• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के नेपाल-भारत विवादमा चिनियाँ राजदूतको भूमिका छ?

64x64
नेपाल लाइभ आइतबार, असार २१, २०७७  २३:१९
1140x725

दिल्ली- चीनले गैर कूटनीतिक माध्यमबाट विदेश नीति अघि बढाउने प्रयास गरिरहेको छ। नेपालका लागि चीनकी राजदूत हाउ यान्छीले हिमालको काखमा रहेको सानो देश नेपालको मन जित्नका लागि एकदमै फरक र सौम्य तरिका अपनाएकी छन्।

यान्छीको काम गर्ने तरिका चीनका अन्य डिप्लोम्याटकोका तुलनामा विल्कुल फरक छ। विश्वका सञ्चारमाध्यमले चीनका डिप्लोम्याटका लागि  ‘वल्फ वारियर्स’ जस्ता कडा शब्द प्रयोग गर्ने गरेका छन्। किनकि चीनका डिप्लोम्याटहरू चीनको बचाउमा उग्र र फरक प्रकृतिको व्यवहार प्रर्दशन गर्ने गर्दछन्। कयौँपटक आधारविहीन षड्यन्त्र गरेको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ। 

नेपालले हालै नयाँ राजनीतिक नक्सा जारी गरेपछि डिप्लोम्याटहरुको तनाव बढेको छ। अझ भारतीय पक्षको चिन्ता झन् बढेको छ। नेपालले यसरी जारी गरेको नक्सामा हालै समावेश भएका इलाकामा भारतीय कब्जामा छन्। तर नेपालले उक्त क्षेत्र आफ्नो भएको र भारतले लामो समयदेखि कब्जा गरेको दाबी गर्दै आएको छ। 

नेपाललाई चिनियाँ खेमामा लैजानका लागि यसमा राजदूत यान्छीको भूमिकाका विषयमा नेपाल र भारतीय सञ्चारमाध्यममा महत्वपूर्ण कभरेज भइरहेको छ। वरिष्ठ पत्रकार ज्योति मल्होत्राले 'द प्रिन्ट'मा यही विषयमा एक लेख प्रकाशन गरेका छन्। लेखमा नेपालमा चीनियाँ राजदूत यान्छीको भूमिकाबारे उनले प्रष्ट पारेका छन्। ‘यान्छीको लोकप्रियता नेपालमा बढिरहेको छ,’ उनले लेखेका छन्, ‘यो उनको कामका कारण भएको हो। नेपाललाई भारतको सांस्कृतिक काखबाट खोसेर चीनतर्फ लैजानमा उनी सफल भएकी छन्।’

भारत कूटनीतिक मामलामा पछि परेको हो?
नेपालमा चीनका कूटनीतिक शक्ति बलियो हुनुका पछाडि भारतीय नीति जिम्मेवार रहेको धेरै विज्ञहरूको मान्यता छ। भारत र नेपालबीचमा जारी सिमा विवाद वर्षौंसम्म त्यतिकै छोडियो। समाधानको प्रयास नै गरिएन। दुवै देशबीचमा यति ठूलो सांस्कृतिक र आर्थिक  सम्बन्ध भएर पनि एक अर्कामाथि विश्वास गर्ने अवस्थामा छैनन्। 

यो प्रकरणको खराब समय गत वर्षबाट शुरु भएको हो। नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घट्दो साखलाई लोकप्रिय बनाउन उग्रराष्ट्रवादको भावना भड्काउँदै नेपाल-भारत सीमा विवादलाई उच्च बिन्दुमा पुर्‍याउन सफल भए। तत्कालीन समयमा यसले भारतलाई ठूलो झड्का लागेको भनिएको थियो। तर यो २०१८ को चुनावदेखि नै सुरु भएको थियो। ओलीले निर्वाचनताका भारतविरोधी अभियान नै सञ्चालन गरेका थिए। नेपालको आन्तरिक मामिलामा भारतको सिधा हस्तक्षेप धेरै भएको भन्दै उनीहरूले चुनावी नारा नै बनाएका थिए। यही समयमा चीनले आर्थिक र अन्य सहयोग गर्दै नेपालसँगको सम्बन्ध बलियो बनाएको थियो। दुई वर्षदेखि नेपालमा चीनियाँ राजदूतका रूपमा रहेकी यान्छीले यो अवधिमा नेपाललाई चीनले कति धेरै सहयोग गरेको छ भनी प्रचार गरिरहेकी छन्।

ट्विट डिप्लोमेसी 
यान्छी चीनका यस्ता डिप्लोम्याटमा पर्छिन् जो सामाजिक सञ्जाल ट्विटरमा खुब व्यस्त रहन्छिन्। ट्विटर चीनमा प्रतिबन्ध छ तर चीनियाँ डिप्लोम्याटहरू आफ्नो छवि सुधार गर्न, चिनियाँ आवाज बुलन्द गर्न र चीनको विवादित नीतिको बचाउ गर्न ट्विटरको प्रयोग गर्छन्। 

ट्विटरमा यान्छीका ४० हजारभन्दा बढी फलोअर छन्। उनी हरेक पटक नेपाल र चीनको सम्बन्ध कति गहिरो छ भनेर बताउने प्रयासमा हुन्छिन्। उनी नेपालीका नयाँ वर्ष र चाडपर्वको शुभकामना पनि नेपाली शैलीमा ट्विटरमार्फत् दिइरहेकी हुन्छिन्। कहिलेकाहीँ फिल्मको टिकट पनि उपहार दिने पनि गर्छिन्। कहिले कलात्मक रुपमा खिचिएका तस्बिर राख्छिन् भने कहिले आफ्ना साथीहरूको रिस भरिएको ट्विट पनि रि-ट्विट गर्ने गरेकी छन्। 

Ncell 2
Ncell 2

नयाँ वर्ष २०७७ प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गर्दछु । कोरोना भाइरस विरुद्ध को लडाईं विजय गर्नुहोस् भनेर म आशा गर्दछु । नयाँ वर्षको शुभकामना !? pic.twitter.com/ybMQvw0zoi

— Ambassador Hou Yanqi (@PRCAmbNepal) April 13, 2020

चीनमा फैलिएको कोरोना महामारीलाई लुकाउन पनि उनले विभिन्न विषयमा ट्विट गरेको आरोप पनि उनलाई आजभोलि लाग्ने गरेको छ। यसबाहेक नेपाललाई चीनले गरेको सहयोगका बारेमा धेरै ट्विट गर्ने गरेकी छन्। यो सब उनी शान्तपूर्वक गर्दछिन्। तर एकपटक अंग्रेजी पत्रिका 'द काठमान्डू' पोस्टमा छापिएको एक लेखमा उनले कडा टिप्पणी गरेकी थिइन्।

यान्छीले गत जनवरीमा चीनको वुहानको सहरमा एक नेपाली विद्यार्थीको अन्तर्वार्ता आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी थिइन्। उक्त अन्तर्वार्तामा ती विद्यार्थीले आफ्नो स्वास्थ्य एकदमै ठिक भएको बताइरहेका थिए। तत्कालीन समयमा चीनमाथि विश्वभर कोरोना फैलाएको आरोप लागिरहेको थियो। तपाईं उनको एकाउन्टमा जानुभयो भने नेपाल र चीन कति नजिक छन् भनेर देखाउन उनी प्रयासमा रहेको देख्नसक्नु हुनेछ। 

अप्रिलमा उनले नेपाली भाषामै ट्विट गरेकी थिइन्। उक्त ट्विटमा भनिएको थियो- हामी दुई देश छिमेकी हौँ, जो पहाड र नदीले जोडिएका छन्। हाम्रो सम्बन्ध अटुट छ। नेपालमा यान्छीको सक्रियता र डिप्लेम्याटिक गतिविधि भारतको काम गर्ने तरिकाको ठिक उल्टो छ। 

राजदूत ‍यान्छी केही समयअघि विभिन्न गुटमा रहेको नेपाल कम्युनिस्ट पार्टी विभाजन हुनबाट रोक्न सक्रिय भएकी थिइन्। उनी उक्त कार्यमा सफल भएको बताइएको छ। यदि उनले हस्तक्षेप नगरेको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबाट बर्हिगमन हुनुपर्ने अवस्था सिर्जना भएको थियो। अधिकांश डिप्लोम्याटहरू आफू राजदूत भएको देशको आन्तरिक राजनीतिबाट परै बस्ने गर्दछन्। तर नेपालमा यस्तो हुने गरेको छैन।

नेपालमा चिनियाँ राजदूतका भूमिका कतिसम्म छ भनेर अनुमान गर्न गाह्रो छ। भारतका लागि नेपालका राजदूत रहिसकेका लोकराज बरालले नेपाली टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'नेपाली राजनीतिको माइक्रोम्यानेज गर्न हामी चीनको भूमिका नयाँ तरिकाबाट प्रस्तुत भएको देख्दै आएका छौं।' बरालका अनुसार यस्तो भूमिका केही वर्षपहिलेसम्म भारतले लिने गरेको थियो। नेपालका लागि चिनियाँ राजदूत यान्छी भारतका लागि बाधक भएको कुरामा कुनै आश्चर्य छैन भन्ने भारतीयहरूको भनाइ छ।  

(बिबिसी हिन्दीबाट भावानुवाद गरिएको)

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  २३:१९
  • #nepali_congress
  • ##china
  • #yanqi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार नेकपा महासचिव ‘विप्लव’ र मिराज ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका सभापति थापाले निर्वाचन आयोगलाई माघ ६ ग... बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्