर्ला भनेर रिक्सा लिएर निस्किए। 

‘छोराछोरीले कोठाभाडा त तिरे,’ मगरले भने, ‘हिड्न नपाएर मेरो शरीरलाई भने गाह्रो भयो।’

शरण थापामगर

लकडाउनमा स्थानीय निकायले बाँडेको राहत उनीसम्म पनि आइपुगेको रहेछ। स्वयम्भु बस्ने गंगा माझीले पनि राहत त पाए, तर पाँच किलो चामल, एक किलो दाल, तेल र नुन। ३ जनाको परिवारलाई त्यतिले कति दिन पुग्थ्यो र?

‘सुरुमा प्रत्येक परिवारको सदस्यपिच्छे ५ किलोका दरले चामल दिने भनेर हस्ताक्षर गराएको थियो,’ माझीले भने, ‘दिने बेलामा  घरको एक सदस्यलाई मात्रै दियो।’ राहतमा आएको चामल भने खानै नसक्ने परेछ। उनको शंका छ राहतमा कुहिएको चामल पो दिए कि?

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै सडकमा चहलपहल बढेको छ। तर उनीहरुले पहिले झैं यात्रु पाउन सकेका छैनन्। यो समस्या कति लम्बिने हो पत्तो छैन। आकाशे खेती बनेको रिक्साले कति दिन धान्ने हो त्यो पनि थाहा छैन उनीहरुलाई। 

सरकारबाट आश छैन। रिक्सा चलाउँदा थोत्रिएको ज्यानले कति धान्ने हो थाहा छैन। यी रिक्सा चालकमध्ये केहीको परिवारमा पढेका सदस्य पनि रहेछन्। उनीहरुले काम पाए केही राहत हुन्थ्यो भन्ने आशमा देखिए गंगा।

छुट्टिनुअघि गंगाले भने, ‘मेरो त उमेर गइहाल्यो। योबाहेक के नै गर्न सक्छु र! छोरोले १२ पास गरेको छ सरकारलाई जागिर लगाइदिन भन्दिनू है।’

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुस्ताका १६५ घरमा बाढी पस्यो, जोखिममा बस्ती शनिबार, असोज १०, २०८३
पहिरोले कर्णालीका विभिन्न सडक अवरुद्ध शनिबार, असोज १०, २०८३
लगातारको वर्षाले रुख ढल्दा सुर्खेत–जाजरकोटतर्फको विद्युत् सेवा प्रभावित शनिबार, असोज १०, २०८३
डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्