• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ११, २०८२ Wed, Mar 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीभन्दा चट्याङबाट मर्ने धेरै तर छैन जोगाउने तयारी

नारायण ढुङ्गाना  आइतबार, असार १४, २०७७  १५:५८
1140x725

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा गएको बुधबार एकैदिनमा चट्याङका कारण सात जनाको ज्यान गयो। चट्याङ लागेर सप्तरीमा चार, मोरङ, उदयपुर र कपिलवस्तुमा एक-एक जनाको ज्यान गयो।     

तथ्याङ्कअनुसार नेपालमा गएको वैशाखदेखि असारको दोस्रो हप्तासम्म चट्याङबाट मात्र ४० जनाको ज्यान गइसकेको छ। सो अवधिमा १ सय ३२ घाइते भए भने घाइतेमध्ये अधिकांश गम्भीर छन्। 

बाढी पहिरो, आगलागीजस्ता अरु प्राकृतिक विपत्तिको जस्तो चट्याङले मानिसको ज्यान लिएको समाचार खासै बाहिर आउँदैन। तर पनि मानवीय क्षतिका हिसाबले भने पहिलो नम्बरमै चट्याङ देखिन्छ। बाढी, पहिरो, आगलागीजस्ता अन्य प्राकृतिक विपत्तिका क्षति रोक्नेजस्ता कार्यहरुजस्तो प्राथमिकतामा पनि चट्याङ पर्दैन। 

त्यसरी रोक्न सक्ने खासै भरपर्दो विधि सरकारले लागू गर्ने गरेको पाइँदैन। मुलुकको प्राथमिकतामा नपर्दा चट्याङबाट हरेक वर्ष धेरै नागरिकले अकालमै ज्यान गुमाइरहेका छन्। गतवर्ष पनि रुपन्देही, कपिलवस्तु, झापा र मोरङमा एकैदिन चट्याङका कारण १० जनाले ज्यान गुमाएका थिए। दुई दिनको अन्तरालमा झण्डै पाँच सय भेडाबाख्रा चट्याङले मारेको थियो। २०७६ मा चट्याङका कारण मात्र देशभरमा ८९ जनाको मृत्यु भएको तथ्याङ्क छ। त्यस्तै गतवर्ष चट्याङबाट ३ सय ६० जना घाइते भएका थिए। 

बाढी पहिरोभन्दा चट्याङबाट धेरै मानवीय क्षति  
पछिल्लो १० वर्षको अभिलेखमा बाढी पहिरोले भन्दा बढी चट्याङले मानवीय असर गरिरहेको तथ्यांक छ। घाइतेको अवस्था विश्लेषण गर्दा चट्याङबाट तेब्बर बढी मानिस प्रभावित भएका छन्।     

प्राकृतिक प्रकोप भए पनि विकसित मुलुकको अभ्यास हेर्दा चट्याङको प्रकोपबाट हुने मानवीय र भौतिक क्षति केही हदसम्म रोक्ने गरिएको पनि देखिन्छ। तर मुलुकमा त्यसरी चट्याङको अवस्थाको अनुमान र क्षति रोक्ने कार्य प्राथमिकतामा नपर्दा जोखिम बढिरहेको चट्याङ्विद् डा श्रीराम शर्मा बताउँछन्। विगत १३ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका डा शर्मा नेपालले चट्याङबाट हुने विपद् रोक्न प्रभावकारी उपाय अवलम्बन गर्न नसकेको बताए। 

उनका अनुसार २०६६ देखि २०७६ सम्मको अभिलेखमा चट्याङबाट ९ सय २९ जनाको मृत्यु भएको छ। सोही अवधिमा पहिरोका कारण ९ सय १ जनाले ज्यान गुमाए। बाढीबाट ७ सय ५५ जनाको मृत्यु भएको छ। आगलागीबाट ६ सय १३ को मृत्यु भएको थियो।     

सोही समयावधिमा चट्याङबाट दुई हजार ४ सय ५४ जना घाइते हुँदा बाढी र पहिरोका कारण ९ सय  हाराहारीमा घाइते भएका छन्। विवरणमा मानवीय क्षति हेर्दा बाढी पहिरोभन्दा पनि चट्याङको बढी देखिन्छ। 

Ncell 2
Ncell 2

औषतमा वार्षिक १ सय ८ ले चट्याङ्बाट ज्यान गुमाउँछन्। तर चट्याङबाट बच्ने उपाय अवलम्बन गर्न मानिसमा आवश्यक चेतना पुग्न नसकेको र सरोकारवाला निकायको समेत ध्यान पुग्न सकेको छैन।     

विश्वकै शक्तिशाली मानिएको मुलुक अमेरिकाको अभिलेखमा ८०/९० वर्षअघि चट्याङले वार्षिक ३ सय ८० जनाको ज्यान जान्थ्यो। अहिले ३० भन्दा बढी मृत्यु हुँदैन। 'त्यो उदाहरण हेरेर पनि हामी भन्न सक्छौं, गर्न सके क्षति रोक्न सकिने रहेछ', डा शर्माले प्रश्न गरे, ‘अन्य युरोपियन मुलकुमा पनि फलानो क्षेत्रमा चट्याङको सम्भावना छ भनेर अनुमान गर्ने अवस्था छ, अनुमान ९० प्रतिशत मिल्छ, हाम्रोमा प्रयोग गर्न किन नसक्ने?'     

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छुट्टै विपद् व्यवस्थापनको काम सम्हालेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल सबैभन्दा ठूलो कुरा चेतनामुलक कार्यक्रम भएकाले चट्याङ्बाट सावधानी अपनाउने विषयलाई प्राथमिकताका साथ अघि बढाएको बताउँछन्।

क्षतिका हिसाबले चट्याङ पहिलो नम्बरमा रहेकाले यसपटकदेखि भवन संहितामा समेत चट्याङ्लाई सम्बोधन गरिएको र बढी चट्याङ पर्ने क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले बताए। 

जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका विभिन्न नौ स्थानमा चट्याङ मापक केन्द्र स्थापना गरेको छ। चट्याङ्विद् डा शर्मा त्यो सुषुप्त अवस्थामा रहेको बताउँछन्। त्यसलाई सदुपयोग गर्न सकिए पनि धेरै जानकारीहरु बाहिर आउने उनले बताए।

विभागले जल तथा बाढीको तीन दिनसम्मको मापन गरेर विवरण दैनिक सार्वजनिक गर्दै आएको छ तर चट्याङलाई प्राथमिकता दिएको पाइँदैन। मौसमविद् गङ्गा नगरकोटी यहाँ यसरी चट्याङ पर्दैछ भनेर अघिल्लो दिन नै अनुमान गर्ने अवस्था नरहेको तर त्यस केन्द्रले एक घण्टापछि कुन क्षेत्रमा पर्दैछ र कहाँकहाँ चट्याङ पर्‍यो भन्ने मापन गर्ने बताए। उनका अनुसार ‘प्रि–मनसुन’ पछि अहिलेसम्म मुलुकको प्रदेश नं १, २ र ५ को तराई क्षेत्रमा चट्याङ परेको छ।     

'चट्याङले मानवीय क्षतिमात्रै गरेको छैन, भौतिक सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ तर पनि त्यसको लेखाजोखा भने छैन। बाढीले देखिनेगरी भौतिक सम्पत्तिमा क्षति गर्छ तर चट्याङ् गुपचुपमा क्षति पुर्‍याएर जान्छ, अनि कसैलाई चासो हुन्न', चट्याङ्विद् डा शर्माले भने।     

नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा सहरी क्षेत्र डुबानको जोखिममा छ। तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ। विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङका विषयमा ध्यान कम पुग्छ। चट्याङ आगलागीको समेत प्रमुख कारण हो। कतै चट्याङ परेको हुन्छ र त्यसको भोल्टेज बढेर तार कमजोर भएको घरमा विद्युत सर्ट भई आगलागी हुन्छ भन्ने कुराको जानकारी धेरैलाई छैन।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  १५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प मंगलबार, चैत १०, २०८२
नागरिकमैत्री सुरक्षा अभ्यासलाई प्राथमिकता दिन आईजीपी अर्यालको निर्देशन मंगलबार, चैत १०, २०८२
हतास भएर राजीनामा दिएको थिइनँ : गगन थापा मंगलबार, चैत १०, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के सोमबार, चैत ९, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
राजीनामा अस्वीकृत भएपछि मुस्कुराउँदै पार्टी कार्यालय पुगे सभापति थापा, यस्तो छ बैठकका ५ एजेन्डा मंगलबार, चैत १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्