काठमाडौं-दक्षिण कोरियाबाट दोस्रो उडानमार्फत् समस्या परेका ३०० नेपालीहरुलाई स्वदेश फर्काइने भएको छ।
दोस्रो उडानको मिति भने कोरियास्थित नेपाली दूतावासले खुलाएको छैन। यसअघि पहिलो उडानमार्फत् कोरियामा समस्यामा परेका २२८ नेपाली स्वदेश फर्किएका छन्।
लकडाउनका कारण नेपालमा अड्किएका नेपाली श्रमिकहरु लिन आएको कोरियन एयरले उनीहरुलाई काठमाडौं ल्याइदिएको थियो। स्वदेश फर्कन प्राथमिकतामा परेकाहरुमा अधिकांश भिसा अवधि सकिएका छन् ।
नामावलीका लागि यो लिंकमा क्लिक गर्नुहोला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।