• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विद्युत विधेयकमाथि निजी क्षेत्रको चिन्ता-‘सरकारले आयोजनाका अनुमतिपत्र खोस्न खोज्यो’

सर्वेक्षण अनुमतिपत्र एउटा र उत्पादन अनुमतिपत्र अर्कै कम्पनीले पाउनेगरी राखिएको प्रतिस्पर्धा सम्बन्धी व्यवस्थाको विरोधमा निजी क्षेत्र
64x64
हेमन्त जोशी सोमबार, असार १५, २०७७  ०७:३८
1140x725

काठमाडौं-‘विद्युतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६’ ले जलविद्युत क्षेत्रमा स्वदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुको साटो समस्यामा पार्न खोजेको देखिएको छ। 

निजी क्षेत्रका लगानीकर्ता जलविद्युत आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिपत्रका लागि विधेयकमा गरिएको प्रतिस्पर्धा र समयसीमासम्बन्धी व्यवस्थामा सरकारको खराब नियत देखिएको बताउन थालेका छन्। आयोजनाको सर्वेक्षण एउटा कम्पनीले गर्ने (वा गरिसकेको) तर उत्पादनको अनुमति भने अर्कै कम्पनीले पाउन सक्ने भएपछि उनीहरु विधेयकसँग सशंकित भएका हुन्। 

विधेयकमा समेटिएको नयाँ व्यवस्थाले अध्ययन अनुमतिपत्र पुरा भईसकेका तर उत्पादन अनुमतिपत्र पाई नसकेका आयोजनालाई फेरि अरु कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति पैदा भएको र त्यस्ता आयोजना निजी क्षेत्रबाट खोस्ने नियत राखेर सरकारले विधेयक प्रस्ताव गरेको निजी क्षेत्रको भनाइ छ। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईँ विधेयकमा राखिएको व्यवस्था स्वदेशी उद्यमी, स्वदेशी लगानीकर्ता र स्वदेशी प्रवद्र्धकका लागि सकारात्मक नरहेको बताउँछन्। ‘सर्वेक्षण लाइसेन्सको अवधि ५ वर्ष र उत्पादन लाईसेन्सको अवधि ३५ वर्ष भनिएको छ। त्यसमाथि सर्वेक्षण अनुमतिपत्रका लागि स्वदेशीले मात्रै प्रतिस्पर्धा गर्नुपर्ने तर विदेशीले गर्नु नपर्ने खालको प्रावधान राखिएको छ। यो चलखेल गर्नका लागि बाटो खनेर राखेजस्तो भयो। यी विषयहरुमा हाम्रो घोर आपत्ति छ,’ गुरागाईँले भने। अध्ययन पुरा भईसकेका आयोजनालाई फेरि प्रतिस्पर्धा गराएर अर्कै कम्पनीलाई दिने चलखेल हुन सक्ने उनको भनाइ छ।

उक्त विधेयकलाई गत बैशाख ८ गते बसेको मन्त्रिपरिषदले स्वीकृत गरी संसदमा पठाउने निर्णय गरिसकेको छ। यद्यपि, सो विधेयक संसदमा दर्ता भने भईसकेको छैन। १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सरकारले आयोजना विकासमा सहजीकरण गर्नुको सट्टा उल्टो निजी क्षेत्रको भूमिका खुम्चाउने नियत राखेको जलविद्युत क्षेत्रका लगानीकर्ता तथा प्रवर्द्धकहरु बताउँछन। 

आयोजना विकास तथा निर्माणका क्रममा आइपर्ने विविध समस्यालाई विधेयकमा कहिँकतै नसमेटिएका कारण सरकार अनुमतिपत्र दिने विषयमा कठोर हुन खोजेको देखिन्छ। उदाहरणका लागि, कुनै पनि आयोजना सर्वेक्षण गर्दा लगानीकर्ताले धेरै रकम खर्च गरिसकेका हुन्छन्। त्यहाँ उनीहरुको लगानी भएको हुन्छ।

तर उत्पादन अनुमति पाउने बेलामा फेरि प्रतिस्पर्धा गर्ने अवस्था आउँदा लगानीकर्ता सोझै मारमा पर्ने देखिन्छ। सर्वेक्षणका लागि तोकिएको ५ वर्ष र उत्पादन लाईसेन्स लिईसकेपछि सरकारलाई हस्तान्तरण गर्ने समयावधि ३५ वर्षमा खुम्चाएकोप्रति पनि निजी क्षेत्रले विमति राख्दै आएको छ। 

विधेयकको दफा ५ मा प्रतिस्पर्धासम्बन्धी व्यवस्था गरिएको छ। उक्त दफामा ‘विद्युत आयोजना विकास तथा सञ्चालनका लागि तोकिए बमोजिमको प्रतिस्पर्धा गर्नुपर्नेछ,’ भनि उल्लेख गरिएको छ। तर, सोही दफाको उपदफा ३ मा राखिएको व्यवस्थाबारे भने निजी क्षेत्र सशंकित छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपदफा ३ (क) मा यो ऐन प्रारम्भ हुनुभन्दा अघि सवेक्षण अनुमतिपत्र प्राप्त संस्था वा कम्पनीले त्यस्तो अनुमतिपत्रको अवधिभित्रै उत्पादन अनुमतिपत्रका लागि नयाँ ऐनबमोजिम निवेदन दिनुपर्ने व्यवस्था उल्लेख छ। तर,  सवेक्षण अनुमतिको अवधिभित्र यस ऐनबमोजिम उत्पादन अनुमतिका लागि निवेदन दिई अनुमति प्राप्त हुन नसकेमा त्यस्तो आयोजना पुनः प्रतिस्पर्धाको माध्यमबाट विकास तथा सञ्चालन गरिनेछ भनि उल्लेख गरिएको छ। 

कोभिड–१९ सँगै इप्पानको चुनावका कारणका निजी क्षेत्रले यस विषयमा सरकारसँग गम्भीर रुपमा छलफल गर्न पाएन। तर इप्पानले दिएका सुझावलाई सरकारले गम्भीर रुपमा नलिएको र त्यसलाई विधेयकमा नसमेटिएको उनीहरुको बुझाइ छ। 

विधेयकमा राखिएका नयाँ व्यवस्थाहरुमा अनुमतिपत्रका लागि प्रतिस्पर्धा गर्नुपर्ने विषय मात्र नभई विद्युत नियमन आयोगका क्षेत्राधिकार खुम्चाउन खोजेको, ठूला आयोजना विकासका लागि बाधा पुर्‍याउने प्रावधानहरु राखिएको, आयोजना विकासमा सहजीकरण गर्नुको सट्टा दण्ड र जरिवानासम्बन्धी व्यवस्थामा सरकार कठोर बन्न खोजेको लगायतका विषयमा सम्बन्धित क्षेत्रका व्यक्ति र संस्थाहरुले विरोध गरिरहेका छन्। यी विषयमा आएका सुझावलाई पनि महत्व दिएको देखिँदैन। 

Xtrem

Xtrem

‘सरकारले ठूला आयोजना बनाउनेमात्रै भन्छ। साना आयोजनालाई प्राथमिकतामा राखेको छैन। बजारको कुरा केही पनि छैन। उत्पादन गरेर कहाँ खपत गर्ने हो विद्युत भन्ने विषयमा सरकारले सोचेकै छैन,’ इप्पान अध्यक्ष गुरागाईँ भन्छन्, ‘विदेशी लगानीकर्ताले प्रतिस्पर्धा गर्नु नपर्ने तर स्वदेशी लगानीकर्ताले मात्रै प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्थाले विदेशी कम्पनीले लाईसेन्स होल्ड गरेर राख्ने तर निर्माण नगर्ने प्रवृत्ति बढ्छ। विदेशी लगानीकर्तालाई विभिन्न सहुलियत र सहजीकरण गर्ने तर देश भित्रैका लगानीकर्तालाई केही छैन।’

ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयको उच्च पदबाट सेवानिवृत्त एक अधिकारी भने विधेयकमा समेटिएको प्रतिस्पर्धासम्बन्धी व्यवस्थाले ‘झोलामा खोला’ राख्ने प्रवृत्ति अन्त्य हुने बताउँछन। सर्वेक्षण लाईसेन्स लिएर लामो समय आयोजना होल्ड गरेर राख्ने तर आयोजना विकास नगर्ने चलन नेपालको जलविद्युत क्षेत्रको ठूलो समस्या हो। नयाँ व्यवस्थाले यो समस्यालाई कम गर्छ’ उनले भने।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्