• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के नेपाल-भारत विवादमा चिनियाँ राजदूतको भूमिका छ?

64x64
नेपाल लाइभ आइतबार, असार २१, २०७७  २३:१९
1140x725

दिल्ली- चीनले गैर कूटनीतिक माध्यमबाट विदेश नीति अघि बढाउने प्रयास गरिरहेको छ। नेपालका लागि चीनकी राजदूत हाउ यान्छीले हिमालको काखमा रहेको सानो देश नेपालको मन जित्नका लागि एकदमै फरक र सौम्य तरिका अपनाएकी छन्।

यान्छीको काम गर्ने तरिका चीनका अन्य डिप्लोम्याटकोका तुलनामा विल्कुल फरक छ। विश्वका सञ्चारमाध्यमले चीनका डिप्लोम्याटका लागि  ‘वल्फ वारियर्स’ जस्ता कडा शब्द प्रयोग गर्ने गरेका छन्। किनकि चीनका डिप्लोम्याटहरू चीनको बचाउमा उग्र र फरक प्रकृतिको व्यवहार प्रर्दशन गर्ने गर्दछन्। कयौँपटक आधारविहीन षड्यन्त्र गरेको आरोप पनि उनीहरुलाई लाग्ने गरेको छ। 

नेपालले हालै नयाँ राजनीतिक नक्सा जारी गरेपछि डिप्लोम्याटहरुको तनाव बढेको छ। अझ भारतीय पक्षको चिन्ता झन् बढेको छ। नेपालले यसरी जारी गरेको नक्सामा हालै समावेश भएका इलाकामा भारतीय कब्जामा छन्। तर नेपालले उक्त क्षेत्र आफ्नो भएको र भारतले लामो समयदेखि कब्जा गरेको दाबी गर्दै आएको छ। 

नेपाललाई चिनियाँ खेमामा लैजानका लागि यसमा राजदूत यान्छीको भूमिकाका विषयमा नेपाल र भारतीय सञ्चारमाध्यममा महत्वपूर्ण कभरेज भइरहेको छ। वरिष्ठ पत्रकार ज्योति मल्होत्राले 'द प्रिन्ट'मा यही विषयमा एक लेख प्रकाशन गरेका छन्। लेखमा नेपालमा चीनियाँ राजदूत यान्छीको भूमिकाबारे उनले प्रष्ट पारेका छन्। ‘यान्छीको लोकप्रियता नेपालमा बढिरहेको छ,’ उनले लेखेका छन्, ‘यो उनको कामका कारण भएको हो। नेपाललाई भारतको सांस्कृतिक काखबाट खोसेर चीनतर्फ लैजानमा उनी सफल भएकी छन्।’

भारत कूटनीतिक मामलामा पछि परेको हो?
नेपालमा चीनका कूटनीतिक शक्ति बलियो हुनुका पछाडि भारतीय नीति जिम्मेवार रहेको धेरै विज्ञहरूको मान्यता छ। भारत र नेपालबीचमा जारी सिमा विवाद वर्षौंसम्म त्यतिकै छोडियो। समाधानको प्रयास नै गरिएन। दुवै देशबीचमा यति ठूलो सांस्कृतिक र आर्थिक  सम्बन्ध भएर पनि एक अर्कामाथि विश्वास गर्ने अवस्थामा छैनन्। 

यो प्रकरणको खराब समय गत वर्षबाट शुरु भएको हो। नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घट्दो साखलाई लोकप्रिय बनाउन उग्रराष्ट्रवादको भावना भड्काउँदै नेपाल-भारत सीमा विवादलाई उच्च बिन्दुमा पुर्‍याउन सफल भए। तत्कालीन समयमा यसले भारतलाई ठूलो झड्का लागेको भनिएको थियो। तर यो २०१८ को चुनावदेखि नै सुरु भएको थियो। ओलीले निर्वाचनताका भारतविरोधी अभियान नै सञ्चालन गरेका थिए। नेपालको आन्तरिक मामिलामा भारतको सिधा हस्तक्षेप धेरै भएको भन्दै उनीहरूले चुनावी नारा नै बनाएका थिए। यही समयमा चीनले आर्थिक र अन्य सहयोग गर्दै नेपालसँगको सम्बन्ध बलियो बनाएको थियो। दुई वर्षदेखि नेपालमा चीनियाँ राजदूतका रूपमा रहेकी यान्छीले यो अवधिमा नेपाललाई चीनले कति धेरै सहयोग गरेको छ भनी प्रचार गरिरहेकी छन्।

ट्विट डिप्लोमेसी 
यान्छी चीनका यस्ता डिप्लोम्याटमा पर्छिन् जो सामाजिक सञ्जाल ट्विटरमा खुब व्यस्त रहन्छिन्। ट्विटर चीनमा प्रतिबन्ध छ तर चीनियाँ डिप्लोम्याटहरू आफ्नो छवि सुधार गर्न, चिनियाँ आवाज बुलन्द गर्न र चीनको विवादित नीतिको बचाउ गर्न ट्विटरको प्रयोग गर्छन्। 

ट्विटरमा यान्छीका ४० हजारभन्दा बढी फलोअर छन्। उनी हरेक पटक नेपाल र चीनको सम्बन्ध कति गहिरो छ भनेर बताउने प्रयासमा हुन्छिन्। उनी नेपालीका नयाँ वर्ष र चाडपर्वको शुभकामना पनि नेपाली शैलीमा ट्विटरमार्फत् दिइरहेकी हुन्छिन्। कहिलेकाहीँ फिल्मको टिकट पनि उपहार दिने पनि गर्छिन्। कहिले कलात्मक रुपमा खिचिएका तस्बिर राख्छिन् भने कहिले आफ्ना साथीहरूको रिस भरिएको ट्विट पनि रि-ट्विट गर्ने गरेकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ वर्ष २०७७ प्रारम्भको यस सन्दर्भमा नेपालका लागि चिनियाँ राजदूतावासको तर्फबाट म सबै नेपाली साथीहरूमा स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको मंगलमय शभकामना व्यक्त गर्दछु । कोरोना भाइरस विरुद्ध को लडाईं विजय गर्नुहोस् भनेर म आशा गर्दछु । नयाँ वर्षको शुभकामना !? pic.twitter.com/ybMQvw0zoi

— Ambassador Hou Yanqi (@PRCAmbNepal) April 13, 2020

चीनमा फैलिएको कोरोना महामारीलाई लुकाउन पनि उनले विभिन्न विषयमा ट्विट गरेको आरोप पनि उनलाई आजभोलि लाग्ने गरेको छ। यसबाहेक नेपाललाई चीनले गरेको सहयोगका बारेमा धेरै ट्विट गर्ने गरेकी छन्। यो सब उनी शान्तपूर्वक गर्दछिन्। तर एकपटक अंग्रेजी पत्रिका 'द काठमान्डू' पोस्टमा छापिएको एक लेखमा उनले कडा टिप्पणी गरेकी थिइन्।

यान्छीले गत जनवरीमा चीनको वुहानको सहरमा एक नेपाली विद्यार्थीको अन्तर्वार्ता आफ्नो ट्विटर एकाउन्टमा सेयर गरेकी थिइन्। उक्त अन्तर्वार्तामा ती विद्यार्थीले आफ्नो स्वास्थ्य एकदमै ठिक भएको बताइरहेका थिए। तत्कालीन समयमा चीनमाथि विश्वभर कोरोना फैलाएको आरोप लागिरहेको थियो। तपाईं उनको एकाउन्टमा जानुभयो भने नेपाल र चीन कति नजिक छन् भनेर देखाउन उनी प्रयासमा रहेको देख्नसक्नु हुनेछ। 

अप्रिलमा उनले नेपाली भाषामै ट्विट गरेकी थिइन्। उक्त ट्विटमा भनिएको थियो- हामी दुई देश छिमेकी हौँ, जो पहाड र नदीले जोडिएका छन्। हाम्रो सम्बन्ध अटुट छ। नेपालमा यान्छीको सक्रियता र डिप्लेम्याटिक गतिविधि भारतको काम गर्ने तरिकाको ठिक उल्टो छ। 

Xtrem

Xtrem

राजदूत ‍यान्छी केही समयअघि विभिन्न गुटमा रहेको नेपाल कम्युनिस्ट पार्टी विभाजन हुनबाट रोक्न सक्रिय भएकी थिइन्। उनी उक्त कार्यमा सफल भएको बताइएको छ। यदि उनले हस्तक्षेप नगरेको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबाट बर्हिगमन हुनुपर्ने अवस्था सिर्जना भएको थियो। अधिकांश डिप्लोम्याटहरू आफू राजदूत भएको देशको आन्तरिक राजनीतिबाट परै बस्ने गर्दछन्। तर नेपालमा यस्तो हुने गरेको छैन।

नेपालमा चिनियाँ राजदूतका भूमिका कतिसम्म छ भनेर अनुमान गर्न गाह्रो छ। भारतका लागि नेपालका राजदूत रहिसकेका लोकराज बरालले नेपाली टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'नेपाली राजनीतिको माइक्रोम्यानेज गर्न हामी चीनको भूमिका नयाँ तरिकाबाट प्रस्तुत भएको देख्दै आएका छौं।' बरालका अनुसार यस्तो भूमिका केही वर्षपहिलेसम्म भारतले लिने गरेको थियो। नेपालका लागि चिनियाँ राजदूत यान्छी भारतका लागि बाधक भएको कुरामा कुनै आश्चर्य छैन भन्ने भारतीयहरूको भनाइ छ।  

(बिबिसी हिन्दीबाट भावानुवाद गरिएको)

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  २३:१९
  • #nepali_congress
  • ##china
  • #yanqi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडिबाट मतगणना सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार भक्तपुरमा एभरेष्ट मल्टिस्किल प्रा.लि.ले सञ्चालन गरेको सीपमूलक तालिम केन्द्रको उद्घाटन गर्दै उनले बजारको मागअनुसार सीपयुक्त जन... आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २ सय ३१ मत गनेर सकिएको छ । आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्