• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुदूरपश्चिम प्रदेशमा चामल आयात घट्याे

सन्दर्भ : धान दिवस
64x64
शेरबहादुर ऐर सोमबार, असार १५, २०७७  १०:१५
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा चामल आयातमा कमी आएको छ।  हरेक वर्ष अर्बौं रुपैया“को चामल आयात हु“दै आएकोमा चालु आर्थिक वर्षमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

कृषि मन्त्रालयका अनुसार कैलाली भन्सार हुँदै प्रदेशमा गत आर्थिक वर्ष २०७५/७६ मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएको थियो। गत वर्ष एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैयाँ मूल्यको चामल आयात भएको थियो। 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ मा गत वर्षको तुलनामा चामल आयातमा निकै कमी आएको छ। चालु आर्थिक वर्षमा ११ हजार तीन सय १७ मेट्रिक टनमात्र चामल आयात भएको जनाइएको छ। यसको मूल्य  ६१ करोड रुपैयाँ हो। 

प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमका कारण चामल आयातमा कमी आएको दाबी गरे। उनले भने, ‘मन्त्रालयले चामल आयातमा कमी ल्याउन चैते धान खेती बिस्तार, मसिनो र बास्नादारी धान खेती कार्यक्रम, सिँचाइ  सेवाको बिस्तार लगायतका कारण चामल आयातमा कमी ल्याउन सफल भएका छौं।’

तर, मन्त्रालयले यसो भनिरहँदा आफै‌ं त्यसको खण्डन पनि गरेको छ। मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले यस वर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको बताए। उनले भने, ‘सरकारले गरेको लकडाउनले चामल ढुवानी हुन सकेन। यसका कारण पनि चामल आयातमा कमी आएको हुन सक्छ।’

सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हु“दै गएको पनि मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता शर्माले देशभरि नै धान उत्पादनमा कमी आए पनि प्रदेशमा भने धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाउने गरेको बताए।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशमा ६ लाख पाँच हजार मेट्रिक टन धान उत्पादन भएको थियो। चालु आर्थिक वर्ष २०७६/७७ मा छ दशमलब सात प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ६ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ।

मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागू भएसँगै प्रदेशमा कृषि क्षेत्रमा फड्को मारेको बताए। उनले भने, ‘संघीयताअघि कृषिमा बजेट पनि अपुग थियो। अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, विउ लगायतको सहयोग पुगेको छ। यसले कृषकलाई पहिले भन्दा धेरै हदसम्म सहयोग पुगेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

रोपाइँ अन्तिमतिर, मल अभाव कायमै
सधैं रासायनिक मल प्रयोग गरेको खेतमा यसवर्ष मल अभावमा उब्जनी घटने कैलारी गाउँपालिकाका किसान प्रेम चौधरीले गुनासो गरे। उनले समयमै मल नपाउ“दा खेती गर्न सारै नै समस्या भइरहेको बताए।

देशमा जारी लकडाउनका कारण सहजै मल पाउन नसकिरहेको किसानहरूले बताउँदै आएका छन्। मल खोज्न धेरै ठाउँ धाए पनि मल भन्ने नपाएको कैलारी गाउपालिकाकै अर्का किसान सुरेशकुमार चौधरीले गुनासो गरे। मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। खेती लगाउने समयमै मल नपाएपछि यस वर्ष उब्जनी घट्ने चिन्तामा किसानहरू छन्।

प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मल अभाव नभएको दाबी गदै आएको छ। सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ।

लक्ष्यभन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ। उनले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको उनले जानकारी दिए। 

Xtrem

Xtrem

बाँकी मल आउने क्रममा रहेको भन्दै उनले केही दिनभित्रै किसानले पर्याप्त मात्रामा मल पाउने दाबी गरे। किसानहरूले बर्सेनि खेतीपातीको मुख्य सिजनमा यस्तै समस्या झेल्दै आएका छन्।

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशभरि कूल खेतीयोग्य जमिनमध्ये ४९ दशमलब ६४ प्रतिशतमा रोपाइँ भइसकेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा प्रदेशमा शनिबारसम्म ९० हजार एक सय ५६ हेक्टरमा रोपाइँ भइसकेको जनाइएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने सबैभन्दा कम डोटी जिल्लामा भएको जनाइएको छ।

अछाममा  १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिँदै आएकोमा नौ हजार नौ सय ४८ हेक्टरमा रोपाइँ भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइँ भएको जनाइएको छ।

धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा रोपाइँ भएको जनाइएको छ। कैलालीमा ७१ ह्जार सात सय १५ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइँ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइ भएको छ मन्त्रालयले जनाएको छ।

प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाइँ भएको जनाइएको छ। मन्त्रालयको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा दुई हजार चार सय ९० हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार १६ हेक्टरमा रोपाइँ भएको जनाइएको छ।

मन्त्रालयका अनुसार प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बैतडीमा ५२ प्रतिशतमा रोपाइँ भइसकेको छ। बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार नौ सय ७१ हेक्टरमा रोपाइँ भइसकेको छ। बझाङमा सात हजार एक सय १० हेक्टरमा रोपाइँ हुँदै आएकोमा तीन हजार पाँच सय ५५ हेक्टरमा रोपाइँ भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा चार हजार छ सय ८० हेक्टरमा रोपाइँ भइसकेको जनाइएको छ।

यसपालि मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाँडो सुरु भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयको आँकलन छ। 

धानखेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक जोशीको भनाइ छ। ‘अवश्य पनि यसपालि समयमै रोपाइँ सकिन्छ। यसले उत्पादन बढ्छ। तर, यसपछि के हुन्छ भन्न सकिँदैन,’ उनले भने, ‘अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भईसकेको छ। यो कृषि क्षेत्रका लागि सकारात्मक हो। यसले उत्पादनमा वृद्धि गराउन मद्दत मिल्छ।’

सिँचाइ अभाव 
सुदूरपश्चिम प्रदेशमा मलखाद, बिउँसँगै कृषकहरुले सिँचाइ अभाव पनि व्यहोर्नु परिरहेको छ। प्रदेशभरिका कूल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशतमा पनि सिँचाइ पुग्न नसकेको कृषि निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिँचाइ सुविधा पुगेको जनाइएको छ। निर्देशनालयका अनुसार एक लाख १३ हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा रहेको छ भने ५६ हजार चार सय ८३ हेक्टरमा आंशिक सिँचाइ सुविधा रहेको जनाइएको छ। 

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा अझै धान खेती व्यवसायीक बन्न नसकेको बताए। उनले भने, ‘प्रदेशका कृषकहरु अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन। यसलाई व्यवसायीक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ।’ उनले वर्षा भएपछिमात्र किसानहरुले समयमै धान रोप्ने तर, रोपिसकेपछि वर्षा नभए उत्पादनमा ह्रास आउने गरेको जानकारी दिए।

आज धान दिवस
हरेक वर्ष धुमधामका साथ मनाइँदै आएको धान दिवस यस वर्ष भने फेरिएको छ। असार १५ का दिन हरेक वर्ष प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, त्यसअन्तर्गतको कृषि निर्देशनालय र स्थानीय तहले धान दिवसलाई भव्यताका साथ मनाउ“दै आएका थिए। यस वर्ष भने कोरोना भाइरस (कोभिड-१९)का कारण मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिवस नमनाउने जानकारी दिएको छ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यसवर्षको धान दिवस मनाउने तयारी थियो। मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कोरोना भाइरसका कारण यस वर्षको धान दिवसमा सञ्चारमाध्यममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शुभकामना सन्देशमात्र प्रवाह गरिने बताए।
 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्