• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीभन्दा चट्याङबाट मर्ने धेरै तर छैन जोगाउने तयारी

नारायण ढुङ्गाना  आइतबार, असार १४, २०७७  १५:५८
1140x725

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङका कारण सात जनाको ज्यान गयो। चट्याङ लागेर सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक-एक जनाको ज्यान गयो।     

तथ्याङ्कअनुसार नेपालमा गएको वैशाखदेखि असारको दोस्रो हप्तासम्म चट्याङबाट मात्र ४० जनाको ज्यान गइसकेको छ। सो अवधिमा १ सय ३२ घाइते भए भने घाइतेमध्ये अधिकांश गम्भीर छन्। 

बाढी पहिरो, आगलागीजस्ता अरु प्राकृतिक विपत्तिको जस्तो चट्याङले मानिसको ज्यान लिएको समाचार खासै बाहिर आउँदैन। तर पनि मानवीय क्षतिका हिसाबले भने पहिलो नम्बरमै चट्याङ देखिन्छ। बाढी, पहिरो, आगलागीजस्ता अन्य प्राकृतिक विपत्तिका क्षति रोक्नेजस्ता कार्यहरुजस्तो प्राथमिकतामा पनि चट्याङ पर्दैन। 

त्यसरी रोक्न सक्ने खासै भरपर्दो विधि सरकारले लागू गर्ने गरेको पाइँदैन। मुलुकको प्राथमिकतामा नपर्दा चट्याङबाट हरेक वर्ष धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्। गतवर्ष पनि रुपन्देही, कपिलवस्तु, झापा र मोरङमा एकैदिन चट्याङका कारण १० जनाले ज्यान गुमाएका थिए। दुई दिनको अन्तरालमा झण्डै पाँच सय भेडाबाख्रा चट्याङले मारेको थियो। २०७६ मा चट्याङका कारण मात्र देशभरमा ८९ जनाको मृत्यु भएको तथ्याङ्क छ। त्यस्तै गतवर्ष चट्याङबाट ३ सय ६० जना घाइते भएका थिए। 

बाढी पहिरोभन्दा चट्याङबाट धेरै मानवीय क्षति  
पछिल्लो १० वर्षको अभिलेखमा बाढी पहिरोले भन्दा बढी चट्याङले मानवीय असर गरिरहेको तथ्यांक छ। घाइतेको अवस्था विश्लेषण गर्दा चट्याङबाट तेब्बर बढी मानिस प्रभावित भएका छन्।     

प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको पनि देखिन्छ। तर मुलुकमा त्यसरी चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेको चट्याङ्विद् डा श्रीराम शर्मा बताउँछन्। विगत १३ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका डा शर्मा नेपालले चट्याङबाट हुने विपद् रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न नसकेको बताए। 

उनका अनुसार २०६६ देखि २०७६ सम्मको अभिलेखमा चट्याङबाट ९ सय २९ जनाको मृत्यु भएको छ। सोही अवधिमा पहिरोका कारण ९ सय १ जनाले ज्यान गुमाए। बाढीबाट ७ सय ५५ जनाको मृत्यु भएको छ। आगलागीबाट ६ सय १३ को मृत्यु भएको थियो।     

सोही समयावधिमा चट्याङबाट दुई हजार ४ सय ५४ जना घाइते हुँदा बाढी र पहिरोका कारण ९ सय  हाराहारीमा घाइते भएका छन्। विवरणमा मानवीय क्षति हेर्दा बाढी पहिरोभन्दा पनि चट्याङको बढी देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

औषतमा वार्षिक १ सय ८ ले चट्याङ्बाट ज्यान गुमाउँछन्। तर चट्याङबाट बच्ने उपाय अवलम्बन गर्न मानिसमा आवश्यक चेतना पुग्न नसकेको र सरोकारवाला निकायको समेत ध्यान पुग्न सकेको छैन।     

विश्वकै शक्तिशाली मानिएको मुलुक अमेरिकाको अभिलेखमा ८०/९० वर्षअघि चट्याङले वार्षिक ३ सय ८० जनाको ज्यान जान्थ्यो। अहिले ३० भन्दा बढी मृत्यु हुँदैन। 'त्यो उदाहरण हेरेर पनि हामी भन्न सक्छौं, गर्न सके क्षति रोक्न सकिने रहेछ', डा शर्माले प्रश्न गरे, ‘अन्य युरोपियन मुलकुमा पनि फलानो क्षेत्रमा चट्याङको सम्भावना छ भनेर अनुमान गर्ने अवस्था छ, अनुमान ९० प्रतिशत मिल्छ, हाम्रोमा प्रयोग गर्न किन नसक्ने?'     

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो कुरा चेतनामुलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउँछन्।

क्षतिका हिसाबले चट्याङ पहिलो नम्बरमा रहेकाले यसपटकदेखि भवन संहितामा समेत चट्याङ्लाई सम्बोधन गरिएको र बढी चट्याङ पर्ने क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले बताए। 

Xtrem

Xtrem

जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका विभिन्न नौ स्थानमा चट्याङ मापक केन्द्र स्थापना गरेको छ। चट्याङ्विद् डा शर्मा त्यो सुषुप्त अवस्थामा रहेको बताउँछन्। त्यसलाई सदुपयोग गर्न सकिए पनि धेरै जानकारीहरु बाहिर आउने उनले बताए।

विभागले जल तथा बाढीको तीन दिनसम्मको मापन गरेर विवरण दैनिक सार्वजनिक गर्दै आएको छ तर चट्याङलाई प्राथमिकता दिएको पाइँदैन। मौसमविद् गङ्गा नगरकोटी यहाँ यसरी चट्याङ पर्दैछ भनेर अघिल्लो दिन नै अनुमान गर्ने अवस्था नरहेको तर त्यस केन्द्रले एक घण्टापछि कुन क्षेत्रमा पर्दैछ र कहाँकहाँ चट्याङ पर्‍यो भन्ने मापन गर्ने बताए। उनका अनुसार ‘प्रि–मनसुन’ पछि अहिलेसम्म मुलुकको प्रदेश नं १, २ र ५ को तराई क्षेत्रमा चट्याङ परेको छ।     

'चट्याङले मानवीय क्षतिमात्रै गरेको छैन, भौतिक सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ तर पनि त्यसको लेखाजोखा भने छैन। बाढीले देखिनेगरी भौतिक सम्पत्तिमा क्षति गर्छ तर चट्याङ् गुपचुपमा क्षति पुर्‍याएर जान्छ, अनि कसैलाई चासो हुन्न', चट्याङ्विद् डा शर्माले भने।     

नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा सहरी क्षेत्र डुबानको जोखिममा छ। तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ। विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङका विषयमा ध्यान कम पुग्छ। चट्याङ आगलागीको समेत प्रमुख कारण हो। कतै चट्याङ परेको हुन्छ र त्यसको भोल्टेज बढेर तार कमजोर भएको घरमा विद्युत सर्ट भई आगलागी हुन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्